युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 02:42pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
प्राप्त अवसर नगुमोस्
Monday, 06.06.2011, 02:54pm (GMT+5.5)

संविधानसभामा प्रतिनिधित्व गरिरहेका राजनीतिक दलहरूले तीन वर्षको समयावधिमा पूरा गर्न नसकेको काम पुनः थपिएको तीन महिनाभित्र कसरी पूरा गर्लान् भन्ने जिज्ञासा, आशंका निराशा मिश्रित धारणा सर्वत्र व्याप्त वितेको तीन वर्षभित्रका सत्ता स्वार्थमा केन्द्रित फोहोरी राजनीतिको प्रदूषित वातावरणले शान्ति संविधानको ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नबाट दलहरूलाई नराम्रोसंग विचलित गराएको पीडा अहिले मुलुकले भोगिरहेको एकपछि अर्को गल्ती गर्दै गएका भए पनि राजनीतिक नेताहरूलाई जनताले सत्ता स्वार्थको फोहोरी खेलमा नलागी शान्ति संविधानको पक्षमा जवाफदेहितापूर्ण ढंगले क्रियाशील हुन फेरि एकपटक राम्रो मौका दिएका छन् अब पनि यो अवसरको सदुपयोग हुन सकेन भने मुलुक ठूलो राजनीतिक दुर्घटनाको शिकार हुने भय विद्यमान नै विगतका गल्तीहरू कोट्याएर एक अर्काप्रति आरोप लगाउने आशंका प्रवाह गर्नेतिरभन्दा सामूहिक जिम्मेवारीबोधको स्थिति कसरी सिर्जना गर्न सकिन्छ भनेर सकारात्मक सोच मात्रै राख्ने हो भने पनि आशाजनक परिणाम आउनसक्ने सम्भावना टरिसकेको छैन

मुलुकको वर्तमान राजनीतिक परिदृश्य उत्साहवद्र्धक छैन प्रमुख राजनीतिक दलका नेताहरूको अर्जुन दृष्टि अहिले पनि शान्ति संविधानमा भन्दा सिंहदरबारको घुमाउने कुर्सीमा नै केन्द्रित भएको प्रचूर आभाष जनताले जति नै मौका दिए पनि त्यसको सदुपयोग नगर्ने प्रत्युत्पादक परिणामकै निम्ति आफूलाई उपयोग गर्ने अपसंस्कृतिको विकासले संक्रमणकालीन नेपालको राजनीति दिशाहीन बन्न पुगेको अग्रपंक्तिका नेताहरू नै पथविचलित हुँदैआएको स्थितिमा मुलुकले सही राजनीतिक दिशा अवलम्बन गर्नसक्ने आधार नै स्खलित हुँदैगएको प्रष्ट आभाष संक्रमणकालीन वर्तमान परिस्थितिको अन्त्यका लागि राष्ट्रिय सहमतिको अपरिहार्यता निर्विवाद तापनि दलहरूले व्यवहारमा त्यसलाई आत्मसात गर्न सकेका छैनन् एक हप्ता अगाडि मात्र भएको पाँच बुँदे सहमति अहिले बिचल्लिमै पर्ने हो कि भन्ने आशंका मनोगत शैलीका -आफ्नै व्याख्याहरूले खडा गरिरहेका छन् शान्ति संविधान भन्दा पनि सरकारको नेतृत्व कसरी हत्याउने भन्ने दूराकांक्षा आफ्ना समकालीन प्रतिद्वन्द्वीहरूप्रतिको राग, द्वेष इश्र्याले नेताहरूलाई उत्तेजित पथविचलित गराउने गरेको तीतो अनुभूति अहिले पनि भैरहेको तीन महिनाका लागि सत्ताको खिचातानीमा नलागौं जो जहाँ छौं त्यहीबाट शान्ति संविधानको पक्षमा योगदान दिऊ भन्ने सकारात्मक सोच मात्रै पनि पाँच बुँदे सहमति गर्नुपूर्व विकसित हुन सकेको भए सायद पुनः प्राप्त भएको तीन महिनाको अवसर प्रत्यूत्पादक सत्ता स्वार्थकै खेलमा अपव्यय हुने हो कि भन्ने आशंका यति चाँडै व्याप्त हुने अवस्थाको सिर्जना हुने थिएन

वर्तमान राजनीति सिद्धान्त, मूल्य, मान्यता आदर्शलेभन्दा संकीर्ण सत्ता स्वार्थले प्रेरित रहेकाले त्यसको समग्र प्रतिकूल प्रभाव राष्ट्रिय जीवनमा परेको राष्ट्रको स्वाभीमान गौरव समेतलाई मोलतोलको विषय बनाएर स्वार्थ पूर्तिको बाटो फराकिलो पार्ने दूराकांक्षाले अग्रपंक्तिको राजनीतिक नेतृत्वलाई नै पथविचलित गराइरहेको पृष्ठभूमिमा भोलिका दिनहरू सुखद् परिणामदायी हुनेछन् भनेर पूरै भरविश्वास गर्न सक्ने स्थिति छैन आम नेपाली जनताको चाहना आग्रह के मात्रै हो भने समयले खडा गरेको चुनौतिलाई अग्रपंक्तिका नेताहरूले स्वीकार गरुन पाएको अवसरको पूरापूर सदुपयोग होस्



Rating (Votes: )   
Share     Print


Other Articles:
सास रहुञ्जेल आश (05.30.2011)
दुर्दिन ननिम्तियोस् (05.24.2011)



 
::| Latest News

 
[Page Top]