युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 10:04am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
अर्थतन्त्रको उल्टो गति !
Tuesday, 12.17.2019, 01:04pm (GMT+5.5)

देशको अर्थतन्त्र वाञ्छित सुधारोन्मुख गतिमा छ कि अझै ओरालो लग्ने क्रममा छ भन्ने कुरा अहिले गम्भीर बहसको विषय बनेको छ । आर्थिक प्रगतिका लागि मुलुकमा शान्तिपूर्ण वातावरण सिर्जित हुनुपर्छ र राजनीतिक स्थिरता पनि कायम हुनुपर्छ भन्ने मान्यता स्थापित छ । राष्ट्रिय समृद्धिको मूल आधार भनेको यथार्थपरक र वस्तुवादी स्थिर आर्थिक नीतिको अबलम्वन र कार्यान्वयनमा इमान्दारिता रहनु नै हो । राजनीतिक खपतका लागि लोकप्रिय नारा लगाउने र निर्वाचनका बेला आकर्षक घोषणापत्रहरू सार्वजनिक गरेर जनताबीच भ्रम फैलाएर मताकर्षण गर्ने असङ्गत अभ्यास अनि राजनीतिक प्रभाव र दवावमा योजनाहरू तर्जुमा गर्ने अवस्तुवादी एवं तदर्थवादी प्रवृत्तिका दुष्परिणामहरू राष्ट्रिय उत्पादकत्व वृद्धिका लागि बाधक बन्दैआएकाले राष्ट्रिय अर्थतन्त्रले सुधारोन्मुख वाञ्छित गति लिन नसकेको कटु यथार्थ हो । मुलुकमा शान्ति बहाली छ र राजनीतिक स्थिरता पनि कायम भएको छ । तर पनि देशको अर्थतन्त्रले अझै वाञ्छित सुधारको बाटो किन समात्नसकेन र घोषित लक्ष प्राप्तिमा किन व्यवधान खडा भैरहेको छ भन्नेतिर समीक्षात्मक धारणा राखेर उत्पन्न व्यवधान हटाउँदै जाने र नीतिगत सुधारतिर प्रतिबद्ध अग्रसरता देखाउनेतिर भन्दा सरकार जुन बाटोमा हिँडिरहेको छ त्यो नै ठीक छ र मुलुकलाई समृद्धिको बाटोतिर डो¥याउँदै उपलब्धिहरू हाँसिल हुँदैै रहेका छन् भन्ने धिङ्धिङे सत्ता मानसिकता विगतदेखि वर्तमानसम्म पनि समान रूपमा प्रदर्शित भैरहेको देखिनु गम्भीर बहसको विषय  छ ।
मुलुकमा लोकप्रिय जनमत आर्जन गरेको दुई तिहाई बहुमतको स्थिर सरकार स्थापित भएपछि देशको अर्थतन्त्रले नीतिगत प्रष्टता र कार्यान्वयनमा दृढताकासाथ सुधारोन्मुख गतिलिन्छ भन्ने जुन आशा पलाएको थियो त्यो समयक्रममा भरोशापूर्ण बन्नुको सट्टा टुट्दैगएको अवस्था सिर्जित भैरहेको पुष्टि आर्थिक सूचकांकहरूले नै गरिरहेका छन् । सरकारले चालू आर्थिक वर्षमा गार्हस्थ उत्पादनको वृद्धिदर ८.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो, यसमा अझै संशोधन गरिएको छैन । उता विश्व बैंकले हालै जारी गरेको ‘नेपालको विकास आवधिक’ प्रतिवेदनले समेत आर्थिक वृद्धिदर ६.४ प्रतिशतमा सीमित हुने किटान गरेको छ । स्वतन्त्र आर्थिक विश्लेषकहरूले त देशको समष्टिगत अर्थतन्त्र क्रमिक रूपमा ओरालो लागिरहेको आँकडा प्रस्तुत गरिरहेका छन् । राष्ट्रिय समृद्धिको सपना बाँढेर मात्र हुँदैन राष्ट्रिय उत्पादकत्व बढाउने विकास गतिविधिमा तीब्रता आउनु अनिवार्य छ तर राष्ट्र्रिय गौरवका भनी घोषित अधिकांश आयोजनाहरूदेखि लिएर विकास आयोजनाहरूमा चरम शिथिलता व्याप्त छ, सरकारको खर्चगर्ने क्षमतामा कुनै वृद्धि छैन । बजेटले विनियोजन गरेको रकम खर्च गर्ने क्षमता नबढेकाले बजारमा तरलताको अभाव एकातिर विस्तारित छ भने अर्कातिर आयातमा कमी र निर्यातमा केही सुधारको आँकडा देखाउनखोजिए पनि यथार्थमा व्यापारघाटाको समस्या निराकरणको उपाय नै अबलम्वित  छैन ।
भनिन्छ– आर्थिक वृद्धिदर २०१७ मा ८.२ प्रतिशत थियो, त्यो २०१८ मा ६.७ मा झ¥यो । २०१९ मा आर्थिक वृद्धिदर ७.१ हुने प्रक्षेपण थियो तर २०२० मा ६.४ मा संकुचि हुने विश्व बैंकको पछिल्लो कथन छ । मुद्रास्फिति दर बढेर ५ प्रतिशत पुगेको छ । वित्तघाटा बढ्दैगएको छ, राजस्व सङ्कलन बजेट वक्तव्यमा भनेभन्दा १८.३ प्रतिशत कम देखिएको छ । पूँजितगत खर्च पनि अघिल्लो वर्षभन्दा कमै हुने देखिएको छ । आर्थिक वृद्धिदर मनसुन र सेवाक्षेत्रमा निर्भर रहेको विश्व बैंककै भनाइ छ । विद्युत आपूर्ति बढेको भए पनि औद्योगिक उत्पादन बढेको छैन । सरकारले चालू खाता तुलनात्मक रूपले राम्रो भएको दावी गरे पनि आर्थिक विकासका लागि उपयुक्त रणनीति बन्न नसकेको खुलस्त छ । आन्तरिक र वैदेशिक लगानी अपेक्षित रूपमा बढेको  छैन । पूँजी विकासमा धक्का लागेको छ । सरकारी खर्चमा बेरूजू हरेक वर्ष बढिरहेको छ । राज्य ढुकुटीको दुरूपयोग रोकिएको छैन । विश्वका भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा नेपाल १२४ स्थानमा दरिएको छ । सराकारले एक वर्षमा पाँचलाख राजगारी सिर्जना गर्ने गुड्डी हाँके पनि त्यसको कुनै आधार छैन । मूल्यवृद्धि सीमातीत छ । बजेटमा गरिएका प्रतिबद्धताहरू  परिणामहीन र अर्थहीन बनेका छन् । आयात प्रतिस्थापन हुने गरी कृषि उत्पादन बढाउने परिणामदायी कामको थालनी नै भएको छैन । आर्थिक भ्रष्टाचार विस्तारका अनेक प्रकरण उजागर भैरहेका छन् । भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्री ओलीको बोली नवर्षने मेघको गर्जन जस्तै भएको छ । कुरा धेरै भए काम भने भएनन् । देशको अर्थतन्त्र ओरालो लाग्ने क्रम रोकिएन । यो पृष्ठभूमिमा राष्ट्रिय समृद्धिको बाटो कसरी तय होला ? यो अहं प्रश्न खडा भएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
जनता सधैं नछक्किउन (11.27.2019)
सीमा अतिक्रमणको पीडा (11.14.2019)
नेपाल चीन सम्बन्धको नयाँ आयाम (10.22.2019)
राष्ट्रपति सीको नेपाल भ्रमण (10.15.2019)
बडादशैँको शुभकामना (10.02.2019)
संविधानको चारवर्ष (09.25.2019)
कुटनीतिक सन्तुलनको समस्या (09.17.2019)
नेताहरूको रहस्यमय मौनता (09.10.2019)
उज्यालो नक्षत्रको विदाइ (08.20.2019)
दुर्नियतिको घनचक्कर (07.30.2019)
डुवानको नियतिः सधैँको सन्त्रास (07.22.2019)
मौलिक संस्कृतिको जगेर्ना होस् (06.18.2019)
परिणामदायी कार्यान्वयन ः बजेटको ठूलो चुनौती (06.05.2019)
भारतमा मोदीको पुनरोदय (05.28.2019)
कता छ विधिको शासन ? (04.30.2019)
नागरिकतामा खेलबाड रोकिएन ! (04.25.2019)
भावनात्मक स्वर लहरीको गुञ्जन (04.16.2019)
विपद व्यवस्थापनमा दक्षताको प्रश्न (04.10.2019)
खुल्ला त समृद्धिको बाटो ? (04.04.2019)
लगानी सम्मेलनको सार्थकता (03.28.2019)



 
::| Latest News

 
[Page Top]