युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 10.18.2019, 11:51pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
डा. के.सी.को अनसन
Tuesday, 01.21.2014, 08:41am (GMT+5.5)

शिक्षण अस्पताल महाराजगञ्जका बरिष्ठ चिकित्सक डा. गोविन्द के.सी. विगत १० दिन देखि आमरण अनसनमा हुनुहुन्छ । उहाँले ७ सूत्रीय माग अगाडि राखी चिकित्सा शिक्षा क्षेत्रमा व्याप्त संरक्षित भ्रष्टाचारको एउटा पाटोविरुद्ध उठाएको आवाजले यतिखेर सिंगो देशलाई कम्पित बनाएको छ । डा. के.सी.ले राजनीतिक हस्तक्षेप र भागबण्डाको अपसंस्कृतिले नेपालको चिकित्सा क्षेत्रलाई कतिसम्म भ्रष्टाचारको दलदलमा फसाएको छ भन्ने कुरालाई सतहमा ल्याउन जीवनको बाजि थापेर सुरू गर्नुभएको आमरण अनसनले समग्र चिकित्सा क्षेत्रलाई मात्र आन्दोलित बनाएको छैन  उहाँको यो एक्लो अभियानले आम समर्थन पाएको छ र भ्रष्टाचारविरुद्धको आवाज जताततै घन्किएको छ । उहाँले उठाएका मागलाई तत्काल सम्बोधन गर्न र उहाँको जीवन रक्षा गर्न चौतर्फी दवाव बढेको छ । नेपाल चिकित्सक संघले डा. के.सी.ले राख्नुभएका जायज माग २४ घण्टाभित्र पूरा नगरे  मुलुकभरका स्वास्थ्य संस्थाले सेवा बन्द गर्ने अल्टिमेटम दिएर भ्रष्टाचारमा लिप्त पदाधिकारीहरूको समूह र सरकारलाई घनघोर संकटको अवस्थामा पुर्याएको छ । डा. के.सी.को प्रतिक्षण बिग्रिदैगएको स्वास्थले त्रि.वि.का पदाधिकारी र सरकारप्रतिको रोसलाई चरमचुलीमा पुर्याएको छ ।

 राजनीतिक संरक्षण र भागबण्डामा मौलाएको भ्रष्टाचारले आज देशको हर क्षेत्रलाई नराम्रोसंग गाँजेको छ । देशलाई आवश्यक पर्ने उच्च प्रशिक्षित जनशक्ति उत्पादन गर्ने उच्च प्राज्ञिक निकायका रुपमा स्थापित त्रिभुवन विश्वविद्यालयदेखि लिएर अरु विश्वविद्यालयसम्म राजनीतिक भागबण्डाका आधारमा हुनेगरेको उच्च पदाधिकारी एवं अन्य पदाधिकारीको नियुक्तिले सिर्जना गरेको भ्रष्टाचारको जालो अहिले उदांग भएको छ । डा. के.सी.को यो अनशनले मेडिकल कलेजहरूको स्वीकृति दिने क्रममा हुने गरेको ठूलो आर्थिक भ्रष्टाचारको अन्तर्कथालाई उजागर गरेर नांगो रुपमा बाहिर ल्याइदिएको छ । पूर्व डिन डा. प्रकाश सायमीले पूर्वाधारविहीन मेडिकल कलेजहरूलाई स्वीकृति दिन नमानेपछि सिर्जना भएको दवाव झेल्न नसकेर राजीनामा गर्नुपरेको र नयाँ नियुक्ति पाएका डिन डा. शशी शर्मा आर्थिक लेनदेन गरी पूर्वाधारविहीन मेडिकल कलेजहरूलाई स्वीकृति दिने पक्षका खास प्रतिनिधिका रुपमा चर्चित रहेको प्रसंग पनि  अहिले सतहमा आएको छ । जुन बेलादेखि चिकित्सा क्षेत्रमा निजी क्षेत्रको लगानीको ढोका खुल्यो त्यही बेलादेखि नै स्वीकृति र अनुबन्धनका नाममा ठूलो आर्थिक लेनदेनको चर्चाक्रम सुरु भएको  हो । मुलुकमा चिकित्सा क्षेत्रमा पर्याप्त जनशक्ति नभएको र सरकारले पनि वाञ्छित मात्रामा लगानी गर्ने क्षमता विकसित नगरेको पृष्ठभूमिमा  अपेक्षित जनशक्तिको आवश्यकता हेरेर चिकित्सा शास्त्रको पढाइका लागि निजी क्षेत्रको लगानी आकर्षित गर्नु अपरिहार्य जस्तै थियो । तर यस क्षेत्रमा लगानीको होडबाजीले अधिक मुनाफाखोरीको चर्काे व्यापारको रुप लियो ।  नीति निर्णय गर्ने हैसियतमा रहेका सरकारका प्रतिनिधि, राजनीतिक भागबण्डामा नियुक्त हुने विश्वविद्यालयका  उच्च पदाधिकारी वर्ग र मेडिकल काउन्सिलका पदाधिकारीहरू आर्थिक प्रलोभनको चपेटामा नराम्रोसंग परे । चिकित्सा शिक्षा भाउ बढाबढ र चर्काे मोलमोलाइको फन्दामा पर्नपुग्यो । अति भएपछि  डा. गोविन्द के.सी. जस्ता निष्ठावान, त्यागी र निस्वार्थ व्यक्तिको उत्सर्गपूर्ण अभियानले यी सवै विकृतिलाई आम जनताले बुझ्ने गरी सतहमा ल्याइदिएको छ ।

डा. के.सी.को आमरण अनसन बेथिति र भ्रष्टाचारविरुद्धको सशक्त आवाज हो । यो आवाज दवाउन अहिले ठूलो शक्ति लागेको छ र पनि निस्वार्थ संघर्षको नैतिक बलका सामु नैतिक हरामहरूको जमात किंकर्तव्यविमुढको अवस्थामा पुगेको छ । राजनीतिक हस्तक्षेप र भागबण्डाको बिगबिगीले राज्यसंयन्त्रका यावत अंगहरू जवाफदेहिताविहिन, अकर्मण्य र भ्रष्टाचारका अखडा बन्दैगएका छन् । आदर्शमुखी विचार, सेवाप्रद संस्कार, सदाचारी व्यवहार र कार्यतत्पर प्रवृत्ति राज्यका संयन्त्रहरूबाट पूरै पलायन भएको छ । उच्च प्राज्ञिक निकायको नेतृत्व चयनसमेत राजनीतिक चाकरी–चालुसी र भागबण्डाका आधारमा गर्ने–गरिने मूल्यमान्यता स्खलित परम्परा बसेकाले मुलुक दुर्दान्त नियतिको शिकार बन्दैगएको छ । डा. गोविन्द के.सी. को अनसनले यस्ता विकृतिलाई उजागर गरेर  नैतिक मूल्य–मान्यता र आदर्श विचारको अनुशरणका लागि त्याग र समर्पणको ढोका खोलिदिएको छ । देशलाई सही बाटोमा हिंड्न यस्तै सपुतहरूको योगदानले प्रेरित गर्दछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सवैलाई चेतना भया (01.13.2014)
राजनीतिक विकृतिका अनेक रुप (01.06.2014)
संविधानसभाको सर्बाेच्चतामाथि अङ्कुश (12.30.2013)
चाँडै हटोस् निराशाको बादल (12.24.2013)
राजनीतिक व्यवस्थापनको चुनौति (12.17.2013)
मण्डेलाको महाप्रस्थान (12.10.2013)
नियतिको प्रताडना (12.05.2013)
ताजा जनादेशको स्वीकार्यता (11.28.2013)
उज्यालो भविष्यको कामना (11.19.2013)
संविधानसभा–२ : निर्वाचनको सार्थकता (10.30.2013)
बडा दशैं : सवै नेपालीमा शुभकामना (10.08.2013)
आवेग होइन विवेकको खाँचो (10.02.2013)
आर्थिक मुद्दामा ध्यान जावस् (09.18.2013)
राष्ट्रियता र निर्वाचन (09.10.2013)
जवाफदेहिताविहीन मौनता (09.04.2013)
आमसहभागिताको अहं सवाल (08.28.2013)
परनिर्भरताको बढ्दो गति (08.14.2013)
चुनावको सन्दर्भ र राष्ट्रियताको सवाल (08.06.2013)
राष्ट्रिय प्रतिष्ठाको चिन्ता (07.30.2013)
वी.पी., पुष्पलाल र नेपालको राजनीति (07.24.2013)



 
::| Latest News

 
[Page Top]