युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 12.12.2019, 09:16pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
जनता सधैं नछक्किउन
Wednesday, 11.27.2019, 10:56am (GMT+5.5)

अघिल्लो हप्ता मन्त्रिपरिषदमा सामान्य हेरफेर भयो । २१ महिना अगाडि अति उत्साहजनक वातावरणमा बनेको मन्त्रिपरिषदमा गहन जिम्मेवारीसहित प्रवेश पाएका नौजना मन्त्री हटे भने उत्साह र कुतुहलताविहीन वातावरणमा नयाँ नौजनाले प्रवेश पाए । आम निर्वाचनमा जनताबीच आशा जगाउँदै देशलाई विकास र समृद्धिको अवस्थामा पु¥याउने सपना बाँडेर अपार जनमत प्राप्त गरी दुई तिहाइ बहुमतको सरकार गठन भएको सन्दर्भ र २१ महिना यताका कामकारबाही, गतिविधि र परिणामलाई नियालेर हेर्दा सन्तोष कम निराशा र वितृष्णाको लहर बढी देखिएको पृष्ठभूमिमा यो हेरफेरको निहितार्थ के हो भन्ने तर्फ जनमानसमा कुतुहलता र जिज्ञाशा जाग्नु स्वाभाविक नै छ । समय समयमा स्वास्थ्य स्थिति प्रतिकूल रहँदारहँदै पनि स्थायी सरकारको प्रत्याभूति दिँदै पाँच वर्ष सरकार हाँक्ने विश्वास जगाउन सक्षम देखिनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमा रहेको अवशिष्ठ अधिकारको प्रयोग गरी स्वाभाविक रूपमा नै मन्त्रीहरू फेरबदल गर्नुभएको मान्न सकिन्छ । तर बहिर्गमनमा पर्नेहरू जिम्मेवारी बहनमा कहाँ कहाँ चुके र नव प्रवेशीहरूबाट के के अपेक्षा गर्न सकिन्छ भन्नेबारे उठिरहेका प्रश्नहरूले भने यतिखेर उत्तर खोजिरहेका छन् । 
आम जनताले सधैं नै नतिजामुखी कामको अपेक्षा गरिरहेका हुन्छन् । सरकार गठनपूर्वको चुनावी घोषणापत्र र चुनावपछि बनेको सरकारले तर्जुमा गरेको नीति तथा कार्यक्रमले जनमानसमा अनेक आशा र आकांक्षा जागृत गराएका हुन्छन् । जनमतको कदर गरेर काम गर्ने उत्तरदायी सरकारले नीति र कार्यक्रममार्फत कबोल गरिएका कामहरू निर्धारित समयमा नै परिणाम आउने गरी कामले गतिलिएको नलिएको आफैं पनि मूल्यांकन गरिरहेको हुनुपर्दछ भने सकारात्मक नतिजाको ब्यग्र प्रतिक्षामा रहेका आमजनताको अनुभूतिजन्य धारणा र प्रतिक्रियाप्रति पनि निरन्तर चासो राखेको हुनुपर्दछ । समग्रतामा हेर्दा सकारात्मक वा नकारात्मक परिणामको जस–अपजस सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीमै जाने हुनाले आफ्ना सहयोगी चयन गर्ने र फेरबदल गर्ने अधिकार सोहीमाथि रहने कुरामा कुनै विवाद रहन्न । प्रधानमन्त्री ओलीले मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकनको प्रक्रियागत निरन्तरताबारे विगतमा सार्वजनिक अभिव्यक्ति दिँदैआउनु भएको पाइन्छ तापनि नतिजामुखी काम खासै नदेखिने गरेको र जनअपेक्षा विपरीतका परिणामले निराशा र वितृष्णा मात्र जन्माएको नभै विश्वासको संकट नै पैदा गरिरहेको अनुभूत हुनथालेको कटु यथार्थ हो । यो अहं अवस्थाको समीक्षा गरेर जनमासमा पुनः आशा जगाउन र नतिजामुखी काम हुन्छ भन्ने विश्वास जगाउन यो हेरफेर कति सफल रहला भन्ने नै अहिलेको गहन सवाल हो ।
कुराले होइन कामले ठूलो स्वरले बोल्छ भन्ने एउटा कहावत नै छ । हामी नेपाली जनताले निर्वाचनमा मत माग्न जाने र सरकार चलाउनेहरूबाट धेरै ठूलाठूला कुरा सुन्दैआएका छौं तर कामले ठूलो स्वर गरेको सुन्न–देख्न कमै पाएका छौं । सत्ताको घुमाउने कुर्सीमाथि पुगेपछि ‘म नै सर्वज्ञ हूँ, म जे बोल्छु त्यो नै वेदवाणी हो र, मैले बोलेपछि जनताले पत्याएकै हुनुपर्छ र नपत्याउनेहरू पूर्वाग्रही र विरोधका लागि विरोधमात्र गर्नेहरू हुन्’ भन्ने अपसंस्कारजन्य धारणा सधैं बलबती देखिने गरेको छ । राजनीतिक परिवर्तनका अनेक चरण पारिगरिसक्दा पनि यस्तो जडवादी प्रवृत्तिमा परिवर्तन नदेखिनु नै राष्ट्रिय आकांक्षा र जनअपेक्षामाथि तुषारापात भैरहनुको मूल कारण हो । मुलुकलाई अहिले पनि आत्मस्वाभिमान जोगाउन मुस्किल परिरहेको छ । आत्मनिर्भरताको बाटो साँघुरिँदैगएको छ । आन्तरिक रोजगारी वृद्धि र आन्तरिक उत्पादन वृद्धिका सपनाहरू कागजमै सीमित भैरहेका छन् । राजनीतिमा क्रमभङ्गताका गगनभेदी स्वरहरू गुञ्जिइरहेका हुन्छन् तर शासकीय प्रवृत्ति र चरित्रमा क्रमभङ्गता देखिएको छैन । ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात्’ भन्ने स्थितिमा हामी जनता छौं । सन्देशरहित अनुभूत भएको हेरफेरको सार्थकता भविष्यमा परिणामदायी कामले देखावस् भन्ने कामना मात्र अहिले गर्नसकिन्छ । जनता सधैं नछक्किउन् । जनतालाई अल्मल्याउने काम नहोस् । नतिजामुखी कामको अपेक्षा गरौं ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सीमा अतिक्रमणको पीडा (11.14.2019)
नेपाल चीन सम्बन्धको नयाँ आयाम (10.22.2019)
राष्ट्रपति सीको नेपाल भ्रमण (10.15.2019)
बडादशैँको शुभकामना (10.02.2019)
संविधानको चारवर्ष (09.25.2019)
कुटनीतिक सन्तुलनको समस्या (09.17.2019)
नेताहरूको रहस्यमय मौनता (09.10.2019)
उज्यालो नक्षत्रको विदाइ (08.20.2019)
दुर्नियतिको घनचक्कर (07.30.2019)
डुवानको नियतिः सधैँको सन्त्रास (07.22.2019)
मौलिक संस्कृतिको जगेर्ना होस् (06.18.2019)
परिणामदायी कार्यान्वयन ः बजेटको ठूलो चुनौती (06.05.2019)
भारतमा मोदीको पुनरोदय (05.28.2019)
कता छ विधिको शासन ? (04.30.2019)
नागरिकतामा खेलबाड रोकिएन ! (04.25.2019)
भावनात्मक स्वर लहरीको गुञ्जन (04.16.2019)
विपद व्यवस्थापनमा दक्षताको प्रश्न (04.10.2019)
खुल्ला त समृद्धिको बाटो ? (04.04.2019)
लगानी सम्मेलनको सार्थकता (03.28.2019)
द्वन्द्व विस्तारको असङ्गत कसरत (03.18.2019)



 
::| Latest News

 
[Page Top]