युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 05.30.2020, 11:52pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
भारतीय अतिक्रमणको पीडा
Tuesday, 05.12.2020, 12:41pm
भारतले नेपालको अखण्ड भूमिमाथि नाङ्गो अतिक्रमण गरी लिपुलेकमा कैलाश मानसरोवर जोड्ने सडक निर्माण गरी गत शुक्रबारमात्र उद्घाटन गरेको सन्दर्भले भारतको मिचाहा नीतिमा कुनै परिवर्तन नआएको र नेपालको सरकारले पनि कुटनीतिक क्षमता देखाएर विद्यमान सीमा समस्याको स्थायी समाधानका लागि उचित कदम चाल्न तदरूकता नदेखाएको एकसाथ उजागर भएको छ । 
सार्वभौमिकतामाथिको चोट
Monday, 03.23.2020, 09:06am
कोरोना भाइरस (कोविद–१९)ले विश्वव्यापी महामारीको रूप लिएको बेलामा आमनागरिकको ध्यान आँफूलाई कसरी सुरक्षित राख्ने भन्नेतिर नै केन्द्रित हुनु स्वाभाविक छ । तर नेपालको  सार्वभौमिकतामाथि चोट पु¥याउने गरी वैदेशिक कुटनीतिक नियोग र आन्तरिक राजनीतिक नेतृत्वतहबाट के कस्ता खेल भैरहेका छन् भन्ने कुरा भने ओझेलमा परेका छन् । हामी नेपाली जनता सार्वभौम छौं, नेपाल अनादिकालदेखि नै स्वतन्त्र छ र हामी नेपालीले पराधीनताको कहर कहिल्यै भोग्नुपरेको छैन भनेर नाक फुलाउँदैआएका छौं तर नेपाली जनताको सार्वभौम अधिकार वारम्वार कसरी कुण्ठित हुँदैछ
अख्तियारको प्रशंसनीय कदम
Wednesday, 02.12.2020, 12:21pm
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा केही पूर्व मन्त्रीहरूसहित १ सय ७५ जनाविरूद्ध अदालतमा भ्रष्टाचारको मुद्दा हालेपछि देशमा ठूलै हलचल मच्चिएको छ । गत कार्तिकमा भारतले नेपालको अखण्ड भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीको ३७२ वर्ग किलोमिटर जग्गा आफ्नो सरहदभित्र पारेर नयाँ राजनीतिक नक्शा जारी गरेपछि सम्पूर्ण देशवासी एकजुट भएर त्यसको विरोध गर्दै अतिक्रमित नेपाभूमि फिर्ता गर्न र कालापानीमा जबर्जस्ती बसेका भारतीय सेनालाई हटाउन देशव्यापी रुपमा आवाज उठाएका बेला मुलुकमा नयाँ तरङ्ग पैदा भएको थियो । त्यो चर्चालाई शिथिल पार्दै ‘मिलेनियम च्यालेञ्ज कर्पोरेशन’ नामको सहयोग लिने र लिन नहुनेबारे मुलुकमा अर्को बहस छेडियो र यसले अझै उपयुक्त निकास पाउन बाँकी नै छ । 
पृथ्वीजयन्तीको सान्दर्भिकता
Tuesday, 01.14.2020, 12:18pm
नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह देशभक्त, स्वाभिमानी र स्वतन्त्रताका पक्षधर सम्पूर्ण नेपालीका आस्थापुञ्ज हुन् । बाह्रहजार घरधुरी भएको सानो पहाडी राज्य गोरखाको शाहवंशमा राज्य सञ्चालनको उत्ताधिकार लिएर विक्रम सम्वत १७७९को पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले २० वर्षको कलिलो उमेरमा राजा बनेपछि २२ से २४ राज्यमा विभक्त भएर रहेको भूभागलाई विराट महत्वाकांक्षा, दूरदृष्टि, अदम्य साहस, विलक्षण राजनीतिक–कुटनीतिक क्षमता र अविराम सक्रियता देखाएर एकीकृत गर्न सफल रहेकाले नै आज हामी कसैको औपनिवेशिक दासतामा नपरी सदा स्वतन्त्र रहेको स्वाधिन नेपालका नागरिक भएर शीर ठाडो पारेर बाँच्न पाएका छौं । 
अर्थतन्त्रको उल्टो गति !
Tuesday, 12.17.2019, 01:04pm
देशको अर्थतन्त्र वाञ्छित सुधारोन्मुख गतिमा छ कि अझै ओरालो लग्ने क्रममा छ भन्ने कुरा अहिले गम्भीर बहसको विषय बनेको छ । आर्थिक प्रगतिका लागि मुलुकमा शान्तिपूर्ण वातावरण सिर्जित हुनुपर्छ र राजनीतिक स्थिरता पनि कायम हुनुपर्छ भन्ने मान्यता स्थापित छ । राष्ट्रिय समृद्धिको मूल आधार भनेको यथार्थपरक र वस्तुवादी स्थिर आर्थिक नीतिको अबलम्वन र कार्यान्वयनमा इमान्दारिता रहनु नै हो । राजनीतिक खपतका लागि लोकप्रिय नारा लगाउने र निर्वाचनका बेला आकर्षक घोषणापत्रहरू सार्वजनिक गरेर जनताबीच भ्रम फैलाएर मताकर्षण गर्ने असङ्गत अभ्यास अनि राजनीतिक प्रभाव र दवावमा योजनाहरू तर्जुमा गर्ने अवस्तुवादी एवं तदर्थवादी प्रवृत्तिका दुष्परिणामहरू राष्ट्रिय उत्पादकत्व वृद्धिका लागि बाधक बन्दैआएकाले राष्ट्रिय अर्थतन्त्रले सुधारोन्मुख वाञ्छित गति लिन नसकेको कटु यथार्थ हो । 
जनता सधैं नछक्किउन
Wednesday, 11.27.2019, 10:56am
अघिल्लो हप्ता मन्त्रिपरिषदमा सामान्य हेरफेर भयो । २१ महिना अगाडि अति उत्साहजनक वातावरणमा बनेको मन्त्रिपरिषदमा गहन जिम्मेवारीसहित प्रवेश पाएका नौजना मन्त्री हटे भने उत्साह र कुतुहलताविहीन वातावरणमा नयाँ नौजनाले प्रवेश पाए । आम निर्वाचनमा जनताबीच आशा जगाउँदै देशलाई विकास र समृद्धिको अवस्थामा पु¥याउने सपना बाँडेर अपार जनमत प्राप्त गरी दुई तिहाइ बहुमतको सरकार गठन भएको सन्दर्भ र २१ महिना यताका कामकारबाही, गतिविधि र परिणामलाई नियालेर हेर्दा सन्तोष कम निराशा र वितृष्णाको लहर बढी देखिएको पृष्ठभूमिमा यो हेरफेरको निहितार्थ के हो भन्ने तर्फ जनमानसमा कुतुहलता र जिज्ञाशा जाग्नु स्वाभाविक नै छ ।
सीमा अतिक्रमणको पीडा
Thursday, 11.14.2019, 11:55am
भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा सर्वभौम नेपालको अखण्ड भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो क्षेत्रमा पारेर दादागिरी देखाउँदै विस्तारवादी चरित्रको नाङगो प्रदर्शन गरेको छ । सन् १८१६ को सुगौली सन्धिले निर्धारण गरेको सीमामा खुम्चिएको नेपालको अविभाज्य भूमिमाथि कुदृष्टि लगाएर भारतले अतिक्रमणको निरन्तरतालाई जुन गति दिएको छ त्यसले नेपालको क्षेत्रफललाई अरु खुम्च्याउने धृष्टता गरेको छ । सुगौली सन्धिको धारा ५ ले नेपालको पश्चिमी सीमा कालीनदी भएको प्रष्ट किटान गरेको र बृटिशकालीन भारतीय सर्वेयरले सन् १८२७ र १८५६ मा जारी गरेको नक्सामा पनि नेपालभूमि भनी प्रष्ट किटान भएको कालीनदीको मुहान  यताको लिम्पियाधुरा, लिपुलेक र कालापानीको ३ सय ७२ वर्गकिलोमिटर क्षेत्रफलको भूभाग स्थायी रूपमा हडप्ने भारतको कुत्सित प्रयासको पर्दाफास भएको छ । 
नेपाल चीन सम्बन्धको नयाँ आयाम
Tuesday, 10.22.2019, 01:28pm
चिनिया राष्ट्रपति सी चीङफिङको अघिल्लो हप्ता सम्पन्न भएको दुई दिने नेपाल भ्रमणको ऐतिहासिक महत्व, उपलब्धि र द्विपक्षीय सम्बन्धको भावी दिशावारेका चर्चा–परिचर्चाहरू अझै ताजै छन् । नेपाल र चीनबीचको बहुआयामिक पारस्परिक सम्बन्धलाई भविष्य–दृष्टि र दिशा दिनेतर्फ लक्ष्योन्मुख रहेको यो भ्रमण दुई देशबीचको चासो र सरोकारको मात्र विषय नबनी दक्षिण एसियाली क्षेत्रकै ’कनेक्टिभिटी’ विस्तारसंग पनि जोडिएकाले यसको दूरगामी महत्व रहेको निर्विवाद नै छ । परिवर्तीत विश्व सन्दर्भमा चीनको आर्थिक (राजनीतिक क्षेत्रमा बढिरहेको अतुलनीय भूमिकाकै कारण पनि चीनसित भूसीमा जोडिएको नेपालसंग चीनको बढ्दो हिमचीम स्वाभाविक रूपमा नै अन्तर्राष्ट्रिय चासोको बनिरहेको देखिन्छ । 
राष्ट्रपति सीको नेपाल भ्रमण
Tuesday, 10.15.2019, 11:43am
नेपालको उत्तरी छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी जिनफिङको हालै सम्पन्न नेपाल भ्रमण नेपाल र चीनबीचको प्रागऐतिहासिक र आधुनिक सम्बन्धलाई नयाँ दृष्टि र दिशा दिन पूर्णतः सफल रहेको विश्वास नेपाली जनताले गरेका छन् । चीन नेपालको घनिष्टतम र भरपर्दो मित्रदेश हो र सार्वभौमिक समानताका आधारमा नेपालसित बहुआयामिक सम्बन्ध परिचालित गर्न निरन्तर उत्सुक र अग्रसर छ भन्ने विश्वासलाई सान्दर्भिक भ्रमणले थप पुष्टि गरेको छ । चीनले नेपालको सार्वभौमिकताको सम्मान गर्दैआएको र नेपालको सर्वाङ्गिण विकासमा निस्वार्थ सहयोग प्रदान गर्दैआएको तथ्यप्रति आम नेपाली जनता अवगत छन् । 
बडादशैँको शुभकामना
Wednesday, 10.02.2019, 05:14pm
नेपालीहरूको महान चाड बडादशैँ गत आइतबारदेखि सुरू भएको छ । वैदिक सनातन धर्माबलम्बीहरूले विशिष्ट चाडपर्वका रूपमा मनाइँदै आएको बडादशैँको नेपाली समाजमा ठूलो महत्व छ । नेपाल राष्ट्रभित्र रहेका नेपालीहरूका लागि मात्र होइन मुलुक बाहिर बिभिन्न देशमा छरिएर रहेका नेपालीहरूमा पनि बडादशैँको पर्वले विशेष उत्साह र उमङ्ग ल्याउने गरेको छ । आफ्नो धर्म, संस्कृति र परम्पराप्रति गर्व नगर्ने र त्यसमा नरमाउने विरलै नेपालीहरू छन् । नेपाल बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भए पनि बडादशैँको अवसरले विभिन्न धर्म र संस्कृतिका अनुयायीहरूले पनि यो अवसरलाई पारिवारिक मिलन र धार्मिक सांस्कृतिक सहिष्णुताको नमूनाका रूपमा ग्रहण गर्दैआएकाले बडादशैं आम नेपालीको अनुपम सांस्कृतिक पर्वका रूपमा प्रचलित छ । 
संविधानको चारवर्ष
Wednesday, 09.25.2019, 03:44pm
नेपालमा पहिलोपटक जननिर्वाचित संविधानसभाले बनाएको संविधान चारवर्ष यतादेखि कार्यान्वयनमा छ । देशलाई विधिको शासनको प्रत्याभूति दिँदै यसले आत्मसात गरेका आधारभूत संरचना र मान्यताप्रति संस्थागत सुदृढताको बोध गराउँदै संस्कारगत रूपले लोकतन्त्रिक अभ्यासलाई सुदृढ र विश्वसनीय बनाउँदै जानु संवैधानिक गतिशीलताको अपरिहार्यता हो । संविधान देशको मूल कानून भएकाले यसको परिपालनमा सरकार, प्रतिपक्ष र आमनागरिकको निष्ठापूर्ण सक्रियता अनिवार्य छ । तर संविधानले लिखित रूपमा प्रत्याभूत गरेका कुराहरूको परिपालनमा कमजोरी देखिँदै गयो भने त्यसले जनमानसमा वितृष्णा जगाउने, राजनीतिक विद्रोहको स्थिति सिर्जना गर्ने र संविधान एवं त्यसबाट स्थापित गर्न खोजिएको संरचना र अन्ततः पद्धति नै खलबलिने जस्ता अनपेक्षित नतिजाहरू स्वतः देखा पर्दैजाने विगतदेखि वर्तमानसम्मका अनेक प्रकरणले सिद्ध गर्दैआएको वास्तविकता हो ।
कुटनीतिक सन्तुलनको समस्या
Tuesday, 09.17.2019, 12:10pm
नेपालले वैदेशिक सम्बन्ध परिचालनमा देशको भूराजनीतिक संवेदनशीलताको मर्मलाई सर्वााधिक ख्याल गर्नु अनिवार्य छ । तर विदेशी शक्तिकेन्द्रहरूलाई रिझाउने क्रममा अदृश्य र अकथ्य रूपमा गरिने व्यवहारहरू जहिले पनि समस्याका रूपमा अनुभूत हुँदैआएका छन् । नेपालको भूअवस्थितिलाई आआफ्नो रणनीतिक स्वार्थअनुरूप उपयोग गर्ने वैदेशिक शक्तिकेन्द्रहरूको निरन्तरको प्रयासको चपेटामा नेपाल वारम्वार पर्ने गरेका घटना र विवरणहरूको लामो शृङ्खला छ । नेपालले पञ्चशीलका आधारमा वैदेशिक सम्बन्ध परिचालन गर्ने र असंलग्न परराष्ट्रबाट विचलित नहुने प्रतिबद्धता व्यक्त गर्दैाएको भए पनि वैदेशिक सम्बन्ध परिचालनमा तदर्थवादी प्रवृत्ति कायम रहँदैआएकाले बेलाबखत विश्वसनीयताको सङ्कट उत्पन्न हुनेगरेको कटुयथार्थ उजागर हुनेगरेको छ । 
नेताहरूको रहस्यमय मौनता
Tuesday, 09.10.2019, 08:20am
नेपालको आन्तरिक राजनीति परिवर्तनमा बाह्यशक्तिको रणनीतिक भूमिकाबारेलाई लिएर बेलाबखत गम्भीर प्रकृतिका विषय प्रसङ्गहरू उजागर हुनेगरेका गरेका छन् । भारतको जासुसी संस्था ’रअ’का एक पूर्व अधिकारी अमर भूषणको हालै प्रकाशमा आएको ’इनसाइड नेपाल’ नामक पुस्तकले पनि भारतको रणनीतिक स्वार्थअनुरूप नेपालको आन्तरिक राजनीतिक परिवर्तन र दिशा निर्धारणका निम्ति आर्थिक लगानीसमेत गरी राजनीतिक समूहहरू र नेताहरूलाई प्रभावकारी ढंगले उपयोग गरेको रोमाञ्चक कथा प्रस्तुत गरेको छ । 
उज्यालो नक्षत्रको विदाइ
Tuesday, 08.20.2019, 01:27pm
मदनमणि दीक्षित नेपाली वाङ्मयका उज्यालो नक्षत्र हुनुहुन्थ्यो । युवा अवस्थामा राजनीति र पत्रकारितामा उहाँको सक्रिय संलग्नता रहेको भए पनि प्रौढावस्थामा भने उहाँ साहित्य सिर्जनामा नै समर्पित देखिनुभएको थियो । प्रखर राजनीतिक विश्लेषक, आलोचनात्मक चेत भएको नीर्भिक पत्रकार एवं पूर्वीय र पाश्चात्य दर्शनका विशिष्ठ अध्येताका रूपमा निर्मित र विकसित भएको उहाँको अतुलनीय व्यक्तित्वले नेपाली समाजमा खास गरी वाङ्मयका क्षेत्रमा दिएको योगदानको वास्तविक मूल्याङ्कन गर्ने दायित्व वर्तमान र भावी पुस्तालाई सुम्पिएर उहाँ विदा हुनुभएको छ ।
दुर्नियतिको घनचक्कर
Tuesday, 07.30.2019, 12:33pm
देशको वर्तमान अवस्था कुनै पनि दृष्टिले उत्साहप्रद र भविष्यप्रति आश्वस्त हुनसक्ने नदेखिनु गम्भीर चिन्ताको विषय हो । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कुटनीतिक हरेक क्षेत्रमा प्रत्यक्ष रूपमा देखिँदैआएका परिदृश्यहरूले मुलुक स्थायित्व, विकास र समृद्धि, सद्भाव, आफ्नोपनाको रक्षा र सन्तुलित वैदेशिक सम्बन्ध विस्तारको वाञ्छित दिशामा अगाडि बढेको आभास र प्रत्याभूति दिने प्रकृतिका कुनै लक्षण देखिन नसक्नु वर्तमान समयले खडा गरेको सर्वा्धिक ठूलो चुनौती हो । मुलुकमा अहिले पाँच वर्ष राज्य सञ्चालन गर्ने लोकप्रिय जनादेश पाएको सरकार स्थापित छ तापनि स्थायित्वबोध हुनसक्ने विश्वसनीय वातावरण सिर्जित छैन ।
डुवानको नियतिः सधैँको सन्त्रास
Monday, 07.22.2019, 05:39pm
यो वर्ष पनि आसारको अन्तिम हप्ता देशका विभिन्न भागमा भएको अबिरल वर्षाका कारण ९० जनाभन्दा बढीले ज्यान गुमाए, ३० जनाभन्दा बढी अझै हराइरहेका छन् र घाइते हुनेहरूको सङ्ख्या पनि निकै छ । बाढी, पहिरो र डुवानमा परी विस्थापित हुनेहरूको संख्या दशौं हजार छ । लाखौं बिघा जमिनको खेतीबाली नष्ट भएको छ, दैनिक ज्यालादारी गरेर गुजारा गर्नेहरूको रोजीरोटी गुमेको छ । हरेक सालको वर्षायाममा सिर्जित हुने यस्ता संवेदनशील घटनाहरू नियमित आकस्मिकताकै रूपमा निरन्तर दोहरिँदै र थप विस्तारित हुँदैआएका छन् । चलनचल्तीको भाषामा बाढी, पहिरो र डुवानलाई प्राकृतिक प्रकोप वा दैवी प्रकोप भनेर मानव सिर्जित समस्याका मुहानहरूको ढाकछोप गर्ने बञ्चनीय प्रवृति पनि यथास्थितिमा नै छ ।
मौलिक संस्कृतिको जगेर्ना होस्
Tuesday, 06.18.2019, 02:46pm
संघीय सरकारले बैशाख १७ गते राष्ट्रियसभामा दर्ता गरेको ‘गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५’ को विरोधमा काठमाडौं, ललितपुर र भक्तपुरमा शृङ्खलाबद्ध रुपमा जनप्रदर्शन भैरहेको छ । जेठ ६ गते राष्ट्रियसभामा टेवुल गरिएको र १३ गते सैद्धान्तिक छलफलका प्रस्तुत गरिएको सो विधेयकको अहिले चौतर्फी विरोध भैरहेको छ ।
परिणामदायी कार्यान्वयन ः बजेटको ठूलो चुनौती
Wednesday, 06.05.2019, 12:37pm
अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा जेठ १५ गते पेश गर्नुभएको आगामी आर्थिक वर्ष २०७६।०७७ को बजेटबारे गत आइतवारदेखि संसदमा औपचारिक छलफलको क्रम सुरू भएको छ । समृद्ध नेपाल र सुखी नेपालीको नारा घन्काएर दुई तिहाइ बहुमतको सरकार हाँकिरहेको नेकपा सरकारको अनुहारलाई यो बजेटले कुन रूपमा प्रतिबिम्बित गरेको छ भन्नेबारे नेपाली समाजमा यतिखेर खुला बहस चलिरहेको छ । 
भारतमा मोदीको पुनरोदय
Tuesday, 05.28.2019, 11:14am
भारतमा हालै सम्पन्न भएको लोकसभा निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले ५ सय ४३ स्थानमध्ये ३ सय ५२ स्थानमा विजय हाँसिल गरेर सत्ता निरन्तरतालाई सुनिश्चित गरेपछि नेपाल लगायतका छिमेकी देशसितको सम्बन्धमा कस्तो असर पर्ने हो भन्नेतिर उत्सुकता र चासो व्यापक रूपमा बढेको छ । सन् २०१४ आम निर्वाचनमा पहिलोपटक पूर्ण बहुमतका साथ सत्तारूढ भएको भाजपालाई प्रधानमन्त्री नरेन्द्र मोदीले जुन सबल र गतिशील नेतृत्व दिए त्यसले यस पटकको निर्वाचनलाई थप मोदीमय बनाएको प्रष्टै देखियो । 

कता छ विधिको शासन ?
Tuesday, 04.30.2019, 01:49pm
नेपालमा विधिको शासन कहिले कसरी स्थापित होला भन्ने अहं प्रश्न वर्तमान सन्दर्भमा पनि उत्तिकै गम्भीररूपमा खडा भएको छ । सतहमा हेर्दा देशमा जनताकै निर्वाचित प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको संविधान लागुभएको छ । जनताले उत्साहपूर्वक मतदान गरेर विधायिकामा पठाएका जनप्रतिनिधिहरूकै दुई तिहाइ बहुमतको सरकार स्थापित छ । तर विधि विधानअनुरूप शासन व्यवस्था चल्ननसकेको र विकृति र विसङ्गतिका लहरले राज्यसंयन्त्रका हरेक क्षेत्रलाई नराम्रोसंग गाँजिरहेको यसबीचमा उजागर भैरहेका विविध घटनाले प्रष्टै इङ्गित गरिरहेका छन् । 
  » नागरिकतामा खेलबाड रोकिएन !
  » भावनात्मक स्वर लहरीको गुञ्जन
  » विपद व्यवस्थापनमा दक्षताको प्रश्न
  » खुल्ला त समृद्धिको बाटो ?
  » लगानी सम्मेलनको सार्थकता
  » द्वन्द्व विस्तारको असङ्गत कसरत
  » यी प्रश्नको जवाफ कसले दिने ?
  » जनताको विश्वासमाथि तुषारापात
  » आन्तरिक उत्पादन निरुत्साहित
  » बडादशैंको शुभकामना
  » नागरिकतामा फेरि चलखेल
  » रहस्यमय मौनता
  » राष्ट्रिय लगानी बालुवामा पानी
  » बिजुली बिक्रीको नयाँ सपना
  » जघन्य अपराधका शृङ्खलाबद्ध घटना
  » आत्मनिर्भरताको दुन्दुभी र वास्तविकता
  » अस्थिरताको पुनः बीजारोपण !
  » सरकारले खुट्टा नकमाओस्
  » विदेशी दाताहरूको चलखेल
  » पाँचवर्षका केही मीठा सपना



 
::| Latest News

 
[Page Top]