युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 07.24.2019, 06:10am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
संवादको सार्थकता
Monday, 09.03.2012, 08:36pm
सत्तारुढ एनेकपा माओवादी र प्रमुख विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू राजनीतिक गतिरोध अन्त्य गर्ने निकासको बाटो खोज्न केही दिन यतादेखि संवाद प्रक्रियामा जुटेका छन् । अचानक सुरु भएको यो संवाद प्रक्रियाले गतिरोधको अन्त्य गर्ला र संविधान निर्माणको नयाँ बाटो तत्कालै खोल्ला भनेर आशा गर्नसक्ने अवस्थाको सिर्जना भने अझै भएको छैन । 
भट्टराई सरकारको एक वर्ष
Monday, 08.27.2012, 04:51pm
डा. बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको एनेकपा माओवादी र मधेशी मोर्चाको गठबन्धन सरकारले विना उपलब्धि एक वर्षको कार्यकाल पूरा गरेको छ । एक वर्षको यस अवधिमा देशका मूलभूत समस्याहरू निराकरण हुने दिशातिर नभै झन्झन् चकिर्ने बाटोतिर उन्मुख भएका छन् । यो एक वर्षको अन्तरालमा मुलुकले संवैधानिक–राजनीतिक निकास नपाएको मात्र होइन राष्ट्रियता नै गम्भीर संकटमा परेको मर्मान्त पीडा अनुभव गर्नुपरेको छ । 
राजनीतिक भागबण्डाको दुष्प्रभाव
Monday, 08.20.2012, 04:11pm
राजनीतिक भागबण्डा र बितण्डावादको दुष्प्रभाव नपरेको क्षेत्र अहिलेको नेपालमा विरलै छ । प्राज्ञिक उन्नयन र स्वतन्त्रताको नमुना केन्द्र बन्नुपर्ने देशको जेठो विश्वविद्यालय– त्रिभुवन विश्वविद्यालय लामो समयदेखि राजनीतिक बितण्डावाद र भागबण्डाको शिकार बन्दैआएको छ । त्यसले प्राज्ञिक उन्नयन र स्वतन्त्रतामा प्रत्यक्ष नकारात्मक असर मात्र पारेको छैन समग्रतामा देशको भविष्यमा समेत नराम्रो असर पर्ने अवस्थाको सिर्जना गरेको छ । 
अस्थिरताको नयाँ चरण
Tuesday, 08.14.2012, 12:57pm
देशको वर्तमान अवस्था अत्यन्त सन्दिग्ध बन्दैगएको छ । संक्रमणकालीन अहिलेको अवस्थामा तत्काल परिवर्तन आउनसक्ने कुनै आधार खडा भएको देखिँदैन । मुलुकलाई यो दुर्दान्त अवस्थामा पुर्याउने कारणी बनेका सत्ताभित्र र बाहिरका प्रमुख दलहरु विगतमा जसरी अरुकै मार्गचित्रमा कथित सहमतिको निर्देशित बाटोमा हिंड्न एकजुट भएका थिए आज पनि अरुकै स्वार्थको बन्दी बनेर असहमतिको बाटो फराकिलो पार्न निर्देशित भैरहेको प्रतीत भैरहेको छ ।
राष्ट्रियताको सवाल
Monday, 08.06.2012, 05:18pm
एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका रुपमा नेपालले आफ्नो अन्तर्राष्ट्रिय छवि जोगाइराख्न आजका दिनमा कठिन संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपालको राजनीतिक इतिहासमा अंकित राजनीतिक परिवर्तनका शङखलाबद्ध घटनामा भारतको निर्णायक र निर्देशनात्मक भूमिका रहेको दावी प्रस्तुत गर्दै प्रकाशमा ल्याइएका कतिपय कुराले नेपालको स्वाधीनता र आत्मनिर्णयको अधिकारमाथि निरन्तर रुपमा भैरहेको खेलवाडको र राष्ट्रघातको क्रम जारी रहेको प्रष्ट इंगित गरेको छ । 
राज्यकोष लुटको नयाँ सृङखला
Monday, 07.30.2012, 04:17pm
राज्यकोषको लुट हाम्रो देशमा सामान्य प्रक्रिया बन्न पुगेको छ । सत्ताको उपयोग राज्यकोषको वैधानिक लुटको लागि हो भने जस्तो भएको छ । आर्थिक अनियमितता र भ्रष्टाचार राज्य सञ्चालनको अभिभारा ग्रहण गरेकै जमातबाट प्रोत्साहित र संरक्षित हुँदैआएको लामो अभिलेख छ । सामाजिक न्याय र आर्थिक रुपान्तरणका गगनभेदी नारा लगाएर जनतालाई संमोहित गर्ने र परिवर्तनको संवाहक शक्तिका रुपमा आफूलाई उभ्याउनेहरू पनि सत्तामा पुग्नासाथ आर्थिक मोहमा डुब्ने, आर्थिक अनियमितता र भ्रष्टाचारको नयाँ नयाँ कीर्तिमान खडा गर्ने र भावी दिनका लागि सुख–सुविधाको जोहो गर्न वैधानिक लुटको आधार खडा गर्न अग्रसर रहेको ताजा उदाहरण अहिलेको बहुचर्चित आजीवन सुविधा प्रकरणले प्रस्तुत गरेको छ । 
निकासविहीनताको चरम पीडा
Monday, 07.23.2012, 04:40pm
संवैधानिक राजनीतिक सङकटबाट मुलुकले तत्काल मुक्ति पाउने कुनै लक्षण देखिएको छैन । संविधानसभा बिघटन भएको झण्डै दुई महिना हुन लाग्दा पनि सत्ताधारी दलहरू र विपक्षी दलहरू रचनात्मक संवाद प्रक्रियामा समेत अग्रसर छैनन् । संविधानसभाबाट संविधान निर्माण गर्न र स्थायी शान्तिको प्रत्याभूति दिन पूरै असफल भएका नेताहरू  संविधान निर्माणका लागि सहमतिको बिकल्प नभएको रटिरटाउमा व्यस्त छन् तर सहमतिका लागि आधार खडा गर्न विफल छन् । 
आर्थिक दुरावस्थाको दारुण चित्र
Tuesday, 07.17.2012, 10:11pm
देशको राजनीतिमा वेथितिको बाढी आइरहेकाले त्यसको प्रतिकूल असर देशको समग्र अर्थतन्त्रमा परेको प्रष्ट इङगित भएको छ । मुलुकको अर्थतन्त्र सुधारोन्मुख दिशातिर नभै ह्रासोन्मुख बाटोतिर घचेटिएको आ.ब.२०६९–७० को बजेट आउनुभन्दा अघिल्लो दिन प्रस्तुत आर्थिक सर्वेक्षणले नै  खुलाशा गरेको छ ।
भारत मोहको अनर्थता
Tuesday, 07.10.2012, 02:25pm
देशको सिंगो मुहार फेर्छु भनेर चर्को भाषण गर्दै आउनुभएका प्रधानमन्त्री डा. बाबुराम भट्टराई मुलुकको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि व्यवस्थित गर्ने हिम्मत नराखेर व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिने तयारीमा लागेको खुलाशा भएको छ । उहाँका देशहित विपरीतका गतिविधि सञ्चार माध्यममा उजागर हुँदैआउन थाले पछि उहाँ सञ्चार माध्यमहरूप्रति नै आक्रामक हुनथाल्नु भएको छ भने सञ्चार माध्यमहरूलाई अंकुश लगाउने उहाँको मनसाय पनि खुलस्त भैरहेको छ ।
विदेशी शक्तिको आडका कुरा
Tuesday, 07.03.2012, 05:10pm
धानमन्त्री डा. बाबुराम भट्टराई ब्राजिलबाट फर्केपछि शेर बनेको देखेर उहाँका  सत्ता बिरोधीहरु विदेशी शक्तिको आड पाएर नै उनी कुर्लिएका हुन् भन्ने निष्कर्षमा पुगेका छन् । डा. भट्टराईको राजनीतिक प्रशिक्षण्ना विदेशमा नै भएको हो र उनले राजनीतिक उच्चाइ प्राप्त गर्नुको निहितार्थ पनि त्यही हो भन्ने कुरा समय समयमा पुष्टि हुँदै आएको पनि छ ।
एसएलसीको नतिजाले उठाएको सवाल
Monday, 06.18.2012, 05:03pm
देशको वर्तमान शैक्षिक वातावरण नितान्त प्रत्युत्पादक बन्दै गएको र राष्ट्रिय लगानीको ठूलो अंश वालुवामा पानी खन्याए सरह भएको तथ्य हालै प्रकाशनमा आएको एसएलसीको नतिजाले उजागर गरेको छ । ४ लाख ९६ हजार २८ जनाले परीक्षा दिएकामा केवल २ लाख ८ हजार १ सय ८७ जनामात्र उत्तीणै हुनु र २ लाख ८७ हजार ८ सय ४१ जना अनुत्तीर्ण हुनुले देशको शैक्षिक अवस्था अत्यन्त नाजुक हालतमा पुगेको दर्शाउँछ ।
देश कता जाँदै छ ?
Monday, 06.11.2012, 04:31pm
संविधानसभाको चार वर्षे कार्यकाल विना अर्थ समाप्त भएपछि देशमा राजनीतिक रन्थमोल झनै बढेर गएको छ । सत्तास्वार्थ र अहंतुष्टिको जञ्जालमा फँसेको देशको राजनीति राष्ट्रियहित विपरीतको बाटोमा निरन्तर अगाडि बढ्दै गएकाले विधिको शासनको स्थापना आम नेपालीका लागि आकाशको फल सावित भएको छ । मुलुक स्थायी शान्ति, राजनीतिक स्थिरता र समय सापेक्ष विकासको व्यग्र प्रतिक्षामा रहेको भए पनि बाह्य स्वार्थ प्रेरित प्रयोगपरक राजनीतिक प्रक्षेपणले राष्ट्रिय वातावरण नै विषाक्त बनिरहेको पृष्ठभूमिमा मुलुकले तत्काल उज्यालो भविष्य निर्माणको बाटो समात्न सक्ने कुनै लक्षण देखिँदैन ।
सही बाटो खोजौं
Monday, 06.04.2012, 03:39pm

संविधानसभाको नियोजित अवसान पछि देश संवैधानिक संकटको भूमरीमा फँसेको छ । वैधानिक बाटोबाट अहिले सिर्जना भएका जटिलताहरूको गाँठो फुत्किने उपाय नै देखिदैन । मुलुक सहमतीय राजनीतिको वाञ्छित मार्गबाट विपरीत बाटोमा अगाडि बढ्दै गएकाले एक युगमा एक पटक आउने भनिएको संविधानसभा संविधान निर्माणको ऐतिहासिक दायित्व पूरा नगरिकनै मृत्यु वरण गर्न पुग्यो ।

संविधानसभाको प्रयोग असफल
Monday, 05.28.2012, 04:25pm
संविधानसभाको चार वर्षे कार्यकाल संविधान निर्माणको काम पूरा नगरिकनै समाप्त भएको छ । मुलुक अब संवैधानिक शून्यताको स्थितिमा पुगेको छ । शान्ति र संविधानको व्यग्र प्रतिक्षामा रहेका नेपाली जनता फेरि एकपटक हात लाग्यो शून्यको स्थितिमा पुगेका छन् । देश अन्योल, अराजकता र अस्थिरताको महाजालमा फँस्दै गएको छ । 
मुलुकको दुर्भाग्य
Thursday, 05.24.2012, 10:22am

नयाँ संविधान जारी गर्न तोकिएको दिन आइपुग्न अब एक हप्ता पनि बाँकी छैन तर देशको परिस्थिति भने दिन प्रतिदिन अनपेक्षित द्वन्द्वको भूमरीतिर घचेटिँदै गएको छ । नेपाली जनताले जननिर्वाचित संविधानसभाबाट जे जस्तो संविधान पाउने अपेक्षा राखेका थिए त्यो त अब मृगतृष्णा मात्र सावित हुने निश्चित देखिएको छ ।

मुलुकको भविष्य जोगाऊ
Tuesday, 05.15.2012, 02:02pm
कुनै काम गर्नु अनिवार्य छ भनेर देख्नु तर त्यो नगर्नु अपराध हो भन्ने एउटा भनाइ नै छ । नेपालमा अहिले नगरिकन नहुने काम भनेको जेठ १४ गतेभित्र जसरी पनि संविधान जारी गर्नु पर्ने काम हो । तर दुई वर्षको जनादेश पाएर पनि चार वर्षको हदम्याद पाएका राजनीतिक दलका नेताहरूले संविधान जारी गर्नुपर्ने अनिवार्यतालाई बोलीबचनमा स्वीकार गर्दै आए तापनि व्यवहारमा तेसलाई उतार्ने क्षमताको विकास गर्न नसक्दाको परिणाम अहिले देशले भोगिरहेको छ ।
देश र जनतामाथि विश्वासघात
Monday, 05.07.2012, 03:27pm

वैशाख २१ गतेको मध्यरातमा एनेकपा माओवादीका अध्यक्ष प्रचण्डको निवासमा भारतीय राजदूत जयन्त प्रसादको उपस्थितिमा भएको ५ बुँदे सहमतिले नेपालको वर्तमान सत्ता राजनीतिको समीकरण परिवर्तन मात्र गरेको नभै नेपालको आन्तरिक राजनीतिमा भारतको नांगो हस्तक्षेप कुन हदसम्म बढेको छ र नेपालका कथित परिवर्तनकारी नेताहरूको मानसिक दासता कति चरम रुपमा विकसित भैरहेको छ भन्ने नांगो दृश्य समेत प्रदर्शन भएको छ ।

अग्नि परीक्षाको घडी
Monday, 04.30.2012, 03:51pm

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू जेठ १४ भित्रै जसरी भए पनि नयाँ सम्बिधान ल्याउने भन्दै जोडदार कसरत गरिरहेको आभास दिइरहेका छन् । शान्ति प्रक्रिया र संविधान निर्माणका लागि निर्धारित समयलाई निरन्तर अपव्यय गरी समय सीमा गुजार्दै आएका नेता गणका सामु अबको सीमा समय एक महिना पनि बाँकी छैन ।

हाम्रो र राम्रो संविधानको चाहना
Monday, 04.23.2012, 05:38pm
नेपाली जनता यतिखेर हाम्रो र राम्रो संविधान आउन सक्ने हो कि होइन भन्ने सवालमा घोत्लिनुपर्ने अवस्थामा पुगेका छन् । शान्ति प्रक्रिया पूर्वानुमानभन्दा पनि अप्रत्यासित रुपमा अगाडि बढेको विकसित घटनाक्रमले जागृत गरेको आशा र बढ्दै गरेको अपेक्षा बीच संविधान पनि राष्ट्रिय आवश्यकता र जन चाहना अनुरुप नै अहाउला कि भनेर आशा गर्नु नितान्त स्वाभाविक छ 
आशा निराशामा परिणत नहोस्
Monday, 04.16.2012, 03:21pm

नयाँ वर्ष २०६९ भरखरै सुरू भएको छ । आशा र उत्साहको नयाँ लहर उत्पन्न भएको छ । शान्ति र संविधानको व्यग्र प्रतिक्षामा रहेका नेपाली जनता चालु शान्ति प्रक्रिया टुंगिने बाटोतिर अगाडि बढेकाले निश्चय नै आशावादी बनेका छन् ।

  » भयावहताको आशंका
  » भनेर होइन गरेर देखाउने बेला
  » शान्ति र संविधानका निम्ति चौतर्फी दवाव
  » सामूहिक जवाफदेहिताको खाँचो
  » नागरिकतामा फेरि खेलबाड
  » अनिष्ट निम्त्याउने काम नहोस्
  » इतिहासको मानमर्दन
  » मुलुकको नियती
  » सरकारको जवाफदेहिता खै ?
  » एक भएर बाँच्न सिकौं
  » नेपालको भविष्य
  » चिनीया सद्भाव प्रदर्शन
  » राष्ट्रिय एकता दिवसको सन्दर्भ
  » स्वेच्छाचारिताको चरम नमूना
  » संवेदनहीनताको पराकाष्ठा
  » उपादेयताहिन नेपाल बन्द
  » औपचारिकताभित्रको मानवअधिकार
  » संरक्षित भ्रष्टाचारको अभिलेख
  » भारतसितको नयाँ सम्झौता
  » राज्यको पुनःसंरचना कसरी?



 
::| Latest News

 
[Page Top]