युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 07.22.2018, 06:50am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
शहीद दिवसको औपचारिकता
Tuesday, 01.30.2018, 02:53pm (GMT+5.5)

नेपाललाई निरंकुश जहानिया राणा शासनको क्रुर पञ्जाबाट मुक्त गरेर नागरिक अधिकारको बहाली र कानूनी राज्यको स्थापनाका लागि सचेत र संगठित अभियान चलाएका नेपाल आमाका सच्चा सपुतहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ प्रातःस्मरणीय अमर शहीदहरू हुन् । एक शताब्दिदेखि हुकुमी शासन चलाउँदैआएको निरंकुश राणा शासनका विरुद्ध संघर्षको विगुल फुक्ने यी महान आत्माहरूलाई राज्य विप्लबको अभियोग लगाएर वि.सं.१९९७ को माघ १० र १५ गतेको बीचमा तत्कालीन क्रुर शासकहरूले मृत्युदण्ड दिएका थिए । नेपालको राजनीतिक इतिहासमा जिउँदो शहीदका रुपमा लामो समयसम्म चर्चित रहेका टंकप्रसाद आचार्य, रामहरि शर्मा, गोविन्दप्रसाद उपाध्यायलगायतका ऐतिहासिक पुरुषहरूको उत्सर्गपूर्ण भूमिकाको निरन्तरता र देशभित्र र बाहिरबाट राणा शासनविरुद्ध परिचालित मुक्ति आन्दोलनलाई यिनै शहीदहरूको रगतले उर्जा दिएकाले दश वर्षको अन्तरालमा नै २००७ सालमा जहानिया हुकुमी शासनको अन्त्य र प्रजातन्त्रको अभ्युदय भएको थियो । मुलुकको उज्यालो भविष्य निर्माणका लागि जीवन उत्सर्ग गर्ने यिनै सपुतहरूको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने औपचारिकता निर्वाह हुँदैआएको छ । यी शहीदका सपना पूरा गर्ने सचेत अभियान र राष्ट्रिय प्रतिबद्धताको कमी मात्रै  रहेको होइन शहीदहरूकै अपमान हुने अनेक प्रकृतिका गतिविधि देखिएको वास्तविकता भनेयसबीचका विकसित राजनीतिक घटनाक्रमले नै यथेष्ठ रुपमा इंगित गर्दैआएका छन् । 
वर्तमान समय सन्दर्भकै मात्र कुरा गर्ने हो भने पनि नेपाली जनताको ताजा जनमतले शासन गर्ने वैधानिक अधिकार छिनिसकेको अहिलेको सरकारले शहीद दिवसको पूर्वसन्ध्यामा एकै दिन विभिन्न घटनाक्रममा ज्यान गुमाएका १ सय ९० जनालाई शहीदको दर्जा दिएर नामावली घोषणा गरेको देखियो । शेरबहादुर देउवा नेतृत्वको पछिल्लो कार्यकालमा मात्र २ सय ६६ जना शहीद घोषित भए । राजनीतिक गैरराजनीतिक दुर्घटनाका क्रममा हुलमुलमा परेर मरे मारिएका सयौं व्यक्तिलाई राजनीतिक अभिष्ट पूर्तिको उद्देश्य राखेर शहीद घोषणा गर्ने र सम्बद्ध परिवारलाई दश लाखको राशी हातमा थमाउने प्रचलन कायम भएको छ । देशमा शहीद हुनेहरूको संख्या हजारौं पुगेको भए पनि संकीर्ण राजनीतिक स्वार्थ र सत्ताधारीहरूको निरंकुश मानसिकता यथावत नै रहेको र मुलुकले उज्यालो भविष्यका लागि आधारभूत परिवर्तनको सुनिश्चित बाटो पहिल्याउन नसकेको कटु यथार्थबोध देशको वर्तमान अवस्थाले नै प्रष्ट देखाइरहेको छ । १९९७ सालमा नागरिक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि मार्गदर्शन दिँदै सचेततापूर्ण  रुपले आत्मबलिदान  दिएर अमरत्व प्राप्त गरका शहीदहरूको सपनामाथि खेलबाड गर्दै विदेशी शक्तिको गोटी बनेर सत्ताको सुखभोग गर्ने गलत अभ्यास २००७ सालकै सेरोफेरोमा सन् १०५० को असमान सन्धि र त्यसपछिको बहुचर्चित दिल्ली सम्झौताबाटै सुरू भएको ऐतिहासिक तथ्यले नै पुष्टि गरेको छ । वैदेशिक हस्तक्षेपको त्यो सञ्जालबाट मुलुक अझै पनि मुक्त नभएको र हुँदा हुँदा अहिले त राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतामाथि नै आँच पुग्ने प्रकृतिका गतिविधिहरू सुनियोजित रुपमा नै प्रक्षेपित हुने गरेको पीडाबोध थपिएको छ ।
नेपालले राजनीतिक परिवर्तनका चरणबद्ध प्रयोगको अनेक शृङ्खला पारगर्दैआएको भए पनि  आन्तरिक राजनीतिक दिशा निर्धारणमा स्वामित्व ग्रहणको प्रश्न  अहिले पनि उत्तिकै जटिल छ । हालैको राष्ट्रिय निर्वाचनमा जनताको विश्वास जितेको राजनीतक शक्तिलाई सत्तामा पुग्न नदिन र जनादेश विपरीतको गठबन्धन बनाएर पुनस् कठपुतली सरकार बनाउन बाह्यशक्तिले कुटनीतिक एवं गुप्तचरी संयन्त्रलाई सक्रिय पारिरहेको वास्तविकता जगजाहेर नै छ । प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शविपरीतका निर्देशित गतिविधिले फँडा उठाइरहेका छन् । स्वप्नभंगका लक्षणहरू जताततैबाट सर्बराइरहेका छन् । भरविश्वासको स्थिति नै सिर्जना हुन नदिने निर्देशित खेलहरूको प्रभाव राज्यका संवेदनशील तथा महत्वपूर्ण निकायहरूमा समेत फैलिएको दुःखद अवस्था छ । देशको अर्थव्यवस्था चकनाचूर भएको छ । राष्ट्रको उत्पादकत्व वृद्धिका लागि अपरिहार्य रहेको उर्जाशील युवा जनशक्तिलाई वैदेशिक रोजगारीमा जान बाध्य पारिएका छन् । राष्ट्रिय गौरव गुम्दैगएको छ । यो सबै शहीदहरूको सपनामाथि भैरहेको खेलबाडकै उपज हो । यस्तो विसंगत स्थितिको अन्त्यका लागि राष्ट्रिय जागरणको अपरिहार्यताबोध शहीद दिवसको  वर्तमान सन्दर्भले गराएको छ ।  


Rating (Votes: )   
Share     Print


Other Articles:
सीमा अतिक्रमणको पीडा (01.25.2018)
ठूलो अनर्थ निम्तिने संकेत (01.09.2018)
मुलुकको भविष्यमाथि खेलबाड नहोस् (01.02.2018)
अर्थहीन विवाद (12.26.2017)
जनमतको सम्मान होस् (12.19.2017)
निर्वाचनको नतिजाले दिएको सन्देश (12.12.2017)
निर्वाचनको महाभारत (12.05.2017)
स्वच्छ निर्वाचनका चुनौतीहरू (11.28.2017)
प्रमुख मुद्दाहरू सधैं ओझेलमा (11.24.2017)
घोषणापत्र कि भ्रम र झूटको पुलिन्दा ? (11.15.2017)
आचारसंहिताको राजनीतिक पाटो (11.07.2017)
सम्भावनाको नयाँ ढोका खुल्यो ! (10.11.2017)
आचार संहिताको ढोल (09.12.2017)
भ्रष्टाचारको चौतर्फी प्रभाव (09.06.2017)
राष्ट्रहितविरूद्धको सौदावाजी (08.29.2017)
बाढीपहिरोको र डुवानका अन्तर्निहित कारणहरू (08.15.2017)
संकीर्ण स्वार्थका नियोजित खेलहरू (08.08.2017)
आर्थिक समृद्धिको सपना मात्र (07.26.2017)
देखावटी आचारसंहिता (06.28.2017)
निर्वाचन सार्ने घातक निर्णय (06.22.2017)



 
::| Latest News

 
[Page Top]