युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 10.23.2017, 04:21am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
राष्ट्रहितविरूद्धको सौदावाजी
Tuesday, 08.29.2017, 11:56am (GMT+5.5)

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको ५ दिने राजकीय भ्रमण पूरा गरी गत आइतवार स्वदेश फर्किनुभएको छ । उहाँको यो भ्रमण आफ्नो सत्तारक्षा र राजनीतिक भविष्यको सुरक्षाको प्रत्याभूतिका निम्ति मात्र सुखद र सफल रहेको प्रतीत भए पनि दुई देशबीच भएको ४६ बुँदे सम्युक्त विज्ञप्तिमा रहेका कतिपय बुँदाले नेपाललाई सुदूर भविष्यसम्म पीडाको ठूलो भारी बोकाउने यथेष्ट सन्देश दिएका छन् । नेपाल एक स्वतन्त्र र सार्वभौम देश हो र नेपालको संसद पनि सार्वभौम अधिकार सम्पन्न जनप्रतिनिधिमूलक निकाय हो भन्ने कुराको कुनै ख्यालै नगरी नेपालको नितान्त आन्तरिक मामिलाको विषय रहेको संविधान संशोधनको प्रसंगलाई प्रष्टिकरणको शैलीमा दिल्लीमा उठाएर राष्ट्रिय सार्वभौमिकताको घोर अपमान गर्दै लज्जास्पद प्रवृत्ति प्रदर्शन गर्नु अत्यन्त आपत्तिजनक विषय बन्नपुगेको छ । भारतले झण्डै आधा शताब्दिदेखि अगाडि सार्दैआएको र नेपाली जनता र विभिन्न चरणका सत्ताधारीहरूले अस्वीकार गर्दैआएको सप्तकोशी उच्चबाँध निर्माण गर्ने भारतको दवावपूर्ण प्रस्तावलाई प्रधानमन्त्री देउवाले यस पटकको भ्रमणमा स्वीकार गरेर मुलुकलाई सुदूर भविष्यसम्म ठूलो नोक्सानीमा पुर्याउने बाटो खुला गर्नुभएको छ । भारतले कोशी बाँध पुरानो हुँदैगएपछि त्यसको विकल्पमा सुनसरीको बराहक्षेत्र नजिकको भूभागमा २ सय ६९ मिटर अग्लो उच्च बाँध बनाउने र नेपालको उब्जाउयोग्य ठूलो भूभाग जलमग्न गराएर भारतमा बाढी नियन्त्रण र सिञ्चाईका लागि एकपक्षीय लाभको वातावरण तयार गर्ने दूराकंक्षा राख्दैआएको छ । यदि प्रस्तावित स्थानमा कोशी उच्चबाँध बन्यो भने नेपालको आठ दश जिल्ला डुवानको चपेटामा पर्ने छन् भने १५ हजार परिवारका ७५ हजार मानिस सोझै विस्थापित हुनेछन् भन्ने तथ्यको उद्घाटन विज्ञहरूले गर्दैआएका छन् । प्रधानमन्त्री देउवा भारत भ्रमणमा निस्कनुपूर्व पूर्व प्रधानमन्त्रीहरुदेखिलिएर  विभिन्न सञ्चार माध्यम एवं विज्ञ समूहले समेत कोशी उच्च बाँधको प्रस्तावमा नफस्न उहाँलाई सचेत गराएका थिए । त्यति हुँदाहुँदै पनि उहाँले राष्ट्रहितलाई दाउमा राखेर सत्तास्वार्थका लागि भारतसंग सौदावाजी गर्नु मुलुकलाई विपत्तिमा पार्ने मुहान खोलेर गर्नैनहुने काम गर्नुभएको छ ।
नेपाल यतिखेर भारतले विगतमा सत्तालोलुपहरूलाई प्रभाव र दवावमा पारेर गरेको असमान कोशी र गण्डक सम्झौताहरूको पीडा आधा शताब्दिदेखि निरन्तर भोगिरहेको छ । ती दुवै सम्झौताहरू कति असमान र राष्ट्रहित विपरित थिए भन्ने कुरा समयको अन्तरालमा सिद्ध भैसकेको छ भने भारतले तराईको समग्र भूभाग दुवाउने गरी अन्तर्राष्ट्रिय कानून मिचेर बनाएका बाँध, तटबन्ध र सडकहरूले नेपाललाई हरेक वर्ष पु¥याउने गरेको क्षतिको कुनै लेखाजोखा छैन । प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानैलाग्दा नेपालको तराईमा बाढी र डुबानले मच्चाएको बितण्डाले कैयौंको ज्यान लिएको, हजारौं परिवार विस्थापित भएका र अर्बौं अर्बको क्षति भएको जगजाहेर हुँदाहुँदै पनि यो विकराल राष्ट्रिय समस्याले प्राथमिकता नपाएको प्रत्यक्ष अनुभूत भएको छ । भारत निर्मित संरचनाबाट नेपालले हरेक वर्ष १५–२० अर्बको नोक्सानी बेहोरिरहनुपरेको तथ्य एकातिर छ भने बेलाबखत गोहीको आँसु चुहाउँदै भारतले दिने गरेको मुठ्ठी दानप्रति कृतज्ञ रहने देउवा प्रभृतिका शासकहरूको चरित्र पनि उदांगिदै आएको छ । भारतले बाढीको प्रभाव दुवैतिर रहेको भन्दै गोलमटोल भाषामा त्यसको नियन्त्रणका लागि सहकार्यको ढोल जति नै पिटेको भए पनि त्यो झाराटार्ने उपायमात्र हो भन्ने कुरा कोशी र गण्डक पीडितहरूले अहिलेसम्म तोकिएको क्षतिपूर्ति पनि नपाएको तथ्यले पुष्टि गरेको छ । अत्यन्त दुःखद पक्ष के पनि छ भने भारतले नेपालभित्र आफ्ना गलत कार्यको पनि खुल्ला रुपमा समर्थन गरेर बकबास गर्नेहरुको विषेश जमात परिचालित गर्दैआएको छ । देशहितको पक्षमा आवाज उठाउनेहरूलाई लल्कार्ने र दुत्कार्ने संरक्षित जमातको प्रभाव जताततै फैलिएको छ । मुलुक निरन्तर भारत नियोजित दुष्कार्यको शिकार बनिरहनुको मूल कारण पनि यही नै हो ।
नेपालमा नागरिक चेतनाको स्तर बढ्दैगएको र राष्ट्रहित तथा राष्ट्रघातका वारेमा गहन छलफल गर्ने प्रकृया सुरू भैसकेकाले सत्तालोलुप संकीर्ण जमात बाहेक कोही पनि भारतको ललिपप र बहकाउमा प्रभावित भैरहने अवस्था छैन । भारतले स्वतन्त्र देश नेपालको सार्वभौमिकता माथि नै आँच पु¥याउने गरी अवाञ्छित हस्तक्षेपको जुन गति निर्धारण गरेको छ त्यसलाई लम्पसार परेर शिरोधार्य गर्नेलाई ढाप दिएर उचालिरहने र सार्वभौमिक समानताको कुरामा अडान राख्दै नेपालको हितमा केन्द्रित रहेर आफ्ना विचार र मान्यता राख्नेहरूलाई  भारत विरोधीको सङ्ज्ञा दिएर उनीहरूका विरुद्ध अनेक षड्यन्त्र गरिरहने औपनिवेशिक संस्कार नै बसालिरहेको छ । संविधान जारी गर्ने क्रममा उसको आदेश पालना नगर्दा पाँच महिनासम्म अघोषित नाकाबन्दी गरेर नेपाली जनतालाई कति कष्ट दियो भन्ने उदाहरण ताजै छ । भारत निर्मित अवैध संरचनाले हरेक वर्ष पार्दैआएको नोक्सानीले औपचारिक शब्दावलिको सद्भाव, रोटिबेटीको सम्बन्ध र ईश्वरले नै बनाइदिएको अनुपम सम्बन्धलाई ठूलो व्यंग्य गरिरहेको छ । प्रधानमन्त्री देउवाको हालै सम्पन्न भारत भ्रमण सुदूर भविष्यसम्म नेपाललाई हरेक क्षेत्रमा अक्करमा पार्दै लैजानका लागि भारतले नराम्रोसंग उपयोग गरेको कुरामा कुनै सन्देह छैन । प्रधानमन्त्री देउवाको सत्तारक्षा र अहिलेको सत्ता गठबन्धनको निरन्तरताका लागि यो भ्रमण उपलब्धिमूलक बन्नसक्ने पर्याप्त संकेत देखिए पनि देशको सम्मान र मर्यादा घायल भएको ४६ बुँदे  विज्ञप्तिका अनेक बुँदाले इंगित गरेका छन् । यो अनर्थ हो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
बाढीपहिरोको र डुवानका अन्तर्निहित कारणहरू (08.15.2017)
संकीर्ण स्वार्थका नियोजित खेलहरू (08.08.2017)
आर्थिक समृद्धिको सपना मात्र (07.26.2017)
देखावटी आचारसंहिता (06.28.2017)
निर्वाचन सार्ने घातक निर्णय (06.22.2017)
राजनीतिक प्रदुषणको प्रभाव (06.15.2017)
सन्देहको निवारण होस् (05.31.2017)
सवै पक्षले मनन गर्नुपर्ने बेला (05.24.2017)
म्याक्रोनको जस्तै उदय नेपालमा कति सम्भव ? (05.17.2017)
उपलब्धिमूलक निर्वाचन (05.17.2017)
सन्निकट निर्वाचनको सार्थकता (05.11.2017)
निर्वाचनविरूद्ध असंगत चलखेल (05.02.2017)
नयाँ वर्षको शुभकामना (04.18.2017)
घोषित निर्वाचनको चुनौती (04.11.2017)
प्रधानमन्त्रीको चीन भ्रमण (03.22.2017)
गोविन्द गौतमको हत्या : सीमा अतिक्रमणको पीडा (03.14.2017)
कालो बादल हटेको छैन (02.28.2017)
शहीद दिवस : परम्पराको निर्वाहमा सीमित (01.31.2017)
राष्ट्रिय मार्गचित्रको अपरिहार्यता (01.18.2017)
पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसको सन्दर्भ (01.12.2017)



 
::| Latest News

 
[Page Top]