युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:15am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
शहीद दिवस : परम्पराको निर्वाहमा सीमित
Tuesday, 01.31.2017, 11:34am (GMT+5.5)

माघ १० गतेदेखि १६ गतेसम्म शहीद दिवस मनाउने २०१२ सालदेखि काठमाडौं नगरपालिकाले परम्परालाई यस वर्ष पनि काठमाडौं महानगरपालिकाले निरन्तरता दिँदै बिंडोसम्म धान्ने काम गरेको छ । माघ १६ गतेको दिनलाई शहीद दिवस मानेर विदा दिने परम्परालाई पनि सरकारले अहिलेसम्म निर्वाह गरिरहेको छ । राष्ट्रको रक्षा, राष्ट्रियताको संरक्षण र जनअधिकारका निम्ति नागरिक चेतना फैलाउने र निरंकुश सत्ताका विरुद्ध विद्रोहको बिगुल फुक्दै संगठनात्मक अभियान छेड्ने क्रममा निरंकुश सत्ताको कठोर यातना भोग्दै आत्मसमर्पण नगरी जीवन आहुति दिएका महान व्यक्तित्वहरू नै सही अर्थमा शहीद हुन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले बाईसे चौबीसे राज्यमा विभक्त भएर खण्डीकृत अवस्थामा रहेको नेपाललाई पुनः एकीकरण गरी विशाल रूप दिएको केही दशकपछि नै जहानीया राणा शासनको बीजारोपण भएको र निरंकुशताको बलमा १०४ वर्षसम्म त्यसले नेपालमा जनअधिकारविहीन सत्ता चलाएको नेपालको इतिहासमा अंकित तथ्य हो । जनअधिकारविहीन निरंकुश जहानीया शासनविरुद्ध टंकप्रसाद आचार्यको नेतृत्वमा भूमिगत रुपमा नेपाल प्रजापरिषद गठन गरी विद्रोहात्मक अभियान छेडिएको बेला राज्यविप्लबको  अभियोग लगाएर शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई रूखमा झुण्डाएर र दशरथ चन्द र गंगालालाल श्रेष्ठलाई गोली हानेर राणा सरकारले १९९७ साल  माघ १० गतेदेखि १६ गतेको  अन्तरालमा प्राणदण्ड दियो । निरंकुश राणा सरकारले टंकप्रसाद आचार्य, रामहरि शर्मा, गोविन्द प्रसाद उपाध्यायलगायतका नेताहरूलाई चारपाटे मुडेर आजीवन कारावासको सजाय दियो । त्यो प्रकरणले रक्तबीजको काम ग¥यो र दश वर्षकै अन्तरालमा निरंकुश जहानीया राणा शासन ढल्यो । २००७ सालमा प्रजातन्त्रको प्रादुर्भाव यिनै चार सपुतहरूको जीवन बलिदानको परिणाम थियो ।

७६ वर्ष अगाडि जीवनको आहुति दिएर नागरिक अधिकारको बहाली गराउने महान शहीदहरू नेपाली जनताका निम्ति अविरल प्रेरणाका स्रोत हुन् । तर सात दशकको अन्तरालमा नेपालमा अनेक राजनीतिक घटनाहरू घटे (परिवर्तनका अनेक शृङ्खलाहरू चले तर शहीदका सपना पूरा गर्ने दिशामा कुनै पनि चरणका राजनीतिक परिवर्तनहरू निर्देशित भएनन् । देश अहिले नागरिक अधिकार बहालीको नयाँ चरणमा रहेको मिथ्या प्रचार एकातिर छ भने अर्कातिर देश दिन प्रतिदिन ओरालो लागेको लागेकै छ । आन्तरिक निरंकुशताविरुद्ध जीवन उत्सर्ग गर्ने शहीदहरूको सपनामाथि खेलबाड मात्रै भएको छैन मुलुकलाई परचक्रीको निर्देशनमा चलाउनेसम्मका धृष्टतापूर्ण खेलहरू सुनियोजित रुपमा चलिरहेका छन् । नेपाल विरोधी इसाई पादरीहरूको भ्रमपूर्ण इतिहास र बाइबिललाई शिरानीमा राखेर राष्ट्रनिर्माणको स्वर्णिम इतिहासलाई दुषित र अपमानित गर्नेहरूले शहीदका सपनाविरुद्ध मुलुकलाई पराधीनताको जञ्जिरमा बाध्ने अनेक प्रपञ्च रचिरहेका अनेक घटना शृङ्खलाबद्ध रुपमा प्रायोजित भैरहेका छन् । यो स्थितिमा मातृभूमिका सच्चा सपुत शहीदहरूको मानमर्दन हुने गरी कथित आन्दोलनहरूको क्रममा उपयोग गरिएका र रमिता हेर्दा मारिन पुगेकादेखि लिएर सीमापारबाट नेपालविरुद्ध ढुंगामुडा गर्न खटिँदा मारिएकालाई समेत मोटो रकम दिलाउन शहीदको दर्जा दिएर सच्चा शहीदहरूको अवमूल्यन गर्ने बिडम्बनापूर्ण गतिविधि चलिरहेको  उपहासपूर्ण स्थिति विद्यमान छ । आन्तरिक निरंकुशताविरूद्ध लडेर जीवन बलिदान दिने शहीदहरूको सपनामाथि बाह्य अधिनताबोधको अनपेक्षित स्थितिले जुन खेलबाड गरिरहेको छ त्यो नै अहिले मुलुकको सर्वाधिक ठूलो पीडा हो ।

शहीद दिवसको कार्यक्रम काठमाडौं महानगरपालिकाको वार्षिक कार्यतालिका र उर्दिमा उपस्थित हुने सेना र प्रहरीको सहभागितामा सीमित भएको छ । सरकार र राजनीतिक दलहरूका तर्फबाट शहीद दिवसमा कुनै कार्यक्रम आयोजित नहुने गरेको बिडम्बनापूर्ण अवस्था अहिलेको यथार्थ हो । मुलुक यतिखेर राष्ट्रिय चिन्तनधार र राष्ट्रिय मार्गचित्रको अभावले ग्रस्त छ । प्रातःस्मरणीय शहीदहरूलाई मार्गदर्शक मानेर त्याग र समर्पणको राजनीतिक संस्कार बसाउने कुनै अभ्यास नभएको मात्र होइन मुलुकलाई अन्त्यहीन द्वन्द्वको भूमरीमा पारेर संकीर्ण स्वार्थ पूरा गर्ने राजनीतिक होडबाजी चलिरहेको छ । जनअधिकारको बहालीबाट सबल, सुदृढ, सुसङ्गठित र समृद्ध राज्यको परिकल्पना गरेर जीवन बलिदान गर्ने शहीदहरूको उचित सम्मान गरी मुलुकलाई एकताबद्ध बनाउन र समृद्ध बनाउन नसकेसम्म सच्चा शहीदहरूको सम्मान हुनसक्दैन भन्ने तथ्यबोध नभएसम्म यो मुलुकको भलो हुनसक्दैन । शहीदहरूको विचार र व्यवहारबाट मात्र वास्तविक सम्मान र श्रद्धाञ्जली प्रकट हुनसक्छ भन्ने हाम्रो दृढ अभिमत छ ।  


Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रिय मार्गचित्रको अपरिहार्यता (01.18.2017)
पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसको सन्दर्भ (01.12.2017)
राष्ट्र रक्षाको अहं प्रश्न (01.04.2017)
आयातीत मुद्दाहरूको फन्दा (12.29.2016)
आम सजगताको खाँचो (12.20.2016)
राजनीतिक द्वन्द्वको नयाँ चक्र (12.07.2016)
संविधान संशोधनको नियत र नेपालको नियति (11.29.2016)
राजनीति र नागरिकता (11.23.2016)
मुखर्जी भ्रमणको उपलब्धि के ? (11.08.2016)
बडा दशैंको शुभकामना (10.05.2016)
असामान्य र असंगत स्थिति (09.27.2016)
उदाहरणहीन सम्बन्धका अनेक पाटाहरू (09.20.2016)
कर्मकाण्डीय भारत भ्रमण (09.13.2016)
राष्ट्रिय बहसको खाँचो (09.06.2016)
अहिलेको मूल प्रश्न (08.25.2016)
देशभक्त नेपालीको चाहना (08.16.2016)
नयाँ प्रधानमन्त्रीका चुनौतिहरू (08.09.2016)
सत्ता राजनीतिको नयाँ मोड (07.26.2016)
अस्थिरताको अर्को सृङ्खला (07.19.2016)
जटिलताको गाँठो फुक्ला ? (07.14.2016)



 
::| Latest News

 
[Page Top]