युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 08.22.2019, 10:34pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
विपद व्यवस्थापनमा दक्षताको प्रश्न
Wednesday, 04.10.2019, 10:59am (GMT+5.5)

बारा–पर्सामा चैत्र १७ गते आएको भूमरीसहितको हावाहुरीले मच्चाएको बितण्डाले २८ जनाको ज्यान लिएको, ७ सयभन्दा बढीजनालाई घाइते बनाएको र झण्डै १९ सय घर झुपडीको संरचनालाई पूरै क्षति पु¥याएको दुःखद घटनाले सवै नेपाली मनलाई मर्माहत बनाएको छ । भूकम्प, चक्रीय आँधीबेरी, आगजनी, बाढी–पहिरोजस्ता मानवीय र भौतिकक्षति पु¥याउँदै ठूलो विपद निम्त्याउने यस्ता घटनाहरूको सामना मानव समुदायले नियमित आकस्मिकताकै रूपमा वारम्वार झेलिरहनुपरेको छ । मानवीय क्षति र भौतिक क्षतिका यस्ता पीडादायी घटनाबाट हुने क्षति कसरी न्यूनीकरण गर्दैजाने र विपद व्यवस्थापन क्षमता कसरी बढाउने भन्ने सवाललाई प्राकृतिक प्रकोपका यस्ता घटनाले वारम्वार उठाउँदै आए पनि विपद व्यवस्थापन क्षमतामा वाञ्छित सुधार गर्न राज्यले अल्पकालीन र दीर्घकाली कार्य योजना बनाएर दक्ष जनशक्ति तयार गरी हरदम तयारी अवस्थामा नै राख्नुपर्ने अपरिहार्यताबोध यो प्रकरणले पुनः गराएको छ ।
यसअघि कहिल्यै नदेखिएको र अनुभव नै नगरिएको प्रचण्ड वेगको हावाहुरीले बारा–पर्साका दुई दर्जनभन्दा बढी गाउँलाई आफ्नो चपेटामा पारेपछि तत्काल राहत कार्यमा जुन सजगता देखियो र सहयोगी हातहरू एकसाथ जुटे त्यो अति राम्रो पक्ष भए पनि यातायात सुगम भएको क्षेत्रमा राहतकार्य बढी हुने र यातायातको पहुँच कम भएका गाउँहरूमा राहत सेवा नपुग्नेगरेको गुनासो विगतमा झैं यस पटक पनि उत्तिकै सुनियो । विगतमा भूकम्प, बाढी–पहिरो, डुवान लगायतका प्राकृतिक प्रकोपका घटनाहरूमा राहत वितरणमा राजनीतिक पक्षधरता र अनियमितताका जुन गुनासाहरू सुनिन्थ्ये यस पटक भने ती सुनिएका छैनन् । यस पटक संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र राजनीतिक दलहरूका नेता–कार्यकर्ता र विभिन्न क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरू तत्काल राहत कार्यमा संलग्न भएको जुन दृश्य देखियो त्यो सह्राहनीय रहेको छ । सेना र प्रहरीले राहतकार्यलाई गति दिन गरेको मेहनत र सरकारले पनि राहत कार्यलाई व्यवस्थित गर्न एकद्वार नीति अपनाउनु उचित कदम मानिएको छ । यति हुँदाहुँदै पनि तराईको तुलनात्मक रूपमा यातायातको पहुँच सुगम भएको क्षेत्रमा पनि विपद व्यवस्थापनले तत्काल गति लिननसकेको महसुस हुनु र पीडित परिवारहरूले खुला आकाशमुनी नै रात काट्नु परेको र भोकभोकै तड्पनुपरेको पीडा व्यक्त हुनु वास्तवमै दुःखद पक्ष हो । विपद व्यवस्थापनमा तीब्रता र चुस्तता  नितान्त अपेक्षित र अपरिहार्य छ ।  
प्राकृतिक विपद अप्रत्यासित रुपमा नै आउने गर्दछ तापनि विज्ञान र प्रविधिको सहयोगबाट पूर्व सूचना पाउन सकिने अवस्था सिर्जित भैसकेको छ । नेपालमा पनि अब राज्यले प्राकृतिक प्रकोपको पूर्वजानकारी दिनसक्ने विकसित प्रविधि भित्य्राउन पहल गर्नुपर्ने आवश्यकताबोध यस्तै घटनाले गराएका छन् । हाम्रो विपद व्यवस्थापन क्षमता कति कमजोर छ भने राहत सामग्री जुटाउनमात्र होइन जुटेको सामग्रीको यथासमयमै उपयोग र सदुपयोग गर्न नसिरहेको अवस्था छ । विगतका बाढी–पहिरो, आगजनी, डुवान–कटान र भूकम्पबाट पीडित जनताले लामो समय वितिसक्दा पनि वाञ्छित सहयोगबाट बञ्चित भैरहनुपरेको दारूण अवस्था उजागर भैरहेको छ । बारा–पर्साका हुरी पीडित जनताको सहयोगका लागि रकम जुटिरहेको र प्रदेश सरकारले आवास नै बनाइदिने योजना सार्वजनिक गरिरहेको देखिन्छ तापनि वर्षायाम सुरू नहुँदै आवासको जोहो गर्नु निकै ठूलो चुनौती छ । सरकारले आवास निर्माणको जिम्मा सेनालाई दिने घोषणा गरसकेकाले निर्माण कार्यमा द्रूतता आउने आशापलाए पनि स्रोत परिचालन र निर्माण कार्यमा समन्वयात्मक प्रवृत्ति कति देखिने हो भन्ने सवाल आफ्नै ठाउँमा छ । आशा गरौं विपद व्यवस्थापनमा क्षमताको विकास तीब्रतर बनोस् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
खुल्ला त समृद्धिको बाटो ? (04.04.2019)
लगानी सम्मेलनको सार्थकता (03.28.2019)
द्वन्द्व विस्तारको असङ्गत कसरत (03.18.2019)
यी प्रश्नको जवाफ कसले दिने ? (01.01.2019)
जनताको विश्वासमाथि तुषारापात (12.11.2018)
आन्तरिक उत्पादन निरुत्साहित (11.20.2018)
बडादशैंको शुभकामना (10.10.2018)
नागरिकतामा फेरि चलखेल (10.02.2018)
रहस्यमय मौनता (09.25.2018)
राष्ट्रिय लगानी बालुवामा पानी (09.11.2018)
बिजुली बिक्रीको नयाँ सपना (09.04.2018)
जघन्य अपराधका शृङ्खलाबद्ध घटना (08.28.2018)
आत्मनिर्भरताको दुन्दुभी र वास्तविकता (08.14.2018)
अस्थिरताको पुनः बीजारोपण ! (07.25.2018)
सरकारले खुट्टा नकमाओस् (07.10.2018)
विदेशी दाताहरूको चलखेल (06.12.2018)
पाँचवर्षका केही मीठा सपना (05.30.2018)
मोदीको तीर्थाटन (05.15.2018)
मोदीको नेपाल भ्रमण अपेक्षा र आशंका (05.08.2018)
कुटनीतिक जटिलताभित्रको अहं मुद्दा (04.24.2018)



 
::| Latest News

 
[Page Top]