युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.12.2019, 06:13am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
महाभूकम्पपछिको राष्ट्रिय सङ्कट
Friday, 05.15.2015, 01:21pm (GMT+5.5)

२०७२ साको पहिलो महिना बैसाख १२ गते शनिवार अपरान्ह ११.५६मा गोर्खाको रमणीय पर्यटकीयस्थल वारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको महाभूकम्पले ठूलो परिमाणमा जनधनको क्षति गराएर राष्ट्रिय संकटको नयाँ स्थिति खडा गरेको छ । हालसम्म प्राप्त आँकडा अनुसार ८ हजारभन्दा बढी मानिसको ज्यान गुमेको छ भने १८ हजारभन्दा बढी घाइते भएका छन् । महा विनाशकारी भूकम्पका कारण खरबौ–खरबको भौतिक सम्पदा नष्ट भएको छ भने पुरातात्विक महत्वका साँस्कृतिक सम्पदाको क्षति पनि उत्तिकै ठूलो परिमाणमा भएको छ । १९९० सालको माघ २ गते गएको महाभूकम्पको पीडादायी इतिहास सुनेका त्यसपछिको पुस्ताका लागि ८२ वर्षपछि आएको महा भूकम्पले ठूलो मानवीय क्षति र भौतिक क्षतिको पीडाको प्रत्यक्ष अनुभूति गराएको छ । भूकम्पको प्रत्यक्ष असर परेका ३१ जिल्लामा जनजीवन पूरै महासंकटको भूमरीमा परेको छ भने सिन्धुपाल्चोक, गोर्खा, नुवाकोट लगायतका सर्वाधिक प्रभावित जिल्लाहरुको स्थिति झनै दारूण छ । अति प्रभावित जिल्लाका कतिपय विकट गाउँहरुको अवस्था दुई हप्ताको अन्तरालमा पनि अझै अज्ञात छ । पशुधनको क्षतिको विवरणको त कुनै लेखाजोखा छैन । महाभूकम्पको प्रत्यक्ष चपेटामा ३१ जिल्लाका ८० लाख मानिसमात्र परेको भनिए पनि यसको प्रत्यक्ष–परोक्ष असर सवै क्षेत्रका नेपालीमाथि परेको छ । नेपालले अप्रत्याशित रुपमा भोग्नुपरेको महा विपत्तिले विश्वकै ध्यान केन्द्रित गराएको छ । 

महाभूकम्पले गरेको विनाश र सिर्जना गरेको विपत्तिका अनेक दर्दनाक विवरणहरू अहिले नियमित आकस्मिकताका खवरहरू बनिरहेका छन् । महाभूकम्पले खडा गरेको त्रास, भय र निकट भविष्यप्रतिको चिन्ताले आम जनजीवनलाई नराम्रोसंग प्रभावित पारिरहेको छ । मित्रराष्ट्र चीन, भारत, अमेरिका लगायत विश्वका अनेकौं मित्रराष्ट्रबाट उद्धार र राहत कार्यमा देखाएको तत्परता र मुलुकभित्रै पनि अगाडि बढेका सहयोगका हातहरूले उद्धार र राहत कार्यलाई गति दिइरहेको देखिए पनि उद्धार र राहत कार्यमा हाम्रो राष्ट्रिय क्षमता विकसित हुन नसकेको कटु यथार्थबोध पनि यो पीडादायी समयले गराएको छ । प्राकृतिक विपत्तिको यो अत्यन्त पीडादायी  अवस्था र मानवीय संकटको घडीलाई पनि हस्तक्षेप विस्तारको विशेष अवसरका रुपमा उपयोग गर्न चाहने बाह्यशक्तिका बिद्रुप रुपहरू प्रदर्शित भएको अवस्थाले पनि हाम्रो निरीह अवस्थालाई नराम्रोसंग उजागर गरेको छ । पीडित जनताको पुनर्वास, पुस्थापन र विनाश भएका संरचनाको पुनः निर्माणको महा चुनौति खडा भएको यो बेला बाह्यशक्तिका अनपेक्षित हर्कतहरू थप समस्याका रुपमा खडा हुनु थप पीडाको विषय हो । 

भूकम्प पीडित नेपाललाई भूकम्पपछिको हाइटीको जस्तै असफल राष्ट्रको अवस्थामा पुर्याउने षड्यन्त्र भैरहेको तथ्योद्घाटन त प्रधानमन्त्री स्वयंबाटै भएको छ । यो बेला राष्ट्रिय एकता मजबुत पारी आम रुपमा सहकार्यको संस्कार विकसित गर्नुपर्ने र राष्ट्रको नवनिर्माणको आकाङ्क्षा राखेर आन्तरिक सामथ्र्य नै प्रदर्शन गर्नुपर्ने अवस्था छ । यसका निम्ति राष्ट्रिय प्रतिबद्धता अपरिहार्य छ ।   महाभूकम्पले पुर्याएको क्षतिको समग्र अभिलेख तत्काल आउनसक्ने अवस्था नभए पनि यसको प्रतिकूल असरले नेपालको सम्पूर्ण पक्षलाई पक्षघातको स्थितिमा पुर्याएको छ । हजारौं व्यक्ति अझै उपचारको क्रममा छन् ,लाखौं मानिस पालमुनी बास बसिरहेका छन् । कतिपय क्षेत्रमा उद्धार र राहत कार्य नै हुन नसकेको जानकारी आइरहेको छ । सेना र प्रहरीबाट भएको उद्धार र राहत कार्यको सर्वत्र प्रशंसा भए पनि हरेक क्षेत्रमा सरकारको उपस्थिति अत्यन्त कमजोर रहेको आम गुनासो छ । उद्धार र राहत कार्यका लागि जुटेको सहयोगको समानुपातिक वितरणका लागि पनि सरकार सक्षम नरहेको कटुबोध सर्वत्र छ । तर पनि सरकारकै पहलमा एकद्वार प्रणालीबाटै राहत कार्य, पुनःस्थापन र पुनःनिर्माणको महा अभियान चलाउनुको अर्काे विकल्प छैन । हामी सवै नेपाली एकजुट भएर सहकार्य गरौं र राष्ट्रिय संकटको सामना गर्ने क्षमता बढाऔं भन्ने हाम्रो नम्र निवेदन छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
कहिले सुध्रने आर्थिक अवस्था ? (04.07.2015)
डा. के.सी.को अनशन र लुटतन्त्रको जालो (03.31.2015)
सीमासुरक्षाको सवाल (03.17.2015)
परिणामदायी वार्ताको खाँचो (03.10.2015)
अहिलेको यक्ष प्रश्न (03.04.2015)
प्रजातन्त्रको उपहास (02.24.2015)
विस्तारित हुँदैगएको राष्ट्रिय पीडा (02.17.2015)
गन्तव्यहीन यात्रा (02.10.2015)
राजनीतिक घम्साघम्सी (02.02.2015)
शहीद दिवस औपचारिकतामै सीमित (01.26.2015)
राष्ट्रनिर्माताको सम्झना (01.17.2015)
जनतामा बढेको छटपटी (12.29.2014)
राष्ट्रिय संकट ननिम्त्याऊ (12.24.2014)
जलस्रोतमा जालझेल नगर (12.10.2014)
मुलुक जोगाउने चेतना जागोस् (12.02.2014)
आक्रामक सक्रियताको आवश्यकता (11.25.2014)
संविधान लेनदेनको वस्तु होइन (11.18.2014)
जिम्मवारीबोधको अभाव (11.11.2014)
सकियो सहमतिको नाटक (11.04.2014)
सामूहिक आवाजको खाँचो (10.21.2014)



 
::| Latest News

 
[Page Top]