युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 12.10.2019, 01:30pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
कुटनीतिक सन्तुलनको समस्या
Tuesday, 09.17.2019, 12:10pm (GMT+5.5)

नेपालले वैदेशिक सम्बन्ध परिचालनमा देशको भूराजनीतिक संवेदनशीलताको मर्मलाई सर्वााधिक ख्याल गर्नु अनिवार्य छ । तर विदेशी शक्तिकेन्द्रहरूलाई रिझाउने क्रममा अदृश्य र अकथ्य रूपमा गरिने व्यवहारहरू जहिले पनि समस्याका रूपमा अनुभूत हुँदैआएका छन् । नेपालको भूअवस्थितिलाई आआफ्नो रणनीतिक स्वार्थअनुरूप उपयोग गर्ने वैदेशिक शक्तिकेन्द्रहरूको निरन्तरको प्रयासको चपेटामा नेपाल वारम्वार पर्ने गरेका घटना र विवरणहरूको लामो शृङ्खला छ । नेपालले पञ्चशीलका आधारमा वैदेशिक सम्बन्ध परिचालन गर्ने र असंलग्न परराष्ट्रबाट विचलित नहुने प्रतिबद्धता व्यक्त गर्दैाएको भए पनि वैदेशिक सम्बन्ध परिचालनमा तदर्थवादी प्रवृत्ति कायम रहँदैआएकाले बेलाबखत विश्वसनीयताको सङ्कट उत्पन्न हुनेगरेको कटुयथार्थ उजागर हुनेगरेको छ । कुटनीतिको राजनीतिकरणका कारण उब्जँदैगएका समस्याले एकातिर दूरगामी राष्ट्रिय दृष्टिकोणको प्रचूर अभाव रहेको अनुभूत गराउँछ भने अर्कातिर त्यसबाट भैरहेको राष्ट्रिय क्षतिबारे पटक्कै ध्यान पुगेको देखिँदैन ।
परिवर्तित विश्व सन्दर्भ र सूचना प्रविधिको अभूतपूर्व विकासले गर्दा नेपालको कुटनीतिक धरातलमा आमूल परिवर्तन आइसकेको छ तापनि वैदेशिक सम्बन्ध परिचालनमा नेपालले परिपक्वता देखाउन नसकिरहेको कटुयथार्थ नै हो । विगतमा असंलग्न राष्ट्रका रूपमा नेपालले जुन इज्जत, मान र प्रतिष्ठा आर्जन गरेको थियो त्यो जोगाउन नसक्दा नेपालको कुटनीतिक सम्बन्ध परिचालनमा नै विश्वसनीयताको अभाव खट्किँदैगएको छ । वैदेशिक शक्तिकेन्द्रहरूबीचको रणनीतिक स्वार्थलाई नबुझिकन जोसंग भेट्यो उसैसंग निकटता देखाउने बचकना प्रवृतिका बाच्छिटाहरूले नेपालको सिङ्गो कुटनीतिक क्षेत्र कति अविश्वसनीय बन्दैगएको छ भन्ने प्रश्न वारम्वार खडा भैरहेको छ । केही महिनाअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको भ्रमण गरेर स्वदेश फर्केपछि अमेरिकी विदेशमन्त्रीले ‘नेपाल इण्डो–प्यासिफिक रणनीतिको एउटा अङ्ग बनेको’ खुलाशा गरियो । परराष्ट्र मन्त्रालयले त्यसको तत्काल खण्डन गरे पनि यसको राग भने अझै सेलाएको छैन । हालै चिनीया विदेशमन्त्री यीको नेपाल भ्रमणको बेला सत्तारू दल नेकपाका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट व्यक्त भएको भनिएको धारणाले पुनः बहसको रूप लिएको छ र नेपालको धारणाबारे अमेरिकाले प्रष्टीकरण मागेको खुलाशा भैरहेको छ । वैदेशिक सम्बन्ध परिचालनका सन्दर्भमा चर्चा प्रसङ्गमा आइरहेका यस्ता अप्रीतिकर प्रकरणले विश्वसनीयताको सवाललाई पुनः सतहमा ल्याएको कुरामा कुनै सन्देह छेन ।
नेपालले दुई वर्ष अगाडि चीनले अगाडि सारेको ‘ओबीओआर’ प्रस्तावमा हस्ताक्षर गरेपछि नेपाल चीनतर्फ ढल्किएको कल्पित आरोप लगाएर वैदेशिक क्षेत्रमा चर्चा गरिनेगरेको प्रसङ्ग पनि कुटनीतिक बहसकै विषय बनिरहेको छ । नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल नरहेको र अब पनि नहुने भन्दाभन्दै पनि कहिले इण्डो–प्यासिफिक रणनीति र कहिले बिम्मिस्टेकको सैनिक अभ्यासका प्रकरणमा सामेल गराउने भित्री कसरत नरोकिएको आभास भैरहेको छ । वैदेशिक सम्बन्ध परिचालनका निम्ति एकीकृत राष्ट्रिय धारणाको अपरिहार्यतालाई हाम्रो देशका सत्ताधारीहरू र राजनीतिक दलहरूले अझसम्म पनि आत्मसात गर्नसकेका छैनन् । नेपालका राजनीतिक दलहरूभित्र नै वैदेशिक शक्तिकेन्द्रहरूको प्रचूर प्रभाव रहनेगरेको र आन्तरिक नीति निर्माणमा समेत त्यसको प्रत्यक्ष प्रभाव मुखरित हुनेगरेको वास्तविकताले विचलित धारलाई थप गति दिने गरेको बुझ्न कठिन छैन । मुलुक नयाँ संरचनामा गैसक्यो, छरछिमेक र विश्वका अरू राष्ट्रसितको सम्बन्धका आधारहरू क्रमशः परिवर्तीत हुँदै गए पनि तदनुकूलको विश्वसनीय परिस्थिति सिर्जना हुन नसक्नुको मुख्य कारण कुटनीतिको राजनीतिकरण हुनु र कुटनीतिक नियोगहरूले राष्ट्रिय आकांक्षा प्रतिबिम्बित गर्ने क्षमता देखाउन पनि नसक्नुको परिणाम हो । कुटनीतिक सन्तुलनको समस्याले भविष्यमा वैदेशिक सम्बन्ध परिचालनलाई थप दिशाहिन र समस्यामूकल बनाउनसक्ने तर्फ सत्ताधारीहरूले समयमै ध्यान पु¥याउनु जरूरी छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेताहरूको रहस्यमय मौनता (09.10.2019)
उज्यालो नक्षत्रको विदाइ (08.20.2019)
दुर्नियतिको घनचक्कर (07.30.2019)
डुवानको नियतिः सधैँको सन्त्रास (07.22.2019)
मौलिक संस्कृतिको जगेर्ना होस् (06.18.2019)
परिणामदायी कार्यान्वयन ः बजेटको ठूलो चुनौती (06.05.2019)
भारतमा मोदीको पुनरोदय (05.28.2019)
कता छ विधिको शासन ? (04.30.2019)
नागरिकतामा खेलबाड रोकिएन ! (04.25.2019)
भावनात्मक स्वर लहरीको गुञ्जन (04.16.2019)
विपद व्यवस्थापनमा दक्षताको प्रश्न (04.10.2019)
खुल्ला त समृद्धिको बाटो ? (04.04.2019)
लगानी सम्मेलनको सार्थकता (03.28.2019)
द्वन्द्व विस्तारको असङ्गत कसरत (03.18.2019)
यी प्रश्नको जवाफ कसले दिने ? (01.01.2019)
जनताको विश्वासमाथि तुषारापात (12.11.2018)
आन्तरिक उत्पादन निरुत्साहित (11.20.2018)
बडादशैंको शुभकामना (10.10.2018)
नागरिकतामा फेरि चलखेल (10.02.2018)
रहस्यमय मौनता (09.25.2018)



 
::| Latest News

 
[Page Top]