युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.20.2019, 08:12pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
अहिलेको यक्ष प्रश्न
Wednesday, 03.04.2015, 12:09pm (GMT+5.5)

प्रमुख राजनीतिक दलका नेताहरूले समयको गति बुझ्न नसक्दा देशले चरम राजनीतिक संकट झेलिरहेको छ । राष्ट्रका गहन मुद्दालाई सम्बोधन गर्ने क्षमता सत्ताभित्र र सत्ता बाहिरका कुनै पनि दलका नेताले देखाउन सकेका छैनन् । गत शनिवार एनेकपा माओवादी नेतृत्वको ३० दलीय गठबन्धनले राजधानीमा विशाल जनशक्ति प्रदर्शन गर्याे । तर प्रायः सवै वक्ता नेताहरूले सत्ताधारी दलका नेताहरूकै उछित्तो काटेर मनको तीतो पोख्नु सिवाय राजनीतिक निकासको बाटो खोल्ने प्रतिबद्धताको कुनै छनक दिएनन् । यो शक्ति प्रदर्शनले सत्ताधारी दल कांग्रेस–एमालेसंग वार्ताको ढोका खोल्ने हो वा राजनीतिक मुठभेडको स्थिति निम्त्याउने हो भन्ने कुराको निक्र्याेल हुन बाँकी नै छ । विपक्षी गठबन्धनले फागुन १६ गतेको जनप्रदर्शनबाट सत्ता गठबन्धन अत्तालिने छ र उसका यावत् शर्तहरू स्वीकार्य हुनेछन् भन्ने अपेक्षा राखेको भए पनि सत्ता गठबन्धनका नेताहरूले खासै दवाव महसुस गरेको कुनै आभास छैन । सरकारले केही दिन अगाडिमात्रै एक वर्षको कार्यकाल पूरा गरेको अवसर पारेर उपलब्धिको फेहरिस्त नै तयार पारेर जग हँसाउने काम गरेको थियो । देशको वर्तमान राजनीति जति कोलाहलमय बनेको छ त्यत्ति नै राजनीतिक ध्रुवीकरणको गति तीब्रतर बन्दैगएको छ । संविधानसभा नै अनिश्चितकालका लागि स्थगित छ भने संविधानसभा बहिष्कार गरी सडक आन्दोलनमा उत्रेका विपक्षीहरू सजिलै वार्तामा आउनसक्ने कुनै सम्भावना देखिँदैन । विपक्षी गठबन्धनको आन्दोलन दोस्रो चरणमा प्रवेश गरिसकेको छ । 

प्रधानमन्त्री सुशील कोइरालाले दुईदुई पटक औपचारिक वार्ताका लागि लिखित आव्हान गरे पनि त्यसको कुनै असर छैन । सरकारको प्रभावकारीता शून्य प्रायः नै छ । सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनबीच वैचारिक विमति मात्रै होइन विश्वासको संकट घनीभूत छ र दुवै पक्षबाट आरोप–प्रत्यारोपको लहर उठाएर लक्षदार प्रहार गर्ने होडवाजी नै चलेको छ । विपक्षी गठबन्धनको सडक आन्दोलनले कुन गति लिन्छ र यसको दूरगामी असर के हुन्छ भन्नेवारे सत्ता गठबन्धनका नेताहरूले कुनै आँकलन गरेको देखिँदैन । विपक्षी गठबन्धनले पनि सडकमा लठ्ठी जुलुस निकाल्दैमा र जिल्ला जिल्लाबाट कार्यकर्ता–जनता ओसारेर प्रदर्शन गर्दैमा राजनीतिक निकासको बाटो खुल्नसक्ने देखिँदैन । जनमत र मतादेशको अपव्याख्या गरेर आआफ्नो डम्फू बजाउने जुन प्रवृत्तिको प्रदर्शन अहिले भैरहेको छ त्यसबाट राजनीतिक सङ्कट गहिरेिने र निकासविहीनताको अवस्था लम्बिने सिवाय कुनै रचनात्मक परिणाम नआउने निश्चित प्रायः छ । यो परिवेशमा मुलुकको उज्यालो भविष्यको रेखांकन कसरी हुनसक्ला ? यो नै अहिलेको गहन चासोको विषय हो ।

देशमा अहिले जुन राजनीतिक रन्थमोल व्याप्त छ त्यसले मुलुक गलत दिशातिर घचेटिँदै गएको यथेष्ठ सन्देश दिइरहेको छ । राजनीतिक विचलनका दुष्परिणामहरू जताततै छताछुल्ल छन् । नेपाललाई जातीय, क्षेत्रीय र धार्मिक–सांस्कृतिक द्वन्दको भुमरीतिर धकेल्ने कुनियोजित प्रयासका अवाञ्छित परिणामहरूले राष्ट्रको अखण्ड स्वरुप र उज्यालो भविष्यप्रति नै धावा बोलिरहेका छन् । यस्तो अनपेक्षित स्थिति सिर्जनाका कारणीहरूकै चर्काे स्वरले नेपालको राजनीतिक क्षितिज गुञ्जित भैरहेकाले राष्ट्रको समग्र जीवन नै धुमिल बन्दैगएको छ । बाह्य स्वार्थबाट निर्देशित गतिविधिले उब्जाएका समस्याले मुलुकको सिंगो भविष्यलाई अन्धकारको खाडलतिर धकेलिरहेको छ तापनि तत्वज्ञान गरेर सजगता अपनाउने साहस राजनीतिक वृत्तमा पैदा भएको छैन । १२ बुँदे दिल्ली सम्झौताको वारम्वार दुहाई पनि दिइरहने र बाह्य हस्तक्षेपको पीडा पनि पोखिरहने अनौठो प्रवृत्ति र संस्कार राजनीतिक बिडम्बनाको एउटा पाटो नै बनेको छ ।

१२ बुँदे सम्झौता पछिका राजनीतिक उपलब्धिहरूको जति नै बखान गरिए पनि नेपालको आत्मनिर्णयको अधिकार संकुचनमा परेको, राष्ट्रिय सम्मान संकटमा परेको, सामाजिक सद्भाव टुट्दै गएको, जातीय मेलमिलाप टुटाउने षड्यन्त्रले गति लिएको, आर्थिक विकासको गति अवरुद्ध भएको र हरेक क्षेत्रमा नेपथ्य निर्देशनको प्रभाव स्थापित भएको पीडाबोध जनताले गरिरहेका छन् । जताततैको राजनीतिक भागबण्डाले  शैक्षिक, प्रशासनिक, कुटनीतिक क्षेत्रदेखि लिएर संवैधानिक अंगहरूको जवाफदेहितापूर्ण मर्यादा भंग गरिरहेको छ । राष्ट्रिय जीवनका हरेक पक्षमा कलहको बीज रोपेर कोलाहलपूर्ण परिस्थिति सिर्जना गर्ने र राष्ट्रहितका अहं मुद्दाहरूलाई ओझेलमा पार्ने निर्देशित गतिविधिको सर्वाधिक प्रभाव राजनीतिक क्षेत्रमा नै छ । राजनीतिक मूल प्रवाह नै धमिलिएकाले वाञ्छित परिणामको अपेक्षा कुण्ठित हुँदैगएको छ । राष्ट्रिय स्वार्थलाई ओझेलमा पारेर हुने गरेका निहित स्वार्थपरक खेलबाट मूलधारको राजनीति प्रभावित भैरहने अवस्था विद्यमान रहेसम्म मुलुकको हालत कदापि सुध्रने छैन । इतिहासको अपव्याख्या गरेर नेपालको भूगोलमाथि नै प्रहार गर्ने जुन निर्देशित प्रयासहरू भएका छन् तिनको पहिचान, प्रतिवाद र निराकरणविना मुलुकले गति लिनसक्ने कुनै लक्षण छैन । नेपाली जनमानस राजनीतिक रुपले निरपेक्ष बन्दैगएको छ । 



Rating (Votes: )   
Share     Print


Other Articles:
प्रजातन्त्रको उपहास (02.24.2015)
विस्तारित हुँदैगएको राष्ट्रिय पीडा (02.17.2015)
गन्तव्यहीन यात्रा (02.10.2015)
राजनीतिक घम्साघम्सी (02.02.2015)
शहीद दिवस औपचारिकतामै सीमित (01.26.2015)
राष्ट्रनिर्माताको सम्झना (01.17.2015)
जनतामा बढेको छटपटी (12.29.2014)
राष्ट्रिय संकट ननिम्त्याऊ (12.24.2014)
जलस्रोतमा जालझेल नगर (12.10.2014)
मुलुक जोगाउने चेतना जागोस् (12.02.2014)
आक्रामक सक्रियताको आवश्यकता (11.25.2014)
संविधान लेनदेनको वस्तु होइन (11.18.2014)
जिम्मवारीबोधको अभाव (11.11.2014)
सकियो सहमतिको नाटक (11.04.2014)
सामूहिक आवाजको खाँचो (10.21.2014)
व्यक्ति र दल हैन, जनता र राष्ट्र (10.15.2014)
बडा दशैंको सबैमा शुभकामना (09.30.2014)
सार्थक परिणामको आशा (09.23.2014)
प्राज्ञिक थलोको दुर्दशा (09.09.2014)
गैरजिम्मेवार राजनीति (09.02.2014)



 
::| Latest News

 
[Page Top]