युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 10.20.2019, 07:05pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
विपत्ति कम गर्ने उपाय खोज
Wednesday, 08.20.2014, 01:29pm (GMT+5.5)

मुलुक प्राकृतिक प्रकोपको विपत्तिमा छ । मनसुनले गति लिन थालेदेखि देशका विभिन्न भागमा छिटफुट पहिरो तथा डुबानका घटना घटे पनि साउन १७ गतेयता आएर देशभर नै बाढी, पहिरो र डुबानले सताएको छ । सिन्धुपाल्चोकको राम्चेमा गएको पहिरोको प्रभाव आगामी कैयौं महिनासम्म देखिने छ । नेपाल–चीनबीचको एकमात्र सुविधासम्पन्न नाका यतिबेला बन्द छ । पहिरोले थुनेको सुनकोसी नदीले अरनिको राजमार्ग ध्वस्त बनाएपछि यसले आम जनजीवन निकै कष्टकर बनाउँदै गएको छ । सरकारले वैकल्पिक मार्ग खोल्ने प्रयास गरिरहे पनि निरन्तरको वर्षाले त्यो सहज हुन सकेको छैन । दशैंको मुखमा महंगी बढ्ने देखिएको छ । देशभरमा कति क्षति भयो भन्ने लेखाजोआ अहिलेसम्म हुन सकेको छैन ।

सुदूरपश्चिमदेखि पूर्वसम्मका तराई क्षेत्र डुबानमा परेको छ भने पहाडी जिल्लामा पहिरो । अहिलेसम्म देशभरमा २ सयभन्दा बढीको ज्यान गएको छ भने हजारौं घर डुबेका छन्, हजारौं विस्थापित भएका छन् । विपत्तिमा सरकारले जेजस्तो अग्रसरता देखाउनुपथ्र्यो त्यो देखाउन सकेको छैन । प्राकृतिक विपत्तिमा परेकाहरु उचित राहत, क्षतिपूर्ति र पुनःस्थापनाको प्रतिक्षामा छन् तर सरकारी निकायले सो अनुरुपको कदम चाल्न सकेको छैन । यसको विपरीत देश–विदेशमा रहेका नेपालीहरुबाट ठूलो मात्रामा सहयोग संकलन भएको छ । व्यावसायिक प्रतिष्ठानहरुले पनि सहयोग उपलब्ध गराएका छन् । नेपालीलाई दुःख पर्दा नेपालीको मन नरोए कसको रोला ? भन्ने मान्यता स्थापित भएको छ । विपत्तिको यो घडीमा सम्पूर्ण नेपाली एकजुट हुनु सकारात्मक पक्ष हो । तर यससंगै राजनीतिक नेतृत्वले देखाएको उदासिनता, झाराटार्ने व्यवहार र विपत्तिको रोकथामका लागि चाल्नुपर्ने कदम चाल्न नसक्दाको परिणाम भने भावी दिनमा अरु दर्दनाक हुने छ ।

हरेक वर्षायाममा पहाडी क्षेत्रमा पहिरो र तराईमा डुबान समस्या हुने गरेको छ र यो बढ्दो क्रममा छ । यसले मुलुकको आर्थिक विकासमै ठूलो अबरोध सिर्जना गरिरहेको छ । यस्ता विपत्तिहरु रोक्न नसकिए पनि यसलाई कम गर्न र क्षति घटाउन भने अवश्य सकिन्छ । तराई क्षेत्रको डुुबानको प्रमुख कारण भारतले सीमावर्ती क्षेत्रमा एकतर्फी रुपमा बनाएका बाँध हो भने त्यसपछि चुरेको विनाश । पहाडी क्षेत्रको पहिरोको कारण बन विनाश र विकासका नाममा भौगोलिक अवस्थाको मूल्यांकन नै नगरी हुने उत्खनन् हो । यसले गर्दा नेपालका पहाडी क्षेत्रको भूधरातल कमजोर हुँदै जाँदा पहिरोको सम्भावना बढ्दै गएको हो । त्यस्तै वनजंगलको बिनास अर्को प्रमुख कारण हो । यसलाई रोक्ने दिशातिर अग्रसर नहुने हो भने नेपालको पहाडी क्षेत्र मानवका लागि अभिषाप हुन बेर लाग्दैन भने तराई माछापोखरीमा परिणत हुने खतरा बढ्दो छ ।

प्राकृतिक स्रोत साधनको अनुचित दोहनले प्राकृतिक विपत्ति निम्त्याउने बाहेक अरु केही काम गर्दैन । केही व्यक्तिको स्वार्थका लागि मुलुकको दीर्घकालीन भविष्यमाथि खेलवाड गर्ने प्रवृत्तिको निरन्तरताले आज मुलुकमा विपत्तिमाथि विपत्ति मडारिएको छ । चुरे तराईको सुरक्षा कवच हो । तर, यतिबेला त्यही चुरे अस्तित्व रक्षाको संघर्षमा छ । सरकारले चुरे संरक्षणका लागि चालेका कदमहरु चुरे दोहन गरेर कमाउन पल्केकाहरुबाट अवज्ञा भैरहेको छ । त्यस्तै वर्षायाम लागेपछि बाँके, बर्दिया, नवलपरासी, चितवन, रौतहट लगायतका जिल्लाहरु ढुबानमा पर्ने गरेका छन् । यसको एउटै कारण भनेको भारतले अनधिकृत रुपमा बनाएको बाँध हो । यो भारतको नेपालको सिंगो तराईलाई जलभण्डारमा परिणत गर्ने दीर्घकालीन योजना अन्तर्गत अघि बढिरहेको रणनीति हो । यसलाई समयमै रोक्न नसके नेपालले विपत्तिमाथि विपत्ति मात्रै व्यहोर्नुपर्ने हुनसक्छ । सडक बनाउनु आफैंमा सकारात्मक पक्ष हो तर सडक कसरी बन्छ भन्ने सवाल महत्वपूर्ण छ । जमिनको सतहभन्दा ४–५ मिटर माथि उठाएर बन्ने संरचना सडक हो कि पर्खाल हो ? सोचनीय पक्ष छ । 

प्राकृतिक विपत्तिका लागि प्रमुख जिम्मेवार मानिस नै हो । मानिसले प्रकृतिको सन्तुलन नखल्बलिने गरी त्यसको उपयोग गरे विपत्ति निम्तिदैन तर यहाँ पाएको मौकामा लुटिहाल्नुपर्छ भन्ने गलत मान्यताले काम गर्दा अपार स्रोत साधन बगेर जाने खतरा उत्पन्न भैरहेको छ । सिन्धुपाल्चोकको पहिरोले पुर्याएको क्षतिको अहिलेसम्म लेखाजोखा नै छैन । दुईवटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । देशभर पानी नै पानी छ तर विद्युत उत्पादन घटेको छ । यसले मुलुकको अर्थतन्त्रमा गम्भीर असर पारिरहेको छ । कृषियोग्य जमिन डुबानमा परेका छन्, बगरमा परिणत भएका छन् । गाउँका गाउँ खण्डहरमा परिणत भएका छन् । यसलाई रोक्ने भनेको मानिसले नै हो । सरकारले प्राकृतिक विपत्तिमा परेकाहरुका लागि उचित राहत, उद्धार र पुनःस्थापनाको तत्काल व्यवस्था गरोस् र यस्तो विपत्ति दोहोरिन नदिन र बढी क्षति हुन ननि अपनाउनुपर्ने उपायहरु अविलम्ब तय गरोस् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रिय दृष्टिकोण अपरिहार्य (08.13.2014)
मोदीको नेपाल भ्रमण (08.04.2014)
बजेट र बहस (07.22.2014)
नेकपा एमालेको नवौं महाधिवेशन (07.09.2014)
जनस्वास्थमाथि खेलबाड नहोस् (07.02.2014)
नियतिको पुरानै बाटो (06.27.2014)
हाम्रो प्रतिबद्धता (06.16.2014)
परनिर्भरताको सुनियोजित विस्तार (06.09.2014)
प्रक्रिया कि सहमति ? (06.02.2014)
शून्यमै बितेको सय दिन (05.26.2014)
भारतमा मोदीको अभ्युदय (05.19.2014)
बोलीमा चिन्ता व्यवहारमा संरक्षण ! (05.12.2014)
स्वतन्त्र न्यायालयमा ग्रहण (05.05.2014)
गणतन्त्रको आठ वर्ष (04.28.2014)
नयाँ वर्षको आगमन र खडा भएका चुनौतिहरू (04.21.2014)
देश बिलम्बको शिकार नबनोस् (04.08.2014)
विधि विपरीतको बाटो (03.31.2014)
सरकारको मति र गति (03.24.2014)
मूल्यवृद्धिको चपेटामा जनता (03.19.2014)
स्थानीय निर्वाचनको अपरिहार्यता (03.10.2014)



 
::| Latest News

 
[Page Top]