युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 04.05.2020, 09:52pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
नेपालको भविष्य
Monday, 01.23.2012, 03:01pm (GMT+5.5)

नेपालको भविष्य दिन प्रतिदिन जोखिमपूर्ण बन्दै गएको छ । सत्ता राजनीतिको विकारले मुलुकको अस्तित्व नै समाप्त पार्नसक्ने आशङका खडा भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले भारत र चीनबीच पुलको काम गर्न नसके नेपाल तीमध्ये एउटा देशमा विलय हुनसक्छ भनेर भय प्रवाह गर्नुभएको छ । वर्तमान विश्व सन्दर्भमा नेपाल जस्तो एउटा स्वतन्त्र मुलुक अर्को मुलुकमा सहजै विलय हुने कुरा कथित विद्वान डा. भट्टराईको दिमागमा कसरी उब्जियो ? गम्भीर प्रश्न खडा भएको छ । निकट अतीतकै कुरा कोट्याउने हो भने सत्ता स्वार्थमा डुबेको लेण्डुप दोर्जेलाई प्रयोग गरेर भारतले स्वतन्त्र सिक्किमलाई चार दशक अगाडि आफ्नो देशमा विलय गराएको थियो । उति बेलादेखि नै नेपाल उसको अर्को लक्ष्य हो भन्ने अनेकथरि चर्चा परिचर्चा हुने गरेका थिए । समयक्रममा नेपालको राजनीतिक परिवर्तन र व्यवस्थापनमा भारतको निर्णायक भूमिका स्थापित गर्ने कसरत हुँदै आयो र त्यसको परिणाम पनि देखियो । नेपालको आन्तरिक मामिलामा भारतको नांगो हस्तक्षेपलाई सहज र स्वाभाविक रुपमा ग्रहण गर्नेहरू नै यो मुलुकका हर्ताकर्ता बन्ने परिपाटी विकसित भयो । अहिले नेपालमा भारतकै पहलमा बनेको सरकार अस्तित्वमा छ भन्ने जगजाहेर नै छ । त्यही सरकारका प्रमुखले देश विलयको अनपेक्षित प्रसंग उठाउनुको अन्तनिर्हित कारण के हो ? कुन आशयले यस्तो अवाञ्छित धारणा प्रवाहित गरिएको हो ?  के यो भारतीय धारणाको प्रतिबिम्बन हो ? एक पछि अर्का प्रश्नहरू लाम लागेर खडा भएका छन् ।

हाम्रो देश नेपाल दक्षिण एसियाकै सबभन्दा पुरानो स्वतन्त्र राष्ट्र हो । हाम्रै छिमेकका विशाल देशहरू परतन्त्रको चंगुलमा परेको बेलामा पनि नेपालको स्वतन्त्रता र सार्वभौमिक सत्ता अक्षुण रहेको गौरवमय इतिहास छ । यो मुलुकको स्वतन्त्र अस्तित्व र सार्वभौमिकतामाथि दागाधर्नेहरू बिरुद्ध अतीतमा हाम्रा पुर्खाहरू दह्रोसंग उभिएर कठिनाइको सामना गरेकाले राष्ट्रिय स्वाभिमानको गौरवमय गाथा हामीसित छ । तर वर्तमानमा आएर सत्ता स्वार्थका लागि राष्ट्रिय स्वाभिमानलाई बन्धकीमा राखेर आस्था र विचारको क्रय–विक्रय गर्ने राजनीतिक सौदावाजहरूकै कारण नेपालको राष्ट्रियता धरापमा पर्दैगएको पीडादायी आभास बढ्दै गएको छ । परिवर्तित वर्तमान सन्दर्भमा नेपालले आफ्नो स्वाभिमान र स्वतन्त्र अस्तित्व नै कायम गर्न नसक्ने र कतै विलय हुनसक्ने जस्ता नितान्त निषेधित र मुढाग्रही धारणा समेत सुनियोजित रुपमा प्रवाहित हुन पुग्नुले देश कति संकटग्रस्त अवस्थामा पुगेको छ भन्ने यथेष्ट संकेत गरेको छ । देशको सुरक्षाको जिम्मा लिएका सरकार प्रमुखकै यस्तो गैरजिम्मेदार कथनको अन्तनिर्हित कारण के हो ? यो गम्भीर चासो र बहसको विषय हो । यसलाई सामान्य रुपमा लिनु हुँदैन ।

नेपालको वर्तमान अवस्था धेरै जोखिमपूर्ण बन्दै गएको छ । विगतमा विस्तारवाद र प्रभुत्ववादको चर्को बिरोध गरेर राष्ट्रिय स्वाभिमानको रक्षाका निम्ति आस्था र विचारको लडाइ समेत छेडेका डा.बाबुराम भट्टराई जस्ता व्यक्ति आखिर कुन शक्तिको पहल र बलमा अगाडि बढेका रहेछन् र क्षणिक सत्ता स्वार्थका लागि अवाञ्छित सर्तहरू स्वीकार गर्दै अपवित्र गठबन्धन गर्न किन अगाडि सारिएका रहेछन भन्ने कुरा त बिप्पा संझौता लगायतका एकपछि अर्काे प्रकरणले उदांग पार्दैआएका छन् । आत्मसमर्पणवादी चरित्रले मुलुकको स्वाभिमान बचाउन नसक्ने भएकाले नेपालको राष्ट्रियता नै धरापमा पर्न थालेको हो । शान्ति र संविधानको माला जप्दै अरुको बुइ चढेर सत्तारोहण गर्ने र अरुकै स्वार्थमा आफूलाई समर्पित गर्नेहरूबाट नै अहिले मुलुक सर्वाधिक जोखिमको बाटोतिर धकेलिएको छ । शान्ति र संविधानको बाटोमा अबरोध खडा गर्नेहरू पनि प्रकारान्तरले निर्देशित बाटोकै अनुयायीहरू हुन् । नेपालको राष्ट्रियतालाई धरापमा पार्ने र विघटनको संघारतिर धकेल्ने धृष्टता कठपुतली सत्ताधारीहरूबाटै हुनेगरेको छ । मुलुकको भविष्यमाथि खेलवाड गरेर सत्ता लिप्सा पूरा गर्नेहरूले यो मुलुकको कतिसम्म हुर्मत लिने हुन् ? यो नै विलय प्रसंगले उठाएको ज्वलन्त प्रश्न हो । यस्तो विलयकारी षड्यन्त्र बिरुद्ध जनताले सशक्त प्रतिरोधका लागि आफूलाई समयमै तयार पार्नु अपरिहार्य देखिन्छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
चिनीया सद्भाव प्रदर्शन (01.16.2012)
राष्ट्रिय एकता दिवसको सन्दर्भ (01.09.2012)
स्वेच्छाचारिताको चरम नमूना (01.02.2012)
संवेदनहीनताको पराकाष्ठा (12.26.2011)
उपादेयताहिन नेपाल बन्द (12.20.2011)
औपचारिकताभित्रको मानवअधिकार (12.13.2011)
संरक्षित भ्रष्टाचारको अभिलेख (12.06.2011)
भारतसितको नयाँ सम्झौता (11.28.2011)
राज्यको पुनःसंरचना कसरी? (11.21.2011)
जनस्वास्थमा खेलबाड (11.07.2011)
बिपा सम्झौता ः राष्ट्रहित विपरीतको पीडा (10.24.2011)
अनपेक्षित प्रवृत्तिकै निरन्तरता (10.17.2011)
मेलमिलाप र भाइचाराकोे विकास होस् (09.26.2011)
आचारसंहिता कार्यान्वयनको चुनौति (09.19.2011)
कडा कार्बाहीको प्रतिक्षा (09.12.2011)
स्वदेशीलाई प्राथमिकता (09.05.2011)
समस्या सिर्जना राजनीतिबाटै (08.29.2011)
राष्ट्रिय पोशाकलाई मान्यता (08.22.2011)
मन्त्रीको सह्रानीय काम (08.15.2011)
जनस्वास्थ्यमाथि खेलवाड (08.09.2011)



 
::| Latest News

 
[Page Top]