युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 08.17.2019, 04:36pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
भारतको हैकमवादी हर्कत
Tuesday, 09.29.2015, 11:56am (GMT+5.5)

देश यतिखेर महासंकटको भूमरीमा फँसेको छ । विग्रहजन्य आन्तरिक स्थिति र भारतीय हैकमवादी हर्कतको मिश्रणबाट उत्पन्न यो महासंकटले नेपालको संवैधानिक राजनीतिक दिशा र समग्रतामा नेपालको भविष्यलाई कुन मोडतिर धकेल्ने हो भन्ने जटिल प्रश्न खडा गरेको छ । एकातिर नेपालको संविधान २०७२ जारी हुनुभन्दा केही दिनदेखि तराईका बिभिन्न जिल्लामा मधेशी अधिकारका लागि आन्दोलनका नाममा देखापरेको सुनियोजित अराजक गतिविधिले संविधान जारी भएपछि आमजनजीवनलाई नै सकसमा पार्ने गरी सीमा क्षेत्रमा धर्ना दिएर बितण्डा मच्चाइरहेको छ भने अर्कातिर भित्रिरुपमा त्यसलाई उकास्दैआएको भारतले अघोषित नाकाबन्दी गरेर उसले भने भने जस्तो नगरेसम्म नेपालको घाँटी थिचिरहने पुरानै रणनीति दोहोर्याइरहेको छ । विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भनी गर्व गर्न चाहने भारतले उसकै प्रायोजनमा प्रक्षेपित लोकतान्त्रिक पद्धतिलाई अनुशरण गर्दै निर्मित भएर जारी भएको संविधानमा आफ्नो शतप्रतिशत अभिष्ट पूरा नभएको निचोड निकालेर जुन गैरकुटनीतिक र अमर्यादित व्यवहार प्रदर्शन गरिरहेको छ त्यसले नेपाल भारतबीचको कथित नमूना सम्बन्धको  पनि धज्जी उडाएको छ भने भारतलाई राजनीतिक तीर्थस्थल मानेर आशीर्वाद माग्न र निर्देशन लिन लामबद्ध हुने संस्कारको नतिजा कस्तो हुनेरहेछ भन्ने पनि टड्कारो रुपमा प्रदर्शित भएको छ । नेपालको आत्मनिर्णयको अधिकारलाई कुण्ठित गर्दै आफ्नो इशारामा नाच्ने कठपुतलीहरूलाई उभ्याएर नेपालको शासन व्यवस्थामा पकड जमाइराख्ने र आफ्ना निहित स्वार्थहरू पूरा गर्दैजाने क्रममा नेपालको राजनीतिमा अनेक प्रयोगहरू हुँदैआएका छन् भने त्यसमा नेपालीहरूले कही कतै टाउको उठाउन खोजे भने अनेक हथकण्डा प्रयोग गरेर ठेगानमा ल्याउने हैकमवादी आकाङ्क्षा नै अहिले राष्ट्रिय संकटको स्रोत बनेको छ ।

नेपालको आन्तरिक राजनीतिक व्यवस्थापन नेपाली जनताकै आन्तरिक जाम्मेवारीको बिषय हो । तर भारतले हरेक चरणका राजनीतिक परिवर्तनका नेपाली आकाङ्क्षालाई आफ्नो निर्देशनमा चल्ने कठपुतलीहरू खडा गरेर उपयोग गर्ने र आफ्नो निहित स्वार्थ पूरा गर्दैजाने कसरत गर्दैआएकाले नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनमा निरन्तर विचलन र जटिलता व्याप्त छ । नेपालको आन्तरिक राजनीति असन्तुलित र पथविचलित हुँदैजानुका पछाडि केही आन्तरिक असमझदारी जिम्मेदार भए पनि मुख्यतः भारतको नचाहिँदो चलखेल र हस्तक्षेप नै मुख्य कारण रहेकोमा कुनै सन्देह छैन । नेपालभित्रको राजनीतिक अन्तर्विरोधलाई सुनियोजित रुपमा चर्काएर आँफूलाई ठालूको हैसियतमा उभ्याउँदै परिवर्तनका हरेक चरणमा आफूले स्वामित्व ग्रहण गर्ने र त्यसको अवाञ्छित लाभ उठाइरहने भारतको चाहनाबाट नेपाली जनता परिचित हुँदैआए पनि राष्ट्रिय राजनीतिक मार्गचित्र बनाएर अगाडि बढ्ने सामूहिक राजनीतिक चेतनाको अभावले गर्दा नेपाली नेपालीहरूबीचमै बैमनष्य र भीडन्तको ब्यूहरचना गरेर आफ्नो हैकम जमाउने भारतको रणनीतिले मूर्तरुप लिँदैआएको छ । नेपालको तराईका भूमिपुत्रहरूलाई अल्पमतमा पारेर उपलब्ध सवै अवसर कृतिम नागरिकहरूको  हातमा पार्ने र उनीहरूलाई उपयोग गरेर नेपालको गलामा सुर्केनी लगाउने भारतीय गुरूयोजनाको एउटा शृङ्खला अहिले चलिरहेको छ । नेपालको अहिलेको महासंकटको मूलस्रोत त्यही नै हो । आम नेपाली जनताले बुझ्नुपर्ने र सावधान हुनुपर्ने मूल कुरा नै यतिखेर यही हो ।

आमनेपाली जनता भारतसंग सदैव मित्रवत् व्यवहार चाहन्छन् । तर भारतको व्यवहार भने प्रायःजसो नेपाली जनताको चाहना विरुद्ध मुखरित हुनेगरेको तीतो अनुभव छ । नेपालमा राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि भारतको सद्भाव र सहयोगको अपरिहार्यता निर्विवाद नै छ तर नेपालमा राजनीतिक स्थिरता र आर्थिक विकासका निम्ति भारतको संकीर्ण दृष्टिकोण र हैकमवादी अवधारणा नै मुख्य बाधक बन्दैआएको छ । नेपालका राजनीतिक शक्तिहरूले यो वस्तुगत तथ्यलाई आत्मसात गरेर राष्ट्रिय एकता र सामूहिक भावनाको विकास नगरेसम्म नेपालको अवस्थामा कुनै तात्विक सुधार आउने सम्भावना छैन । भारतले नेपालको राजनीतिक संवैधानिक व्यवस्थापनको स्वामित्व आफ्नो हातबाट गुम्नलागेको ठानेर जुन हर्कत देखाइरहेको छ त्यो समग्रतामा नेपालको हित विरुद्धमा छ । हिमाल–पहाड–तराई : कोही छैन पराइको अवधारणा राखेर सवै नेपाली एकजुट भएर अहिलेको महासंकटबाट देशलाई मुक्त गर्नुको अर्काे विकल्प छैन । मुलुकभित्रको समस्या आपसमा समझदारी विकास गरेर समाधानको बाटो खोज्नुपर्छ । परचक्रीको रणनीतिक स्वार्थको गोटी बनेर उपयोग हुनेहरूबाट मुलुकको कहिल्यै भलो हुँदैन । आन्तरिक विवादलाई थाती राखेर सवै नेपाली एक जुट होउँ– नेपालीको आत्मनिर्णयको अधिकार कुण्ठित गरेर हैकम जमाउन खोज्ने अरूको ब्यूहरचनामा नफँसी राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति जस्तोसुकै विषम परिस्थितिको सामना गर्न पनि तयार होउँ । यही नै हाम्रो पुकार छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
संवैधानिक गन्तव्यको निर्धारण (09.22.2015)
अनिष्टकारी भविष्यको संकेत (09.15.2015)
कैलालीको घटनाबाट पाठ सिकौं (09.01.2015)
मुलुक कता जाँदैछ ? नेताहरूले ख्याल गरुन् (08.26.2015)
छ प्रदेशको संघीयता (08.11.2015)
फेरि स्वामित्वकै प्रश्न (08.04.2015)
संविधान निर्माणको चटारो र राजनीतिक स्वामित्वको प्रश्न (07.28.2015)
मत संकलनको तामझाम (07.21.2015)
नीति तथा कार्यक्रम र बजेट (07.14.2015)
संविधानको मस्यौदा र उब्जिएका सवालहरू (07.07.2015)
सहयोगको ओइरो (06.30.2015)
सही बाटो पहिलिएला त ? (06.23.2015)
राहत सामग्रीमा भ्रष्टाचार (06.09.2015)
असामान्य अवस्थाको अन्त्य कसरी ? (06.02.2015)
वृहद राष्ट्रिय एकता अपरिहार्य (05.27.2015)
महाभूकम्पपछिको राष्ट्रिय सङ्कट (05.15.2015)
कहिले सुध्रने आर्थिक अवस्था ? (04.07.2015)
डा. के.सी.को अनशन र लुटतन्त्रको जालो (03.31.2015)
सीमासुरक्षाको सवाल (03.17.2015)
परिणामदायी वार्ताको खाँचो (03.10.2015)



 
::| Latest News

 
[Page Top]