युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 06.24.2018, 04:23pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
अर्थहीन विवाद
Tuesday, 12.26.2017, 11:30am (GMT+5.5)

लोकतान्त्रिक राजनीतिक प्रणालीले सार्वभौमसत्ता सम्पन्न जनताको अभिमतलाई नै राजनीतिक निकासको सर्वोत्तम उपाय स्वीकार गर्दछ । नेपालमा प्रजातन्त्र र लोकतन्त्रको अभ्यासका क्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको नवीनतम प्रयोगको पहिलो चरणमा छ । संघीय संसदका निम्ति पहिलो पटक भएको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक मतदानको अन्तिम नतिजा आइसके पनि अर्थहीन विवादका शृङ्खलाले सत्ता राजनीतिको भविष्य अझै सुनिश्चित बनेको छैन । पाँच वर्षको अवधिका लागि पहिलो पटक भएको संघीय संसद र प्रादेशिक संसदहरूको निर्वाचनमा सार्वभौम नेपाली जनताले पाँच वर्षका लागि टिकाउ सरकार दिने, विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने र कुटनीतिक सन्तुलन कायम गरी बाह्य हस्तक्षेपमुक्त सुशासनको प्रत्याभूति दिने प्रतिबद्धता व्यक्त गरेको वाम गठबन्धनलाई पूर्ण बहुमत दिएका छन् तापनि नियन्त्रित अस्थिरता सिर्जना गर्ने प्रकृतिका असङ्गत खेलहरूको सुनियोजित प्रायोजन भैरहेको वर्तमान परिदृश्यले इंगित गरिरहेको छ । स्वतन्त्र र सार्वभौम नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनमा प्रभुत्ववादी हस्तक्षेप जति नै अस्वीकार्य भए पनि नेपाली जनताको अभिमतलाई भन्दा आफ्नो निहित स्वार्थलाई निर्णायक बनाउने भारतको अनर्थकारी चाहनाको प्रतिबिम्बन अहिले पनि भैरहेको छ । सकेसम्म वाम बहुमतको स्थिर सरकार बन्न नदिने र एमाले– माओवादीबीच पार्टी एकता रोक्न भारतीय कुटनीतिक नियोग भगिरथ प्रयासमा लागेको यसबीचमा देखिएका अनपेक्षित गतिविधिले नै पुष्टि गरेका छन् । तर सार्वभौम नेपाली जनताको मतादेशलाई उपेक्षा गरेर देश अगाडि बढ्न नसक्ने तत्वज्ञानले षड्यन्त्रमूलक त्यस्ता गतिविधिलाई विफल पार्ने निश्चित प्रायस् नै छ भन्ने विश्वास नेपाली जनताले राखेका छन् ।
मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराईसम्मका मतदाताले यस पटकको निर्वाचनमा पूर्णबहुमतको स्थायी सरकार चलाउन पाउने गरी वाम गठबन्धनलाई साथ दिएका छन् भने प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्दै कसैको बहकाउमा नलागी धरातलीय यथार्थलाई स्वीकार गरेर जवाफदेहितापूर्ण राजनीति गर्नका कांग्रेसको स्थान निर्धारण गरेका छन् । नेपाली जनताले देखाएको यो मूलबाटोमा नहिँडी बाह्यशक्तिको गोटी बनेर बामबहुमतको सरकार बन्न नदिन र सत्ता हस्तान्तरण प्रकृयामा अवरोध खडागर्ने प्रकृतिका गतिविधि बढाउन काम चलाउ सरकारको हैसियतमा रहेको नेपाली कांग्रेसको नेतृत्वले जुन कसरत गरिरहेको छ त्यो एकातिर उसैका लागि प्रत्युत्पादक बन्ने निश्चित छ भने अर्कातिर आन्तरिक राजनीति धमिल्याउने कसरतले बाह्यशक्तिको हस्तक्षेपकारी भूमिका विस्तारको चाहनालाई पनि प्रकारान्तरले बलपु¥याउने निश्चित नै छ । अनपेक्षित शैलीको भारतभक्तिले  नै नेपाली कांग्रेसलाई संकुचनको बाटोतिर धकेलिरहेको वास्तविकतालाई अब पनि नेतृत्वले स्वीकार गर्न सकेन र सार्वभौम जनताको अभिमतलाई भन्दा वैदेशिक शक्तिको रणनीतिक गोटी बनेर राजनीतिक भविष्य खोज्ने बाटोमा लाग्ने हो भने नेपाली कांग्रेसका त्यो भन्दा ठूलो आत्मघात अर्को हुने छैन । नेपालको राजनीतिक इतिहासमा स्थापित भएको नेपाली कांग्रेसको भूमिकाको बखानले मात्र उसको भविष्य सुरक्षित नहुने तथ्यबोध स्थानीय तहदेखि लिएर प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन परिणामले नै गरासकेका भए पनि त्यसलाई आत्मसात गर्न नसक्नु कांग्रेसी नेतृत्वको महाभूल हो ।
आदर्शविमुख राजनीति नै वर्तमान नेपालको मूल समस्या हो । परिवर्तनको संवाहक शक्तिका रुपमा रहेका नेपाली जनताले विगतमा पटक पटक नेपाली कांग्रेसलाई पूर्ण बहुमतको सरकार चलाउने अवसर दिएकै हुन् तर कांग्रेसी नेतृत्वले राजनीतिक स्थायित्व दिन नसकेको, मुलुकलाई विकास र समृद्धिको बाटोमा पनि डोयाउन नसकेको र कुटनीतिक सन्तुलन पनि कायम गर्न नसकेकाले यस पटक वाम गठबन्धनलाई विकल्पका रुपमा जिम्मेवारी सुम्पेका हुन् । विगतमा पटक पटक सत्ताको साझेदारी गरेका र सत्ताको नेतृत्वमा पनि पुगेका भए पनि वाम बहुमतको स्थिर सरकार चलाउने अवसर भने यसपटक मात्र मिलेको हो । अब आदर्शहीन राजनीतिको कुचक्रबाट मुलुकलाई मुक्त गर्ने र स्थिरता, विकास र समृद्धिका लागि प्रतिबद्ध भूमिका स्थापित गर्ने राजनीतिक कौशल वाम नेतृत्वले देखाउने अपेक्षा बढेको छ । अर्थहीन विवादको शृङ्खला टुटाएर जनमतको कदर गर्दै शान्तिपूर्ण डंगले वाम गठबन्धनलाई सत्ता हस्तान्तरण गर्नु बाहेकको विकल्प अब कांग्रेससंग छैन ।     


Rating (Votes: )   
Share     Print


Other Articles:
जनमतको सम्मान होस् (12.19.2017)
निर्वाचनको नतिजाले दिएको सन्देश (12.12.2017)
निर्वाचनको महाभारत (12.05.2017)
स्वच्छ निर्वाचनका चुनौतीहरू (11.28.2017)
प्रमुख मुद्दाहरू सधैं ओझेलमा (11.24.2017)
घोषणापत्र कि भ्रम र झूटको पुलिन्दा ? (11.15.2017)
आचारसंहिताको राजनीतिक पाटो (11.07.2017)
सम्भावनाको नयाँ ढोका खुल्यो ! (10.11.2017)
आचार संहिताको ढोल (09.12.2017)
भ्रष्टाचारको चौतर्फी प्रभाव (09.06.2017)
राष्ट्रहितविरूद्धको सौदावाजी (08.29.2017)
बाढीपहिरोको र डुवानका अन्तर्निहित कारणहरू (08.15.2017)
संकीर्ण स्वार्थका नियोजित खेलहरू (08.08.2017)
आर्थिक समृद्धिको सपना मात्र (07.26.2017)
देखावटी आचारसंहिता (06.28.2017)
निर्वाचन सार्ने घातक निर्णय (06.22.2017)
राजनीतिक प्रदुषणको प्रभाव (06.15.2017)
सन्देहको निवारण होस् (05.31.2017)
सवै पक्षले मनन गर्नुपर्ने बेला (05.24.2017)
म्याक्रोनको जस्तै उदय नेपालमा कति सम्भव ? (05.17.2017)



 
::| Latest News

 
[Page Top]