युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 10.24.2019, 10:28am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
राष्ट्रनिर्माताको सम्झना गरौं
Wednesday, 01.13.2016, 12:58pm (GMT+5.5)

पृथ्वीनारायण शाह विशाल नेपाल राष्ट्रका निर्विवाद निर्माता हुन् । उनकै युगान्तकारी दृष्टिकोण, अदम्य शाहस र वीरताकै कारण विशाल नेपालको स्थापना भएको स्वर्णिम इतिहासलाई कसैले कलुशित भावना राखेर मेटाउन खोजे पनि मेटाउन सक्दैन । विक्रम सम्वत १७७९ को पुस २७ गते १२ हजार घरधुरी भएको सानो राज्य गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले हिमवत्खण्डमा विभाजित भएर रहेका पूर्व र पश्चिमका ससाना भूरे टाकुरे राज्यहरूलाई एकीकरण गरी विशाल नेपालको एकीकरण गरेकाले नै हामी आज स्वतन्त्र सार्वभौम देश नेपालका नागरिक भएर रहनपाएको गौरव गर्नपाएका छौं । दक्षिणमा प्रवेश गरेको बेलायती साम्राज्यले भारतभूमिमा छरिएर रहेका ६–७ सय राज्यहरूलाई आफ्नो अधीनमा पारेर गुलाम बनाउँदैगएको देखेपछि आफ्नो पवित्रभूमिलाई साम्राज्य विस्तारको चपेटाबाट जोगाउन उनले २२ से २४ से ससाना राज्यलाई एकीकरण गरेर विशाल नेपालको निर्माण गर्ने र यो भूभागको स्वतन्त्र अस्तित्व सुरक्षित गर्ने सपना देखे । वि.सं. १७९९ को चैत २५ गते २० वर्षको उमेरमा गोर्खा राज्यको राजा बनेका पृथ्वीनारायण शाहमा जुन युगचेतना जागृत भयो त्यसैले नै उनलाई विशाल नेपालको एकीकरणका लागि प्रेरित गर्याे । साम्राज्यविस्तारको चाहनाले नभै विशाल नेपालको रचना गरेर यो हिमवत् खण्डको धर्म–संस्कृति र परम्पराको रक्षा गर्ने उनको धेय रहेको थियो । काठमाडौं उपत्यकाको एउटा सानो राज्यका शासक जयप्रकाश मल्लले आफूलाई सहयोग गर्न विस्तारवादी अंग्रेजलाई बोलाएको बेला पृथ्वीनारायण शाहले अंग्रेज फौजलाई परास्त गरेर यो भूभागको स्वतन्त्र अस्तित्व जोगाएका थिए । आधुनिक नेपालको स्वर्णिम इतिहासको उनी अविस्मरणीय पात्र हुन् । उनले नेपाल राष्ट्रको निर्माणमा दिएको अतुलनीय योगदान प्रत्येक देशभक्त नेपालीका लागि गौरवगाथाको विषय हो । हिजो पुस २७ गते विशाल नेपालका महानायक पृथ्वीनारायण शाहको २९४ औं जन्मजयन्ती हो । यस पुनित अवसरमा राष्ट्र निर्माताप्रति हाम्रो हार्दिक श्रद्धाञ्जली ।

नेपाल राष्ट्र यतिखेर अभूतपूर्व संकटको घडीमा छ । नेपालको स्वर्णिम इतिहासको अपव्याख्या गर्ने, राष्ट्रनिर्माता पृथ्वीनारायण शाह जस्ता ऐेतिहासिक पात्रको योगदानको अवमूल्यन गर्ने र नेपालको एकीकृत भूभागलाई विखण्डन र विघटनको संघारमा पुर्याउने जस्ता अनेक षड्यन्त्रहरू चलिरहेका छन् । २०६३ अगाडिसम्म प्रत्येक वर्षको पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा राज्यले नै पृथ्वीजयन्ती मनाएर राष्ट्रनिर्माताप्रति सम्मान प्रकट गर्ने प्रचलन थियो भने त्यो दिन सरकारले सार्वजनिक विदा पनि दिने गर्दथ्यो । सानो गोर्खा राज्यलाई विलय गराएर विशाल नेपालको एकीकरण गरी पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म नेपालको विस्तार गर्ने महाअभियानका महानायक पृथ्वीनारायण शाह नै हुन् । उनलाई साम्राज्य विस्तार र सामन्त शासनका संस्थापकका रुपमा चित्रण गरेर विशाल नेपाल रचनाको औचित्य र त्यसको निरन्तरतालाई नै चुनौति दिने जुन प्रपञ्च अहिले चलिरहेको छ त्यसले नै अखण्ड नेपालको स्वतन्त्र अस्तित्वलाई संकटमा पार्दैलगेको छ । २०६३ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौलाले बाह्यशक्तिको उक्शाहट र निर्देशनका भरमा पृथ्वीनारायण शाहको मानमर्दन गर्दै राष्ट्रिय एकता दिवस मनाउने परम्परा नै समाप्त गरिदिए । नेपालका राष्ट्रनिर्माता र एकीकरणकर्ताप्रतिको यो विद्वेषपूर्ण कदमले नेपालको स्वर्णिम इतिहासको मात्रै मानमर्दन नगरी प्रत्येक देशभक्त नेपालीको मुटुमा चोट पुर्याएको छ र राष्ट्रिय एकता दिवसका रुपमा पुनः पृथ्वीजयन्ती मनाउनु पर्ने माग नागरिकहरूका तर्फबाट बारम्बार उठिरहेको छ भने प्रमुख राजनीतिक दलहरू र मन्त्रिपरिषद्भित्रै पनि यो माग जोडदार रुपमा उठ्नथालेको छ । राष्ट्रवादको गुणगान गाउन चाहने वर्तमान सरकारले   तत्कालीन गिरिजा सरकारले षड्यन्त्रपूर्वक गरेको ऐतिहासिक भूललाई सच्याउने अवसरलाई मन्त्रिपरिषद्भित्रैबाट प्रस्ताव हुँदा पनि किन उपयोग गरेन भन्ने आम चासोको विषय भएको छ । पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने परम्पराको पुनःस्थापन हुनुपर्दछ भन्ने हाम्रो दृढ मत छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले हिमवत्खण्डमा छरिएर रहेका ६० भन्दा बढी ससाना राज्यहरूलाई एकीकरण गरी विशाल नेपालको निर्माण गर्नुका अतिरिक्त यो भूभागलाई साझा संस्कृतिको थलो पनि बनाए । २२ से २४ से राज्यभित्रका परम्परा र संस्कृतिलाई उनले मजबुत संरक्षण दिएर जोगाए । नेपाल चार वर्ण छत्तीस जातिको फूलबारी भएको उनले घोषणा नै गरे । नेपालको शासन व्यवस्थालाई मजबुत बनाउन उनले ‘दिव्योपदेश’ दिएर युगान्तकारी मार्गदर्शन दिए । उनी तत्कालीन समयले जन्माएका युगपुरुष हुन् । उनमा भूराजनीतिक स्थिति बुझ्नसक्ने विलक्षण क्षमता थियो र त विशाल नेपालको निर्माण र त्यसको रक्षा सम्भव भयो । शक्तिशाली अंग्रेजसंग कुशलतासाथ भिड्नसक्ने उनको क्षमताले नै नेपालको स्वतन्त्र अस्तित्व जोगिनसकेको हो । इसाईहरूको प्रभाव र प्रकोपलाई उनले समयमै नियन्त्रण गरेकाले अंग्रेजहरू उनीसंग सधैं क्रुद्ध रहे । इसाईहरू अहिले नेपालमा मौलाएर यहाँको धर्मसंस्कृति र मौलिकतामाथि धावा बोलिरहेका छन् र पृथ्वीनारायण शाहको योगदान मेटाउन विभिन्न रुपमा सक्रियता देखाइरहेका छन् । मुलुक अहिले बाह्य प्रभाव र चलखेलबाट आक्रान्त छ र राष्ट्रिय एकता र अखण्डता नै खतरामा पर्दैगएको अवस्था सिर्जित छ । मुलुकलाई अर्धनिद्राको अवस्थाबाट जगाउन र जोगाउन पृथ्वीनारायण शाहको ऐतिहासिक योगदानको पुनर्मूल्यांकन हुनुपर्दछ भने उनले दिएको मार्गदर्शनको पनि मनन हुनु जरुरी छ । बहुजातीय, बहुभाषिक र भौगोलिक विविधतायुक्त नेपालको साझा पहिचान नै नेपाली हो र हामीलाई यो साझा पहिचान दिने श्रेय पृथ्वीनारायण शाहलाई नै जान्छ । हामी सवै नेपालीमा चेतना भया ।  



Rating (Votes: )   
Share     Print


Other Articles:
परिणाममुखी वार्ताको पर्खाइ (01.05.2016)
मधेश आन्दोलन– पुनः प्रायोजनको निहितार्थ (12.22.2015)
भारतीय सत्ताधारीहरूको दुर्नियत (12.15.2015)
नेपाली अन्तर्मनको आवाज (12.01.2015)
छिमेकी चिन्ने मौका (11.25.2015)
अखण्ड नेपालका लागि खतर्नाक संकेत (11.17.2015)
धेरै चनाखो हुनुपर्ने अवस्था (11.10.2015)
हैकमवादको नाङगो रुप (11.03.2015)
भारतीय नाकाबन्दीले दिएको सन्देश (10.27.2015)
भारतको नियत र नेपालको नियति (10.06.2015)
भारतको हैकमवादी हर्कत (09.29.2015)
संवैधानिक गन्तव्यको निर्धारण (09.22.2015)
अनिष्टकारी भविष्यको संकेत (09.15.2015)
कैलालीको घटनाबाट पाठ सिकौं (09.01.2015)
मुलुक कता जाँदैछ ? नेताहरूले ख्याल गरुन् (08.26.2015)
छ प्रदेशको संघीयता (08.11.2015)
फेरि स्वामित्वकै प्रश्न (08.04.2015)
संविधान निर्माणको चटारो र राजनीतिक स्वामित्वको प्रश्न (07.28.2015)
मत संकलनको तामझाम (07.21.2015)
नीति तथा कार्यक्रम र बजेट (07.14.2015)



 
::| Latest News

 
[Page Top]