युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.15.2019, 06:15pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
चाँडै हटोस् निराशाको बादल
Tuesday, 12.24.2013, 07:11pm (GMT+5.5)

लामो समयदेखि अन्योल र अनिश्चयको भूमरीमा परेको मुलुकको राजनीतिक परिस्थितिमा तत्काल सुधार होला भन्ने जनताले गरेको अपेक्षा पनि विस्तारै धुमिल हुँदै जान थालेको छ । इतिहासमै दोस्रोपटक पाएको संविधानसभा कहिले गठन हुने हो पत्तो छैन । दलका नेताहरूले यतिबेला निर्वाह गरिरहेको भूमिका देखेर आम जनतामा निराशा बढ्न थालेको छ । मुलुकको राजनीति पुनः कालो बादलले ढाक्दै लगेको छ । राजीतिक दलहरू सत्ता समीकरणको हिसाब किताबकै अल्झिरहेका छन् । यस्तो अवस्थाको सिर्जनाले गर्दा आम जनतामा थप निराशा उत्पन्न भएको छ । विगतको संविधानसभामा जे जस्तो परिदृश्य देखिएको थियो दोस्रो संविधानसभापछि पनि तिनै प्रवृत्तिहरूले निरन्तरता पाएको छ । राजनीतिक दलका नेताहरूले निर्वाचनका क्रममा जनतासमक्ष गरेका प्रतिबद्धताहरू बिर्सेर सत्ता स्वार्थमै रुल्मुलिन थालेका छन् । निर्वाचनबाट प्राप्त मत अनुसारको भूमिका निर्वाह गर्न तयार नहुँदासम्म यस्तो अवस्थाको निरन्तरताको विकल्प देखिंदैन ।

पहिलो संविधानसभाबाट संविधान निर्माण गर्न र स्थायी शान्तिको प्रत्याभूति दिन पूरै असफल भएका नेताहरू दोस्रो संविधानसभा निर्वाचनका क्रममा १ वर्षभित्र सहमतिबाटै र सहमति हुन नसके पनि संवैधानिक प्रक्रियाबाट संविधान निर्माण गर्ने भन्दै आए पनि अहिले संविधान निर्माणको मुद्दा ओझेलमा परेको छ । राजनीतिक दलका नेताहरूको सत्ता स्वार्थ, जीतको उन्माद र हारको हिनताबोध पचाउन नसकेर अनेकथरि शर्त तेर्सिन थालेका छन् । सहमति र सहकार्यको वकालत गर्नेहरूले सहमति र सहकार्यको वातावरण कति बनायौं र आफूले त्यसलाई सफल बनाउन कस्तो भूमिका निर्वाह गरियो भन्ने सम्झनै चाहेका छैनन् । अहिले पनि सहमति आफ्नो पक्षको स्वार्थका लागि वा आफ्नो राजनीतिक एजेण्डा स्थापित गर्नका लागि हुनुपर्छ भन्ने गलत मान्यताको विकास भैरहेको छ । यस्तै अनिर्णयको बन्दी बन्दै जनअभिमत दलका नेताहरूको दुर्भावनाको शिकार भैरहेको छ ।

राजनीतिक परिस्थिति जेजस्तो भए पनि नेताहरू संविधान निर्माणका लागि सहमतिको बिकल्प नभएको रटिरटानमा व्यस्त छन् तर सहमतिका लागि आधार खडा गर्न विफल छन् । अझ भनौं त्यसका लागि रचनात्मक पहलको बाटोमै छैनन् । आफ्नो आङको भैंसी पनि नदेख्ने तर अर्काको आङको जुम्रा पनि देख्ने संस्कार बोकेका राजनीतिक नेताहरूले आ–आफ्ना अक्षमता ढाकछोप गर्न अर्कोलाई मात्रै दोषी देखाउने कसरत अहिले पनि गरिरहेका छन् । जनताले को कति पानीमा रहेछ भन्ने देखाइदिएका छन् तर कतिपय पक्षले यसलाई पचाउनै सकेका छैनन् । जनमत अस्वीकार गर्ने हो भने निर्वाचनमा किन सहभागी भएको ? भन्ने प्रश्न उठिरहेको छ । मुलुकको समग्र हितका लागि रचनात्मक पहलमा खर्च गर्नुपर्ने समय एक अर्कोमाथि आरोप लगाउनमै खर्चेर समय व्यतित भैरहेको छ । दलहरूबीच को कससंग नजिक र टाढा भन्ने होडवाजी सुरु भएको छ । एक दलले अर्को दलभित्र खेल्ने रणनीति अख्तियार गरेका छन । कसरी आफू सत्तामा पुग्ने र कसरी आफूलाई स्थापित गर्ने भन्ने ध्याउन्न बाहेक अरु केही पनि देखिएको छैन ।

नेताहरूको यस्तै अराजक व्यवहारकै कारण ऐतिहासिक संविधानसभा बलिबेदीमा चढ्यो । संविधानसभाको दोस्रो निर्वाचनले पनि मुलुकलाई सही दिशा दिन नसक्ने ठोकुवा हुन थालिसकेको छ । राजनीतिक शक्ति सन्तुलनमा व्यापक परिवर्तन आए पनि आआफ्नो स्वार्थ अनुसारको व्यवहार प्रदर्शन भैरहेको छ । ६०१ जनाको जनप्रतिनिधिमूलक संस्था गठन गर्न छाडेर राजनीतिक संयन्त्र बनाउने कुरा आउन थालेका छन् । यो भनेको निर्वाचनमा पराजित भएकाहरूले अफूलाई शक्तिशाली देखाउने मेसो हो । संविधानसभा विघटन भएपछि प्रधान न्यायाधीश नेतृत्वको सरकारलाई आवश्यक सहयोग गर्न गठन गरिएको संयन्त्रको आवश्यकता अब किन पर्यो भन्ने प्रश्न निरुत्तरित छ । 

राजनीतिक दलहरूको अहिलेको चरित्रले वर्तमान अन्तरिम मन्त्रिपरिषद्को समय अरु लम्बिने संकेत गरेको छ । जननिर्वाचित सरकारलाई साँचो बुझाउन आतुर रहेको बताउने सरकारका मन्त्रीहरूले त्यो मौका कहिले पाउने हुने ठेगान छैन । सरकार ठन हुनुअगावै संविधान संशोधन गरी सहमतीयमा सबै काम गर्ने बाध्यात्मक प्रावधान राख्नुपर्ने माग एगरिएबाटै थाहा हुन्छ कि मुलुक अब पनि संवैधानिक प्रक्रियाबाट अघि बढ्न सक्दैन । केही राजनीतिक दलहरूको बन्दी बनेको पहिलो संविधानसभाकै नियति दोस्रो संविधानसभाले पनि भोग्नुपर्ने स्थिति देखापर्दैछ । यो मुलुकको सुखद् भविष्यका लागि घोर निराशाको संकेत हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राजनीतिक व्यवस्थापनको चुनौति (12.17.2013)
मण्डेलाको महाप्रस्थान (12.10.2013)
नियतिको प्रताडना (12.05.2013)
ताजा जनादेशको स्वीकार्यता (11.28.2013)
उज्यालो भविष्यको कामना (11.19.2013)
संविधानसभा–२ : निर्वाचनको सार्थकता (10.30.2013)
बडा दशैं : सवै नेपालीमा शुभकामना (10.08.2013)
आवेग होइन विवेकको खाँचो (10.02.2013)
आर्थिक मुद्दामा ध्यान जावस् (09.18.2013)
राष्ट्रियता र निर्वाचन (09.10.2013)
जवाफदेहिताविहीन मौनता (09.04.2013)
आमसहभागिताको अहं सवाल (08.28.2013)
परनिर्भरताको बढ्दो गति (08.14.2013)
चुनावको सन्दर्भ र राष्ट्रियताको सवाल (08.06.2013)
राष्ट्रिय प्रतिष्ठाको चिन्ता (07.30.2013)
वी.पी., पुष्पलाल र नेपालको राजनीति (07.24.2013)
छ्या छ्या नेताहरू (07.17.2013)
सही बाटोको खोजी (07.09.2013)
सुधारमुखी बजेटको अपेक्षा (07.05.2013)
महाकालीको कहर (06.26.2013)



 
::| Latest News

 
[Page Top]