युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 06.26.2019, 07:21pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
सही बाटो पहिलिएला त ?
Tuesday, 06.23.2015, 12:15pm (GMT+5.5)

देश यतिखेर जटिलतम राजनीतिक मोडमा छ । एकातिर बैशाख १२, १३ र २९ गते आएको भूँइचालोले निम्त्याएको महासंकटबाट देश आहत भैरहेको छ भने अर्कातिर पथविचलित प्रमुख राजनीतिक दलहरूले सिर्जना गरेको राजनीतिक संकटको जालोले उत्तिकै घेरिइरहेको छ । जेठ २५ गते नाटकीय ढंगले १६ बुँदे सहमति गरेर असार मसान्तभित्रै संविधान जारी गर्ने नयाँ सपना बाँडिदै गरेको यो बेला सर्वाेच्च अदालतले सो सहमति कार्यान्वयन नगर्नु भनी दिएको आदेशले अर्काे नाटकीय मोड लिएको छ । संविधान निर्माणतिरभन्दा सत्ता समीकरणका नयाँ नयाँ खेलतिर आकर्षित भैरहने प्रमुख दलहरूको चारित्रिक विशेषताले उब्जाएका जटिलताहरू एकातिर ज्यूकात्यू छन् भने अर्कातिर अदालत र संविधानसभाको क्षेत्राधिकार–विशेषाधिकारका बहसले पनि राजनीतिक एवं न्यायिक क्षेत्रलाई उत्तिकै तताइरहेको छ । संविधान निर्माणका दायित्वपूर्ण अनेक अवसरलाई विभिन्न बहानामा गुमाउँदै आएका राजनीतिक दलहरूले भूकम्प सिर्जित समस्याको सामना गर्न सिगो राष्ट्रलाई एकजुट गराउन कसरत गर्नुपर्ने बेलामा कथित राष्ट्रिय सरकार निर्माणको हुटहुटीलाई एकातिर पञ्छाएर हतार हतार संविधान निर्माण गर्ने प्रेरणा कहाँबाट कसरी पाए र आआफ्ना पूर्व अडानहरू छोडेर सहमतिको नाटक मञ्चन गर्नपुगे ? त्यो रहस्य खुल्न बाँकी नै भएपनि अदालती आदेशले  सिर्जना  गरेको तरंग पनि कुतुहलतापूर्ण नै छ ।

नेपालको धरातलीय यथार्थलाई आत्मसात गर्न नसकेको वर्तमान राजनीतिक नेतृत्वले निकासको सही बाटो पहिल्याउन सक्नेबारे निरन्तर प्रश्न उठ्ने गरेका छन् । नेपालको राष्ट्रिय आवश्यकता र नेपाली जनताको वास्तविक चाहनाको पहिचान गर्न विफल हुँदैआएको वर्तमान नेतृत्व पंक्तिले आम रुपमा अनुभूत हुने गरी मुलुकलाई वास्तविक अग्रगमनको बाटोतिर हाँक्न नसक्ने तथ्यबोध त लामो अन्तरालमा पनि संविधान निर्माण हुननसकेको अवस्थाले नै गराएको छ । परनिर्भर राजनीति र नेपथ्य निर्देशित गतिविधिले राजनीतिक अस्थिरतालाई मलजल गरिरहेको अहिलेको अवस्थामा राजनीतिक निकास आकासकै फल बनिरहेको छ र बनिरहने आशङका पनि उत्तिकै छ । कपटपूर्ण राजनीतिक गतिविधिका परिणामहरू जहिले पनि अभिशापपूर्ण नै हुनेगर्दछन् । हेर्दैजाउँ अगाडि के हुन्छ ?

वर्तमान सरकार र प्रमुख चार दलका नेताहरू सामु पुनस् अग्निपरीक्षाको घडी आएको छ । पर्सी असार १० गतेदेखि काठमाडौंमा “नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन” आयोजित छ । सरकारले यो सम्मेलनमा भारत र चीनबाट प्रधानमन्त्रीकै सहभागिताका लागि प्रयास गरेको र संयुक्त राष्ट्रसंघ, बिश्व बैंक, एसियाली विकास बैंक र विभिन्न दातृ निकायबाट पनि शीर्षतहकै उपस्थितिका निम्ति आग्रह गरिएको भए पनि अपेक्षा अनुकूलको उपस्थिति नहुने पूर्व जानकारी मिलिसकेको छ । भूकम्प पीडितहरूलाई राहत बाँड्ने क्रममा देखिएको अराजकता र लुट एवं राजनीतिक दुराग्रहका घटनाले सरकार र ठूला राजनीतिक दलहरूको विश्वसनीयतामाथि नै एकातिर प्रश्न उठिरहेको छ भने अर्कातिर अन्तर्राष्ट्रिय समुदायले नेपालसंग सहकार्य गर्न संविधान र स्थायी सरकार चाहेको आभास पनि उत्तिकै मिलिरहेको छ । पूर्वाग्रह प्रेरित सोच र तदर्थवादी कार्यशैलीले दीर्घकालिन राष्ट्रिय नीति निर्माणको अपरिहार्यतालाई ओझेलमा पारिरहेको बेलामा पुनर्निर्माणका लागि सहयोग जुटाउन आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको राष्ट्रिय आकाङ्क्षाको सम्मान र आवश्यकताको परिपूर्ति कुन रुपमा गर्ने हो भन्ने पनि उत्तिकै महत्वपूर्ण प्रश्न खडा भएको छ । दाताहरू आआफ्ना एजेण्डा लिएर आउने र सहयोगको याचना गर्ने सरकारले राष्ट्रिय आवश्यकता अनुरुपको नीति र कार्यक्रम नबनाई दाताहरूकै रुचिलाई तृप्त गर्ने गरी हात थापदैजाने हो भने आत्मशक्ति घट्दैजाने र परनिर्भरताको बेग अरू बढ्ने निश्चित नै छ । पुनर्निर्माणमा सहयोग जुटाउने नाममा परनिर्भरता मात्रै बढाउने काम नहोस् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राहत सामग्रीमा भ्रष्टाचार (06.09.2015)
असामान्य अवस्थाको अन्त्य कसरी ? (06.02.2015)
वृहद राष्ट्रिय एकता अपरिहार्य (05.27.2015)
महाभूकम्पपछिको राष्ट्रिय सङ्कट (05.15.2015)
कहिले सुध्रने आर्थिक अवस्था ? (04.07.2015)
डा. के.सी.को अनशन र लुटतन्त्रको जालो (03.31.2015)
सीमासुरक्षाको सवाल (03.17.2015)
परिणामदायी वार्ताको खाँचो (03.10.2015)
अहिलेको यक्ष प्रश्न (03.04.2015)
प्रजातन्त्रको उपहास (02.24.2015)
विस्तारित हुँदैगएको राष्ट्रिय पीडा (02.17.2015)
गन्तव्यहीन यात्रा (02.10.2015)
राजनीतिक घम्साघम्सी (02.02.2015)
शहीद दिवस औपचारिकतामै सीमित (01.26.2015)
राष्ट्रनिर्माताको सम्झना (01.17.2015)
जनतामा बढेको छटपटी (12.29.2014)
राष्ट्रिय संकट ननिम्त्याऊ (12.24.2014)
जलस्रोतमा जालझेल नगर (12.10.2014)
मुलुक जोगाउने चेतना जागोस् (12.02.2014)
आक्रामक सक्रियताको आवश्यकता (11.25.2014)



 
::| Latest News

 
[Page Top]