युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 12.14.2019, 05:36am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
बडादशैँको शुभकामना
Wednesday, 10.02.2019, 05:14pm (GMT+5.5)

नेपालीहरूको महान चाड बडादशैँ गत आइतबारदेखि सुरू भएको छ । वैदिक सनातन धर्माबलम्बीहरूले विशिष्ट चाडपर्वका रूपमा मनाइँदै आएको बडादशैँको नेपाली समाजमा ठूलो महत्व छ । नेपाल राष्ट्रभित्र रहेका नेपालीहरूका लागि मात्र होइन मुलुक बाहिर बिभिन्न देशमा छरिएर रहेका नेपालीहरूमा पनि बडादशैँको पर्वले विशेष उत्साह र उमङ्ग ल्याउने गरेको छ । आफ्नो धर्म, संस्कृति र परम्पराप्रति गर्व नगर्ने र त्यसमा नरमाउने विरलै नेपालीहरू छन् । नेपाल बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भए पनि बडादशैँको अवसरले विभिन्न धर्म र संस्कृतिका अनुयायीहरूले पनि यो अवसरलाई पारिवारिक मिलन र धार्मिक सांस्कृतिक सहिष्णुताको नमूनाका रूपमा ग्रहण गर्दैआएकाले बडादशैं आम नेपालीको अनुपम सांस्कृतिक पर्वका रूपमा प्रचलित छ । अनेकतामा एकताको भाव जगाउँदै नेपाली समाजलाई आलोकित गर्दैआएको वैदिक सनातन धर्म र संस्कृतिविरूद्धका सुनियोजित प्रचारबाजी र षडयन्त्रात्मक गतिविधिका अनेक शृङ्खला प्रायोजित हुँदैआएको भए पनि आध्यात्म चेतनाबाट अनुप्राणित नेपाली समाजमा बडादशैँको अप्रतिम महत्व र उपादेयता निरन्तर झल्किँदैआएको छ । बडादशैँको यो पावन अवसरमा हामी देशभित्र र बाहिर रहेका राष्ट्रिय संस्कृतिप्रेमी सम्पूर्ण नेपालीजनमा आरोग्य, आपसी मेलमिलाप, सुख, समृद्धि र समुन्नतिका लागि हार्दिक शुभकामना अर्पण गर्दछौं ।
बडादशैंको अवसरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सरकारी कार्यालयहरूमा विदा हुने पूर्व परम्परारहेको र घरबाट टाढा रहेका परिवारजनहरूले यो अवसरलाई पारिवारिक मिलनको विशेष अवसरका रूपमा पनि उपयोग गर्दैआएको भएपनि सरकारले लामोविदाको परम्परा तोडेर फूलपातिदेखि द्वादशीसम्म पाँचदिनमा सीमित गरेको भए पनि दशैं मान्न मूलथलोमा नै जाने चाहना र प्रवृत्तिमा कुनै कमी आएको छैन । सनातन धर्म–संस्कृतिसंग गाँसिएका चाडपर्वहरूको विदा कटौती गर्ने कसरत हुँदैआएको भए पनि सनातनी धार्मिक (सांस्कृतिक चाडपर्वमा सरकारी कार्यालयहरूमा कर्मचारीहरूको उपस्थिति अति न्यून रहने र खासै काम नहुने गरेको वास्तविकता छर्लंगिदैआएको छ । बडादशैंको अवसरमा त यसको असर सर्वाधिक देखिन्छ । यसमा पुनर्विचारको खाँचो यो वास्तविकताले पनि देखाएको छ ।
आध्यात्मिक चेतनाबाट अनुप्राणित नेपाली समाजले बडादशैंको पावन अवसरमा  आदिशक्तिस्वरूपा दुर्गा भवानीको पूजा–आराधाना र स्त्रोत्रपाठ गर्ने सनातनकालदेखिको परम्परालाई आत्मसात गर्दैआएको छ । बडादशैंको प्रारम्भ आसोज शुक्लपक्षको प्रतिपदाको  दिन घटस्थापना गरी शुभ साहित हेरेर जौ, गहूँ र मकैको जमरा राखेर गरिएको हुन्छ भने नौ दिनसम्म नवदुर्गाको पूजा र दुर्गासप्तशति चण्डीपाठ गर्ने, शक्तिपीठहरूमा गएर पूजाआराधना गर्ने र आफ्नो मौलिक परम्परा र धर्मसंस्कृतिको पालना गर्न उर्साह र उमङ्ग प्रदर्शन गर्ने प्रचलन रहेको देखिन्छ । 
बहु भाषिक, बहुजातीय र बहुसांस्कृतिक स्वरूप ग्रहण गरेको सिङ्गो नेपाली समाजलाई शदियौंदेखि एकताबद्ध बनाउन यो देशको मौलिक संस्कृति र परम्पराले जुन योगदान दिँदैआएको छ त्यसलाई पटाक्षेप गरी सांस्कृतिक विचलनको गति तीब्रपार्ने निषेधात्मक प्रवृत्तिहरू पनि यसबीचमा मौलाइरहेका छन् र राष्ट्रिय समस्याको रूप लिइरहेका छन् । समय गतिशील र परिवर्तनशील छ– हिजोको अवस्थामा समाज अडिरहन सक्दैन तापनि आफ्नो मौलिक संस्कृति र परम्पराबाट विचलित हुँदै आयातित संस्कृतिप्रति अनुराग राखेर सामाजिक धरातललाई नै विशृङ्खलित पार्ने गतिविधिको विस्तार हुँदैगयो भने राष्ट्रिय एकता र अखण्डताको जरो नै उखेलिने भय पैदा हुन्छ । नेपालको मूल सांस्कृतिक धार कुन हो र यसको संरक्षण–संवर्धन कसरी गर्ने भन्नेतिर विचार नपु¥याउने हो भने हाम्रो मौलिकता गुम्दैजान्छ । नेपाल अहिले सांस्कृतिक अतिक्रमणको चपेटामा छ । विदा कटौतीका नाममा राष्ट्रिय चाड मनाउन समेत व्यवधान खडा हुने अवस्थाको सिर्जनाले दूरदराजका वासिन्दाहरू आहत हुनुपरेको स्थिति सिर्जित छ । देशका विभिन्न भागमा बिधर्मीहरूको प्रलोभनपूर्ण लगानी र चलखेलका दुष्प्रभावहरू सामाजिक–सांस्कृतिक सद्भावविरूद्ध लक्षित हुँदैआएका छन् । 
हाम्रो मौलिक संस्कृतिको संरक्षण–संवर्धन र समुत्थानका लागि राष्ट्रिय जागरण नै पैदा हुननसकेको स्थितिबोध सामाजिक रूपान्तरणको अहिलेको निर्देशित गतिविधिले प्रष्ट इङ्गित गरिरहेको छ । नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको दरिलो आधारसूत्र बन्दैआएको सनातन धर्म र संस्कृतिविरूद्ध अनेक थरी भ्रम फैलाउन र नेपालको मौलिक संस्कृति नष्ट गरेर ऐक्यबद्ध राष्ट्रिय सोचलाई खल्बल्याउन विधर्मी बाहिरी शक्तिले सुनियोजित रूपमा अभियान चलाइरहेका र राजनीतिक–सामाजिक क्षेत्रमा त्यसको कुप्रभाव देखिइरहेको भए पनि ‘बसुधैब कुटुम्बकम्’को महान विचार र संस्कार बोकेको हिन्दु परम्पराप्रति नेपाली जनताको विशिष्ठ अनुराग यथावत नै रहेको तथ्य बडादशैंको अवसरमा नेपाली जनमानसमा जागृत उत्साह र उमङ्गको लहरले उजागर गरिरहेको छ । राष्ट्रिय संस्कृति र परम्पराको जगेर्नाका निम्ति नेपालीजनतामा बढिरहेको चेतनाको पूर्ण अभिव्यक्ति बडादशैंको अपूर्व अवसरले दिइरहेको वास्तविकता अहिले जो कोहीले पनि अनुभूत गर्नसक्छन् । यो राष्ट्रिय संस्कृति संरक्षणको द्योतक हो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
संविधानको चारवर्ष (09.25.2019)
कुटनीतिक सन्तुलनको समस्या (09.17.2019)
नेताहरूको रहस्यमय मौनता (09.10.2019)
उज्यालो नक्षत्रको विदाइ (08.20.2019)
दुर्नियतिको घनचक्कर (07.30.2019)
डुवानको नियतिः सधैँको सन्त्रास (07.22.2019)
मौलिक संस्कृतिको जगेर्ना होस् (06.18.2019)
परिणामदायी कार्यान्वयन ः बजेटको ठूलो चुनौती (06.05.2019)
भारतमा मोदीको पुनरोदय (05.28.2019)
कता छ विधिको शासन ? (04.30.2019)
नागरिकतामा खेलबाड रोकिएन ! (04.25.2019)
भावनात्मक स्वर लहरीको गुञ्जन (04.16.2019)
विपद व्यवस्थापनमा दक्षताको प्रश्न (04.10.2019)
खुल्ला त समृद्धिको बाटो ? (04.04.2019)
लगानी सम्मेलनको सार्थकता (03.28.2019)
द्वन्द्व विस्तारको असङ्गत कसरत (03.18.2019)
यी प्रश्नको जवाफ कसले दिने ? (01.01.2019)
जनताको विश्वासमाथि तुषारापात (12.11.2018)
आन्तरिक उत्पादन निरुत्साहित (11.20.2018)
बडादशैंको शुभकामना (10.10.2018)



 
::| Latest News

 
[Page Top]