युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:14am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसको सन्दर्भ
Thursday, 01.12.2017, 01:36pm (GMT+5.5)

पुस २७ गते नेपालको राष्ट्रिय एकता दिवस । नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको २९५ औं जन्मदिन । स्वतन्त्र, सार्वभौम, अखण्ड, सुसंगठित, एकतावद्ध, विकसित, समृद्ध नेपालको निरन्तर अभिलाशा राख्ने सम्पूर्ण देशभक्त नेपालीहरूले गर्व गर्नुपर्ने दिन । वि.सं. १७७९ को पुस २७ गते सानो पहाडी राज्य गोरखाको राजदरबारमा जन्मिएका पृथ्वीनारायण शाहले २० वर्षको सानो उमेरमा नै राज्यसञ्चालनको उत्तराधिकार ग्रहण गरेपछि विशाल नेपाल निर्माणको महाअभियान थालनी गरेर नेपालको नव निर्माण गरेकाले नै आज हामी स्वतन्त्र नेपाली रहन पाएका हौं । दक्षिणतिर बेलायती साम्राज्यको सत्ता स्थापित भैसकेको थियो भने भूमिविस्तारको आकांक्षा राख्दै बाइसे चौबिसे राज्यमा विभक्त भै खण्डीकृत अवस्थामा नितान्त कमजोर अवस्थामा रहेका पहाडी हिमाली राज्यहरूलाई समेत उपनिवेश बनाउने प्रयासमा कम्पनी सरकार जुटिरहेको थियो । विशाल भारतमा कब्जा जमाएर बसेको बेलायती साम्राज्यले यो पवित्र भूमिमाथि आँखा गाडिरहेको बेला बाह्रहजार घरधुरी मात्र रहेको सानो गोरखा राज्यका युवा राजा पृथ्वीनारायण शाहले युगको पुकार सुनेर बाइसे चौबिसे राज्यमा विभाजित नेपाल भूमिलाई पुनः एकीकरण गर्ने  महाअभियान चलाएर त्यसलाई सफल बनाए ।

काठमाण्डौं उपत्यकाभित्र मल्ल राजाहरूको पालामा इसाई धर्मको प्रचार गर्ने र धार्मिक रूपान्तरण गर्ने अवसर पाएका पादरीहरूले पृथ्वीनारायण शाहले उपत्यका विजय गरी नेपालको पुनः एकीकरणलाई गति दिएपछि आफ्नो मनसुवा पूरा गर्न नपाएर इसाईहरू उपत्यकाभित्र विद्रोह सिर्जना गर्ने षडयन्त्रमा लागेका थिए । त्यो षडयन्त्र चालपाएर इसाई पादरी र तिनका मतियारलाई उनले देश निकाला गरे । उता उपत्यका कब्जा गर्न अगाडि बढेको बृटिस इण्डियाको सेनालाई उनले आफ्ना फौज पठाएर सिन्धुलीगढीबाटै परास्त गरी खेदेर धपाए । यी दुवै प्रकरणबाट बेलायती साम्राज्यको मनसुवामा ठूलो धक्का लागेपछि इतिहास नै तोडमोड गरी पृथ्विनारायण शाहको विरुद्ध तथानाम लेख्ने अभियानमा पादरी र अन्य बेलायती लेखक लागे । त्यो अभियानलाई अहिलेसम्म पनि जारी राख्दै इसाई र पश्चिमाहरू राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको खेदो खन्न र नेपाललाई इसाइकरण गर्ने अभियानमा सक्रिय छन् । नेपाललाई खण्डित गर्दैजाने र नेपालको स्वतन्त्र अस्तित्व मेटाउने गुप्त योजनाले अहिले पनि गति लिइरहेको छ र नेपालमा आफ्ना खेताला बनाउने र खटाउने काम रोकिएको छैन । त्यसैको प्रतिफल नेपालको पात्रोबाट राष्ट्रिय एकता दिवस हटाइएको छ, इसाई पर्वमा राष्ट्रिय विदा दिने गरिएको छ र राज्यले राष्ट्रनिर्माताको जन्म दिवस मनाउने परम्पराको अन्त्य गरिएको छ । यो घोर अनर्थ हो । 

नेपालको स्वतन्त्र अस्तित्वमाथि धावा बोल्ने, राष्ट्रिय एकता खल्बल्याउ चाहने, यो राष्ट्रलाई खण्डित गर्दै जाने ,आर्थिक सामाजिक विकासमा अवरोध खडा गर्ने र अन्ततः यो स्वतन्त्र देशको अस्तित्त्व नै मेटाउने प्रकृतिका अनेक षडयन्त्रात्मक गतिविधि अहिले नेपालले वेहोरिरहेको छ । यो देशको अस्तित्व मेटाउन यसको जग बसाल्ने इतिहास पुरुषकै मारमर्दनबाट अभियान छेड्नुपर्छ भनेर नै पृथ्वीनारायण शाहको योगदानको अपव्याख्या गर्ने र साम्राज्य विस्तारक र क्रुर शासकका रुपमा गलत चित्रण गरी नेपालको राष्ट्रिय एकताको आधारमाथि नै प्रहार गर्ने काम सुनियोजित रूपमा भैरहेको छ । नेपाली जनताले पृथ्वीनारायण शाहा योगदान कदापि विर्सेका छैनन् र पुस २७ गते जनस्तरबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउने गरिँदैआएको छ । नेपालका कतिपय राजनीतिक समूहहरू नेपालको पुनः एकीकरण र स्वतन्त्रताको रक्षाका लागि पृथ्वीनारायण शाहको विशिष्ट योगदान रहेको कुरा स्वीकार गर्दछन् तापनि राज्यले नै राष्ट्रिय एकता दिवस मनाउने प्रावधान कायम गर्न हिच्किचाइरहेको अवस्था छ । बाह्य दवावमा इसाई पर्वमा राष्ट्रिय विदा घोषणा गर्ने सरकारले इतिहासको वास्तविक मूल्यांकन र जनताको आवाजको कदर गरेर राष्ट्रिय विदा घोषणा गर्ने र राष्ट्रिय एकता दिवस मनाउने परम्परा बसाल्न उत्सुकता र अग्रसरता नदेखाउनुको पछाडि बाह्य दवाव रहेको र आत्मनिर्णयको अधिकार उपयोग गर्ने क्षमता नरहेको प्रष्टै अनुभूत हुन्छ । पश्चिमा पादरीका मानसपुत्रहरू उनीहरूकै दृष्टिकोणबाट प्रभावित र प्रेरित भैरहँदासम्म राष्ट्रिय एकता विरुद्धको अभियान, राष्ट्रनिर्माताप्रतिको मानमर्दन क्रम र इतिहासको अपव्याख्याको शृंखला टुट्ने छैन भन्ने सन्देश यो अवसरले पुनः दिएको छ ।  

नेपाल अहिले स्वतन्त्र अस्तित्व रक्षाको लडाइमा होमिएको छ । बिखण्डन र विलयका दूराकांक्षाकै कारण यो देशलाई सुनियोजित रुपमा अस्थिरताको भूमरीमा फँसाइएको छ । पृथ्वीनारायण शाहले यो देशको स्वतन्त्र अस्तित्वको निरन्तर रक्षाका लागि दिव्योपदेश दिएर जुन मार्गदर्शन गरेका छन् त्यसको महत्व झनै बढेर गएको छ भने नेपालीलाई जगाउन र नेपाललाई जोगाउन त्यो दिव्योपदेश नै मूल आधार बन्नसक्छ भन्ने हाम्रो दृढ अभिमत छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाह स्वतन्त्र युग जन्माउने महान ऐतिहासिक व्यक्तित्व हुन् । नेपालको रक्षाका लागि उनको विचारको सान्दर्भिकता अरू बढेर गएको छ । हामी नेपाली हौं भनी गर्व गर्ने सवैले यस अवसरमा उनीप्रति श्रद्धा र सम्मान प्रकट गर्नु नै हाम्रो राष्ट्रधर्म हो ।  


Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्र रक्षाको अहं प्रश्न (01.04.2017)
आयातीत मुद्दाहरूको फन्दा (12.29.2016)
आम सजगताको खाँचो (12.20.2016)
राजनीतिक द्वन्द्वको नयाँ चक्र (12.07.2016)
संविधान संशोधनको नियत र नेपालको नियति (11.29.2016)
राजनीति र नागरिकता (11.23.2016)
मुखर्जी भ्रमणको उपलब्धि के ? (11.08.2016)
बडा दशैंको शुभकामना (10.05.2016)
असामान्य र असंगत स्थिति (09.27.2016)
उदाहरणहीन सम्बन्धका अनेक पाटाहरू (09.20.2016)
कर्मकाण्डीय भारत भ्रमण (09.13.2016)
राष्ट्रिय बहसको खाँचो (09.06.2016)
अहिलेको मूल प्रश्न (08.25.2016)
देशभक्त नेपालीको चाहना (08.16.2016)
नयाँ प्रधानमन्त्रीका चुनौतिहरू (08.09.2016)
सत्ता राजनीतिको नयाँ मोड (07.26.2016)
अस्थिरताको अर्को सृङ्खला (07.19.2016)
जटिलताको गाँठो फुक्ला ? (07.14.2016)
शैक्षिक सुधारको बाटो (06.21.2016)
उहापोह स्थिति (06.14.2016)



 
::| Latest News

 
[Page Top]