युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:13am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
आम सजगताको खाँचो
Tuesday, 12.20.2016, 12:06pm (GMT+5.5)

राष्ट्रिय चिन्तनधारबाट विचलित नेपथ्य निर्देशित राजनीतिले सिर्जना गरेका अनेकौं विकृतिको  मार खेप्न र भार थेग्न नेपाल विवश छ । मुलुकमा कानूनी राज्यका लागि थिति बस्ने र युगसापेक्ष समृद्धिको बाटो अवलम्बित हुने सम्भावना नितान्त दूर बन्दैगएको छ । नेपालका आन्तरिक राजनीतिक शक्तिहरूबीच वेमेल बढाएर यो मुलुकमा राजनीतिक स्थिरता कायम हुन नदिने र निर्देशित अस्थिरताका बीचमा अनेक खेल खेलेर यो मुलुकको हुर्मत लुट्ने अभिधेयका अनेक प्रपञ्चपूर्ण खेलहरू निरन्तर प्रायोजित छन् र त्यस्ता खेललाई साथ दिन उपयोग हुने मिरजाफरका अनेक रूपहरू नेपालभित्र क्रियाशील छन् । नेपालमा अहिले जुन राजनीतिक गञ्जागोलको स्थिति विद्यमान छ त्यो सतहमा हेर्दा हाम्रै आन्तरिक राजनीतिक शक्ति समूहहरूको कमजोरीको प्रतिफल हो भन्ने कुरामा कुनै सन्देह छैन तर गहिराइमा हेर्दा नेपालको आन्तरिक राजनीतिमा सन् १९५० देखि नै भारतको जुन रणनीतिक हस्तक्षेप जारी छ त्यो नै निरन्तरको अस्थिरता र विचलनको कारण हो भन्ने निष्कर्ष सजिलै निस्कन्छ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डतामाथि नै प्रकारान्तरले आँच पु¥याउने जुन गतिविधि परिचालित छन् ती भारतबाट नै निर्देशित छन् भन्ने कुरा २००७ सालदेखि यताका हरेक चरणका राजनीतिक परिवर्तनमा भारतले खेल्दैआएको निर्देशात्मक र रहस्यात्मक भूमिकाले नै पुष्टि गरिसकेका छन् । अहिले नेपालको आन्तरिक राजनीतिमा जुन गञ्जागोल देखिएको छ त्यो पनि नेपथ्य निर्देशित खेलकै उपज हो भन्ने कुरामा कुनै सन्देह छैन ।

नेपालको वर्तमान सत्ता राजनीति संविधान संशोधनको रडाकोले रंगमगिएको छ । पहिलो कुरा त  ऐतिहासिक संविधानसभाबाट अनुमोदित भनी गर्वकासाथ भनिने गरेको संविधानले मुलुकको भावी राजनीतिक दिशा जुन रुपमा तय गरेको छ त्यो नै मुलुकको सुदूरभविष्यका लागि खतरापूर्ण छ । नेपालको संवेदनशील भूराजनीतिक स्थितिको कुनै ख्याल नै नगरी नेपाली जनताको अभिमतविनाका मुद्दाहरूलाई जसरी जवरजस्त रुपमा स्थापित गर्न खोजिएको छ त्यसले मुलुकलाई एकता र समृद्धिको बाटोरिर होइन विभाजन र बिखण्डनको बाटोतिर धकेल्ने अभिष्ट राखेको कुरा क्रमशः झल्किँदै गएको छ । संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र व्यापक जनसहभिता भएका जनआन्दोलनका माग थिएनन् र ती एकाएक रहस्यात्मक तरिकाले नेपथ्य निर्देशनबाट भित्र्याइएका थिए भन्ने कुरा अब झरीपछिको घाम जत्तिकै छर्लङ्ग भैसकेको छ । हिजो जनआन्दोलनको महान् उपलब्धिको रुपमा ती एजेण्डालाई सहर्ष स्वीकार गर्दै संविधानमा समावेश गर्न निर्णायक भूमिका खेल्नेहरू मध्ये कतिपयले अब यो नेपालले धान्नै नसक्ने र नबुझेर ग्रहण गरिएको भन्न थालेका छन् । बिखण्डन उन्मुख संशोधन प्रस्तावले अहिले धेरैको आँखा खोल्नथालेको देखिँदैछ भने नेपाली जनताले पनि सडकमै उत्रिएर संघीयता चाहिँदैनः देश टुक्र्याउन पाइँदैन भन्न थालेका छन् । भारतीय नाकाबन्दीको कडा प्रहार खपेका आमनेपाली जनताले अहिलेको संविधान संशोधन प्रस्ताव नयाँदिल्लीको निर्देशनमा भएको प्रष्टै बुझेका छन् र यो स्वतन्त्र, एकताबद्ध र सार्वभौम नेपालको विरुद्ध लक्षित रहेको अनुभूत गरेका छन् । आफ्नो देशको स्वतन्त्रता र अखण्डतामा आँच ल्याउने षड्यन्त्रको विरोधमा नेपाली जनता क्रमशः सजग हुँदै सडकमा उत्रँदैगएका छन् । षड्यन्त्रात्मक बाहिरी योजनामा थोपरिएका मुद्दाले देश महासंकटतिर घचेटिएको सर्वत्र अनुभूति बढेको छ र राष्ट्रिय जागरण अभियानले गति लिइरहेको छ । 

नेपालले राष्ट्रघातका अनेक प्रहार खेप्दैआएको छ । भारतले नेपालमा प्रजातान्त्रिक क्रान्ति चलिरहेको बेलामा सन् १९५० मा अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरसंग कथित शान्ति र मैत्री सन्धि गरायो (त्यसको बोझ नेपालका लागि थामिनसक्नु भैरहेको छ । २००७ सालको दिल्ली सम्झौताकै बेला भारतले संविधानसभाको सर्त राखेको कुरा नेपालको राजनीतिक इतिहासमै अंकित छ । छ दशकपछि त्यही मुद्दा बोकाएर भारतले खेलेको खेलमा हाम्रा राजनीतिक नेताहरू फँसे । संविधानसभा बनेपछि जाति, धर्म, लिंग, भूगोल, भाषा र संस्कृतिका अनेक मुद्दा प्रक्षेण गरी नेपाली जनएकता भाँड्ने प्रपञ्च रचियो । नेपालको स्वर्णिम इतिहासलाई समेत कलंकित गर्ने अभियान छेडियो । त्यस्तो अभियानमा खटाइएका खेतालाहरू नै देशका हर्ताकर्ता सत्ताधारी बन्नपुगेपछि नेपालको शान गिराउने र हुर्मत लुट्ने प्रक्रियाले गतिलिने क्रम नै बसाल्यो । मुलुकमा अहिले संविधान संशोधनका नाममा जुन निर्देशित खेल चलिरहेको छ त्यो त्यसैको उपज हो । नेपाली जनतालाई एक आपसमा बझाउने र भिडाउने अनि राजनीतिक अस्थिरता र गञ्जागोलको रापमा नेपालको अखण्डता, सार्वभौमिकता र स्वाभिमानलाई सेकाउने– डढाउने जुन हर्कत अहिले भैरहेछ त्यसबाट सवै देशभक्त नेपालीहरू सजग हुन जरुरी छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राजनीतिक द्वन्द्वको नयाँ चक्र (12.07.2016)
संविधान संशोधनको नियत र नेपालको नियति (11.29.2016)
राजनीति र नागरिकता (11.23.2016)
मुखर्जी भ्रमणको उपलब्धि के ? (11.08.2016)
बडा दशैंको शुभकामना (10.05.2016)
असामान्य र असंगत स्थिति (09.27.2016)
उदाहरणहीन सम्बन्धका अनेक पाटाहरू (09.20.2016)
कर्मकाण्डीय भारत भ्रमण (09.13.2016)
राष्ट्रिय बहसको खाँचो (09.06.2016)
अहिलेको मूल प्रश्न (08.25.2016)
देशभक्त नेपालीको चाहना (08.16.2016)
नयाँ प्रधानमन्त्रीका चुनौतिहरू (08.09.2016)
सत्ता राजनीतिको नयाँ मोड (07.26.2016)
अस्थिरताको अर्को सृङ्खला (07.19.2016)
जटिलताको गाँठो फुक्ला ? (07.14.2016)
शैक्षिक सुधारको बाटो (06.21.2016)
उहापोह स्थिति (06.14.2016)
स्थानीय चुनावको चुनौती (05.17.2016)
भूकम्पपछिको एक वर्ष (04.27.2016)
मुलुक अगाडि बढेको आभास छैन (04.22.2016)



 
::| Latest News

 
[Page Top]