युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
उपलब्धिमूलक निर्वाचन
Wednesday, 05.17.2017, 12:04pm (GMT+5.5)

दुई दशकको अन्तरालपछि हुन गैरहेको स्थानीय तहको निर्वाचन राजनीतिक हिसाबले एउटा ऐतिहासिक घटना हो । स्थानीय निकायको पुनःसंरचना गरी पहिलोपटक भैरहेको यो निर्वाचनले सिंहदरवारमा केन्द्रित रहेको अधिकारलाई नगर(नगर र गाउँगाउँसम्म विकेन्द्रित गर्ने र स्थानीय सरकारमार्फत सेवाग्राही जनतालाई सेवा पु¥याउँदै राष्ट्रिय समृद्धिको जग बसाल्ने जुन राजनीतिक प्रचारवाजी भएको छ त्यसको लेखाजोखा गर्न लामै समयको प्रतिक्षा गर्नुपर्ने भए पनि स्थानीय तहमा जनप्रतिनिधित्वको व्यवस्थापनको अपरिहार्यतालाई यो निर्वाचनले निश्चय नै सघाउ पु¥याउने अपेक्षा गर्न सकिन्छ । गत आइतवार संघीय संरचना अन्तरगतका प्रदेश नं. ३ ,४ र ६ का ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका लागि निर्वाचन सम्पन्न भएको छ भने निर्वाचन हुन बाँकी प्रदेश नं. १, २, ५ र ७ का ४१ जिल्लाका ४ सय ६१ स्थानीय तहमा अहिलेसम्म जेठ गते निर्वाचन गर्ने कार्यक्रम निर्धारित छ ।  मुलुकभरका स्थानीय तहको निर्वाचनका लागि व्यापक जनउत्सुकता जागृत भएको र एकैचरणमा निर्वाचन गर्ने पूर्व घोषणाअनुरूप निर्वाचन आयोगले समेत पूर्ण तयारी गरिसकेको बेला संगतिविहीन राजनीतिक परिस्थितिलाई अगाडि सारेर सरकारले अप्रत्याशित रुपमा निर्वाचन दुई चरणमा गर्ने जुन निर्णय ग¥यो त्यसले अन्ततः कस्तो नतिजा दिने हो त्यसको निक्र्योल हुन बाँकी नै छ  । निर्वाचनको तिथि घोषणा पूर्व मधेशी मोर्चालाई केन्द्रबिन्दुमा राखेर जुन राजनीतिक समस्या अगाडि सारिएको थियो । पहिलो चरणको निर्वाचन सम्पन्न हुँदासम्मको स्थितिमा पनि त्यो समस्या यथावत नै छ र दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरू हुँदासम्म सो समस्याको समुचित राजनीतिक समाधान त्यति सहज देखिने कुनै लक्षण छैन । यो पृष्ठभूमिमा दोस्रो चरणको निर्वाचनका लागि सहज वातावरण कसरी बन्नसक्ला र पहिलो चरणको निर्वाचन जसरी नै दोस्रो चरणको निर्वाचन कुन रुपमा सम्पन्न होला  भन्ने कुतुहलता आम रुपमा व्याप्त नै छ । 
संसदको अवरूद्ध बैठक जेठ ४ गते बस्ने भनी सूचना टाँस भएपछि सरकार र सबै राजनीतिक नेताहरूको ध्यान प्रथमचरणको निर्वाचनमा केन्द्रित भएको र विवादित मुद्दावारे खासै राजनीतिक कसरत नभएको अवस्थामा भोलि बस्ने भनिएको संसदको बैठक कति सहज वातावरणमा सञ्चालित होला र मधेशी मोर्चाबाट परिवर्तित राष्ट्रिय जनता पार्टी नेपालको आकांक्षा तृप्त हुने गरी संसदबाट कसरी निकास निस्केला भन्ने अहं प्रश्न अहिलेको समयले खडा गरेको छ । मधेशी मोर्चाका नेताहरूले आफ्ना मागहरूलाई सीमित गर्दै मधेश आन्दोलनको सिलसिलामा मुद्दा लागेकाहरूको मुद्दा फिर्ता र बन्दीको रिहाई एवं जनसंख्याको आधारमा स्थानीय तहको संख्यावृद्धिमा केन्द्रित गरेको प्रतीत भए पनि समस्याको चूरो यथावत् नै छ । जेठ ४ गते संविधान संशोधन नभए  दोस्रो चरणको निर्वाचनमा भाग पनि नलिने र मधेशमा चुनाव हुन पनि नदिने मधेशी नेताहरूको हुँकारमा कति दम छ र यसमा उसको पृष्टपोषण गर्ने शक्तिको रणनीतिक चलखेल कुन दिशातिर लक्षित छ भन्ने खुट्याउन त्यति सजिलो छैन । यदि तराईमा मधेशी मोर्चाको जनाधार बलियो छ भन्ने विश्वास मोर्चाको पृष्ठशक्ति र मोर्चाका नेताहरूसंग भएको भए एकीकृत मधेशी दल निर्वाचनमा अवश्य नै सहभागी हुने थियो भने त्यो जनमतले संविधान संशोधनका लागि पनि ठूलै राजनीतिक दवाव सिर्जना गराउन सक्थ्यो । तर तराईमा मधेशी नेताहरू भूमिपुत्र रैथानेहरूलाई अल्पमतमा पार्ने र प्राप्त अवसर सबैमा अंगीकृत एवं कृत्रिम नागरिकहरूको बर्चश्व स्थापना गर्ने निर्देशित अभियानमा लागेको महसुस गर्न र बुझ्न थालेपछि धरातल खस्किइसकेको आभास पाएर उनीहरू निर्वाचनमा भाग नलिने बाहानाको पछिलागेका हुनसक्छन् भन्ने कुरा पनि बुझ्नु जरुरी छ । जेठ ४ गते संसदमा के हुन्छ र मधेशी मोर्चाका नेताहरूले कुन बाटो रोज्छन् भन्ने कुराले नै दोस्रो चरणको निर्वाचनको भविष्य इंगित गर्नेछ । दुई चरणको निर्वाचनको निर्णय नै वास्तवमा विभाजित परिस्थिति सिर्जनाका लागि ठूलो राजनीतिक षडयन्त्र त थिएन भन्ने अहं प्रश्न अहिले उपस्थित छ । एक चरणमा गर्ने भनी घोषित भएको निर्वाचनलाई दुई चरणमा गर्ने निर्णय गरेको सरकारले दोस्रो चरणको निर्वाचन पनि सहज वातावरणमा सम्पन्न हुने वातावरण सिर्जना गर्न सक्यो भनेमात्र शंकाजन्य परिस्थितिको अन्त्य हुनेछ । अनेक आशंका र सन्देहका बाबजुद पनि प्रथम चरणको निर्वाचन सम्पन्न भए झैं नै गरी दोस्रो चरणको निर्वाचन पनि सहज रूपमा सम्पन्न होस् भन्ने आन नेपाली जनताको चाहना छ ।
नेपाली जनताको चाहनामाथि सत्तालोलुप कठपुतली नेताहरूले सधैं खेलबाड गर्दैआएका छन् । क्षणिक सत्ताको प्रलोभनमा परेर मुलुकको दुरगामी भविष्यसंगसमेत खेलबाड गर्न नहिच्किचाउने प्रवृत्तिको विकासले गर्दा नेपालको समग्र राजनीति धमिलिएको र पथविचलित भएको तथ्य त वर्तमान राष्ट्रिय परिस्थितिले नै प्रष्ट रूपमा इंगित गरिरहेको छ । वैदेशिक स्वार्थअनुकूलका प्रक्षेपित मुद्दाहरूको भारी बोकेर कहिले हिंसात्मक विद्रोहको बिगुल फुक्ने, कहिले वृहद शान्तिको माला जप्ने र कहिले बाह्यशक्तिको इशारामा ताण्डव नृत्य गर्ने जुन अपसंस्कार मौलाएको छ त्यसले मुलुकलाई अन्त्यहीन द्वन्द्वको दिशातिर नराम्रोसंग धकेलिरहेको छ । नेपालमा विधिको शासनको जग नै बस्न नदिन र राजनीतिक स्थायित्व कायम हुननदिन जुन षडयन्त्र लामो समयदेखि चलिरहेको छ त्यसैको उपजका रुपमा राजनीतिक निष्ठा, सिद्धान्त, आदर्श र मर्यादाको स्खलन र क्षयीकरण हुँदैगएको छ । यसको विकृत प्रभाव निर्वाचनका क्रममा पनि देखिइरहेको छ । चुनाव जित्नकै लागि भनी गरिएका सिद्धान्तविहीन गठबन्धन, आचारसंहिता उल्लंघनका अनेक उदाहरण र कतिपय ठाउँमा भएका हिंसात्मक गतिविधि स्वस्थ राजनीतिक प्रतिस्पर्धा विपरीतका नमूनाहरू हुन् । यस्ता अनेकौं हर्कतका बाबजुद पनि प्रथम चरणको निर्वाचन जुन उत्साहप्रद रूपमा सम्पन्न भएको छ त्यसलाई सकारात्मक उपलब्धिकै रुपमा  लिनुपर्दछ । कामना गरौं–दोस्रो चरणको निर्वाचन पनि यत्तिकै सहज रूपमा  सम्पन्न हुन सकोस् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सन्निकट निर्वाचनको सार्थकता (05.11.2017)
निर्वाचनविरूद्ध असंगत चलखेल (05.02.2017)
नयाँ वर्षको शुभकामना (04.18.2017)
घोषित निर्वाचनको चुनौती (04.11.2017)
प्रधानमन्त्रीको चीन भ्रमण (03.22.2017)
गोविन्द गौतमको हत्या : सीमा अतिक्रमणको पीडा (03.14.2017)
कालो बादल हटेको छैन (02.28.2017)
शहीद दिवस : परम्पराको निर्वाहमा सीमित (01.31.2017)
राष्ट्रिय मार्गचित्रको अपरिहार्यता (01.18.2017)
पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसको सन्दर्भ (01.12.2017)
राष्ट्र रक्षाको अहं प्रश्न (01.04.2017)
आयातीत मुद्दाहरूको फन्दा (12.29.2016)
आम सजगताको खाँचो (12.20.2016)
राजनीतिक द्वन्द्वको नयाँ चक्र (12.07.2016)
संविधान संशोधनको नियत र नेपालको नियति (11.29.2016)
राजनीति र नागरिकता (11.23.2016)
मुखर्जी भ्रमणको उपलब्धि के ? (11.08.2016)
बडा दशैंको शुभकामना (10.05.2016)
असामान्य र असंगत स्थिति (09.27.2016)
उदाहरणहीन सम्बन्धका अनेक पाटाहरू (09.20.2016)



 
::| Latest News

 
[Page Top]