युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 12.18.2018, 10:20pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
प्राप्त अवसर नगुमोस्
Monday, 06.06.2011, 02:54pm

संविधानसभामा प्रतिनिधित्व गरिरहेका राजनीतिक दलहरूले तीन वर्षको समयावधिमा पूरा गर्न नसकेको काम पुनः थपिएको तीन महिनाभित्र कसरी पूरा गर्लान् भन्ने जिज्ञासा, आशंका निराशा मिश्रित धारणा सर्वत्र व्याप्त वितेको तीन वर्षभित्रका सत्ता स्वार्थमा केन्द्रित फोहोरी राजनीतिको प्रदूषित वातावरणले शान्ति संविधानको ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नबाट दलहरूलाई नराम्रोसंग विचलित गराएको पीडा अहिले मुलुकले भोगिरहेको

सास रहुञ्जेल आश
Monday, 05.30.2011, 03:52pm

विघटनको संघारमा पुगेको संविधानसभाले थप तीन महिनाको नयाँ आयु पाएको अमूर्त अस्पष्ट शैलीको पाच बुँदे सहमतिको कोरामिन दिएर संविधानसभाको आयु बढाइए पनि ती सहमतिको पालना हुने भदौ १४ गतेभित्र शान्ति प्रक्रिया पूरा भै संविधानको मस्यौदा जारी हुने कुरामा कतै पनि विश्वास जागृत छैन

दुर्दिन ननिम्तियोस्
Tuesday, 05.24.2011, 06:30am
भनिन्छ– राजनीतिक सम्भावनाको खेल हो । संविधानसभाको थपिएको एक वर्षे म्याद सकिन पनि अब चार दिन मात्र बाँकी छ र सरकारले फेरि एकपटक एक वर्षका लागि म्याद थप्न संसद्मा अन्तरिम संविधान संशोधनको प्रस्ताव दर्ता गरेको छ । संविधानसभाभित्रको सबभन्दा ठूलो दल एनेकपा माओवादी जनविद्रोहको पूर्व नीति परित्याग गर्दै शान्ति र संविधानका निम्ति जतिसम्म पनि लचिलो बन्न अग्रसर देखिएको र संविधानसभाको म्याद थप्ने अथक कसरतमा लागेको छ भने शान्ति र संविधानकै पक्षमा जनजागरण अभियान चलाएको संविधानसभाको दोस्रो ठूलो दलका रुपमा रहेको विपक्षी दल नेपाली कांग्रेस दशवटा शर्तहरू अगाडि सार्दै ती शर्त पालना भए मात्रै संविधानसभाको म्याद थप्न सकिने भनिरहेको छ ।



 
::| Latest News

 
[Page Top]