युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.11.2019, 10:42am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
शहीद दिवस औपचारिकतामै सीमित
Monday, 01.26.2015, 03:58pm (GMT+5.5)

हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताह मनाउने परम्परालाई गणतन्त्रको आगमन पछिका सरकारहरूले पनि निरन्तरता दिँदैआएका छन् । पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने परम्परा तोडेका सत्ताधारीहरूले विशृङ्खलित नेपाललाई एकीकरण गरी एकताको सूत्रमा बाध्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको कदर गर्न नसके झैं शहीदहरूको योगदानको सही मूल्यांकन गर्न र उनीहरूको उत्सर्गपूर्ण जीवनले देखाएको बाटो अनुशरण गर्न पनि सकेका छैनन् तर पनि शहीद सप्ताहको महत्व निमिट्यान्न पार्ने हिम्मत गरेका छैनन् । नेपालमा एकतन्त्रीय जहानीया राणा शासन चलेको बेला अधिनायकवादी शासन व्यवस्थाको अन्त्य र नागरिक अधिकार सहितको प्रजातान्त्रिक राज्य प्रणालीको स्थापनाका निम्ति नेपालभित्रैबाट राजनीतिक आन्दोलन र क्रान्तिको बीजारोपण भयो । क्रान्ति नायक टंकप्रसाद आचार्यको नेतृत्वमा संगठित भएका युवाहरूले देशभित्रैबाट क्रान्तिको बिगुल फुके । क्रुर राणा शासकहरूले नागरिक हक अधिकार बहालीको युगसापेक्ष चाहनालाई  दवाउन अनेक प्रपञ्च रचे । १९९७ साल माघको यसै हप्ता दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली ठोकेर मृत्युदण्ड दिए भने धर्मभक्तलाई सिफल र शुक्रराज शास्त्रीलाई  टेकुमा रुखमा झुण्ड्याएर मृत्युदण्ड दिए । टंकप्रसाद आचार्य, रामहरि शर्मा, गोविन्दप्रसाद उपाध्याय लगायतका नेपाल प्रजापरिषदका नेताहरूलाई आजीवन कारावासको सजाय तोकेर जेलको कालकोठरीमा हालियो । तर समयले ल्याएको क्रान्ति चेत बढ्दै गयो । दश वर्षकै अन्तरालमा जनक्रान्तिकै बलद्वारा एकतन्त्रीय जहानिया राणा शासन समाप्त भयो । २००७ सालमा प्रजातन्त्रको अभ्युदय भयो । यसलाई  नेपाली नागरिकहरूको प्रजातान्त्रिक हक अधिकार स्थापनाका निम्ति जीवन उत्सर्ग गर्ने  महान् शहीदहरूको त्याग र बलिदानको प्रतिफल ठानेर हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने चलन बसाइयो । राष्ट्रिय स्वाभिंमानको रक्षा गर्दै युगसापेक्ष नागरिक हक अधिकारको पूर्ण प्रत्याभूतिका लागि विधिको शासन व्यवस्थित गरेर देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने शहीदका सपना भने अहिले पनि अधुरै छन् । शहीद दिवस औपचारिकतामा कैंद भएको छ  ।

नेपालमा नागरिक अधिकारको बहाली, प्रजातान्त्रिक शासन व्यवस्थाको स्थापना र अग्रगामी राजनीतिक परिवर्तनका लागि धेरै नेपाली सपुतहरूले जीवन उत्सर्ग गरेका छन्, धेरैको रगत बगेको छ ,धेरैले लामो जेल जीवन बिताएका छन् भने आम नेपाली जनताले पनि परिवर्तनका संवाहक समूहहरूलाई सधैं साथ दिएका छन् । तर पनि आज देश धेरै कमजोर भएको र राष्ट्रिय अस्मिता नै संकटमा पर्नथालेको चौतर्फी आभास हुनथालेको छ । राजनीतिक परनिर्भरताको तीब्रतर गतिकै कारण देशका हरेक क्षेत्रमा परनिर्भरता विस्तारित हुँदैगएको छ । विधिको शासनको प्रत्याभूति हुने कुनै आधार नै छैन । राजनीतिक विकृति र विसंगतिको उग्र लहरले राष्ट्रिय सद्भाव नै खलबलिइसकेको छ भने राष्ट्रिय एकता र अखण्डताबिरुद्धका अशंगत गतिविधिहरू उत्कर्षमुखी छन् । वैदेशिक शक्तिहरूका रणनीतिक स्वार्थहरूको टकरावको प्रत्यक्ष असर मुलुकको नियति भोग भएको छ ।

आफ्नो उर्वर जमिन बाँझो पार्ने र खाद्यान्न आयात गरेर गास टार्ने दुर्नियतिको बाटो अबलम्बित भैरहेको छ । उपयुक्त राष्ट्रिय नीतिको अभावमा अपार जलस्रोत उपयोगहीन जस्तै छ र विदेशबाटै बिजुली आयात गरेर  गर्जाे टार्नेुपर्ने नियतिको खेलमा मुलुक परिसकेको छ । यो देशमा हजारौं वर्षदेखि बसोवास गरेकाहरू परत्री बनाइएका छन् भने नव नागरिकहरू आदिवासी जस्तै बनेर योजनाबद्ध रुपमा यो देशको हुर्मत लुटिरहेका छन् । नेपालीकै अधिनायकवादी सत्ताबिरुद्ध केयौं सपुतहरूले जीवन उत्सर्ग गरेको ऐतिहासिक अभिलेख एकातिर छ भने अर्कातिर क्षणिक राजनीतिक स्वार्थका निम्ति वैदेशिक शक्तिहरूको बुइमा चढेर बुर्कुसी मार्दै राष्ट्रको स्वाभिमान, अस्मिता र अखण्डतामाथि नै आँच पुर्याउन पनि पछिनपर्ने निमित्त नायकहरूको बोलबाला पनि वर्तमानको यथार्थ बन्न पुगेको छ । शहीदहरूको आत्म बलिदानको अपमान र उपहास यो भन्दा अर्काे के हुनसक्छ ? 

देशको वर्तमान अवस्था अत्यन्त जटिल र जोखिमपूर्ण छ । यसमा न्यूनता आउने कुनै लक्षण देखापरेको छैन । २००७ सालको राजनीतिक परिवर्तनदेखि नै नेपालको राष्ट्रिय राजनीतिमा भाइरस पसेको र परिवर्तनपछिका हरेक क्षणलाई निहित स्वार्थपूर्तिका लागि उपयोग गर्ने कसरत भैरहेको तथ्यलाई आत्मसात नगरेसम्म एवं देशको समसामयिक राजनीतिले राष्ट्रिय चिन्तनधार नसमातेसम्म शहीदका सपनाहरू अधुरै रहने छन् । साँढे छ दशकको अन्तरालमा पनि नेपालमा किन कुनै थिति बसेन, प्रजातन्त्रको जग किन बसेन र विधिको शासनको बलियो आधार किन खडा हुन सकेन ? राजनीतिक–गैरराजनीतिक हरेक क्षेत्रमा परनिर्भरता के कारणले बढ्दैगएको छ ? राष्ट्रियता नै जोखिममा पर्ने गरी नेपाल किन यति कमजोर हुनपुगेको हो ? शहीदहरूको  आत्मबलिदानको स्मरण गर्दा यस्ता जीवन्त प्रश्नहरूको पनि उत्तर खोज्नुपर्ने बेला आएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रनिर्माताको सम्झना (01.17.2015)
जनतामा बढेको छटपटी (12.29.2014)
राष्ट्रिय संकट ननिम्त्याऊ (12.24.2014)
जलस्रोतमा जालझेल नगर (12.10.2014)
मुलुक जोगाउने चेतना जागोस् (12.02.2014)
आक्रामक सक्रियताको आवश्यकता (11.25.2014)
संविधान लेनदेनको वस्तु होइन (11.18.2014)
जिम्मवारीबोधको अभाव (11.11.2014)
सकियो सहमतिको नाटक (11.04.2014)
सामूहिक आवाजको खाँचो (10.21.2014)
व्यक्ति र दल हैन, जनता र राष्ट्र (10.15.2014)
बडा दशैंको सबैमा शुभकामना (09.30.2014)
सार्थक परिणामको आशा (09.23.2014)
प्राज्ञिक थलोको दुर्दशा (09.09.2014)
गैरजिम्मेवार राजनीति (09.02.2014)
माघ ८ टार्ने खेल (08.28.2014)
विपत्ति कम गर्ने उपाय खोज (08.20.2014)
राष्ट्रिय दृष्टिकोण अपरिहार्य (08.13.2014)
मोदीको नेपाल भ्रमण (08.04.2014)
बजेट र बहस (07.22.2014)



 
::| Latest News

 
[Page Top]