युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 09.23.2018, 10:08am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
राजनीतिक व्यवस्थापनको समस्या
Monday, 02.03.2014, 06:11pm
जननिर्वाचित नयाँ सरकार गठन र एक वर्षभित्रै नयाँ संविधान जारी गर्ने गरी गरी संविधान निर्माणको थालनीको तीब्र आकाङ्क्षाकासाथ मंसिर ४ को निर्वाचनमा उत्साहका साथ सहभागी भएका नेपाली जनता आफ्ना नेताहरूको चाल देखेर बिलखबन्द भैरहेका छन् ।
माफियातन्त्रविरुद्ध राष्ट्रिय जागरणको खाँचो
Monday, 01.27.2014, 04:40pm
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द के.सी.ले चिकित्सा शिक्षा क्षेत्रमा भएको माफियाकरणविरुद्ध सात सूत्रीय माग राखी पुस २७ गते सुरु गर्नुभएको आमरण अनशन १४ दिनपछि माघ १० गते तोडिएको छ । सो क्षेत्रमा व्याप्त माफियाकरणको प्रत्यक्ष–परोक्ष हिस्सेदार रहेको सरकार र त्रिभुवन विश्वविद्यालयका उच्च पदाधिकारीहरू अन्ततः डा. के.सी.को उच्च नैतिक मनोबल र उहाँले व्यापक रुपमा पाउनुभएको समर्थनका सामु हार खान विवश भए ।
डा. के.सी.को अनसन
Tuesday, 01.21.2014, 08:41am
शिक्षण अस्पताल महाराजगञ्जका बरिष्ठ चिकित्सक डा. गोविन्द के.सी. विगत १० दिन देखि आमरण अनसनमा हुनुहुन्छ । उहाँले ७ सूत्रीय माग अगाडि राखी चिकित्सा शिक्षा क्षेत्रमा व्याप्त संरक्षित भ्रष्टाचारको एउटा पाटोविरुद्ध उठाएको आवाजले यतिखेर सिंगो देशलाई कम्पित बनाएको छ ।
सवैलाई चेतना भया
Monday, 01.13.2014, 06:28pm
नेपालको इतिहासमा पुस २७ गतेको बिशिष्ट महत्व छ । वि.सं. १७७९ पुस २७ गते गोर्खा दरवारमा जन्मिएका पृथ्वीनारायण शाहले २२ से २४ से राज्यमा टुक्रिएर रहेका यो भूखण्डका ससाना राज्यहरूलाई एक सूत्रमा बाँधेर एकीकरण गरी विशाल नेपालको निर्माण गरेकाले उनको जन्म दिनको विशेष ऐतिहासिक महत्व छ ।
राजनीतिक विकृतिका अनेक रुप
Monday, 01.06.2014, 03:45pm
नेपालको वर्तमान राजनीति विकृतिजन्य अनेक अभ्यासका कारण वितृष्णामुखी बन्दै गएको छ । संविधानसभा–२ को निर्वाचनले राष्ट्रिय राजनीतिलाई निकासमुखी दिशातिर निर्देशित गर्नेछ र संविधान निर्माणको बाटो सहज बनाउने छ भनी आमरुपमा गरिएको अपेक्षामाथि सुरुदेखि नै तुषारापात भैरहेको छ ।
संविधानसभाको सर्बाेच्चतामाथि अङ्कुश
Monday, 12.30.2013, 04:43pm
संविधानसभा–२ को निर्वाचनले मुलुकलाई राजनीतिक विसंगतिबाट मुक्त गर्दै विधिसम्मत दिशातिर डोर्याउने छ भनी गरिएको आमअपेक्षा विपरीत  आठ दलका नेताहरूले संविधानसभाको सर्वोच्चता माथि नै अंकुश लगाउने हर्कत सुरु गरेका छन् । संविधानसभा जननिर्वाचित सर्वाेच्च निकाय हो र मुलुकको राजनीतिक दिशा निर्धारण गर्दै संविधान निर्माण गर्ने दायित्व पनि यसैको हो ।
चाँडै हटोस् निराशाको बादल
Tuesday, 12.24.2013, 07:11pm
लामो समयदेखि अन्योल र अनिश्चयको भूमरीमा परेको मुलुकको राजनीतिक परिस्थितिमा तत्काल सुधार होला भन्ने जनताले गरेको अपेक्षा पनि विस्तारै धुमिल हुँदै जान थालेको छ । इतिहासमै दोस्रोपटक पाएको संविधानसभा कहिले गठन हुने हो पत्तो छैन । दलका नेताहरूले यतिबेला निर्वाह गरिरहेको भूमिका देखेर आम जनतामा निराशा बढ्न थालेको छ । मुलुकको राजनीति पुनः कालो बादलले ढाक्दै लगेको छ । 
राजनीतिक व्यवस्थापनको चुनौति
Tuesday, 12.17.2013, 08:00am
संविधानसभा–२ को निर्वाचन सम्पन्न भएको पूरै एक महिना बितिसक्दा पनि संविधानसभा गठन प्रक्रियाले तत्काल पूर्णता पाउने कुनै लक्षण देखिएको छैन । 
मण्डेलाको महाप्रस्थान
Tuesday, 12.10.2013, 11:19am
वर्तमान विश्व राजनीतिक परिवेशमा सर्वाधिक सम्मानित व्यक्तित्वका रुपमा सुपरिचित राजनेता नेल्सन मण्डेलाको गत बिहिवार ९५ वर्षको उमेरमा भएको देहावशानको दुःखद खवर अहिले संसारभर छाएको छ । दक्षिण अफ्रिकामा रंगभेदविरुद्ध आन्दोलन चलाएर लामो समय संघर्षमा होमिएका मण्डेलाले २७ वर्ष लामो जेल जीवन विताएर आस्था र विश्वासको राजनीतिमा नयाँ कीर्तिमान खडा गरेका  थिए । 
नियतिको प्रताडना
Thursday, 12.05.2013, 01:54pm
संविधानसभा–२ को निर्वाचन नतिजा आएपछि राजनीतिक क्षितिजमा मडारिन थालेको कालो बादलले मुलुकलाई द्वन्द्वको अवशानतिर भन्दा थप समस्या सिर्जनाको बाटोतीर धकेल्न थालेको प्रचूर आभाश हुनथालेको छ ।
ताजा जनादेशको स्वीकार्यता
Thursday, 11.28.2013, 08:44am
संविधानसभा-२ को निर्वाचन सफलतासाथ सम्पन्न भएको छ । ७० प्रतिशत मतदाताले उत्साहका साथ सहभागिता जनाएको यो निर्वाचनले मुलुकलाई नयाँ दिशा दिएको छ । गत निर्वाचनमा धेरै पछि धकेलिएका नेपाली काङ्ग्रेस र नेकपा एमालेले यसचोटी उल्लेख्य सफलता हाँसिल गरेका छन् र क्रमश: पहिलो र दोस्रो स्थान प्राप्त गरेका छन् । संविधानसभा-१ को निर्वाचनमा अग्रता हाँसिल गरेको नेकपा माओवादी संविधानसभा-२ को निर्वाचन हुनुभन्दा अघि नै विभाजित हुनपुगेको पृष्ठभूमि र मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले निर्वाचन बहिष्कारगरेको सन्दर्भले यसपटकको निर्वाचनमा एनेकपा माओवादीलाई ठूलो झट्का दिएको छ र निक्कै कम स्थानमा जितेर तेस्रो स्थानमा झरेको छ । 
उज्यालो भविष्यको कामना
Tuesday, 11.19.2013, 03:01pm
आज संविधानसभा–२ को निर्वाचन हुँदैछ । एक करोड साँढे एक्काइस लाख मतदाताले आजको मतदानमा भागलिने अधिकार पाएका छन् । प्रत्यक्ष र समानुपातिकमा गरी १७ हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । चुनावमा प्रतिस्पर्धा गर्ने दलहरूको संख्या २ सय २२ छ ।
संविधानसभा–२ : निर्वाचनको सार्थकता
Wednesday, 10.30.2013, 01:55pm
देश यतिखेर संविधानसभा–२ को निर्वाचनको संघारमा छ । इतिहासमा एकपटक मात्र आउने अवसरका रुपमा चित्रित हुँदैआएको संविधानसभाको चुनावलाई नेपाली जनताले नयाँ अभिलेख खडागर्दै दोस्रो पटक वरण गरिरहेको अवस्था छ । संविधानसभा–१ ले दुई वर्षका लागि प्राप्त जनादेशको अवधि र आवश्यकताको सिद्धान्तका आधारमा थपिएको अर्काे दुई वर्षमा पनि संविधान बनाउन नसकेको पीडादायी वास्तविकतालाई पृष्ठभूमिमा राखेर हुन लागेको संविधानसभा–२ को निर्वाचनले मुलुकलाई जनअपेक्षा अनुरुप संविधान दिनसक्छ सक्दैन त्यो भविष्यकै गर्तमा छ । 
बडा दशैं : सवै नेपालीमा शुभकामना
Tuesday, 10.08.2013, 11:14am
बडा दशैं सबै नेपालीको घर–दैलोमा आइपुगेको छ । आध्यामिक चेतनाले अनुप्राणित नेपाली समाजमा बडा दशैंको धार्मिक–सांस्कृतिक महत्व बिशिष्ट छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरू हुने र नौ दिनसम्म शक्तिमाता दुर्गा भवानीको पूजा–आराधना गरी मनाउँदै दशौं दिन मान्यजनहरूको हातबाट  विजया दशमीको टीका ग्रहण गरी उल्लासमय वातावरणमा यो चाडपर्व मनाइन्छ । 
आवेग होइन विवेकको खाँचो
Wednesday, 10.02.2013, 01:24pm
देशको समग्र वातावरण यतिखेर निर्वाचनमय भएको प्रतीत हुन्छ । मंसिर ४ गते हुने भनिएको संविधानसभा(२ को निर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवार चयनको अन्तिम कसरतमा छन् । तर नेकपा–माओवादी र उसको नेतृत्वको ३३ दलीय मोर्चालाई बाहिर राखेर निर्वाचन गर्दा शान्तिपूर्ण वातावरणमा निर्वाचन हुनसक्ने कुरामा शंका व्यक्त भैरहेको छ
आर्थिक मुद्दामा ध्यान जावस्
Wednesday, 09.18.2013, 12:21pm
देशको अर्थ व्यवस्था दिन प्रतिदिन जर्जर बन्दैगएको छ । मुलुक सधैं राजनीतिक रन्थमोलको स्थितिबाट गुज्रेकाले आर्थिक मुद्दाहरू निरन्तर ओझेलमा परेका छन् । मुलुकले छ दशकको अन्तरालमा पनि राजनीतिक स्थायित्व कायम गर्न नसकेकाले त्यसको प्रतिकूल असर आर्थिक क्षेत्रमा पर्दैगएको छ ।
राष्ट्रियता र निर्वाचन
Tuesday, 09.10.2013, 06:56pm
मुलुक विस्तारै निर्वाचनमय बन्दैगएको छ । मोहन वैद्यको नेतृत्वको ३३ दलीय गठबन्धन बाहेकका प्रायः सवै दलहरू संविधानसभा–२ को निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रियागत कसरतमा छन् ।  मंसिर ४ गतेको नेटोमा पुग्न अब अढाइ महिना पनि बाँकी छैन । मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी दल अब निर्वाचनमा भागलिने सहमतिमा आइसकेका छन् ।
जवाफदेहिताविहीन मौनता
Wednesday, 09.04.2013, 12:37pm
नेपाल र भारत दुवै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हुन् तापनि नेपालको आन्तरिक मामिलामा भारतले राख्दैआएको अनपेक्षित चासो र नांगो रुपमा भैरहेको हस्तक्षेपले नेपालको स्वाधिनता र स्वतन्त्र अस्तित्वमाथि नै गम्भिर चुनौति खडा गरेको जगजाहेर छ । 
आमसहभागिताको अहं सवाल
Wednesday, 08.28.2013, 02:26pm
संविधानसभा–२ को निर्वाचन सर्वपक्षीय राजनीतिक सहभागिता र निष्पक्ष, स्वतन्त्र, धाँधलीरहित एवं विवादरहित वातावरणमा हुनुपर्छ र संविधानसभा–१ को निर्वाचन भएपछिका चार वर्षको अन्तरालमा भएका कमी कमजोरी र विसंत गतिविधिलाई दोहोरिन नदिई संविधान निर्माणको सुनिश्चितता हुनुपर्छ भन्ने आम आकांक्षा नेपाली जनमानसमा जागृत छ । लोकसम्मति विनाको लोकतान्त्रिक अभ्यासले मुलुकलाई अग्रगामी निकासको वाञ्छित बाटोमा पुर्याउन सक्दैन र जनचाहना पनि पूरा गर्न सक्दैन । 
परनिर्भरताको बढ्दो गति
Wednesday, 08.14.2013, 12:23pm
नेपाल अझै कृषि प्रधान देश घोषित छ तापनि खाद्यान्नमा समेत परनिर्भरताको गति तीब्रतर बन्दैगएको दारूण चित्र उजागर भैरहेको छ । देशको कूल जनसंख्याको ६५ प्रतिशतभन्दा बढी जनता कृषि पेशामा नै सक्रिय रुपले संलग्न छन् तापनि आन्तरिक उत्पादनले  खाद्यान्न लगायतका कृषिजन्य वस्तुको माग धान्न नसक्ने अनपेक्षित अवस्था सिर्जित भैसकेको छ । गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गएको छ र अहिले ३४ प्रतिशतको हाराहारीमा पुगेको छ ।
  » चुनावको सन्दर्भ र राष्ट्रियताको सवाल
  » राष्ट्रिय प्रतिष्ठाको चिन्ता
  » वी.पी., पुष्पलाल र नेपालको राजनीति
  » छ्या छ्या नेताहरू
  » सही बाटोको खोजी
  » सुधारमुखी बजेटको अपेक्षा
  » महाकालीको कहर
  » निर्वाचनको वातावरण बनाऊ
  » मुलुकको माया कसले गर्ने ?
  » निर्वाचनको सुनिश्चितता गर
  » संकट बढाउने खेल
  » जनताको खबरदारी आवश्यक
  » असंगत अभ्यासको शृङ्ला
  » राष्ट्रवादविरुद्धको चलखेल
  » निर्वाचन बिलम्बको शिकार
  » नागरिकतामा खेलवाड नहोस्
  » नयाँ वर्षको सुरुवात
  » राजनीतिक संकट गहिरिंदै
  » निर्वाचन विलम्बको शिकार नहोस्
  » मुलुक निर्वाचनको दिशातिर



 
::| Latest News

 
[Page Top]