युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:21pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
आचारसंहिता कार्यान्वयनको चुनौति
Monday, 09.19.2011, 02:52pm (GMT+5.5)

अर्ति उपदेश दिने स्वयं अनुशासित, मितव्ययी इमान्दार हुनसक्यो भने मात्र त्यसले जनतामा सकारात्मक प्रभाव पर्छ त्यसका लागि नीति निर्माण कार्यान्वयन गर्ने निकायमा बस्नेहरू स्वयं अनुशासनमा बस्नैपर्छ यही मान्यता बोकेर सरकारले प्रधानमन्त्री-मन्त्रीहुँदै शाखा अधिकृतसम्मलाई एउटै मापदण्डमा राख्ने गरी आचारसंहितामा बाँध्ने भएको यो एउटा सुखद् सन्दर्भ हो वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईले परिवर्तनको सुरुवात आफूबाटै गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्नुभएको देखिएको उहाँले प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै नेपालमै बनेको मोटर चढ्ने घोषणा गर्नुभो त्यसपछि निवासमा भन्दा कार्यालयमा बढी समय दिन थाल्नुभयो सिंहदरबार बालुवाटार ओहोरदोहोर गर्ने समय बचत गर्ने उद्देश्यले सिंहदरबारकै क्याण्टिनमा बिहानको खाना खाने व्यवस्था गर्नुभयो कार्यालय समयभन्दा अगावै प्रधानमन्त्रीको कार्यालयमा पुग्न थाल्नुभयो भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अख्तियार गर्दै सबै मन्त्रीहरूलाई नैतिक दवावमा राख्नुभयो यतिले मात्र नपुगेर मन्त्रीहरूले गर्न हुने नहुने नीति नै निर्माण गरी आचारसंहिता लागू गर्ने जमर्को गर्नुभयो मन्त्रीहरूबीच आरोप-प्रत्यारोप गर्न नपाउने कुनै समस्या भए सरकारमा सामेल दलहरूको बैठकमा राख्नुपर्ने नियम बनाइयो

सरकारले सुरु गरेको यो कार्य आम जनताका लागि केही हुन्छ कि भन्ने आशाको एउटा जूनकिरी मात्र हो नीति नियम बनाएर कार्यान्वयन नगर्ने गर्न खोज्नेलाई लखेट्ने प्रवृत्ति नेपाली राजनीतिको पूरौ रोग भएकाले डा. भट्टराई नेतृत्व सरकारलाई सजिलै काम गर्न सक्ला भन्न सकिन्न तापनि नेतृत्व गर्ने व्यक्ति इमान्दार स्वच्छ छविको भयो भने त्यस मातहत रहने अरु व्यक्तिहरू पनि इमान्दार बन्न करै लाग्छ भन्न अवश्य सकिन्छ वर्तमान मन्त्रिमण्डलका सदस्यहरूको परिवर्तित व्यवहारले यस्तो संकेत गरेको पनि २०४८ सालको आम निर्वाचनपछि लगातार मन्त्री बन्दै आएका भ्रष्टाचारी भनेर आरोपित व्यक्तिहरू अहिले आएर इमान्दार, अनुशासित भ्रष्टाचाररहित प्रशासनको वकालत गर्न थालेका छन् उनीहरूको व्यवहार कस्तो हुन्छ त्यो आगामी दिनमा देखिने नै तर पनि नेपाली जनताले डा. बाबुराम भट्टराईबाट गरेको अपेक्षा भनेको भ्रष्टाचारमुक्त प्रशासन नै होे

शान्ति संविधानका लागि एकलब्य बनेर लागिपर्ने घोषणा गर्नुभएका प्रधानमन्त्रीका लागि अहिलेको समय निकै चुनौतिपूर्ण शान्ति संविधानको एकसूत्रीय रटान सबैले लगाइरहेका छन् स्वच्छ प्रशासन, भ्रष्टाचारमुक्त समाज, आर्थिक अनुशासनका कुरा सबैले गर्छन् तर त्यसको कार्यान्वयन गर्न कोही पनि अग्रसर भएको आजसम्म भेटिएको छैन यतिखेर सरकारले सुशासनका पक्षमा चालेको पाइला कति दह्रो हुने हो त्यो अग्निपरीक्षाकै घडीमा राजनीतिक संरक्षणमा हुर्किएको अपराध नियन्त्रण ज्यादै चुनौतिपूर्ण नागरिक सुरक्षाको प्रत्याभूति दिन सरकारले कस्तो नीति अीख्तयार गर्ने हो ? हेर्न बाँकी नै

राजनीतिक दलका भातृ संगठनहरू नै शान्ति सुरक्षामा खलल पु¥याउने प्रमुख शक्ति रहेको नेपाल प्रहरीको एक प्रतिवेदनले नै देखाइसकेको भ्रष्टाचारजन्य क्रियाकलापमा पनि यिनै शक्तिहरू संलग्न रहेको जगजाहेर ठेक्का-पट्टादेखि सिण्डिकेट, कालोबजारी, गुण्डागर्दीलाई राजनीतिक दलका भातृ संगठनहरूले नै संरक्षण दिइरहेका छन यस्ता प्रवृत्तिको अन्त्य कसरी थरिन्छ हेर्न बाँकी नै

भ्रष्टाचारमुक्त समाज शुशासनका लागि प्रधानमन्त्री एक्लोको सदाचारी बन्ने प्रयासले कुनै सार्थक परिणाम दिंदैन जसरी शान्ति संविधानमा एकलब्य बन्ने घोषणा प्रधानमन्त्रीबाट भएको त्यसरी नै मुलुकमा सुशासन कायम गरी शान्ति सुरक्षा वहाली गराउन पनि उहाँ प्रतिबद्ध हुनैपर्छ मुलुक चुनौति नै चुनौतिको पहाडले घेरिएको विकृति, विसंगति तथा अस्थिरताले आम जनतामा घोर निराशा छाइरहेको जनतालाई सहानुभूति दिने गरी सरकारले गरेको आचारसंहिताको घोषणा फगत घोषणा मात्र नभएर कार्यान्वयन पनि हुने हो भने यसले जनतामा आशा जगाउने मात्र नभै विश्वासको नयाँ वातावरण पनि सिर्जना गर्नेछ



Rating (Votes: )   
Share     Print


Other Articles:
कडा कार्बाहीको प्रतिक्षा (09.12.2011)
स्वदेशीलाई प्राथमिकता (09.05.2011)
समस्या सिर्जना राजनीतिबाटै (08.29.2011)
राष्ट्रिय पोशाकलाई मान्यता (08.22.2011)
मन्त्रीको सह्रानीय काम (08.15.2011)
जनस्वास्थ्यमाथि खेलवाड (08.09.2011)
लोकतन्त्रलाई नसुहाउने क्रियाकलाप (06.20.2011)
प्राप्त अवसर नगुमोस् (06.06.2011)
सास रहुञ्जेल आश (05.30.2011)
दुर्दिन ननिम्तियोस् (05.24.2011)



 
::| Latest News

 
[Page Top]