युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:14am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
मुखर्जी भ्रमणको उपलब्धि के ?
Tuesday, 11.08.2016, 12:44pm (GMT+5.5)

भारतका राष्ट्रपति प्रणव मुखर्जीको  कार्तिक १७–१९ बीच भएको नेपालको औपचारिक भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ आयाम दिएको भनी भारतकाअधिकारीहरू र नेपालमा रहेका भारतका तावेदारहरूले एक स्वरले  परम्परागत शैलीमा जति नै बखान गरे पनि नेपाल भारतबीचको सम्बन्ध विस्तारमा बाधक बनेका अनेकौं मुद्दाहरू सवै जस्ताका तस्तै छन् र ओझेलमा पारिएका छन् । सतहमा हेर्दा १८ वर्षपछि भारतका राष्ट्राध्यक्षबाट नेपाल भ्रमण हुनुलाई राम्रै उपलब्धि मान्नुपर्ने हुन्छ तर परिणाम भने नेपालको हिततिर लक्षित रहेको कहीं कतै अनुभूत छैन । भारतका तत्कालीन राष्ट्रपति केआर नारायणले २०५५ साल जेठ १४–१६ मा नेपाल भ्रमण गरेपछि १८ वर्षको अन्तरालमा यति उच्च तहबाट भ्रमण भएको थिएन । यसबीचमा नेपालको आन्तरिक राजनीतिमा धेरै उथलपुथल भयो भने नेपालभित्र भारतको अनपेक्षित चलखेल र हस्तक्षेपकारी निर्णायक भूमिका स्थापित हुन गयो । 

२००६ को नोभेम्वर १६ मा नेकपा माओवादी र संसदवादी सात दलबीच भएको १२ बुँदे समझदारीको स्वामित्व ग्रहण गर्दै तत्कालीन विदेश मन्त्रीका हैसियतले सन् २००९ मा अलजजिरा टेलिभिजनलाई अन्तर्वार्ता दिएका मुखर्जीलाई आफ्नो संरक्षक र मार्गदर्शक मान्नेहरूले उनीहरूकै प्रतापबाट नेपालको सत्ता राजनीतिमा अहिलेको हैसियत प्राप्त भएको बोध गराउँदै आम नेपाली जनताको मन दुःखाउने शैलीमा जुन स्वागतको प्रबन्ध गरे त्यसबाट नेपाल भारत सम्बन्धमा वाञ्छित सुधारको कुनै अपेक्षा गर्न नसकिने भए पनि स्वामिभक्ति प्रदर्शनको यो रूपले नेपालको नियतिलाई अब कुन दिशातिर मोड्ने हो भन्ने स्वाभाविक प्रश्न उठेको छ । मुखर्जीको स्वागतार्थ दिइएको सार्वजनिक विदा, आमनागरिकलाई सास्ती दिने गरी गरिएको यातायात प्रबन्ध र आकाशमार्गमा समेत खडा गरिएको अवरोध सर्वत्र विरोधको विषय बनेको देखियो । राजधानीमा कालोझण्डा प्रदर्शनको प्रसंग र त्यसलाई रोक्न भएको गिरफ्तारी, पोखरामा भएको स्वागतद्वारको तोडफोड र बेलुनमा कालोझण्डा राखेर भएको प्रदर्शनका प्रकरण पनि उजागर हुन आए । यस्ता अनपेक्षित घटनाको सिर्जना भारतको हैकमवादी चरित्रकै उपज हो भन्ने बुझ्न नसकिने छैन ।

नेपाल र भारत एउटै भूगोलमा आवद्ध छन् र सामाजिक, सांस्कृतिक, धार्मिक रूपले पनि निकट छन् तापनि राजनीतिक इतिहासमा ठूलो भिन्नता छ । नेपाल सदा सार्वभौम स्वतन्त्र मुलुक रहिआएको छ भने भारत लामो समयसम्म बेलायडती साम्राज्यको गुलाम रहेको ऐतिहासिक तथ्य छ । तर भारत स्वतन्त्र भएपछि उसले नेपालको स्वतन्त्रता र सार्वभौम अस्तित्वलाई सम्मान गरेर व्यवहार गर्नुको सट्टा जसरी हुन्छ नियन्त्रणमा राखेर आफ्नो प्रभाव क्षेत्रका रुपमा परिणत गर्ने कुत्सित ध्येय राखेर अनपेक्षित व्यवहार गर्दैआएको छ । भारत स्वतन्त्र भएपछि सन् १९५० मा भएको असमान सन्धि र समयक्रममा थपिदैगएका नेपालको समग्र हित विपरीतका कोशी, गण्डक र महाकाली सन्धिहरू नेपालका लागि ठूलो बोझ बनेका कुरा इतिहासले नै प्रमाणित गरेका छन् । नेपालले उसको आदेश पालना नगरेको झोकमा विपत्तिजन्य स्थिति सिर्जना गर्ने र सर्वसाधारण जनतासमेतलाई सास्ती दिने उसको चरित्रले जनस्तरमा फैलिएको सम्बन्धलाई निरन्तर विचलित गराइरहेको ताजा उदाहरण त भूकम्पले थिलोथिलो भएको बेला संविधान निर्माण गर्दा उसको आदेश पालना भएन भनेर पाँच महिनासम्म गरेको क्रुर नाकाबन्दीले नै पुष्टि गरेको छ । आम नेपाली नागरिकले यो पीडा नबिर्सिएको तथ्यबोध गरेर विरोधको आशंकाकै कारण राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण अवधिभर जनतालाई सास्ती दिने खालको कडा सुरक्षा प्रबन्ध गरियो । छिमेकी मित्रराष्ट्रका राष्ट्राध्यक्ष आउँदा जनताले जुनउत्साहप्रद रुपमा स्वागत गर्नुपथ्र्यो त्यसका लागि उपयुक्त वातावरण नै बन्न सकेन । यस्तो बिडम्बनापूर्ण स्थितिको सिर्जना किन भयो भनी भित्रैसम्म पुगेर केलाउने काम भएन, त्रुटि सच्याउने क्रम सुरू भएन भने र हैकमवादी व्यवहारको निरन्तरताका लागि नै सवै प्रयास यसरी नै केन्द्रित हुँदैगए भने नेपाल भारत सम्बन्धले कहिल्यै  वाञ्छित गतिलिन पाउने छैन । यसको पीडा नेपालले कुनै न कुनै रुपमा सदा भोगिरहनुपर्ने छ ।

नेपाल र भारतबीच जस्तो सम्बन्ध त्यस्तो अनुपम सम्बन्ध संसारका अरू कुनै दुई मुलुकबीच छैन भन्दै नेपाललाई निरन्तर शोषण गरिरहने भारतको रणनीतिले गर्दा दुई देशबीचको सम्बन्धले फक्रने मौका पाएको छैन । भारतले कालापानी सुस्तालगायतका सयौं ठाउँमा नेपालको जमिन हड्पेको तथ्य कहीं लुकेको छैन । कालापानीमा त सैन्य शिविर नै राखेर वसेको छ ।भारतले  खुला शब्दमा सधैं  नेपालमा शान्ति, स्थिरता र समृद्धि चाहेको दावी गर्दैआएको छ तर उसका गुप्त योजनाहरू सधैं नेपालमा शान्ति र सद्भाव खल्बल्याउन, नियन्त्रित अस्थिरता सिर्जना गर्न र गरीबीको घोर निराशापूर्ण स्थिति सिर्जना गर्न लक्षित छन् । नेपालभित्र सत्ताका लोभीपापीहरूको जमात खडागरेर सुनियोजित रुपमा विप्लव मच्चाइरहने उसको नानीदेखि लागेको बानीले नेपाल निरन्तर रूपमा प्रताडित हुँदैआएको छ । नेपालको राष्ट्रिय उत्पादकत्व हुन नदिन र कृषि पैदावारको क्षेत्रमा समेत भारत निर्भरताको स्थिति सिर्जना गर्न भारतको गुप्त योजना सफल बन्दैआएको छ र उसका गुमस्ताहरूले मुलुकको सत्ता कब्जा गरी तदनुरूपकै काम गरेर मुलुकलाई भारत निर्भरताको जञ्जिरमा बाँधिसकेका छन् । मुलुक भूटानीकरणको दिशामा अगाडि बढेको कुरा प्रधानमन्त्री पुष्पकमल दाहालको अघिल्लो महिना भएको भारत भ्रमणको नतिजाले नै देखाइसकेको छ । नेपाललाई खण्डित गर्नेर क्रमशः सिक्किमकरणको बाटोमा लैजाने इन्दिराकालीन गुप्त योजनाको  खुलाशा मात्रै भएको छैन– तदनुरूपका षडयन्त्रात्मक गतिविधि पनि परिचालित हुँदैआएको आभास पटक पटक हुनेगरेको छ । भूमिपुत्र तराईवासी नेपालीलाई अल्पमतमा पार्ने र तराईको उर्जाशील भूमि  डुबाउने  क्रम रोकिएको छैन । राष्ट्रपति मुखर्जीको  ऐतिहासिक भ्रमणका बेला यी सवै समस्यालाई गलैँचामुनी  राखेर महान उपलब्धिको  जुन श्याल हुइयाँ  गरिएको छ त्यसले मुलुकलाई थप संकटको बाटोतिर  धकेलेको प्रष्ट आभास भैरहेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
बडा दशैंको शुभकामना (10.05.2016)
असामान्य र असंगत स्थिति (09.27.2016)
उदाहरणहीन सम्बन्धका अनेक पाटाहरू (09.20.2016)
कर्मकाण्डीय भारत भ्रमण (09.13.2016)
राष्ट्रिय बहसको खाँचो (09.06.2016)
अहिलेको मूल प्रश्न (08.25.2016)
देशभक्त नेपालीको चाहना (08.16.2016)
नयाँ प्रधानमन्त्रीका चुनौतिहरू (08.09.2016)
सत्ता राजनीतिको नयाँ मोड (07.26.2016)
अस्थिरताको अर्को सृङ्खला (07.19.2016)
जटिलताको गाँठो फुक्ला ? (07.14.2016)
शैक्षिक सुधारको बाटो (06.21.2016)
उहापोह स्थिति (06.14.2016)
स्थानीय चुनावको चुनौती (05.17.2016)
भूकम्पपछिको एक वर्ष (04.27.2016)
मुलुक अगाडि बढेको आभास छैन (04.22.2016)
नयाँ वर्षको आगमन (04.12.2016)
उपलब्धिपूर्ण भ्रमण (03.29.2016)
नेपाल चीन सम्बन्धको नयाँ आयाम (03.15.2016)
इन्धनमा अझै असहजता (03.09.2016)



 
::| Latest News

 
[Page Top]