युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 01.18.2019, 10:00am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
संकीर्ण स्वार्थका नियोजित खेलहरू
Tuesday, 08.08.2017, 06:21pm
देश अहिले कति नाजुक हालतमा पुगेको छ र सरकार जनताप्रति कति संवेदनहीन छ भन्ने कुराका अनेकौं उदाहरणहरू नियमित आकस्मिकताका रुपमा निरन्तर उजागर हुँदैआएका छन् । राजधानीभित्रै ढलमा डुबेर ससाना स्कूले नानीहरूले  ज्यान गुमाउनुपरेको घटनाको खाटो नबस्दै रौतहटको गरुडानगरपालिका ४ का चारजना नानीहरूले सडक निर्माण गर्दा बनाइएको खाल्डोमा डुबेर ज्यान गुमाउनुपरेको अर्को हृदयविदारक घटना सार्वजनिक भएको छ । नेपालमा सडकहरूको दुर्दशा देशव्यापी रुपमा विस्तारित छ र दुर्घटनाका अनेक दुःखद घटनाहरू बारम्बार दोहोरिने गरेका छन् । हालत सडकको दुर्दशामा मात्रै सीमित छैन– देशका हरेक क्षेत्रमा जनताप्रति उत्तरदायित्व बहन गर्ने शासकीय संस्कार नबसेकाले त्यसको दुष्परिणाम हरेक क्षेत्रले भोगिरहेको छ । 
आर्थिक समृद्धिको सपना मात्र
Wednesday, 07.26.2017, 03:03pm
नेपालका सत्ताधारीहरूले जनतालाई आर्थिक समृद्धिको सपना देखाउन थालेको धेरै भयो तर मुलुक भने सो बाटोमा अगाडि बढ्नुको सट्टा झन्झन् पछाडि धकेलिएको तथ्य वारम्वार उद्घाटित हुँदैआएको छ । सत्ताधारीहरूमा भ्रमित धारणा व्याप्त रहने गरेको, मुलुकको वास्तविकतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रिय नीति तर्जुमा गर्ने र तदनुरुपको कार्यक्रम बनाई प्रतिबद्ध ढंगले काम गर्ने कुनै प्रयास नहुनेगरेको र सत्तास्वार्थका लागि मुलुकभित्रका अनेक पक्षसंग असङ्गत गठबन्धन गर्ने गरेको एवं बाह्यशक्तिसंग आत्मसमर्पण गरी निर्देशित रूपमा कदम चाल्ने विसंगत चरित्रको विकास गरेकाले नै मुलुकले वाञ्छित समृद्धिको मूलमार्ग पहिल्याउन नसकेको अहिलेसम्मको परिणामले देखाएको छ ।
देखावटी आचारसंहिता
Wednesday, 06.28.2017, 11:58am
संघीय संरचना अनुरुपका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय निकायमा भोलि निर्वाचन हुँदैछ । गत बैशाख ३१ गते पहिलो चरणमा भएको निर्वाचनको नतिजा भरतपुर महानगरपालिका बाहेकको २८२ स्थानको नतिजा प्रकाशमा आइसकेको छ भने प्रदेश नं. २ को निर्वाचन तेस्रो चरणमा असोज २ गते गर्ने निर्णय सरकारले गरेको छ । विगत १५ वर्षदेखि जनप्रतिनिधिविहीन रहेका स्थानीय निकायलाई पुनः संरचित गरी स्थानीय तहमा परिणत गरेपछि पहिलोपटक सम्पन्न हुन गैरहेको यो निर्वाचनप्रति व्यापक जनउत्सुकता रहेको र तदनुरूप नै जनसहभागिता देखिएको पहिलो चरणको सम्पन्न निर्वाचन र भोलि हुन गैरहेको दोस्रो चरणको निर्वाचनप्रति देखिएको उत्साहले नै पुष्टि गरेको छ ।
निर्वाचन सार्ने घातक निर्णय
Thursday, 06.22.2017, 12:15pm
स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि चारवटै प्रदेशमा उत्साहप्रद वातावरण सिर्जना भएको र निर्वाचन आयोगले पनि सम्पूर्ण तयारी पूरा गरिसकेको बेलामा नवगठित देउवा सरकारले प्रदेश नं २ मा तत्काल निर्वाचन नगरी तेस्रो चरणमा असोज २ गते गरेर विभाजित मानसिकतालाई मलजल गर्ने घातक निर्णय गरेको छ । अखण्ड नेपालविरुद्ध निर्देशित रुपमा क्रियाशील एउटा सानो जमातको जे गरे पनि चित्त नबुझ्ने मनोदशालाई आधार बनाएर पटक पटक निर्वाचन सार्ने जुन निर्णय हुँदैआएको छ त्यसले आफ्नो मत दिएर आफ्ना प्रतिनिधि चुन्ने र आफ्नै प्रतिनिधिको नेतृत्वमा स्थानीय विकासको गति निर्धारण गर्ने जनताको नैसर्गिक लोकतान्त्रिक अधिकारमाथि बारम्बार जुन खेलबाड भैरहेको छ त्यसले मुलुकको उज्यालो भविष्य निर्माण हुन नदिने षडयन्त्रात्मक गतिविधिलाई नै प्रकारान्तरले मलजल गरिरहेको छ ।
राजनीतिक प्रदुषणको प्रभाव
Thursday, 06.15.2017, 12:58pm
विकृतिजन्य राजनीतिक अभ्यासले मुलुकको राजनीतिक मूलधार नै निरन्तर प्रदुषित र समस्यामूलक बन्दैगएको छ । महत्वपूर्ण संवैधानिक निकायदेखि लिएर राज्यका विभिन्न तहमा राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्त गर्ने परिपाटी बसेकाले स्वतन्त्र र स्वायत्त निकायहरूमा प्रमुख राजनीतिक दलहरूको अनपेक्षित प्रभाव मुखरित हुँदैगएको छ र ती निकायबाट हुने निर्णयहरू निरन्तर राजनीतिक विवादका विषय बन्ने गरेका छन् । स्वतन्त्र न्यायपालिकादेखि लिएर अख्तियार दुरूपयोग अनुसन्धान आयोग एवं निर्वाचन आयोग जस्ता संवैधानिक निकायमा समेत राजनीतिक आस्थाका आधारमा भागबण्डा गरी पदाधिकारी नियुक्त गर्ने जुन गलत प्रणाली बसालिएको छ । 
सन्देहको निवारण होस्
Wednesday, 05.31.2017, 01:53pm
मुलुक पुनः एकपटक गठबन्धन सरकारले गरेको असंगत र रहस्यात्मक राजनीतिक निर्णयको जञ्जालमा फस्नपुगेको छ । पुनः संरचित स्थानीय तहको २०७४ बैशाख ३१ गते एकसाथ निर्वाचन गर्ने पूर्व निर्णयलाई बदलेर दुई चरणमा निर्वाचन गर्ने सरकारले जुन निर्णय ग¥यो त्यो आफैमा असंगत र रहस्यपूर्ण थियो भन्ने कुरा अहिले विकसित घटनाक्रमले देखाएको छ । बैशाख ३१ गतेका लागि निर्धारित पहिलो चरणको निर्वाचन निर्वाध रुपमा सम्पन्न भएको, त्यसमा व्यापक जनसहभागिता रहेको र त्यसको मतगणनाको परिणामसमेत आइसकेको उपलब्धिपूर्ण स्थिति सिर्जना भैरहेको अवस्थामा जेठ ३१ गतेका लागि निर्धारित दोस्रो चरणको निर्वाचनबारे सन्दिग्ध स्थिति सिर्जना हुनु अनर्थकारी घटना नै हो । 
सवै पक्षले मनन गर्नुपर्ने बेला
Wednesday, 05.24.2017, 11:14am
मुलुक अब स्थानीय निकायको दोस्रो चरणको निर्वाचनको संघारमा पुगेको छ ।  गत बैशाख ३१ गते ३ प्रदेशका ३४ जिल्लाका २ सय ८३  स्थानमा भएको निर्वाचनको समग्र नतिजा आउन बाँकी नै भए पनि सो निर्वाचनमा स्थानीय जनताको जुन उत्साहपूर्ण सहभागिता देखियो र अधिकांश निकायको नतिजाले जे परिणाम देखाएको छ त्यसलाई आधार मानेर हेर्दा दोस्रो चरणको निर्वाचनप्रति पनि उत्तिकै उत्सुकता जागृत भैरहेको र व्यापक जनसहभागितावारे कुनै सन्देह नरहेको सहजै अनुभव गर्न सकिन्छ । 
म्याक्रोनको जस्तै उदय नेपालमा कति सम्भव ?
Wednesday, 05.17.2017, 12:06pm
नेपालमा स्थानीय तहको निर्वाचनको पहिलो चरण सुरु हुँदै गर्दा युरोपेली मुलुक फ्रान्सले युवा राष्ट्रपति पायो । भर्खरै मात्र राजनीति दल गठन गरेका इम्म्यानुएल म्याक्रोनले त्यहाँ लामो समयदेखि स्थापित रहेका दलका प्रभावशाली र राजनीतिक अनुभव संगालेका नेतालाई पछारेर जनताको परिवर्तनको चाहना पूरा गरे । फ्रान्सको त्यो परिवर्तनले विश्व राजनीतिलाई समेत प्रभावित पार्ने निश्चित छ ।
उपलब्धिमूलक निर्वाचन
Wednesday, 05.17.2017, 12:04pm
दुई दशकको अन्तरालपछि हुन गैरहेको स्थानीय तहको निर्वाचन राजनीतिक हिसाबले एउटा ऐतिहासिक घटना हो । स्थानीय निकायको पुनःसंरचना गरी पहिलोपटक भैरहेको यो निर्वाचनले सिंहदरवारमा केन्द्रित रहेको अधिकारलाई नगर(नगर र गाउँगाउँसम्म विकेन्द्रित गर्ने र स्थानीय सरकारमार्फत सेवाग्राही जनतालाई सेवा पु¥याउँदै राष्ट्रिय समृद्धिको जग बसाल्ने जुन राजनीतिक प्रचारवाजी भएको छ त्यसको लेखाजोखा गर्न लामै समयको प्रतिक्षा गर्नुपर्ने भए पनि स्थानीय तहमा जनप्रतिनिधित्वको व्यवस्थापनको अपरिहार्यतालाई यो निर्वाचनले निश्चय नै सघाउ पु¥याउने अपेक्षा गर्न सकिन्छ । 
सन्निकट निर्वाचनको सार्थकता
Thursday, 05.11.2017, 11:40am
वैशाख ३१ गतेको दिन आउन अब ५ दिनमात्र बाँकी छ । पुनः संरचित स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी सरकारले सुरूमा बैशाख ३१ गतेको मिति तोके पनि बीचमा आएर यो निर्वाचन दुई चरणमा गर्ने भनी पूर्व घोषित दिनमा ३ प्रदेशका ३४ जिल्लाका २ सय ८३ तहमा र बाँकी ४ प्रदेशका ४१ जिल्लाका ४ सय ६१ तहमा जेठ ३१ गते निर्णय सरकारले ग¥यो । पहिलो चरणको घोषित निर्वाचनले अहिले पूर्ण गति लिइसकेको छ । उम्मेदवारी दर्ता र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भैसकेको छ । 
निर्वाचनविरूद्ध असंगत चलखेल
Tuesday, 05.02.2017, 02:01pm
निर्वाचनमय बनेको राष्ट्रिय राजनीतिले अनपेक्षित रूपमा कोल्टे फेरेको छ ।  देशभरका ७ सय ४४ वटै स्थानीय तहमा एकै दिन निर्वाचन गर्ने गरी बैशाख ३१ गतेका लागि तोकिएको दिन नजिक आउँदैगर्दा राष्ट्रको अपरिहार्यता र आमजनताको चाहना बनेको सो निर्वाचन पूर्व निर्धारित योजना र कार्यक्रमसाथ हुन नदिन पर्दाभित्रबाट परिचालित सुनियोजित षडयन्त्रका खेलहरू उत्कर्षमुखी बनेका छन् ।
नयाँ वर्षको शुभकामना
Tuesday, 04.18.2017, 11:26am
नयाँ वर्ष २०७४ सुरू भएको छ । शुभकामना सन्देश र शुभकामना आदान–प्रदानको क्रम चलिरहेको छ । विगत वर्षका तीता मीठा अनुभवहरूलाई अभिलेखमा राख्ने र नयाँ वर्षको आगमनलाई सकारात्मक परिणतिको अपेक्षा गर्दै शुभकामना प्रकट गर्ने नेपाली संस्कारको औपचारिक निर्वाह भएको छ । अघिल्लो अघिल्लो वर्षमा पनि यसरी नै नयाँ वर्षको आगमन हुने गरेको थियो । 
घोषित निर्वाचनको चुनौती
Tuesday, 04.11.2017, 04:00pm
देश यतिखेर पूरै निर्वाचनमय भएको सर्वत्र आभास भैरहेको छ तापनि घोषित निर्वाचन निर्वाध रुपमा सम्पन्न हुनका लागि वाञ्छित राजनीतिक वातावरणको सिर्जना भने अझै ठूलो चुनौतीको विषय बनिरहेको छ । पुनः संरचित स्थानीय निकायहरूलाई अधिकार सम्पन्न बनाउने र  सिंहदरबारमा केन्द्रित रहेको अधिकारलाई गाउँपालिका र नगरपालिकाहरूमा विकेन्द्रित गर्ने धेय राखेर तर्जुमा गरिएको सम्वैधानिक प्रावधान अनुरूप हुनलागेको स्थानीय तहको निर्वाचन निर्वाध रुपमा सम्पन्न हुनसके स्थानीय विकासले पनि गति लिने र स्थानीय नेतृत्वको पनि समुचित विकास हुने निश्चित प्रायः नै छ । 
प्रधानमन्त्रीको चीन भ्रमण
Wednesday, 03.22.2017, 02:43pm
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ पर्सी चैत १० गते बिहिवार मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा जानुहुने निश्चित भएपछि राजनीतिक कुटनीतिक क्षेत्रमा उत्कण्ठापूर्ण चर्चा परिचर्चाको नयाँ शृङ्खला सुरू भएको छ । गत साउनमा उहाँको नेतृत्वमा वर्तमान सरकार बनेपछि नेपाल चीन सम्बन्धले वाञ्छित गति लिन नसकेको र पूर्ववर्ती केपी ओलीको सरकारका पालामा भएको सहमति र सम्झौतासमेत तामेलीमा परेको कटु यथार्थबोध भैरहेको अवस्थामा प्रधानमन्त्री प्रचण्डबाट सुरू हुनलागेको भ्रमणले द्विपक्षीय सम्बन्धलाई कुन रूपमा मलजल गर्ने भन्ने उत्कण्ठा जागृत हुनु स्वाभाविक नै छ । 
गोविन्द गौतमको हत्या : सीमा अतिक्रमणको पीडा
Tuesday, 03.14.2017, 10:25am
भारतको सीमा सुरक्षा बलले फागुन २६ गते बिहिबार नेपालको सीमा अतिक्रमण गरी नेपालभूमिमा प्रवेश गरेर कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ८ आनन्दबजारका ३४ वर्षीय गोविन्दप्रसाद गौतमको हत्या गरेको दुःखद घटनाले समस्त नेपालीलाई स्तब्ध र क्षुब्ध बनाएको छ । नेपाल(भारतको सीमा क्षेत्रमा दुवै देशका सम्बन्धित अधिकारीहरूको सहमतिमा निर्मित कल्भर्ट भत्काउन अग्रसर सीमा सुरक्षा बलको ज्यादतीविरूद्ध  एकत्रित भएका सीमा रक्षक नेपालीहरूमाथि नेपालभित्रै पसेर गोली वर्षाउने भारतीय सुरक्षा अङ्गको यो बलमिच्याइँ ,हेपाहा नीति र अतिक्रमणकारी  एवं घृणास्पद दुर्व्यवहारको जति नै निन्दा र भर्त्सना गरे पनि पुग्दैन । 
कालो बादल हटेको छैन
Tuesday, 02.28.2017, 11:26am
सरकारले २०७४ बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा भएको छ । घोषित मितिमा जसरी पनि निर्वाचन गर्ने र यथास्थितिमा निर्वाचन हुन नदिने परस्पर विरोधी मान्यताका कुराहरू राजनीतिक क्षेत्रमा गहन छलफल र बहसका विषय बनेका छन् । २०५४ पछि स्थानीय निकायको निर्वाचन नभएकाले स्थानीय निर्वाचनको अपरिहार्यताबारे कुनै विवाद नभए पनि खासगरी मधेशी मोर्चामा आबद्ध दलहरू उनीहरूको माग अनुरूप संविधान संशोधन नभए निर्वाचनमा सहभागी नहुनेमात्र होइन तराईमा निर्वाचन नै हुन नदिने गरी आन्दोलन गर्ने धम्की प्रवाह गर्न अग्रसर छन् ।
शहीद दिवस : परम्पराको निर्वाहमा सीमित
Tuesday, 01.31.2017, 11:34am
माघ १० गतेदेखि १६ गतेसम्म शहीद दिवस मनाउने २०१२ सालदेखि काठमाडौं नगरपालिकाले परम्परालाई यस वर्ष पनि काठमाडौं महानगरपालिकाले निरन्तरता दिँदै बिंडोसम्म धान्ने काम गरेको छ । माघ १६ गतेको दिनलाई शहीद दिवस मानेर विदा दिने परम्परालाई पनि सरकारले अहिलेसम्म निर्वाह गरिरहेको छ । राष्ट्रको रक्षा, राष्ट्रियताको संरक्षण र जनअधिकारका निम्ति नागरिक चेतना फैलाउने र निरंकुश सत्ताका विरुद्ध विद्रोहको बिगुल फुक्दै संगठनात्मक अभियान छेड्ने क्रममा निरंकुश सत्ताको कठोर यातना भोग्दै आत्मसमर्पण नगरी जीवन आहुति दिएका महान व्यक्तित्वहरू नै सही अर्थमा शहीद हुन् ।
राष्ट्रिय मार्गचित्रको अपरिहार्यता
Wednesday, 01.18.2017, 12:54pm
देश भयावह संकटको दिशातिर उन्मुख भएको सन्देश वर्तमान राजनीतिक परिस्थिति र घटनाक्रमले दिएको छ । नेपालको राष्ट्रिय एकता र अखण्डतामाथि नै आँच पुर्याउने गरी बढिरहेका गतिविधिले राष्ट्रियता खतरामा परेको र देश बिखण्डनको संघारतिर धकेलिएको आभासले राजनीतिक गैरराजनीतिक हरेक क्षेत्रका सचेत नागरिकलाई झक्झक्याइरहेको छ । सिंगो देश निहित स्वार्थप्रेरित राजनीतिक संकीर्णता, भागबण्डा र सत्ता लोलुपताको विकारजन्य प्रवृत्तिको दुश्चक्रमा फस्दैगएको छ ।
पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसको सन्दर्भ
Thursday, 01.12.2017, 01:36pm
पुस २७ गते नेपालको राष्ट्रिय एकता दिवस । नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको २९५ औं जन्मदिन । स्वतन्त्र, सार्वभौम, अखण्ड, सुसंगठित, एकतावद्ध, विकसित, समृद्ध नेपालको निरन्तर अभिलाशा राख्ने सम्पूर्ण देशभक्त नेपालीहरूले गर्व गर्नुपर्ने दिन । वि.सं. १७७९ को पुस २७ गते सानो पहाडी राज्य गोरखाको राजदरबारमा जन्मिएका पृथ्वीनारायण शाहले २० वर्षको सानो उमेरमा नै राज्यसञ्चालनको उत्तराधिकार ग्रहण गरेपछि विशाल नेपाल निर्माणको महाअभियान थालनी गरेर नेपालको नव निर्माण गरेकाले नै आज हामी स्वतन्त्र नेपाली रहन पाएका हौं । 
राष्ट्र रक्षाको अहं प्रश्न
Wednesday, 01.04.2017, 12:00pm
सरकारले संविधान संशोधनको बहु विवादित प्रस्तावलाई जसरी पनि संसदीय प्रक्रियामा अगाडि बढाउने भएको छ । सरकारले संसदमा ५ नं. प्रदेशको सीमाङ्कन हेरफेर, अंगीकृत नागरिकलाई संवैधानिक उच्च पदमा पुग्न सहज गराउने, हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन बाटो खोल्ले र जनसंख्याका आधारमा प्रतिनिधित्व व्यवस्थित गर्ने आशयसहितको प्रस्ताव दर्ता गराएपछि नेपालको आन्तरिक राजनीतिमा ठूलो हुँडलो मच्चिएको जगजाहेर नै छ । 
  » आयातीत मुद्दाहरूको फन्दा
  » आम सजगताको खाँचो
  » राजनीतिक द्वन्द्वको नयाँ चक्र
  » संविधान संशोधनको नियत र नेपालको नियति
  » राजनीति र नागरिकता
  » मुखर्जी भ्रमणको उपलब्धि के ?
  » बडा दशैंको शुभकामना
  » असामान्य र असंगत स्थिति
  » उदाहरणहीन सम्बन्धका अनेक पाटाहरू
  » कर्मकाण्डीय भारत भ्रमण
  » राष्ट्रिय बहसको खाँचो
  » अहिलेको मूल प्रश्न
  » देशभक्त नेपालीको चाहना
  » नयाँ प्रधानमन्त्रीका चुनौतिहरू
  » सत्ता राजनीतिको नयाँ मोड
  » अस्थिरताको अर्को सृङ्खला
  » जटिलताको गाँठो फुक्ला ?
  » शैक्षिक सुधारको बाटो
  » उहापोह स्थिति
  » स्थानीय चुनावको चुनौती



 
::| Latest News

 
[Page Top]