युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 08.17.2019, 05:14pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
छिमेकी चिन्ने मौका
Wednesday, 11.25.2015, 12:54pm (GMT+5.5)

नेपाल यतिखेर इतिहासकै अत्यन्त कठिन चुनौतिको सामना गर्न विवश छ । राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतामाथि नै आँच पुर्याउने खालका अनेक गतिविधिको प्रायोजनले गर्दा यो देशले निकट भविष्यमा कस्तो दुर्दान्त नियति भोग्नुपर्ने हो भन्ने चिन्ता आमजनमानसमा जागृत छ । भूपरिवेष्ठित राष्ट्र नेपालका समस्या जटिलतम छन् । नेपालको भूगोल दक्षिण, पूर्व र पश्चिमतिर विशाल भारतबाट बेष्ठित छ भने उत्तरतिर महा चीन छ । नेपालको भूराजनीतिक अवस्थितिले गर्दा दुवै छिमेकी देशसित समनिकटताको सम्बन्ध अपरिहार्य छ भने दुवै देशका चासोहरूप्रति पनि उत्तिकै चनाखो हुनुपर्ने आवश्यकता छ । नेपालले दुवै छिमेकीसित अनावश्यक खिचलो झिकेर असमझदारी बढाउने भूल कहिल्यै गर्नुहुन्न भन्ने कुरा सवै देशभक्त नेपालीलाई थाहा छ । तर नेपाललाई आफ्नो हातको मुठ्ठीको माखो ठान्ने र संकीर्ण दृष्टि राखेर नेपालको आन्तरिक मामिलामा सधैं दखल दिन अग्रसर हुने भारतको चाहनाले गर्दा इतिहासका अनेक कालखण्डमा नेपाल भारतीय दाउपेचको शिकार बन्दैआएको छ । विगत साँढे तीन महिनादेखि मधेश आन्दोलनको प्रायोजन र डेढ महिनादेखिको अघोषित नाकाबन्दी त्यही चाहनाको उपज हो । वास्तवमा भन्ने हो भने नेपालमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता भारतीय प्रायोजनकै उपज हुन् र पनि समयक्रममा विकसित भएका घटनाक्रमले भारत निर्भरताको राजनीतिक मार्गमा केही अवरोध उत्पन्न भएको उसले ठान्नासाथ नेपाललाई ठेगान लगाउने दुराशयजन्य गतिविधिहरू प्रायोजित भैरहेका छन् । भारतले आफ्नो दुराकाङ्क्षाको तृप्तिका लागि मधेश आन्दोलनको प्रायोजन र अघोषित नाकाबन्दी मात्रै गरिरहेको छैन नेपालभित्र लामो समयदेखि उसले पालितपोषित गरेका विभिन्न तह र तप्काका गुमास्ताहरूलाई पनि उत्तिकै सक्रियतापूर्वक परिचालन गरिरहेको जगजाहेर छ । नेपालको राष्ट्रहितविरुद्ध नेपाली अनुहारहरूलाई नै उपयोग गर्ने उसको परम्परागत सोच र प्रवृतिमा कुनै परिवर्तन आएको छैन । दिल्लीको दाना खानेहरूबाट नेपाल सदा आहत छ । नेपालले अहिले भोगेको पीडाको मूल कारण नै यही हो ।

नेपालमा  भारतको निर्देशन विपरीत नयाँ संविधानको घोषणा अहिलेका लागि एउटा बहाना मात्र हो । नेपाललाई आफ्नो पूर्ण नियन्त्रणमा राख्न भारतले बेलाबखत नेपालविरुद्धका हरकतहरू प्रदर्शन गर्दैआएको छ । उसको उपयोगवादी नीतिको प्रभावमा यो देशका अनेक थरीका सिद्धान्तवादी नेताहरू बहकिँदै राष्ट्रघात गर्न पछिनपरेको कारूणिक इतिहास छ । यो पछिल्लो चरणमा भारतले जुन उद्देश्यले नेपाललाई गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतातिर निर्देशित गरेको थियो त्यो बाटोमा नेपाल हिँडे पनि भारतको स्वार्थअनुरुपको संघीय संरचना नबन्दा र भारतको परिवर्तित सत्ताको चाहनाविपरीत पश्चिमा प्रभावको धर्मनिरपेक्षता अबलम्बित हुनपुग्दा उसले आफ्नो मपाइँवादमा ठेस पुगेको ठान्यो र आफ्नो असली रुप देखाइ छोड्यो । नयाँ संविधान कार्यान्वयनको पहिलो चरणमै रहेको बेला यो संविधानको स्वीकार्यतामा मात्रै चुनौति खडा भएको छैन देशकै अस्तित्वरक्षाका निम्ति  भारतले महाचुनौति खडा गरिदिएको छ । अढाइ दशकको यो अन्तरालमा भारतले नेपालका बिभिन्न राजनीतिक शक्तिहरू र सत्तालाई उपयोग गरी नेपाललाई हरेक क्षेत्रमा भारत निर्भरताको चंगुलमा फँसाउने सफलता प्राप्त गर्याे । देशलाई बन्धक राखेरै भए पनि दिल्ली धाएर आआफ्नो निहित स्वार्थ पूरागर्ने होडवाजीमा क्रान्तिकारी, प्रगतिवादी, प्रजातन्त्रवादी, लोकतन्त्रवादी, अग्रगामी–पश्चगामी सवैथरी सामेल भए । ती मध्ये कोही अहिले  पनि पुरानै भ्रममा छन् र उपयोगमा आइरहेका छन् भने कोही चाँही परिस्थितिजन्य लाभ उठाएर देशभक्ति प्रदर्शनको अवसरु उपयोग गर्न अग्रसर छन् । समयचक्रले भोलि कसलाई कहाँ पुर्याउँछ ? अहिले नै निष्कर्ष निस्कनसक्ने बेला भएको छैन ।

भारतले राष्ट्रसंघीय सामुद्रिक महासन्धिको प्रावधान र भूपरिबेष्ठित राष्ट्रका हैसियतले नेपालले उपभोग गर्नपाउने अकुण्ठित पारवहन अधिकारको ठाडो उल्लंघन गरी नेपालमाथि लगाएको अघोषित नाकाबन्दी– इन्धन, औषधि, खाद्यान्न लगायतका अत्यावश्यकीय वस्तुको निर्यात रोकेर मानवीय संकट खडा गरेरै भए पनि नेपालको अस्मिता लुट्ने कुत्सित अभिप्रायतिर लक्षित छ । नेपालीहरूले भारतसंग कुनै वैरभाव राखेका छैनन् तापनि भारतले नेपालीहरूको बाँच्न पाउने अधिकार हरण गरेर ठूलो अपराध गरिरहेको छ । भारतको यो अनैतिक र अमानवीय कार्यले नेपालभित्रका उसका गुमास्ताहरूलाई क्षणिक तुष्टि दिए पनि आमनेपाली जनताले ठूलो यातना र पीडा भोगिरहनुपरेको छ । नेपाली जनताले भारतको वास्तविक चेहरा देख्नथालेका छन् । अर्कातिर नेपालको अर्काे छिमेकी देश चीनले भरपर्दाे मित्रताको परिचय दिँदै तेल ग्याँस लगायतका अत्यावश्यकीय वस्तुको सहज उपलब्धताका लागि उदारमना सहयोग र व्यापार विस्तारको बाटो खोलिदिएको छ । त्यसलाई द्रुतगतिमा उपयोग गर्ने अग्रसरता र क्षमताको अरिहार्यता समयले नै देखाइरहेको छ । वस्तुतः अहिलेको अवस्थाले दुवैतिरका छिमेकीलाई राम्रोसंग चिन्ने मौका दिएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
अखण्ड नेपालका लागि खतर्नाक संकेत (11.17.2015)
धेरै चनाखो हुनुपर्ने अवस्था (11.10.2015)
हैकमवादको नाङगो रुप (11.03.2015)
भारतीय नाकाबन्दीले दिएको सन्देश (10.27.2015)
भारतको नियत र नेपालको नियति (10.06.2015)
भारतको हैकमवादी हर्कत (09.29.2015)
संवैधानिक गन्तव्यको निर्धारण (09.22.2015)
अनिष्टकारी भविष्यको संकेत (09.15.2015)
कैलालीको घटनाबाट पाठ सिकौं (09.01.2015)
मुलुक कता जाँदैछ ? नेताहरूले ख्याल गरुन् (08.26.2015)
छ प्रदेशको संघीयता (08.11.2015)
फेरि स्वामित्वकै प्रश्न (08.04.2015)
संविधान निर्माणको चटारो र राजनीतिक स्वामित्वको प्रश्न (07.28.2015)
मत संकलनको तामझाम (07.21.2015)
नीति तथा कार्यक्रम र बजेट (07.14.2015)
संविधानको मस्यौदा र उब्जिएका सवालहरू (07.07.2015)
सहयोगको ओइरो (06.30.2015)
सही बाटो पहिलिएला त ? (06.23.2015)
राहत सामग्रीमा भ्रष्टाचार (06.09.2015)
असामान्य अवस्थाको अन्त्य कसरी ? (06.02.2015)



 
::| Latest News

 
[Page Top]