युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:14pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
कडा कार्बाहीको प्रतिक्षा
Monday, 09.12.2011, 03:01pm (GMT+5.5)

खाने कुरामा मात्र होइन औषधिमा समेत अनियमितता भएको सार्वजनिक हुन थालेको म्याद गुज्रिएका औषधि अस्पताल परिसरका औषधि पसलहरूले नै विक्री गरिरहेका छन् यसको एउटै कारण भनेको अवैध काम गर्नेहरूलाई कडा कार्बाही नहुनु बजार अनुगमन नहुनु हो, अनुगमनलाई अनुगमनकर्ताको आर्थिक जोहोको माध्यम बनाएर भ्रष्टाचार गरिनु हो यसमा सरकारी कर्मचारीदेखि राजनीतिकर्मीसम्म मुछिएका छन् त्यसैले अवैध काम गरेर धन आर्जन गर्नेहरू मोटाइरहेका छन् मुलुकमा त्यस्ता बिरुद्ध कडा कार्बाही गर्ने मजबुत संयन्त्रको विकास हुन सकेको छैन यसको शिकार सोझा नेपाली जनता भैरहेका छन् पछिल्लोपटक विदेशमा समेत चर्चित रहेको न्यूरोडको तेज कर्नर गुदपाकमा जेजस्ता अखाद्य वस्तु उपयोग गरिएको समाचार सार्वजनिक भयो तब आम उपभोक्ताको मस्तिष्क हल्लिन पुगेको हरेकको पहिलो रोजाइ रहेको न्यूरोडको गुदपाकमा कुहिएका पाउरोटी, सडेका मिठाइलाई कच्चा पदार्थका रुपमा प्रयोग गर्ने गरिएको पाइएको प्रशासनले अहिले दुगपाक पसलमा तालाबन्दी गरेको भने त्यसका संचालकहरूलाई पक्राउ गरिएको

जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने गरी सडेगलेको विषाक्त वस्तु प्रयोग गरेर खाद्य पदार्थ बनाउनेहरू राष्ट्रिय अपराधी नै हुन् आफ्नो लोकप्रियताको गलत फाइदा उठाई जनतालाई ठग्ने त्यस्ता तत्वलाई कडाभन्दा कडा कानुनी कार्बाही गर्नुको विकल्प छैन तापनि नेपालको उपभोक्ता हित ऐनले त्यस्ता व्यापारीहरूलाई हदैसम्मको दण्ड दिने व्यवस्था गरेको छैन ऐनले देखि १० हजार रुपैयाँसम्म जरिवाना वर्ष कैद सजायको व्यवस्था गरेको गलत धन्दा गर्नेहरूले यसलाई सहजै पचाउने गरेका छन् अवैध काम गरेर आर्जन गरेको सम्पत्ति जफ्त गर्ने कानुन नभएको फाइदा गलत धन्दा गर्नेहरूले उठाइरहेका छन् वर्षौंदेखि आम उपभोक्तालाई ठग्दै आएका गलत धन्दामा संलग्न व्यापारीहरूलाई न्यूनतम आर्थिक जरिवाना वर्षको कैद सजायको प्रावधान हदैसम्मको लचकता हो भने त्यो पनि कहिल्यै कार्यान्वयन भएको देखिंदैन उपभोक्ता हितसंग सरकार आफैंले खेलवाड गरिरहेको

गत असार महिनामा मुलुकको प्रतिष्ठित औद्योगिक घरानाले उत्पादन गरेको दूधमा कास्टिक सोडा मिसाइएको पाइएको थियो दूधलाई बाक्लो नफाट्ने बनाउन साबुनमा प्रयोग हुने कास्टिक सोडा मिसाइएको फेला परेपछि केही समय यो विषयले ठूलो चर्चा पायो तर अहिले सीताराम दूधको मुद्दा कहाँ पुगेको पत्तो छैन यसपटक स्वास्थ्यका लागि राम्रो मानिएको गुदपाकमा दूषित वस्तुको प्रयोग भएको पाइयो त्यसै गरी नाम चलेका मिठाइ पसलमा पनि अखाद्य वस्तुको प्रयोग भएको देखिएको कन्हैया घीउ अनमोल मिठाइका साथै तेज कर्नर गुदपाकका संचालकहरू अहिले प्रहरी नियन्त्रणमा छन् उनीहरूविरुद्ध उपभोक्ता हित कानुन बमोजिम मुद्दा चलाउने तयारी भैरहेको उनीहरूविरुद्ध कानुनले हदसम्म तोकेको भए पनि न्यून जरिवाना दुई वर्ष कैदभन्दा बढी सजाय हुने अवस्था छैन

सोझा उपभोक्ताको सम्वेदशीलतामाथि नै प्रहार गर्ने यस्ता दुस्चरित्र भएकाहरूलाई जति सजाय गरे पनि कमै हुन्छ खाद्यान्नमा अखाद्य वस्तु मिसाउने मात्र होइन- कृत्रिम मूल्यवृद्धि गराउने, अभाव सिर्जना गराएर कालोबजारी गर्नेदेखि नापतौलमा गडबडी गर्नेहरूको संख्या ठूलो यस्तो कार्य गर्र्नेेहरू जनतामारा अपराधी नै हुन् यिनीहरूलाई सोही अनुसारको दण्ड सजायको व्यवस्था गर्नुपर्छ कानुन फितलो भएकै कारण बारम्बार यस्ता घटना दोहोरिइरहेका छन् यिनीहरूलाई सोही अनुसारको दण्ड सजायको व्यवस्था गर्नुपर्छ अबको आवश्यकता भनेको जनस्वास्थ्यमाथि खेलवाड गर्नेहरूलाई कडाभन्दा कडा कानुनी कार्बाही गर्ने गरी ऐन संशोधन हुनु त्यसको प्रभावकारी कार्यान्वयन हुनु हो त्यस्ता प्रकारका अपराधीहरूलाई अगामी दिनमा कुनै व्यापार-व्यवसाय गर्न अयोग्य ठहरिने गरी ठूलै आर्थिक जरिवाना गराउनु पर्दछ त्यसै गरी राजनीतिक दल तिनका नेता-कार्यकर्ताले पनि केही आर्थिक सहयोगको लोभमा जनतामाराहरूलाई प्रोत्साहन दिने उनीहरूको संरक्षण गर्ने काम बन्द गर्नुपर्दछ यसो गर्न सकियो भने मात्र मुलुकमा विधिको शासन कायम हुन्छ, राजनीतिमा शुद्धता आउँछ यसले सिंगो समाजलाई सुमार्गतिर डो¥याउन प्रेरित गर्छ त्यसकारण गम्भीर आर्थिक अपराध गर्ने उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नेहरूविरुद्ध कडा कार्बाहीको प्रतिक्षा नेपाली जनताले गरिरहेका छन्



Rating (Votes: )   
Share     Print


Other Articles:
स्वदेशीलाई प्राथमिकता (09.05.2011)
समस्या सिर्जना राजनीतिबाटै (08.29.2011)
राष्ट्रिय पोशाकलाई मान्यता (08.22.2011)
मन्त्रीको सह्रानीय काम (08.15.2011)
जनस्वास्थ्यमाथि खेलवाड (08.09.2011)
लोकतन्त्रलाई नसुहाउने क्रियाकलाप (06.20.2011)
प्राप्त अवसर नगुमोस् (06.06.2011)
सास रहुञ्जेल आश (05.30.2011)
दुर्दिन ननिम्तियोस् (05.24.2011)



 
::| Latest News

 
[Page Top]