युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:15am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
राष्ट्रिय मार्गचित्रको अपरिहार्यता
Wednesday, 01.18.2017, 12:54pm (GMT+5.5)

देश भयावह संकटको दिशातिर उन्मुख भएको सन्देश वर्तमान राजनीतिक परिस्थिति र घटनाक्रमले दिएको छ । नेपालको राष्ट्रिय एकता र अखण्डतामाथि नै आँच पुर्याउने गरी बढिरहेका गतिविधिले राष्ट्रियता खतरामा परेको र देश बिखण्डनको संघारतिर धकेलिएको आभासले राजनीतिक गैरराजनीतिक हरेक क्षेत्रका सचेत नागरिकलाई झक्झक्याइरहेको छ । सिंगो देश निहित स्वार्थप्रेरित राजनीतिक संकीर्णता, भागबण्डा र सत्ता लोलुपताको विकारजन्य प्रवृत्तिको दुश्चक्रमा फस्दैगएको छ । अहिले देशमा जस्तो प्रकारको राजनीतिक अभ्यास भैरहेको छ त्यसले मुलुकलाई शान्ति, स्थिरता, विकास र समृद्धिको बाटोमा लैजानु त परैजावस यथास्थितिमा पनि मुलुक टिक्न नसक्ने र दिन प्रतिदिन ओरालो लागिरहेको अवस्थालाई अरू तीब्रता दिने यथेष्ठ संकेतहरू देखा परिरहेका छन् । नेपालको समसामयिक राजनीति राष्ट्रिय मार्गचित्रको प्रचूर अभावबाट ग्रस्त मात्र छैन वैदेशिक स्वार्थबाट पूरै प्रभावित भएर परिचालित छ र त्यसले उत्पादन गरेको विकृतिले नेपालको स्वतन्त्र अस्तित्वमाथि नै धावा बोलिरहेको स्थिति सिर्जित छ । नेपालको वर्तमान मूलधारको राजनीति पूरै अव्यक्त बाह्य स्वार्थबाट प्रेरित र परिचालित रहेकाले मुलुकमा प्रजातान्त्रिक विचार र संस्कार पराजित हुँदैगएको छ भने नागरिकहरू राज्यविहीनताको पीडादायी अनुभूतिले छटपटाइरहेका छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जताततै राजनीतिक भागबण्डा, आग्रहजन्य प्रवृत्ति र विधिविहीनताका दुष्परिणामहरू मौलाइरहेका छन् । कुटनीतिक क्षेत्रमा नेपालको शान निरन्तर गिर्दो छ भने आर्थिक क्षेत्र पूरै धराशायी बन्दैगएको आर्थिक सूचकांकहरूले प्रष्ट इंगित गरिरहेका छन् ।   

मुलुकलाई विधिसम्मत बाटोमा हिँडाउने दीर्घकालीन सोच, व्यवस्थापकीय क्षमता र नैतिक धरातलमा बसेर राजनीति गर्ने प्रवृत्ति भएको राजनीतिक नेतृत्व विकसित नभएको र बाह्यशक्तिका अव्यक्त आकांक्षाबाट प्रभावित र निर्देशित हुने नेतृत्वको मात्र वर्तमान राजनीतिमा हालिमुहाली रहेकाले मुलुक दिन प्रतिदिन ओरालो लागिरहेको कुरामा कुनै सन्देह छैन । वैदेशिक शक्तिहरूका अव्यक्त स्वार्थको अनुचित प्रभाव नै मुलुकको अहिले सर्वाधिक ठूलो समस्या हो । यस्तो स्वार्थको सही पहिचान गरी त्यसबाट मुलुकलाई बाहिर निकाल्ने आन्तरिक राजनीतिक प्रयास हुन सकेन भने मुलुकको स्वतन्त्र अस्तित्व नै विलिनहुन जाने खतरा रहने उदाहरण विश्वको राजनीतिक इतिहासले दिँदैआएको छ । सिक्किमको विलय, पाकिस्तानको विभाजन र श्रीलंकामा वर्षौंसम्म चलेको गृहयुद्ध कसको रणनीतिक स्वार्थको उपज थियो भन्ने कुरा बुझेर पनि बुझपचाउने कथित राजनीतिक नेतृत्वले नेपाललाई भारतको अव्यक्त कुत्सित आकांक्षाको शिकार बनाउँदै लगेकोमा कुनै सन्देह छैन । मुलुकमा राजनीतिक विकृति र अपसंस्कृतिको भेल पसाएर राष्ट्रिय एकता खल्बल्याउने, शान्ति, स्थिरता, विकास र समृद्धिको बाटोमा निरन्तर अवरोध खडा गर्ने वर्षौंदेखिको कसरतका पछाडि रहेको निहित उद्देश्य बुझ्नसक्ने राजनीतिक नेतृत्व मुलुकमा विकसित हुन नदिन खडा गरिएका बुख्याचाहरू नै अहिले यो देशका हर्ताकर्ता बनेका छन् । देशभक्तिको भावना र राष्ट्रिय चेतनाको लहरलाई विभिन्न हथकण्डा प्रयोग गरी अपमानित र लाञ्छित गर्ने निर्देशित प्रवृत्तिले नेपालको आन्तरिक राजनीतिलाई नराम्रोसंग हुँडलिरहेको छ । नेपालमा राजनीतिक परिवर्तनको स्वामित्व लिन सधैं अग्रसर हुने भारतले नेपालमा विधिको शासन स्थापित हुन नदिन र  निर्देशित अस्थिरता कायम गरिराख्न खेलिरहेको षडयन्त्रात्मक भूमिका उदांग हुँदैआए पनि त्यसबाट सचेत रहेर मुलुकको राजनीतिलाई राष्ट्रिय चिन्तनधारमा प्रवाहित गर्ने प्रवृति मौलाउन नसकेकाले नेपालको राष्ट्रियता नै जोखिमपूर्ण बन्नपुगेको कटुयथार्थबोध अहिलेका गतिविधिले गराइरहेको छ ।

नेपाली जनताले लामो कसरतपछि झण्डै सात दशकदेखि झ्याँगिएको आकांक्षा पूरागर्दै संविधानसभाबाट आफ्नै बाहुबलबाट विश्वकै उत्कृष्ट संविधान बनाएको भ्रमजाल जति नै बिच्छ्याए पनि यो संविधानलाई विफल बनाउन उद्यत बाह्यशक्तिकै खेलमा देशको वर्तमान सत्ता राजनीति उपयोग भैरहेको तथ्य झरीपछिको घाम जत्तिकै छर्लंग छ । विगतमा भारतलगायतका बाह्यशक्तिले उपयोग गरेका भनी आरोपित कतिपय नेताहरू समयक्रममा भारतको ब्यूहरचना चालपाएर राष्ट्रिय एकता र अखण्डताको रक्षाका निम्ति सचेततायुक्त अग्रसरता देखाउन थालेको शुभसंकेत पनि यसबीचमा देखापरेको छ । यतिखेर नेपाली जनताको विशाल पंक्ति बाह्यशक्तिका षडयन्त्रात्मक गतिविधिबाट परिचित हुँदै त्यसका विरूद्धमा गोलबन्द हुँदै जानथालेको सकारात्मक स्थिति पनि पैदा भैरहेको छ । मुलुकको संवेदनशील भूराजनीतिक स्थितिलाई आत्मसात गरी राजनीतिक शक्ति समूहहरूले राष्ट्रिय चिन्तनधारमा प्रवाहित राजनीतिक मार्गचित्र निर्माण गर्नुको अर्को विकल्प छैन । काजी लेण्डुप दोर्जेका नयाँ अवतारहरूबाट देशलाई जोगाउन वैदेशिक चलखेलविरूद्ध सवै देशभक्त नेपालीहरू एकजूट हुनु अनिवार्य छ । यो नै अहिले देशले गरको पुकार हो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसको सन्दर्भ (01.12.2017)
राष्ट्र रक्षाको अहं प्रश्न (01.04.2017)
आयातीत मुद्दाहरूको फन्दा (12.29.2016)
आम सजगताको खाँचो (12.20.2016)
राजनीतिक द्वन्द्वको नयाँ चक्र (12.07.2016)
संविधान संशोधनको नियत र नेपालको नियति (11.29.2016)
राजनीति र नागरिकता (11.23.2016)
मुखर्जी भ्रमणको उपलब्धि के ? (11.08.2016)
बडा दशैंको शुभकामना (10.05.2016)
असामान्य र असंगत स्थिति (09.27.2016)
उदाहरणहीन सम्बन्धका अनेक पाटाहरू (09.20.2016)
कर्मकाण्डीय भारत भ्रमण (09.13.2016)
राष्ट्रिय बहसको खाँचो (09.06.2016)
अहिलेको मूल प्रश्न (08.25.2016)
देशभक्त नेपालीको चाहना (08.16.2016)
नयाँ प्रधानमन्त्रीका चुनौतिहरू (08.09.2016)
सत्ता राजनीतिको नयाँ मोड (07.26.2016)
अस्थिरताको अर्को सृङ्खला (07.19.2016)
जटिलताको गाँठो फुक्ला ? (07.14.2016)
शैक्षिक सुधारको बाटो (06.21.2016)



 
::| Latest News

 
[Page Top]