युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.15.2019, 06:14pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
राष्ट्रपति सीको नेपाल भ्रमण
Tuesday, 10.15.2019, 11:43am (GMT+5.5)

नेपालको उत्तरी छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी जिनफिङको हालै सम्पन्न नेपाल भ्रमण नेपाल र चीनबीचको प्रागऐतिहासिक र आधुनिक सम्बन्धलाई नयाँ दृष्टि र दिशा दिन पूर्णतः सफल रहेको विश्वास नेपाली जनताले गरेका छन् । चीन नेपालको घनिष्टतम र भरपर्दो मित्रदेश हो र सार्वभौमिक समानताका आधारमा नेपालसित बहुआयामिक सम्बन्ध परिचालित गर्न निरन्तर उत्सुक र अग्रसर छ भन्ने विश्वासलाई सान्दर्भिक भ्रमणले थप पुष्टि गरेको छ । चीनले नेपालको सार्वभौमिकताको सम्मान गर्दैआएको र नेपालको सर्वाङ्गिण विकासमा निस्वार्थ सहयोग प्रदान गर्दैआएको तथ्यप्रति आम नेपाली जनता अवगत छन् । चीनले नेपाललगायतका आफूसंग सिमाना जोडिएका साना मुलुकहरूसंग अहस्तक्षेपकारी नीति अवलम्बन गर्दैआएको र आफ्ना छिमेकी देशहरूलाई कमजोर बनाएर अनपेक्षित लाभ उठाउने काम नगरेकाले चीनप्रति नेपालको विशेष सम्मान र विश्वास रहेको निर्विवाद छ । चिनिया राष्ट्रपति सीको असोज २५ र २६ गते भएको नेपाल भ्रमण अनेक दृष्टिले ऐतिहासिक र उपलब्धिपूर्ण रहेको आमअनुभूति हुनु नेपालका लागि गौरवको विषय हो । निसन्देह यो प्रसङगले स्वतन्त्र नेपालको आत्मसम्मान वृद्धिमा ठूलो टेवा पुर्याएको छ ।
वर्तमान विश्व सन्दर्भलाई नियाल्दा चीनको महाशक्तिको रूपमा भएको अभ्युदय र मौलिक शैलीमा गरिरहेको अद्भूत विकास नेपाल जस्तो निकटतम् छिमेकी राष्ट्रका लागि नयाँ अवसरको खोजीका लागि उदाहरणीय बनेको छ । चीनले राष्ट्रपति सीको नेतृत्वमा अवलम्बन गरेको नीति र प्रदर्शन गरिरहेको व्यवहारले आर्थिक, प्राविधिक र कनेक्टिभिटी क्षमता विस्तारमा पार्दैआएको प्रभावबाट आलोकित नहुने सायदै कुनै मुलुक छ । नेपाल र चीन भौगोलिक सीमा जोडिएका छिमेकी देशमात्र नभएर इतिहासको लामो कालखण्डदेखि सामाजिक–सांस्कृतिक सम्बन्धले जोडिएका घनिष्टतम मित्र पनि हुन् । यी दुई देश दुर्गम हिमपर्वतीय शृङ्खलाले जोडिएका भए पनि आधुनिक प्रविधिको विकासले पारस्परिक सम्मान, सद्भाव र सहयोग विस्तारलाई सहज र स्वाभाविक गतिमा प्रभावित गर्न ठूलो बल पु¥याएको छ । 
सन् १९८४ मा राष्ट्रपति लिसियान नियान र सन् १९९६ मा राष्ट्रपति जियाङ् जमिनबाट भएको नेपाल भ्रमणपछिको २३ वर्षमा चिनिया राष्ट्रपति सीबाट भएको सान्दर्भिक भ्रमण किन पनि विशेष महत्वको हुनपुगेको छ भने यस अवधिभित्र नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध विस्तारका रचनात्मक प्रयासहरू आमरूपमा प्रत्यक्ष नै अनुभूत हुने गरी अगाडि बढेका छन् । भूपरिबेष्ठित नेपाल र चीनबीच भएको पारवहन सम्झौता र चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’मा नेपालले गरेको हस्ताक्षरबाट पारस्परिक सहयोग, सद्भाव र विश्वासको आधार अरू मजबुत भएको छ । राष्ट्रपति सीको हालै सम्पन्न नेपाल भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्धले नयाँ फड्को मारेको छ । सुरक्षा, विकास, आपसी सहयोग र कनेक्टिभिटीका क्षेत्रमा यो भ्रमणबाट पर्ने दुरगामी प्रभाव  निकट भविष्यमा नै नितान्त सकारात्मक रूपमा देखिने विश्वास नेपालमा जागृत हुनु नै सर्वाधिक ठूलो उपलब्धि हो । नेपाल र चीनबीचको युगसापेक्ष स्वाभाविक सम्बन्ध विस्तारको गतिलाई अतिरञ्जित र अस्वाभाविक रूपमा चित्रण गर्ने प्रवृत्तिभित्रका दुराशयको प्रभावबाट मुक्त रहेर आफ्ना दुवै छिमेकी देशसित समनिकटताका आधारमा सम्बन्ध परिचालन गर्ने नेपालको राष्ट्रिय आकाङ्क्षालाई पनि यो भ्रमणले ठूलो बल दिएको छ । पारस्परिक सद्भाव, विश्वास र सहयोग वृद्धिका लागि राष्ट्रपति सीको हालै सम्पन्न नेपाल भ्रमणको ऐतिहासिक महत्व रहनु र नेपाल र चीनबीचको सम्बन्ध अरू फराकिलो हुँदैजाने विश्वास  बढ्नु  उल्लेख्य उपलब्धि रहेको सन्देह रहित छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
बडादशैँको शुभकामना (10.02.2019)
संविधानको चारवर्ष (09.25.2019)
कुटनीतिक सन्तुलनको समस्या (09.17.2019)
नेताहरूको रहस्यमय मौनता (09.10.2019)
उज्यालो नक्षत्रको विदाइ (08.20.2019)
दुर्नियतिको घनचक्कर (07.30.2019)
डुवानको नियतिः सधैँको सन्त्रास (07.22.2019)
मौलिक संस्कृतिको जगेर्ना होस् (06.18.2019)
परिणामदायी कार्यान्वयन ः बजेटको ठूलो चुनौती (06.05.2019)
भारतमा मोदीको पुनरोदय (05.28.2019)
कता छ विधिको शासन ? (04.30.2019)
नागरिकतामा खेलबाड रोकिएन ! (04.25.2019)
भावनात्मक स्वर लहरीको गुञ्जन (04.16.2019)
विपद व्यवस्थापनमा दक्षताको प्रश्न (04.10.2019)
खुल्ला त समृद्धिको बाटो ? (04.04.2019)
लगानी सम्मेलनको सार्थकता (03.28.2019)
द्वन्द्व विस्तारको असङ्गत कसरत (03.18.2019)
यी प्रश्नको जवाफ कसले दिने ? (01.01.2019)
जनताको विश्वासमाथि तुषारापात (12.11.2018)
आन्तरिक उत्पादन निरुत्साहित (11.20.2018)



 
::| Latest News

 
[Page Top]