युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 08.25.2019, 11:59pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
धेरै चनाखो हुनुपर्ने अवस्था
Tuesday, 11.10.2015, 11:21am (GMT+5.5)

नेपाल भारत सम्बन्धका बीच यतिखेर हिउँको पहाड खडा भएको छ । यसका अन्तर्निहित कारणहरू सतहमा जे देखिएका छन् र जे जे भनिएका छन् ती मात्र अवश्य होइनन् । नेपालसितको सम्बन्धमा भारतले जे जे भन्ने गरेको छ त्यो त्यो नगर्ने र जे जे भनेको छैन त्यो त्यो गर्ने गर्दैआएको छ । खुला सिमानाको कुरा होस् वा रोटी बेटीको सम्बन्धको कुरा होस् अथवा विषेश सम्बन्धको कुरा गर्ने गरिएको किन नहोस् त्यसभित्र नेपाललाई आफ्नो एकलौटी प्रभाव क्षेत्र कायम गर्ने, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार रहेको ठान्ने, नेपाललाई कुनै पनि क्षेत्रमा आत्मनिर्भर हुन नदिने र राजनीतिक अस्थिरताका लागि प्रायोजित गतिविधिहरू परिचालित गरिरहने उसको अपरिवर्तित चरित्रले नेपाललाई ठूलो सकसमा पार्दैआएको छ । अहिले  सिंगो नेपाल देशसित होइन मधेशसित  उसको सरोकार छ । नेपालको समग्र जलस्रोतमा एकलौटी उपभोगको आकाङ्क्षा तृप्तिका लागि उसलाई एक मधेश एक प्रदेश वा दुइ प्रदेश चाहिएको छ । संघीयताको प्रायोजन पछि सीमांकनप्रतिको उसको चासोको निहितार्थ त्यही नै हो । नेपालको तराईमा भूमिपुत्रहरूलाई अल्पमतमा पार्ने गरी जतिसक्यो धेरै भारतीयलाई नेपालको नागरिक बनाउने र फिजीकरण गर्दै सिक्किमीकरणको बाटो खुला गर्ने उसको दीर्घकालिन नीति रहेको चर्चा नेपालमा बेलाबखत भैरहन्छ । भारतले श्रीलंकामा तामिलहरूलाई उचालेर पृतकतावादी आन्दोलनको प्रायोजन गर्याे । तीन दशक लामो त्यो आन्दोलनले भारतलाई हात लाग्यो शून्य पारेको भए पनि श्रीलंकाले ठूलो मानवीय र भौतिक–आर्थिक क्षति भोग्यो । नेपालसित सिमाना जोडिएको सानो हिमाली राज्य सिक्किमलाई भारतले नांगो रुपमा निल्यो । पाकिस्तान पनि भारतकै खेलले टुक्रियो र बंगलादेश  बन्यो । नेपालमाथि  पनि उसको सधैं बक्रदृष्टि रहँदैआएको छ । मधेश आन्दोलनको प्रायोजन र यस पटकको नाकाबन्दीको निर्धारित गन्तव्य के हो र नेपालले भोग्नुपर्ने नियति के हो भन्नेबारे नेपाल धेरै चनाखो हुनुपर्ने अवस्था छ ।     

नाकाबन्दी मानवीयताविरुद्धको अपराध हो । भारतले अहिले गरेको जस्तो नाकाबन्दीलाई अघोषित युद्ध नै भनिन्छ । भारत यो हदसम्म किन उत्रियो भन्ने कुरा गम्भिर रहस्यको विषय हो । भारतले डेढ महिनादेखि नेपालमाथि लगाएको अघोषित नाकाबन्दीले नेपालमा ठूलो मानवीय समस्या खडा गरेको छ । बैशाख १२ को भूकम्पले थिलोथिलो भएको नेपालमाथि भारतले जेसुकै कारण देखाएर नाकाबन्दी गरेको भए पनि त्यो अक्षम्य अपराध हो र यसले नेपाललाई महासंकटमा पारेको छ । भूकम्पले नेपालको अर्थतन्त्रमा ल्याएको संकटका बेला थप आर्थिक संकट पैदा गर्नसके नेपालमा जे पनि गर्न सकिन्छ र नेपालबाट जे जे लिनुपर्ने हो त्यो सवै लिन सकिन्छ भन्ने कुत्सित मनसायकै यो उपज हो । विगत २५ वर्षदेखि नेपालको राजनीतिक उथलपुथल र परिवर्तनका चरणमा भारतले सुनियोजित ढंगले हरेक क्षेत्रमा आफ्नो रणनीतिक स्वार्थका खेल खेल्दैआयो । नेपालको आन्तरिक राजनीतिक परिवर्तन र व्यवस्थापनको स्वामित्व पनि आफूले नै लिएको गर्व पनि गर्दैआयो । जानी नजानी नेपालका राजनीतिक नेताहरूले पनि आफूलाई भारतको कठपुतली बनाउँदै आए । हरेक क्षेत्रमा भारत निर्भरताको गति तीब्रतर बनाइयो । नेपाललाई सधैं राजनीतिक अस्थिरताको शिकार बनाइराख्ने र नेपालको आर्थिक उत्पादकत्व वृद्धिका हरेक कार्यक्रमलाई असफल बनाउँदैजाने र विधिको शासन भंग गर्ने अनेक प्रपञ्च रचिए । राजनीतिक परिवर्तनका क्रममा कुनै पनि आन्दोलनमा नउठाइएका संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता मुद्दाहरू बीचबीचमा सुनियोजित रुपमा घुसाइए । नेपालमा अहिले यी सवै मुद्दाहरू संवैधानिक रुपमा नै स्थापित भैसकेका छन् तापनि नेपालले अहिले भोग्नुपरेको अपूर्व संकटको स्रोत त्यही नै हो । भारतले जुन उद्देश्य राखेर संघीयताको प्रायोजन गरेको थियो तदनुरुपको संघीयता स्वीकार्य नहुनु नै अहिलेको नाकाबन्दी जस्तो मानवीय अपराधको स्रोत हो भन्ने कुरामा कुनै सन्देह छैन ।  

भारतीय नाकाबन्दीले सिर्जना गरेका समस्याहरूले एकातिर बिकराल रुप लिँदैछन् भने अर्कातिर नेपालभित्रैबाट मधेश आन्दोलनको समर्थनका नाममा अनेक चरित्रका नानाथरी पात्रहरूलाई परिचालन गरेर बितण्डाबाजी गर्ने षड्यन्त्रात्मक गतिविधिहरू पनि भैरहेका छन् । नेपालविरुद्धको भारतीय चालबाजीलाई प्रकारान्तरले सघाउ पुर्याउन खोज्नेहरूबारे पनि देशभक्त नेपालीहरू चनाखो हुनुपर्ने अवस्था छ । भारतले जुन देशमा खेल खेल्छ सकभर त्यही देशका हरामीहरूलाई नै सर्वाधिक उपयोग गर्ने गरेका प्रशस्त उदाहरणहरू छन् । नेपालले पनि बारम्बार यस्तो नियति भोग्दैआएको छ । नेपालले कुनै पनि चरणमा भारतसंग जोरिखोज्ने गरेको छैन । जब जब नेपालको शान गिराउने गरी उसका प्रस्ताव आउँछन् र नेपालले आत्मनिर्णयको अधिकारको रक्षा गर्न खोज्छ तब तब भारत मुर्मुरिन्छ र नेपालमाथि खनिने गर्दछ । यो उसको वंशाणुगत चरित्र जस्तै बनेको छ । भारतको यो चरित्र नबदलिँदाका दिनसम्म नेपालले कहिल्यै पनि सजिलोसंग शास फेर्न पाउने छैन । नेपालले भारतसितको सम्बन्धलाई सार्वभौमिक समानताका आधारमा मात्र परिचालन गर्नुपर्छ । यो नै हाम्रो राष्ट्रिय मार्गचित्र हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
हैकमवादको नाङगो रुप (11.03.2015)
भारतीय नाकाबन्दीले दिएको सन्देश (10.27.2015)
भारतको नियत र नेपालको नियति (10.06.2015)
भारतको हैकमवादी हर्कत (09.29.2015)
संवैधानिक गन्तव्यको निर्धारण (09.22.2015)
अनिष्टकारी भविष्यको संकेत (09.15.2015)
कैलालीको घटनाबाट पाठ सिकौं (09.01.2015)
मुलुक कता जाँदैछ ? नेताहरूले ख्याल गरुन् (08.26.2015)
छ प्रदेशको संघीयता (08.11.2015)
फेरि स्वामित्वकै प्रश्न (08.04.2015)
संविधान निर्माणको चटारो र राजनीतिक स्वामित्वको प्रश्न (07.28.2015)
मत संकलनको तामझाम (07.21.2015)
नीति तथा कार्यक्रम र बजेट (07.14.2015)
संविधानको मस्यौदा र उब्जिएका सवालहरू (07.07.2015)
सहयोगको ओइरो (06.30.2015)
सही बाटो पहिलिएला त ? (06.23.2015)
राहत सामग्रीमा भ्रष्टाचार (06.09.2015)
असामान्य अवस्थाको अन्त्य कसरी ? (06.02.2015)
वृहद राष्ट्रिय एकता अपरिहार्य (05.27.2015)
महाभूकम्पपछिको राष्ट्रिय सङ्कट (05.15.2015)



 
::| Latest News

 
[Page Top]