युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 03:03pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
भारतमा मोदीको अभ्युदय
Monday, 05.19.2014, 06:40pm (GMT+5.5)

विश्वको सवभन्दा ठूलो लोकतान्त्रिक देश भनेर चिनिएको नेपालको दक्षिणी छिमेकी मित्रराष्ट्र भारतमा हालै सम्पन्न १६ औं लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले आशातीत सफलता प्राप्त गरेको छ । लोकसभाको  ५४३ स्थानका लागि भएको निर्वाचनमा  विगत १३ वर्षदेखि गुजरात राज्यका मुख्यमन्त्री रहँदैआएका प्रभावशाली नेता नरेन्द्र मोदीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारी भाजपा चुनाव मैदानमा होमिएको थियो । यो निर्वाचनमा मोदी नेतृत्वको प्रचार अभियानले देशव्यापी रुपमा भाजपाको पक्षमा लहर उठाएको सर्वत्र आभास थियो भने निर्वाचन पूर्व  भएका विभिन्न सर्वेक्षणले पनि भाजपाको पूर्ण बहुमतको आँकडा प्रस्तुत गरेका थिए । नभन्दै भाजपाले इतिहासमा नै नयाँ कीर्तिमान खडा गरेर  एक्लै २८५ स्थानमा विजय हाँसिल गरी पूर्ण बहुमत ल्याएको छ भने भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धनले ३३७ सिट प्राप्त गरेर प्रचण्ड बहुमतको प्रदर्शन गरेको छ । विगत ३० वर्षको इतिहासमा लोकसभामा बहुमत ल्याउने पहिलो दल भाजपा नै भएको छ । अघिल्लो लोकसभामा भाजपाको जम्मा एक सय सोह्र सिटमात्र थियो ।  निर्वाचन परिणामले विगत दश वर्षदेखि सत्तामा रहेको कंग्रेस–आई र उसको नेतृत्वको गठबन्धनलाई ठूलो धक्का दिएको छ । सत्तामा रहेको कंग्रेस आईले विपक्षी दलका लागि चाहिने दश प्रतिशत स्थान पनि ओगट्न नसकेर इतिहासमै सवभन्दा कम ४३ सिटमै सीमित भएको छ भने उसको गठबन्धनको सिट जोड्दा पनि ५६ स्थानमात्र पुगेको छ । सोनिया गान्धी र राहुल गान्धीको वंशवादी नेतृत्वमा चलेको कंग्रेस आईको विपक्षमा भारतीय जनमत उर्लिएको निर्वाचन परिणामले नै देखाएको छ । यो निर्वाचनले केन्द्रिय सरकार सञ्चालनका लागि जुन शक्तिलाई अगाडि सारेको छ  त्यसको प्रभाव भारतको सत्ता राजनीतिमा मात्र नभै दक्षिण एसियाली राष्ट्रहरूको आन्तरिक राजनीति र समग्रतामा विश्व राजनीतिमा नै पर्ने निश्चित प्रायः नै छ ।

सामान्य श्रमिक परिवारमा जन्मिएर कर्मशील–संघर्षशील चरित्रबल निर्माण गर्नु र समयसापेक्ष सोच राख्नसक्नुकै कारण निरन्तर अगाडि बढ्दैआएका नरेन्द्र मोदीको हातमा अब सिंगो भारतको नेतृत्व आएको छ ।   वंशवाद, भ्रष्टाचार र कुशासनको आरोप खेपेको सोनिया सत्तालाई यो निर्वाचनले विस्थापित गरे पनि विरासतका रुपमा प्राप्त गरीबी, बेरोजगारी, भ्रष्टाचार र कुशासनले उब्जाएका अनेक समस्याको सामना गर्ने जिम्मा नेता मोदीको काँधमा आएको छ । एक अर्ब पच्चीस करोडको जनसंख्या भएको भारतले जनअनुमोदित शक्तिशाली नेतृत्व पाएको छ ।  ८१.४ करोड मतदातामध्ये ५५ करोडभन्दा बढी मतदाताले भाग लिएको यो निर्वाचनमा  मोदीको नेतृत्वमा भाजपाको पक्षमा उर्लिएको जनमतले जसरी  नयाँ कीर्तिमान कायम गरेको छ त्यसरी नै  । भारतलाई विकसित राष्ट्रका रुपमा रुपान्तरित गर्नुपर्ने चुनौति पनि खडा गरेको छ । 

सन् १९८४ को निर्वाचनमा केवल दुई सिटमा सीमित भएको भाजपालाई यो अवस्थामा ल्याइपुर्याउन मोदीले गुजरातको सरकार सञ्चालनमा देखाएको कुशलता, भाजपाको संगठन विस्तारमा प्रदर्शन गरेको क्षमता र आम मतदातालाई आकर्षित गर्नसक्ने गरी प्रकट भएको कला अब भारतको नव निर्माणमा उपयोग हुनसक्यो भन्ने निश्चय नै भारतको मुहार फेरिने छ । निर्वाचन जितेपछि मोदीले लोकतन्त्रमा प्रतिस्पर्धी हुन्छन्, दुष्मन हुँदैनन् भन्दै सरकार चलाउन प्रष्ट बहुमत मिले पनि देश चलाउन सवैको साथ चाहिने तत्वबोध गरी प्रकट गरेको धारणाले पनि बिशेष अर्थ राखेको देखिन्छ ।  

भारतमा नरेन्द्र मोदीको अभ्युदय यो कालखण्डको विशेष महत्व राख्ने परिघटना नै हो । विश्वको सर्वाधिक ठूलो लोकतान्त्रिक देश भएर पनि  व्याप्त गरीबी, वेरोजगारी, भ्रष्टाचार र कुशासनका कारण भारतको छवि  नउज्यालिएको कटु यथार्थ नै हो । वंशवादमा चलेको सत्ता राजनीतिको पीडा भारतमा मात्र सीमित नभै नेपाल लगायतका छिमेकी राष्ट्रहरूमा पनि व्याप्त छ । नेपालकै मात्र कुरा गर्ने हो भने पनि दश वर्ष यताको कालखण्डमा आन्तरिक राजनीतिमा भारतको नांगो हस्तक्षेपको पीडा सहिनसक्नु भैसकेको जगजाहेर नै छ । सीमा अतिक्रमणदेखि लिएर आर्थिक–व्यापारिक क्षेत्रका दवदवाहरूले निरन्तरता पाइरहेका छन् । नेपालमा आर्थिक उत्पादकत्व वृद्धिका लागि लगानी मैत्री वातावरणको अभाव रहनु र व्यापार घाटाले चरमोत्कर्ष गति लिनुका पछाडि वाह्य हस्तक्षेपबाट ग्रस्त अस्थिर राजनीति नै प्रमुख कारण रहेको छ । राष्ट्रियतावाद र हिन्दु संस्कृतिबाट अनुप्राणित मानिएको भाजपाले छरछिमेकमा भैरहेको अनपेक्षित हस्तक्षेपको गतिलाई पूर्णविराम दिएर सहअस्तित्वको समभाव राखी वैदेशिक सम्बन्धलाई विश्वासको नयाँ मोड दिनुपर्ने अपरिहार्यता छ । नेपालभित्र पनि अत्यन्त चासो राखेर हेरिएको यो निर्वाचन परिणामपछि बन्ने सरकारप्रति  स्वाभाविक रुपमा नै अनेक उत्कण्ठा र चासो जागृत भैरहेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
बोलीमा चिन्ता व्यवहारमा संरक्षण ! (05.12.2014)
स्वतन्त्र न्यायालयमा ग्रहण (05.05.2014)
गणतन्त्रको आठ वर्ष (04.28.2014)
नयाँ वर्षको आगमन र खडा भएका चुनौतिहरू (04.21.2014)
देश बिलम्बको शिकार नबनोस् (04.08.2014)
विधि विपरीतको बाटो (03.31.2014)
सरकारको मति र गति (03.24.2014)
मूल्यवृद्धिको चपेटामा जनता (03.19.2014)
स्थानीय निर्वाचनको अपरिहार्यता (03.10.2014)
नयाँ सरकारको बाटो (03.03.2014)
विमतिका दुई साता (02.24.2014)
कांग्रेस–एमालेको रामरमिता (02.17.2014)
सत्ताको लुछाचुँडीमा समयको अपव्यय (02.10.2014)
राजनीतिक व्यवस्थापनको समस्या (02.03.2014)
माफियातन्त्रविरुद्ध राष्ट्रिय जागरणको खाँचो (01.27.2014)
डा. के.सी.को अनसन (01.21.2014)
सवैलाई चेतना भया (01.13.2014)
राजनीतिक विकृतिका अनेक रुप (01.06.2014)
संविधानसभाको सर्बाेच्चतामाथि अङ्कुश (12.30.2013)
चाँडै हटोस् निराशाको बादल (12.24.2013)



 
::| Latest News

 
[Page Top]