युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 10:23pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
सीमा अतिक्रमणको पीडा
Thursday, 11.14.2019, 11:55am (GMT+5.5)

भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा सर्वभौम नेपालको अखण्ड भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो क्षेत्रमा पारेर दादागिरी देखाउँदै विस्तारवादी चरित्रको नाङगो प्रदर्शन गरेको छ । सन् १८१६ को सुगौली सन्धिले निर्धारण गरेको सीमामा खुम्चिएको नेपालको अविभाज्य भूमिमाथि कुदृष्टि लगाएर भारतले अतिक्रमणको निरन्तरतालाई जुन गति दिएको छ त्यसले नेपालको क्षेत्रफललाई अरु खुम्च्याउने धृष्टता गरेको छ । सुगौली सन्धिको धारा ५ ले नेपालको पश्चिमी सीमा कालीनदी भएको प्रष्ट किटान गरेको र बृटिशकालीन भारतीय सर्वेयरले सन् १८२७ र १८५६ मा जारी गरेको नक्सामा पनि नेपालभूमि भनी प्रष्ट किटान भएको कालीनदीको मुहान  यताको लिम्पियाधुरा, लिपुलेक र कालापानीको ३ सय ७२ वर्गकिलोमिटर क्षेत्रफलको भूभाग स्थायी रूपमा हडप्ने भारतको कुत्सित प्रयासको पर्दाफास भएको छ । भारतले चीनमाथि  सुरक्षात्मक दवाव राख्ने भित्री उद्देश्य राखी सामरिक महत्वको यो भूक्षेत्रमा दशकौं अगाडिदेखि बलात् सैनिक शिविर खडा गरी अनधिकृत उपयोग गर्दैआएको तथ्य बारम्बार उजागर हुँदैआएको र देशभक्त नेपाली जनताले दशकौं अगाडिदेखि नै यस्तो विस्तारवादी र हैकमवादी व्यवहारको निरन्तर विरोध गर्दैआएका भए पनि हेपाहा, थिचाहा र मिचाहा व्यवहार गरी दादागिरी देखाउँदै ऐतिहासिक तथ्य र नदी मुहान निर्धारणको प्रकृतिक–प्राविधिक आधार नै तोडमोड  गरी कालापानीको कावा खोलालाई महाकाली नदीको कृत्रिम मुहान देखाएर नेपालभूमि स्थायी रूपमा कब्जा गर्ने  षड्यन्त्रात्मक दीर्घकालीन योजनामा भारत रहेको वास्तविकता नयाँ नक्सा प्रकरणले उदाङ्ग पारेको छ । 
यो प्रकरण नेपालको सार्वभौमिकता, अखण्डता र स्वाभिमानमाथिको खुलम्खुल्ला प्रहार हो ।  नेपाली जनता, नेपाल सरकार र सत्ताभित्र र बाहिरका सबै राजनीतिक दलहरू एकीकृत राष्ट्रिय धारणा प्रदर्शन गर्दै विकल्प रहित रूपमा एकस्वरले यो ज्यादतीपूर्ण भारतीय कदमको बिरोधमा आवाज बुलन्द गरिरहेका छन् । नेपाली जनता अब दिल्लीले छरेको भ्रम र कुप्रचारको प्रभावबाट नेपाली जनता क्रमशः सचेत हुँदैगएका छन् । सत्तास्वार्थका निम्ति राष्ट्रिय अखण्डता, सार्वभौमिकता र स्वाभिमानको सौदावाजी गर्नेहरूलाई बेलाबखत उपयोग गर्दै नेपालको हुर्मत लुट्ने भारतको परम्परागत रणनीतिबाट लामो कालदेखि नेपाल आहत हुँदैआएको कटु अनुभूति गर्दैआएका देशभक्त नेपालीहरू कथित अतुलनीय मित्रताको भ्रममा परेर राष्ट्रिय अखण्डता र स्वाभिमानको सौदाबाजी गर्न तयार छैनन् भन्ने तथ्यबोध देशव्यापी रूपमा स्वतः उत्पन्न भएको विरोध लहरले नै पुष्टि गरेको छ । नेपालको भौगोलिक अखण्डताको सम्मान गर्दै नयाँ नक्सा सच्याउन र अतिक्रमित क्षेत्रबाट सैनिक शिविर हटाउन बिलम्ब नगरी दुई देशबीचको सम्बन्धमा कटुता र अविश्वास बढ्न नदिन अग्रसरता देखाउनुको अर्को विकल्प छैन ।    
नेपालले सीमा अतिक्रमणको पीडा लिम्पियाधुरा, लिपुलेक र कालापानीमा मात्रै भोगेको नभै भारतसंग सीमा जोडिएका २६ जिल्लामध्ये २३ जिल्लामा भोगिरहेको छ । भारतसंग नेपालको सिमाना पूर्व, दक्षिण र पश्चिम गरी १८ सय ६० किलोमिटर जोडिएको छ भने सीमाविद्हरूले त्यसभित्र ८१ ठाउँमा सीमा अतिक्रमण भएको तथ्य सार्वजनिक गर्दैआएका छन् । नवलपरासीको सुस्तामा मात्रै १४ हजार हेक्टर जमिन अतिक्रमणमा परेको छ । तराईको धनुषा जिल्लाबाहेक सबै जिल्लामा नेपालभूमि अतिक्रमित छ । जनसांख्यिक अतिक्रमणको पीडा पनि उत्तिक जटिल छ । नेपाल भारत सम्बन्धलाई कटुता, अविश्वास र आशंकामा पारिरहने सीमा अतिक्रमण लगायतका अनेकौं वास्तविक पीडादायी समस्यालाई सधैं गलैँचामुनी राखेर अनुपम मित्रताको भजन गाइरहँदाका दुष्परिणामहरूको खात लागिरहेको छ । नेपालले सार्वभौमिक समानता र सम्मानका आधारमा सम्बन्ध परिचालनको कुटनीतिक क्षमता वृद्धि गर्नु र एकीकृत राष्ट्रिय धारणा बनाएर वैदेशिक सम्बन्ध परिचालनको अपरिहार्यतालाई अहिलेको सन्दर्भ र प्रकरणले टड्कारो रूपमा इङ्गित गरिरहेको छ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सालाई अमान्य र अस्वीकार्य भन्दै सरकारले अतिक्रमित भूमि नेपालको अखण्डित भूमि रहेको धारणा  दृढताका साथ जुन रूपमा प्रस्तुत गरेको छ त्यसलाई हरेक तह, तप्का र क्षेत्रका जनताले साथ दिएका छन् । सरकारले कतै खुट्टा नकमावस्– सबै नेपाली जनताको यही प्रार्थना छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाल चीन सम्बन्धको नयाँ आयाम (10.22.2019)
राष्ट्रपति सीको नेपाल भ्रमण (10.15.2019)
बडादशैँको शुभकामना (10.02.2019)
संविधानको चारवर्ष (09.25.2019)
कुटनीतिक सन्तुलनको समस्या (09.17.2019)
नेताहरूको रहस्यमय मौनता (09.10.2019)
उज्यालो नक्षत्रको विदाइ (08.20.2019)
दुर्नियतिको घनचक्कर (07.30.2019)
डुवानको नियतिः सधैँको सन्त्रास (07.22.2019)
मौलिक संस्कृतिको जगेर्ना होस् (06.18.2019)
परिणामदायी कार्यान्वयन ः बजेटको ठूलो चुनौती (06.05.2019)
भारतमा मोदीको पुनरोदय (05.28.2019)
कता छ विधिको शासन ? (04.30.2019)
नागरिकतामा खेलबाड रोकिएन ! (04.25.2019)
भावनात्मक स्वर लहरीको गुञ्जन (04.16.2019)
विपद व्यवस्थापनमा दक्षताको प्रश्न (04.10.2019)
खुल्ला त समृद्धिको बाटो ? (04.04.2019)
लगानी सम्मेलनको सार्थकता (03.28.2019)
द्वन्द्व विस्तारको असङ्गत कसरत (03.18.2019)
यी प्रश्नको जवाफ कसले दिने ? (01.01.2019)



 
::| Latest News

 
[Page Top]