युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.15.2019, 05:46am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
उज्यालो नक्षत्रको विदाइ
Tuesday, 08.20.2019, 01:27pm (GMT+5.5)

मदनमणि दीक्षित नेपाली वाङ्मयका उज्यालो नक्षत्र हुनुहुन्थ्यो । युवा अवस्थामा राजनीति र पत्रकारितामा उहाँको सक्रिय संलग्नता रहेको भए पनि प्रौढावस्थामा भने उहाँ साहित्य सिर्जनामा नै समर्पित देखिनुभएको थियो । प्रखर राजनीतिक विश्लेषक, आलोचनात्मक चेत भएको नीर्भिक पत्रकार एवं पूर्वीय र पाश्चात्य दर्शनका विशिष्ठ अध्येताका रूपमा निर्मित र विकसित भएको उहाँको अतुलनीय व्यक्तित्वले नेपाली समाजमा खास गरी वाङ्मयका क्षेत्रमा दिएको योगदानको वास्तविक मूल्याङ्कन गर्ने दायित्व वर्तमान र भावी पुस्तालाई सुम्पिएर उहाँ विदा हुनुभएको छ । नेपालीहरूको औसत आयुभन्दा धेरै बाँचेर पनि उहाँको ९७ वर्षको आयुमा ३० साउनमा भएको निधनले नेपाली समाजमा ठूलो रिक्तता र अपूरणीय क्षतिको पीडाबोध गराएको छ । जीवनको अन्तिम कालसम्म पनि पूर्णतः सचेत रहेर श्रुति लेखन गराउँदै आफ्ना अनुभव, अनुभूति र विचारको अभिलेखीकरण गर्ने उहाँको रूची र क्षमता विरलैकोटीको रहेको जगजाहेर छ । आफ्नो बाल्यकालदेखिकै संघर्षमय जीवनका अनेक रोचक पाटाहरू उहाँले सिर्जनात्मक लेखनीका माध्यमले उजागर गर्दैआउनुभएको तथ्यले नेपाली समाजको वास्तविक अध्ययनका लागि उहाँ अविरल स्रोत बनिरहने निश्चित नै छ । उहाँले भौतिक देह त्याग गरे पनि उहाँका दर्जनौ कृतिले उहाँलाई अमरत्व प्रदान गरेका छन् ।
एउटा कालखण्डमा बहुचर्चित र आमपाठकबीच लोकप्रिय रहेको समीक्षा साप्ताहिकका उहाँ सम्पादक हुनुहुन्थ्यो । पञ्चायती संस्थापनको प्रखर आलोचक रहेकै कारण समीक्षा बारम्वार प्रतिबन्धित हुँदै दर्ता खारेजीमा परेपछि २०३२ साल ताका उहाँ त्यो बेलाको प्रमुख शक्तिकेन्द्र नारायणहिटी दरवारको ढोका अगाडि आत्मदाह गर्नेसम्मको निर्णयमा पुग्नुभएको र पुनः अर्काको गल्तीमा किन आफूले आत्मदाह गर्ने भनी सोच पलाएर ‘माधवी’ उपन्यास लेखनका लागि प्रेरित रहेको उहाँको आत्मकथन अभिलेखित छ । जहानीया राणा शासनको प्रत्यक्ष अनुभव बटुल्नुभएका दीक्षितज्यू २००७ सालको राजनीतिक परिवर्तनपछि केही समय बीरगञ्जमा शिक्षण सेवाा  रहे पनि राजधानी  प्रवेश गरेर सक्रिय पत्रकारिता र राजनीतिमा उहाँ होमिनुभएको थियो । समीक्षामा चक्रपाणीको नामबाट उहाँले लेख्ने गर्नुभएको स्तम्भलेखनले तत्कालिन परिवेशमा हलचल मच्चाइरहने गरेको थियो । प्रतिबन्धित कम्युनिष्ट पार्टीमा संलग्नता रहेको कारणले भन्दा पनि समीक्षामा प्रकाशित हुनेगरेका सामग्रीले नै उहाँलाई पञ्चायती सत्ताको कोपभाजनमा पार्नेगरेको थियो । राजनीतिक, आर्थिक, सामाजिक पक्षका अनेक विकृति उपर बौद्धिक विष्लेषणसहितको उहाँको लक्षेदार प्रहार पत्रकारितामा उहाँको विशिष्ठ पहिचानको द्योतक बनेको हो ।    
मदनमणि दीक्षितज्यूको जीवनवृत्तको पछिल्लो चार दशक साहित्य सिर्जनामा नै समर्पित रहेकाले उहाँको लेखनीबाट नेपाली साहित्य भण्डार झण्डै चार दर्जन अमूल्य कृतिहरूले भरिएको छ । ‘हिन्दु दर्शनशास्त्र र धर्मशास्त्र’ मा स्नातकोत्तर गरेर ‘वेदान्त दर्शन’मा विद्यावारिधिका लागि पूर्वीय दर्शनको गहन अध्ययन गर्नुभएका दीक्षितज्यूले आफ्ना कालजयी कृतिहरू ‘माधवी’ ‘मेरी निलिमा’, ‘भूमिसूक्त’ लगायतका कृतिहरूमा पूर्वीय दर्शन र संस्कृतिको विशिष्ट ज्ञानको जुन प्रयोग गर्नुभएको र छाप छोड्नुभएको छ त्यो नेपाली वाङ्मयको विशिष्ट उपलब्धि सिद्ध भएको छ । माक्र्सवादी वैचारिक चिन्तनधारबाट प्रशिक्षित र द्वन्द्वात्मक भौतिकवादबाट प्रभावित भएर पनि पूर्वीय दर्शनको गहिराइ नाप्नुभएका दीक्षितज्यूका कृतिहरूमा पूर्वीय र पाश्चात्य दर्शनको जुन समन्वयात्मक प्रयोग भएको छ त्यो नेपाली साहित्यका अरू पानाहरूमा भेटिँदैन । उहाँ साहित्य ,पत्रकारिता र राजनीतिको त्रिवेणी भए पनि उहाँको शिखर व्यक्तित्व साहित्य सिर्जनाबाटै मुखरित भएको निर्विवाद छ । उहाँका प्रकाशनमा आउन बाँकी कृतिहरूको शोधखोज र प्रकाशनका लागि परिवारजन एवं नेपाल प्रज्ञा प्रतिष्ठान तथा त्रिभुवन विश्वविद्यालय लगायतका निकायबाट पहल हुनसके नेपाली वाङ्मय क्षेत्र थप लाभान्वित हुने निश्चित छ । नेपाली वाङ्मयका अथक साधक मदनमणि दीक्षितज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली ।   


Rating (Votes: )   
Share     Print


Other Articles:
दुर्नियतिको घनचक्कर (07.30.2019)
डुवानको नियतिः सधैँको सन्त्रास (07.22.2019)
मौलिक संस्कृतिको जगेर्ना होस् (06.18.2019)
परिणामदायी कार्यान्वयन ः बजेटको ठूलो चुनौती (06.05.2019)
भारतमा मोदीको पुनरोदय (05.28.2019)
कता छ विधिको शासन ? (04.30.2019)
नागरिकतामा खेलबाड रोकिएन ! (04.25.2019)
भावनात्मक स्वर लहरीको गुञ्जन (04.16.2019)
विपद व्यवस्थापनमा दक्षताको प्रश्न (04.10.2019)
खुल्ला त समृद्धिको बाटो ? (04.04.2019)
लगानी सम्मेलनको सार्थकता (03.28.2019)
द्वन्द्व विस्तारको असङ्गत कसरत (03.18.2019)
यी प्रश्नको जवाफ कसले दिने ? (01.01.2019)
जनताको विश्वासमाथि तुषारापात (12.11.2018)
आन्तरिक उत्पादन निरुत्साहित (11.20.2018)
बडादशैंको शुभकामना (10.10.2018)
नागरिकतामा फेरि चलखेल (10.02.2018)
रहस्यमय मौनता (09.25.2018)
राष्ट्रिय लगानी बालुवामा पानी (09.11.2018)
बिजुली बिक्रीको नयाँ सपना (09.04.2018)



 
::| Latest News

 
[Page Top]