युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:14am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
कर्मकाण्डीय भारत भ्रमण
Tuesday, 09.13.2016, 11:09am (GMT+5.5)

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को पर्सी भदौ ३० गते भारतको औपचारिक भ्रमण सुरू हुँदैछ । प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतमा नै गर्नुपर्ने परम्पराको निर्वाहकै क्रममा यो भ्रमण तय भएको जगजाहेर नै छ । अघिल्लो चोटी प्रधानमन्त्री बन्दा क्रमभंग गर्दै चीन भ्रमणमा पुग्नुभएका दाहालले आफ्नो राजनयिक भ्रमण भारतबाट नै सुरू हुने भनेर भारतको मन राख्नखोज्नु भएको पनि विस्मृतिमा छैन । यस पटक त भारतकै रणनीतिक चलखेल र योजना अनुसार नै उहाँ प्रधानमन्त्री बन्नुभएकाले उहाँको प्राथमिकतामा भारत भ्रमण पर्नु र भारतले पनि आँफूले चाहेर बनाएको सरकारका प्रधानमन्त्रीलाई उत्सुकता देखाएर स्वागतको तयारी गर्नुमा कुनै आश्चर्य छैन । मुख्यतः यो भ्रमणको उपादेयता के हो ? औचित्य कति छ ? र उपलब्धि के हुन्छ भन्नेबारे अनेक तर्क वितर्क छन् । नेपाल भारतबीच चिस्सिएको सम्बन्धलाई न्यानो पार्ने र पूर्ववत् रूपमा सामान्य बनाउने जस्ता कुरा वारम्वार दोहोरिने गरेका छन् । नेपाल र भारत खुला सिमानाले जोडिएका सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुक हुन् । तर भारतले समान सभ्यता, धर्म, संस्कृति र रोटी–बेटीको सम्बन्धका नाममा सधैं जसो नेपाललाई दपेटिरहने र स्वतन्त्र रूपमा चल्नै नसक्ने स्थितिमा राखिरहने धृष्टता गरेकाले सार्वभौमिक समानताको अवधारणा निरन्तर कुण्ठित हुँदैआएको छ । भारत नेपालको अपरिवर्तनीय छिमेकी भए पनि मधुर सम्बन्ध भएको विश्वसनीय मित्र बन्न नसकेको कटु अनुभूति त नेपाली जनताले महाभूकम्पपछिको अमानवीय नाकाबन्दीकै बेला नै गरिसकेको तथ्य हो । पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको ६ महिना अगाडि भएको भारत भ्रमणबाट जस्तै प्रधानमन्त्री दाहालको सन्निकट भ्रमणबाट पनि अमानवीय नाकाबन्दीले नेपाली मानसपटलमा पारेको घाउ सहजै मेटिने कुनै सम्भावना छैन । यो भ्रमणको औचित्यमाथि प्रश्न उठ्नुको कारण नै यही हो ।

नेपाल र भारत  निश्चित रूपमा नै अपरिवर्तनीय छिमेकी हुन् तर सतहमा भनिने जस्तो विश्वसनीय र मधुरतम आत्मीय सम्बन्धको अभावले गर्दा दुई देशबीचको सम्बन्ध परिचालनमा अनेक जटिलता छन् । पहिलो कुरा त भारतले नेपाललाई सधैंजसो आफ्नो प्रभाव क्षेत्रका रुपमा देख्न र व्यवहार गर्न चाहेको छ र नेपालका यावत पक्षमा आफ्नो निर्देशनात्मक भूमिका स्थापित गर्न निरन्तर सक्रियता देखाइरहेको छ । उसको मार्गचित्र र निर्देशन अनुसार नेपाल नचल्दा उसले मच्चाउने बबण्डरको लामो अभिलेख छ । नेपालको सर्वाङ्गिण विकासमा भारतले गर्दैआएको सहयोगको लामो फेहरिस्त छ तापनि नेपालको स्वाभिमान र आत्मनिर्णयको अधिकारलाई कुण्ठित पार्ने गरी उसले चाल्दैआएका कदमहरू समग्रतामा नेपाली जनताबीच फुट ल्याउने र नेपाललाई निरन्तर कमजोर बनाइरहने  दिशातिर नै लक्षित रहेको कहीं कतै छिपेको छैन । नेपालमा अनेक प्रकृति र अनुहारका गुमस्ताहरू खडा गरेर विभाजित मानसिकताको खेती गरी नेपाललाई सधैं अस्थिरताको भूमरीमा रिँगाइरहने जुन प्रक्रिया भारतले चलाउँदैआएको छ त्यो नै नेपाल र भारतबीचको सम्बन्धलाई स्वाभाविक गति दिन रोक्ने कारण बनेको छ । नेपालका कुनै पनि चरणका राजनीतिक परिवर्तनमा आफ्नो निर्णायक भूमिका स्थापित गर्दै स्वामित्व ग्रहण गर्न अग्रसर रहेको भारतले उसको आदेश र निर्देशन परिपालन नगर्दा राज्यसत्ता नै पल्टिने र संविधानले पनि कार्य रुप र गति लिन नसक्ने जुन परिस्थिति विद्यमान छ त्यसले यथागति लिएसम्म न त नेपाल भारत सम्बन्धले आत्मीय स्वरूप लिनसक्छ न त नेपालमा राजनीतिक स्थिरता नै कायम हुनसक्छ । यो वास्तविकतालाई परिवर्तन गर्ने क्षमता नराखेसम्म नेपालका दुर्दिन हट्ने छैनन् र यस्ता पटके भ्रमणको औचित्य पनि स्थापित हुने छैन ।

नेपालमा अहिले खडा भएको सबभन्दा ठूलो चुनौती भनेको राजनीतिक स्थिरता, शान्ति र विकास नै हो । नेपालको राष्ट्रिय एकता, अखण्डता, सद्भाव र मेलमिलापविरूद्ध बीजारोपण गरिएका र फैलाइएका प्रायोजित मुद्दाहरू नै राजनीतिक स्थिरता, शान्ति र विकासका बाधक बनेका छन् । २०६२ साल मंसिरमा नयाँ दिल्लीमा भएको १२ बुँदे सम्झौताको अविभावकत्व र स्वामित्व लिइसकेको भारतले नेपालका सत्तालोलुप नेताहरूलाई अझै पनि हरियो घाँस हालिरहेको छ र उसैको निर्देशित मार्ग अनुशरण गर्दै बनेको संविधानको केही प्रावधानमा चित्त नबुझ्नासाथ चालेको कदमले नेपाल कति मर्माहत बनिरहेको छ भन्ने कुरा मात्रै पनि लेखिसाध्य  छैन । यी सबै परिघटनाले नेपाल भारत सम्बन्ध पुनःपरिभाषित गर्नुपर्ने अवस्थामा पुगेको भए पनि वास्तविक समस्यालाई ओझेलमा पारेर भारतको निरन्तरको हस्तक्षेपकारी भूमिकालाई आत्मसात गरेर आत्मसंरक्षणवादी प्रवृत्ति अपनाउने जुन संस्कार विकसित भएको छ– प्रधानमन्त्री प्रचण्डको पर्सी सुरू हुने भारत भ्रमण पनि त्यसैको एउटा शृङ्खला मात्र हो भन्ने कुरामा कुनै सन्देह छैन । प्रचण्डको सत्ता प्रत्यावर्तन, त्यसपछि भारतमा उत्पन्न भएको खुशियालीको लहर र गुमेको शाख पुनः फर्किएको दावीलाई पृष्ठभूमिमा राखेर हेर्दा यो कर्मकाण्डीय भ्रमणले नेपालको हितमा के नै पो गर्नसक्ला र भन्ने अहं प्रश्न स्वतः खडा गरेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रिय बहसको खाँचो (09.06.2016)
अहिलेको मूल प्रश्न (08.25.2016)
देशभक्त नेपालीको चाहना (08.16.2016)
नयाँ प्रधानमन्त्रीका चुनौतिहरू (08.09.2016)
सत्ता राजनीतिको नयाँ मोड (07.26.2016)
अस्थिरताको अर्को सृङ्खला (07.19.2016)
जटिलताको गाँठो फुक्ला ? (07.14.2016)
शैक्षिक सुधारको बाटो (06.21.2016)
उहापोह स्थिति (06.14.2016)
स्थानीय चुनावको चुनौती (05.17.2016)
भूकम्पपछिको एक वर्ष (04.27.2016)
मुलुक अगाडि बढेको आभास छैन (04.22.2016)
नयाँ वर्षको आगमन (04.12.2016)
उपलब्धिपूर्ण भ्रमण (03.29.2016)
नेपाल चीन सम्बन्धको नयाँ आयाम (03.15.2016)
इन्धनमा अझै असहजता (03.09.2016)
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण (02.18.2016)
राष्ट्रनिर्माताको सम्झना गरौं (01.13.2016)
परिणाममुखी वार्ताको पर्खाइ (01.05.2016)
मधेश आन्दोलन– पुनः प्रायोजनको निहितार्थ (12.22.2015)



 
::| Latest News

 
[Page Top]