युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:38pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
पोर्चुगल, बेल्जियम र हङ्गेरीका गतिविधिमाथि छानबिन हुने
Tuesday, 06.21.2016, 11:29am (GMT+5.5)

युनियन अफ युरोपियन एसोसिएसन (यूईएफए)ले शनिबार युरोकप फुटबल खेल सञ्चालनका क्रममा पोर्चुगल, हङ्गेरी र बेल्जियमद्वारा निषेधित क्रियाकलाप गराएको भन्दै एक छानबिन समिति गठन गरिएको छ ।

पोर्चुगलमाथि फुटबल मैदानको निषेधित क्षेत्रमा बलपूर्वक समर्थक प्रवेश गर्न दिएको आरोप छ भने हङ्गेरी र बेल्जियममाथि निषेधित कार्य गरी अशान्ति मच्चाएको आरोपसहित छानबिन सुरु हुने भएको छ 

पोर्चुगलका शुभेच्छुकले फुटबल स्टार क्रिस्टियानो रोनाल्डोसँग सेल्फी खिच्न खेल मैदानमा प्रवेश गरेपछि पोर्चुगललाई अनुशासन उल्लङ्घन गरेको आरोपमा छानबिन सुरु गरेको हो । 

हङ्गेरी र बेल्जियममाथि खेल मैदान क्षेत्रमा निषेधित गरिएको पटाका पड्काउने कार्य गरी अनुशासन उल्लङ्घन गरेको आरोप छ ।
सबै घटनामाथि छानबिन गरी मङ्गलबार सजाय तोकिने  यूएएफए अनुशासन समितिले जनाएको छ ।

ब्रसेल्समा अर्को आतङ्कवादी हमलाको प्रयास, १२ जना पक्राउ
बेल्जियमको ब्रसेल्समा हमला गर्ने तयारी गरिहेका भनिएका १२ जनालाई प्रहरीले शनिबारमात्र पक्राउ गरेको समाचार छ । प्रहरीले पनि पछिल्लो समयमा बेल्जियममा आतङ्कवाद विरोधी अभियान नै सञ्चालन गरेको छ ।

ब्रसेल्स प्रहरीका अनुसार शनिबार राति यस्ता सङ्कास्पद व्यक्ति भेटिएका हुन् । ती व्यक्तिले राजधानी ब्रसेल्समा हमला गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । 

खोजी आभियानका क्रममा १२ जना यस्ता संकास्दप व्यक्तिलाई पक्राउ गरिएको जानकारी सो अवसरमा दिइएको थियो । प्रहरीले उनीहरुलाई हिरासदमा लिइएको बताउँदै ती व्यक्तिले ब्रसेल्समा आक्रमणको योजना बनाएको खुलेको पनि जनाएको छ ।  

फ्रान्सको राजधानी पेरिस र बेल्जियमको ब्रसेल्समा हमला गर्नेलाई १८ वर्षसम्मको जेल सजाय माग गरिएको केही दिनपछि यहाँ पुनःहमलाको तयारी गरिरहेका बुझिएको छ । 

फ्रान्स र बेल्जियममा केही महिना पहिला आक्रमणमा सम्लग्न रहेको आशङ्का गरिएका चार जनालाई यो कारबाही माग गरिएको समाचारमा जनाइएको छ । बेल्जियमका सरकारी वकिलहरुले त्यस हमलामा सम्बन्ध रहेको आरोपमा अनुसन्धान गरिएका चार जनालाई सो जेल सजायको माग गरेका हुन् । 

केही समयअघि फ्रान्सको राजधानी पेरिस र ब्रसेल्समा भएको हमलामा परी दर्जनौँ नागरिकको ज्यान गएको थियो । 

ती आक्रमणमा सम्लग्न रहेको आरोपमा चार जनालाई अनुसन्धान गरिएको छ । पेरिस र ब्रसेल्समा भएका आतङ्कवादी आक्रमणका दोषीलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ । ती आक्रमणमा सम्लग्न केहीको सोही समयमा नै ज्यान गएको थियो भने अरु केहीलाई पक्राउ गरी अनुसन्धानका क्रममा राखिएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
क्लिन्टनले रचिन इतिहास (06.14.2016)
पत्रकारका हत्याराको खोजी व्यापक (05.17.2016)
सुख ‘एप डाउनलोड’ गरेजस्तो होइन ः पोप (04.27.2016)
महेश्वर शर्मा अभिनन्दिन (04.12.2016)
मन्दिर आगलागीमा एक सयभन्दा बढीको मृत्यु (04.12.2016)
द्वन्द्वग्रस्त सिरिया शान्ति वार्तामा सहभागी हुने (01.13.2016)
वर्ष २०१५ का प्रमुख विश्व घटना (01.05.2016)
बलात्कारीलाई रिहा गरेको विरोधमा दिल्लीमा प्रदर्शन (12.22.2015)
अफगान शान्ति वार्तालाई पाकिस्तानले सघाउने (12.22.2015)
मक्काको नगर परिषदमा महिला बिजयी (12.15.2015)
चार वर्षमा साढे दुई लाखको ज्यान गैसक्यो (12.01.2015)
पुटिनको इरान भ्रमण, सिरिया समस्या छायाँमा पर्न सक्ने (11.25.2015)
करिब ३० जनाको शव अझै पहिचान हुन सकेन (11.17.2015)
बिहारमा मोदीको करारी हार (11.10.2015)
म्यानमारको सत्तामा पुग्लिन सु की (11.10.2015)
दुर्घटनाग्रस्त रसियाली विमानमा सवार ‘सबै यात्रुको मृत्यु’ (11.03.2015)
रसियाली सेनाको कारबाही विवादमा (10.06.2015)
अस्पताल आक्रमणको अनुसन्धान गरिने (10.06.2015)
हजयात्रीबीचको भागडौद : पाँच नेपालीसहित ७६९ को मृत्यु (09.29.2015)
आतङ्कवादका विरुद्ध निगरानी गर (09.15.2015)



 
::| Latest News

 
[Page Top]