युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 04.27.2018, 12:18pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
साँचो अन्तै छ
Monday, 12.24.2012, 06:34pm
देश अहिले धेरै अप्ठेरो स्थितिमा   राजनीतिक निकासको बाटो लामो समयदेखि अबरुद्ध   संविधानविहीनताको स्थितिमा संविधान निर्देशित निकासको बाटो नै छैन  संविधान निर्माणका लागि जन निर्वाचित संविधानसभाको पनि समय गुजारेर त्यत्तिकै अवशान गराइयो  मुलुकलाई अनिर्णयको बन्दी बनाइरहने  दिशाहीन यात्रामा घचेटिरहने खालका गतिविधि बाहेक अहिले राजनीतिक क्षेत्रमा आशलाग्दा कुनै गतिविधि भएका छैनन्  राष्ट्रिय सहमतिको सरकारका लागि राष्ट्रपतिबाट दलहरूलाई गरिएको आव्हानले पाचौं चरण पार गरेर पूरै एक महिनाको समय गुजारे पनि त्यसले कुनै नतिजा ल्याउन सकेको छैन  
सहमतिको राग
Monday, 12.17.2012, 06:33pm
मुलुक अनिर्णयको बन्दी बनिरहेको   राजनीतिक निकासका ढोका खुलेका छैनन्  देशलाई प्रमुख राजनीतिक दलका नेताहरूले नै यो हालतमा पुर्याएका हुन्  नेताहरूले सहमतिको राग अलापेको धेरै भयो   नेताहरू एक आपसमा वार्ता गर्छन्  औपचारिकअनौपचारिक भेटवार्ताको शृङ्खला चल्छ अनि सहमतिको नजिक पुग्न लागेको सन्देश प्रवाह हुन्छ तर वाञ्छित सहमतिको वातावरण कहिल्यै बन्दैन  नेताहरूका कुरा पत्याइसक्नु छैन  जनताले नेताहरूलाई सधैं साथ दिएका छन् तर नेताहरूले भने जनतालाई सधैं धोका दिएका छन् 
गुलामी मानसिकता
Tuesday, 12.11.2012, 03:42pm
विदेशी चलखेलले नेपाललाई अत्यन्त कमजोर बनाएको र नेपालको राष्ट्रियता नै जोखिमपूर्ण अवस्थामा पुगेको सर्वत्र कटु अनुभूति भैरहेको बेला परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अघिल्लो हप्ता कुटनीतिक मर्यादा र आचारसंहिता उल्लंनको गम्भीर मुद्दा उठाएर नेपालको लज्जास्पद स्थिति उजागर गरे पनि त्यसलाई राजनीतिक दलहरूले कुनै महत्व नदिनु आफैंमा ठूलो विडम्बना हो ।
परिणामहीन कसरत
Monday, 12.03.2012, 04:01pm
राष्ट्रपति डा रामवरण यादवले सहमतीय सरकार गठनका लागि एक हप्ताको म्याद थप गर्नु भए पनि थपिएको सो म्यादभित्र पनि सहमतीय सरकार बन्दैन भन्ने जो कोहीलाई पनि थाहा छ । नेताहरूले सहमतिको भ्रम दिएर आआफ्नै आग्रह प्रवाह मात्र गरिरहेका छन् । अघिल्लो हप्ता र यो हप्ताका बीचमा कुनै आधारभूत अन्तर छैन । नेपालको राजनीतिमा सहमतीय धारणा बन्न नसक्नुका पछाडि निहित रहेका कारणहरू केलाएर समस्याको निदान खोज्ने र राष्ट्रिय मुद्दाहरूको पहिचान गरी तिनलाई संबोधन गर्न दलीय स्वार्थबाट माथि उठेर एकीकृत प्रयास गर्ने संस्कारको विकास नभएसम्म राष्ट्रिय राजनीतिमा लागेको कालो बादल कदापि हट्ने छैन ।
पर्दा पछाडिको खेल
Wednesday, 11.28.2012, 05:53am
राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक सहमतिको सरकार गठनका लागि ८ गते शुक्रवार एक हप्ताको म्याद दिएर गर्नुभएको  आव्हानले वाञ्छित नतिजा ल्याउने कुनै सम्भावना अहिलेसम्म देखिएको छैन । सत्ता पक्ष र प्रतिपक्षमा विभाजित प्रमुख राजनीतिक दलहरूबीच एक अर्कालाई हेर्ने दृष्टिकोण पूर्वाग्रहपूर्ण र अविश्वास घनिभूत रहेकाले सहमतिको संस्कार निर्माण हुने आशा पलाउनुको सट्टा मुलुक झनै विवाद र द्वन्द्वको दिशातिर धकेलिने अशुभ लक्षणहरू देखापरेका छन् । 
प्रमुख दलका नेताहरू असुरक्षित
Tuesday, 11.20.2012, 04:22pm
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उहाँकै पार्टीका पूर्व कार्यकर्ता बाग्लुङका पद्म कुँवरले एमाओवादीले नै मंसिर १ गते राजधानीमा आयोजना गरेको जलपान कार्यक्रममा थप्पड हानेको सन्सनीपूर्ण प्रकरण अहिले चर्चा शिखरमा छ । चार महिना अगाडि २०६९ साउन ३ गते पनि एनेकपा माओवादीकै  राजधानीमा आयोजित राष्ट्रिय भेलामा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीसहितका नेताहरूमाथि भेलाका सहभागी माओवादीकै कार्यकर्ता लडाकुहरूले कुर्सी प्रहार गरेको घटना सार्वजनिक भएको थियो ।
जनआकर्षण विहीन आन्दोलनको एजेण्डा
Tuesday, 11.13.2012, 05:25pm
मुलुक पुनः राजनीतिक मुठभेडको दिशातिर उन्मुख भएको   नेपाली कांग्रेस  नेकपा एमालेको अगुवाइमा विपक्षी गठबन्धनका १५ दल मिलेर एमाओवादीमधेशवादी गठबन्धनको सत्ता विस्थापनका लागि आन्दोलन गर्ने घोषणा भएको   नेकपामाओवादी  मधेशी जनअधिकार फोरम नेपालले पनि विपक्षी गठबन्धनको आन्दोलनलाई साथ दिने उद्घोष गरेका छन्  नेपालीहरूको दोस्रो चाड तिहार सकिएको लगत्तैपछि मंसिर  गतेबाट सुरू गर्ने भनिएको आन्दोलनको पहिलो चरणको एक महिने कार्यतालिका हेर्दा भट्टराई सरकारको बहिर्गमनका लागि प्रस्तावित आन्दोलन  असरदार बन्नसक्ने संभावना क्षीण प्रतीत नै   
समयका चुनौतीहरू
Tuesday, 11.06.2012, 03:21pm
मुलुकले व्याप्त राजनीतिक संटबाट तत्काल मुक्ति पाउने अपेक्षित वातावरणको सिर्जना मृगतृष्णा सावित भैरहेको छ । राजनीतिक गतिरोधको अन्त्यका लागि प्रमुख राजनीतिक दलहरूले पहल गरिरहेको जति नै दावी गरिए पनि राजनीतिक वृत्तमा प्रवाहित धारणाहरू मिलनबिन्दु नै पहिल्याउन नसक्ने गरी छताछुल्ल भैरहेका छन् । धराशायी हुँदैगएको राष्ट्रिय अर्थतन्त्रलाई एक तृतीयांश बजेटको प्रयोगले अरू विचलित बनाएको कटुयथार्थलाई प्रमुख राजनीतिक दलहरूले आत्मसात गर्नसकेका छैनन् । कार्तिक महिनाको अन्त्यसम्म नयाँ बजेट ल्याइसक्नुपर्ने बाध्यता भए पनि सत्ता राजनीतिको खिचातानीले बजेट कुन प्रक्रियाले कसरी ल्याउने भन्नेबारे चरम अन्योल व्याप्त छ । 
यथास्थतिको निरन्तरता
Tuesday, 10.30.2012, 09:36am
नेपालीहरूको बिशेष चाड बडादशैं सकिएको छ । मुलुकका थाति रहेका यावत समस्याहरू फेरि जुर्मुराएर उठेका छन् । सहमतिको जति नै रटान गरे पनि देश तत्काल सहमतीय राजनीतिको अपेक्षित बाटोमा पुग्नसक्ने कुनै शुभ लक्षण देखिएको छैन ।
बडादशैंको शुभकामना
Monday, 10.15.2012, 03:47pm
हामी नेपालीहरूको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । हिन्दु धर्म ,संस्कृति र परम्पराबाट हाम्रा राष्ट्रिय चाडपर्व अनुप्राणित छन् । बडादशैं नेपाली जनताको आपसी सद्भाव र मेलमिलापको उच्च संस्कृतिको नमुना हो । नेपाली समाज बहु धार्मिक, बहु सांस्कृतिक र अनेक परम्पराले सुशोभित भएको र सहअस्तित्वको भावबोधले राष्ट्रिय संस्कृतिको निर्माण गरेकाले बडादशैं सबै नेपालीको सामूहिक चाडपर्वका रुपमा मनाउने प्रचलन रहँदैआएको ऐतिहासिक तथ्य छ । नेपाली जनजीवन आध्यात्मिक चेतनाको जगमा उभिएको छ ।
सहमतिको मृगतृष्णा
Monday, 09.24.2012, 04:29pm
मुलुकमा राजनीतिक संकट जति नै गहिरिंदै गए पनि प्रमुख राजनीतिक दलहरूको ध्यान अझै पनि सत्तामा नै केन्द्रित छ । एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाले फेरि संविधानसभाकै लागि चुनावमा जाने सहमति गरेका भए पनि यथार्थमा चुनावको बाटोमा पुग्न राजनीतिक सहमतिका अनेक चरण पार गर्नुपर्ने आवश्यकता छ । अर्कातिर अब यी चार दलले मात्र गरेको सहमतिले मुलुकलाई निर्णायक राजनीतिक निकासको बाटोतिर डोर्याउनसक्ने सम्भावना क्षीण बन्दै गएको छ । 
मुलुक प्रायोजित द्वन्द्वको फन्दामा
Tuesday, 09.18.2012, 02:55pm
संविधानसभा बिघटन भएको साँढे तीन महिना भयो । सत्ताधारी एनेकपा माओवादीसहितका प्रमुख भनिने तीन दलले साँढे तीन महिनाको यो अवधिलाई पनि राजनीतिक निकासका लागि कुनै उपयोग गर्न सकेनन् । एनेकपा माओवादी मधेशवादी दलहरूको साथ लिएर जतिसक्दो सत्ता लम्ब्याउने दाउपेचमा छ भने नेपाली कांग्रेस र नेकपा एमालेसंग भावी राजनीतिक मार्गचित्र नै नभएकाले मुलुकलाई निकासको बाटोतिर निर्देश गर्ने क्षमता ती दलसंग नभएको अहिलेको परिणतिले नै देखाएको छ । 
वी.पी. र राष्ट्रियता
Monday, 09.10.2012, 05:02pm
“आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला छ । यस्तो परिस्थितिमा सबभन्दा पहिलो हत्या राष्ट्रियताको हुन्छ ।”  नेपालका बहुचर्चित शिखर राजनीतिक पुरुष विश्वेश्वरप्रसाद कोइरालाले ३६ वर्ष अघि अगाडि सार्नुभएको यो धारणाले अहिलेको देशको परिस्थितिलाई समेत यथार्थ रुपमा चित्रित गरेको छ । उहाँको अवशान भएको ३० वर्ष भयो तर पनि उहाँ नेपालको राजनीतिक वृत्तमा सधैं चर्चित रहनुभएको छ र उहाँका कालजयी विचारहरू अहिले पनि उत्तिकै मननीय र ग्रहणीय छन् । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद उहाँको वैचारिक राजनीतिक मूलधार हो । 
संवादको सार्थकता
Monday, 09.03.2012, 08:36pm
सत्तारुढ एनेकपा माओवादी र प्रमुख विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू राजनीतिक गतिरोध अन्त्य गर्ने निकासको बाटो खोज्न केही दिन यतादेखि संवाद प्रक्रियामा जुटेका छन् । अचानक सुरु भएको यो संवाद प्रक्रियाले गतिरोधको अन्त्य गर्ला र संविधान निर्माणको नयाँ बाटो तत्कालै खोल्ला भनेर आशा गर्नसक्ने अवस्थाको सिर्जना भने अझै भएको छैन । 
भट्टराई सरकारको एक वर्ष
Monday, 08.27.2012, 04:51pm
डा. बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको एनेकपा माओवादी र मधेशी मोर्चाको गठबन्धन सरकारले विना उपलब्धि एक वर्षको कार्यकाल पूरा गरेको छ । एक वर्षको यस अवधिमा देशका मूलभूत समस्याहरू निराकरण हुने दिशातिर नभै झन्झन् चकिर्ने बाटोतिर उन्मुख भएका छन् । यो एक वर्षको अन्तरालमा मुलुकले संवैधानिक–राजनीतिक निकास नपाएको मात्र होइन राष्ट्रियता नै गम्भीर संकटमा परेको मर्मान्त पीडा अनुभव गर्नुपरेको छ । 
राजनीतिक भागबण्डाको दुष्प्रभाव
Monday, 08.20.2012, 04:11pm
राजनीतिक भागबण्डा र बितण्डावादको दुष्प्रभाव नपरेको क्षेत्र अहिलेको नेपालमा विरलै छ । प्राज्ञिक उन्नयन र स्वतन्त्रताको नमुना केन्द्र बन्नुपर्ने देशको जेठो विश्वविद्यालय– त्रिभुवन विश्वविद्यालय लामो समयदेखि राजनीतिक बितण्डावाद र भागबण्डाको शिकार बन्दैआएको छ । त्यसले प्राज्ञिक उन्नयन र स्वतन्त्रतामा प्रत्यक्ष नकारात्मक असर मात्र पारेको छैन समग्रतामा देशको भविष्यमा समेत नराम्रो असर पर्ने अवस्थाको सिर्जना गरेको छ । 
अस्थिरताको नयाँ चरण
Tuesday, 08.14.2012, 12:57pm
देशको वर्तमान अवस्था अत्यन्त सन्दिग्ध बन्दैगएको छ । संक्रमणकालीन अहिलेको अवस्थामा तत्काल परिवर्तन आउनसक्ने कुनै आधार खडा भएको देखिँदैन । मुलुकलाई यो दुर्दान्त अवस्थामा पुर्याउने कारणी बनेका सत्ताभित्र र बाहिरका प्रमुख दलहरु विगतमा जसरी अरुकै मार्गचित्रमा कथित सहमतिको निर्देशित बाटोमा हिंड्न एकजुट भएका थिए आज पनि अरुकै स्वार्थको बन्दी बनेर असहमतिको बाटो फराकिलो पार्न निर्देशित भैरहेको प्रतीत भैरहेको छ ।
राष्ट्रियताको सवाल
Monday, 08.06.2012, 05:18pm
एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका रुपमा नेपालले आफ्नो अन्तर्राष्ट्रिय छवि जोगाइराख्न आजका दिनमा कठिन संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपालको राजनीतिक इतिहासमा अंकित राजनीतिक परिवर्तनका शङखलाबद्ध घटनामा भारतको निर्णायक र निर्देशनात्मक भूमिका रहेको दावी प्रस्तुत गर्दै प्रकाशमा ल्याइएका कतिपय कुराले नेपालको स्वाधीनता र आत्मनिर्णयको अधिकारमाथि निरन्तर रुपमा भैरहेको खेलवाडको र राष्ट्रघातको क्रम जारी रहेको प्रष्ट इंगित गरेको छ । 
राज्यकोष लुटको नयाँ सृङखला
Monday, 07.30.2012, 04:17pm
राज्यकोषको लुट हाम्रो देशमा सामान्य प्रक्रिया बन्न पुगेको छ । सत्ताको उपयोग राज्यकोषको वैधानिक लुटको लागि हो भने जस्तो भएको छ । आर्थिक अनियमितता र भ्रष्टाचार राज्य सञ्चालनको अभिभारा ग्रहण गरेकै जमातबाट प्रोत्साहित र संरक्षित हुँदैआएको लामो अभिलेख छ । सामाजिक न्याय र आर्थिक रुपान्तरणका गगनभेदी नारा लगाएर जनतालाई संमोहित गर्ने र परिवर्तनको संवाहक शक्तिका रुपमा आफूलाई उभ्याउनेहरू पनि सत्तामा पुग्नासाथ आर्थिक मोहमा डुब्ने, आर्थिक अनियमितता र भ्रष्टाचारको नयाँ नयाँ कीर्तिमान खडा गर्ने र भावी दिनका लागि सुख–सुविधाको जोहो गर्न वैधानिक लुटको आधार खडा गर्न अग्रसर रहेको ताजा उदाहरण अहिलेको बहुचर्चित आजीवन सुविधा प्रकरणले प्रस्तुत गरेको छ । 
निकासविहीनताको चरम पीडा
Monday, 07.23.2012, 04:40pm
संवैधानिक राजनीतिक सङकटबाट मुलुकले तत्काल मुक्ति पाउने कुनै लक्षण देखिएको छैन । संविधानसभा बिघटन भएको झण्डै दुई महिना हुन लाग्दा पनि सत्ताधारी दलहरू र विपक्षी दलहरू रचनात्मक संवाद प्रक्रियामा समेत अग्रसर छैनन् । संविधानसभाबाट संविधान निर्माण गर्न र स्थायी शान्तिको प्रत्याभूति दिन पूरै असफल भएका नेताहरू  संविधान निर्माणका लागि सहमतिको बिकल्प नभएको रटिरटाउमा व्यस्त छन् तर सहमतिका लागि आधार खडा गर्न विफल छन् । 
  » आर्थिक दुरावस्थाको दारुण चित्र
  » भारत मोहको अनर्थता
  » विदेशी शक्तिको आडका कुरा
  » एसएलसीको नतिजाले उठाएको सवाल
  » देश कता जाँदै छ ?
  » सही बाटो खोजौं
  » संविधानसभाको प्रयोग असफल
  » मुलुकको दुर्भाग्य
  » मुलुकको भविष्य जोगाऊ
  » देश र जनतामाथि विश्वासघात
  » अग्नि परीक्षाको घडी
  » हाम्रो र राम्रो संविधानको चाहना
  » आशा निराशामा परिणत नहोस्
  » भयावहताको आशंका
  » भनेर होइन गरेर देखाउने बेला
  » शान्ति र संविधानका निम्ति चौतर्फी दवाव
  » सामूहिक जवाफदेहिताको खाँचो
  » नागरिकतामा फेरि खेलबाड
  » अनिष्ट निम्त्याउने काम नहोस्
  » इतिहासको मानमर्दन



 
::| Latest News

 
[Page Top]