युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 10.20.2019, 08:09pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
बडा दशैंको सबैमा शुभकामना
Tuesday, 09.30.2014, 11:17am (GMT+5.5)

नेपाली समाज यतिखेर सांस्कृतिक संक्रमणको संघारमा छ । हिन्दु धर्म, संस्कृति र जीवन पद्धतिबाट अभिसिञ्चित हुँदै विकसित भएका मानव कल्याणकारी सन्देशहरू क्रमशः विलुप्त हुँदै गएका छन् भने विधर्मी संस्कृतिको आक्रामक गतिले नेपाली समाजको मौलिक अस्तित्व नै समाप्त हुनेसम्मका खतरापूर्ण संकेतहरू नेपाली समाजभित्रै मडारिइरहेका छन् । युगौंदेखि विविधताबीच एकताको बिशिष्ट नमूना प्रदर्शन गर्दैआएको नेपाली समाजमा आज वैदेशिक क्षेत्रबाट सुनियोजित रुपमा प्रक्षेपित अतिक्रमणकारी धारणाहरूले ठूलै वित्तण्डा मच्चाइरहेका छन् । बहुसांस्कृतिक नेपाली समाजभित्रको पारस्परिक सद्भाव र एकता टुटाएर यो देशको मेलमिलाप र  सद्भावको संस्कृति खल्वल्याउने र नेपाली समाजको बिशिष्ट पहिचानलाई नै समाप्त पार्ने सुनियोजित षड्यन्त्र पनि उत्तिकै चलिरहेको छ । राजनीतिक द्वन्द्वको अवसरलाई धार्मिक–सांस्कृतिक अतिक्रमणको सुनौलो मौका ठान्नेहरू नै नेपाली समाजको मौलिक संस्कृति रक्षाका लागि ठूलो चुनौती बन्दैगएका छन् । राजनीतिक परिवर्तन र सामाजिक–आर्थिक रूपान्तरणको लहरले सिंगो नेपाली समाज प्रभावित भैरहेको मौका छोपेर नेपाली समाजको सद्भाव, मेलमिलाप र सहिष्णुताको संस्कार र संस्कृति नष्ट गर्न खोज्ने आसुरी प्रवृत्तिप्रति नेपाली समाज सचेत हुनैपर्ने अवस्था सिर्जित भैसकेको छ । 

बडा दशैं जस्तो धार्मिक–सांस्कृतिक महत्वको राष्ट्रिय चाडपर्व क्रमशः समृद्धि र विलाशिता प्रदर्शन गर्ने अवसरका रुपमा समेत उपयोग हुन थालेको छ । परिवारजनसंग भेटघाट गर्ने, राम्रा–राम्रा नयाँ लुगा लगाउने, मीठो–मीठो खाने र सुख–समृद्धिको अनुभूत गराउने यो अवसरलाई सवै नेपालीले समान रुपमा मनाउनसक्ने वाञ्छित वातावरणको सिर्जना एकातिर नितान्त दुरुह बन्दैगएको छ भने राष्ट्रिय संस्कृतिविरुद्धका छद्म अभियानहरू पनि उत्तिकै उत्कर्षमुखी छन् । यो नेपाली समाजमा थपिँदैगएको गम्भीर चिन्ताको विषय हो । यस्ता घातक प्रवृत्तिविरुद्ध सामाजिक–सांस्कृतिक चेत जगाउन बडादशैंको अवसरले सवै नेपालीलाई प्रेरित गरोस् भन्ने हाम्रो कामना छ । राष्ट्रिय चाडपर्वको यो विशिष्ट अवसरले यतिखेर सिंगो नेपाली समाजलाई उमंगित र उल्लासित बनाएको छ । अध्ययन, रोजगारी र पेशा–व्यवशायका अनेक कारणले घर–परिवारबाट टाढा रहेकाहरू बडा दशैंलाई सुखद् मिलनको विशिष्ट अवसरका रुपमा उपयोग गर्दै आ–आफ्नो मूल थलोतिर जाने क्रम बाक्लिएको छ । बडा दशैं सबै नेपालीको घर–दैलोमा आइपुगेको छ । 

आध्यामिक चेतनाले अनुप्राणित नेपाली समाजमा बडा दशैंको धार्मिक–सांस्कृतिक महत्व बिशिष्ट छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरू हुने र नौ दिनसम्म शक्तिमाता दुर्गा भवानीको पूजा–आराधना गरी मनाउँदै दशौं दिन मान्यजनहरूको हातबाट विजया दशमीको टीका ग्रहण गरी उल्लासमय वातावरणमा यो चाडपर्व मनाइन्छ । आसुरी प्रवृत्तिमाथि दैवीशक्तिको विजयका अनेक गाथाहरू परम्परादेखि चलिआएका छन् । यो चाडपर्वले नेपाली समाजको सांस्कृतिक–धार्मिक बिशिष्टताको परिचय दिँदैआएको छ । एकआपसमा मेलमिलाप, सामाजिक सद्भाव र सहिष्णुता प्रदर्शनको सामूहिक संस्कृति निर्माण नै नेपाली समाजको आदर्श पक्ष हो र यसको जगेर्ना गर्नसके हाम्रो देश, हाम्रो समाज, हाम्रो संस्कृति सदा एकतावद्ध र जीवन्त रहनसक्छ । समग्रतामा बडादशैं र विजया दशमीको पावन पर्वले प्रवाह गर्दैआएको सन्देश नै यही हो ।

मुलुक संविधान निर्माणको अर्को चरणमा रहेको छ । माघ ८ गते नेपाली जनतालाई नयाँ संविधान दिने बाचा नेताहरूले गरेका छन् । संविधान निर्माणको यो घडीमा नेपाली समाजलाई एकताबद्ध गराउने धार्मिक–सांस्कृतिक विविधताबीचको एकता विगतमा जसरी कायम थियो त्यसै गरी कायम राख्नसक्ने वातावरण बनोस् । नेपाली जनताबीचको एकता, सद्भाव र मेलमिलापले नेपाली समाजको विशिष्ट सांस्कृतिक पहिचान कायम राखिरहन सकोस् । मौलिक पहिचानको राष्ट्रिय चाडपर्व बडादशैंले हामी सवै नेपालीजनमा शान्ति, समृद्धि र खुशीको लहर ल्याओस् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सार्थक परिणामको आशा (09.23.2014)
प्राज्ञिक थलोको दुर्दशा (09.09.2014)
गैरजिम्मेवार राजनीति (09.02.2014)
माघ ८ टार्ने खेल (08.28.2014)
विपत्ति कम गर्ने उपाय खोज (08.20.2014)
राष्ट्रिय दृष्टिकोण अपरिहार्य (08.13.2014)
मोदीको नेपाल भ्रमण (08.04.2014)
बजेट र बहस (07.22.2014)
नेकपा एमालेको नवौं महाधिवेशन (07.09.2014)
जनस्वास्थमाथि खेलबाड नहोस् (07.02.2014)
नियतिको पुरानै बाटो (06.27.2014)
हाम्रो प्रतिबद्धता (06.16.2014)
परनिर्भरताको सुनियोजित विस्तार (06.09.2014)
प्रक्रिया कि सहमति ? (06.02.2014)
शून्यमै बितेको सय दिन (05.26.2014)
भारतमा मोदीको अभ्युदय (05.19.2014)
बोलीमा चिन्ता व्यवहारमा संरक्षण ! (05.12.2014)
स्वतन्त्र न्यायालयमा ग्रहण (05.05.2014)
गणतन्त्रको आठ वर्ष (04.28.2014)
नयाँ वर्षको आगमन र खडा भएका चुनौतिहरू (04.21.2014)



 
::| Latest News

 
[Page Top]