युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:30pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
टर्कीमा असफल सैनिक ‘कु’ १६१ जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते
Tuesday, 07.19.2016, 10:16am (GMT+5.5)

जनता जागेपछि हतियार बोकेका सेनाको पनि केही लाग्दैन भन्ने उदाहरण टर्कीका जनताले पेश गरेका छन् । शनिबार विहान नहुँदै टर्कीमा सेनाको एक टुकडीले कुको प्रयास गरेको थियो । त्यो प्रयास बिरुद्धमा जनता सडकमा उत्रे । सेनाको एक समूहको सो प्रयासपछि छुट्टी मनाउन विदेशमा रहेका टर्कीका राष्ट्रपति एर्दोआनाले लोकतन्त्रका लागि सडकमा आउन जनतालाई अपील गरेलगत्तै जनता सडकमा उत्रिएका थिए । 

तर शनिबारको दिन टर्की रक्तरंजीत बन्यो । टर्कीका प्रधानमन्त्री विनाली यिल्दिरिमले मुलुकमा भएको सैनिक विद्रोह ‘कु’ को प्रयास हुँदा भएको झडपमा मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको शनिबार बताउनुभएको छ । घटनामा एक हजार ४४० जना घाइते भएका छन् भने सरकारले दुई हजार ८३९ सैनिक अधिकारीलाई विद्रोहमा संलग्नता रहेको आरोपमा सुरक्षा नियन्त्रणमा लिएको प्रधानमन्त्री यिल्दिरिमले बताउनुभएको छ ।

प्रधानमन्त्रीले इस्लामिक धर्मनेता फेतुल्लाह गुलेनलाई सहयोग गर्ने कुनै पनि मुलुक टर्कीको असल मित्र हुन नसक्ने बताउनुभएको छ । गुलेनका समर्थकले सैनिक विद्रोह गराउने प्रयास गरेको टर्कीका सरकारी अधिकारीले बताएका छन् ।

गुलेन संयुक्त राज्य अमेरिकामा आफ्नै इच्छाले केही वर्षदेखि निर्वासनमा रहँदै आउनुभएको छ । 

उता सैनिक विद्रोहपछि आठ जना सैनिक अधिकारीलाई लिएर उत्तरी ग्रिसको अलेक्ज्रान्ड्रोपोलीमा शनिबार अवतरण भएको हेलिकप्टरलाई प्रक्रिया पु¥याएर टर्की फर्काइने ग्रिक सरकारका प्रवक्ता ओल्गा गेरोमासिलिसले बताउनुभएको छ ।

ग्रिस सरकारले अन्तर्राष्ट्रिय कानुनअनुसार विमान फिर्ता गर्ने तर आफ्नो देश राजनीतिक शरणार्थीका रुपमा पुगेका सेनालाई प्रजातन्त्र तथा संवैधानिक नियम उल्लङ्घन गरेको भनी आरोप लागेका कारण अनुसन्धानका लागि हिरासतमा लिइने बताएको छ ।

हेलिकप्टरसहित ग्रिक भूमिमा पुगेका आठ जनामध्ये तीन जना सैनिक मेजर, तीन सैनिक लेफ्टिनेन्ट, दुई जना सैनिक सर्जेन्ट रहेका छन् र उनीहरूले राजनीतिक शरणका लागि ग्रिससँग अनुरोध गरेका बताइएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
पोर्चुगल, बेल्जियम र हङ्गेरीका गतिविधिमाथि छानबिन हुने (06.21.2016)
क्लिन्टनले रचिन इतिहास (06.14.2016)
पत्रकारका हत्याराको खोजी व्यापक (05.17.2016)
सुख ‘एप डाउनलोड’ गरेजस्तो होइन ः पोप (04.27.2016)
महेश्वर शर्मा अभिनन्दिन (04.12.2016)
मन्दिर आगलागीमा एक सयभन्दा बढीको मृत्यु (04.12.2016)
द्वन्द्वग्रस्त सिरिया शान्ति वार्तामा सहभागी हुने (01.13.2016)
वर्ष २०१५ का प्रमुख विश्व घटना (01.05.2016)
बलात्कारीलाई रिहा गरेको विरोधमा दिल्लीमा प्रदर्शन (12.22.2015)
अफगान शान्ति वार्तालाई पाकिस्तानले सघाउने (12.22.2015)
मक्काको नगर परिषदमा महिला बिजयी (12.15.2015)
चार वर्षमा साढे दुई लाखको ज्यान गैसक्यो (12.01.2015)
पुटिनको इरान भ्रमण, सिरिया समस्या छायाँमा पर्न सक्ने (11.25.2015)
करिब ३० जनाको शव अझै पहिचान हुन सकेन (11.17.2015)
बिहारमा मोदीको करारी हार (11.10.2015)
म्यानमारको सत्तामा पुग्लिन सु की (11.10.2015)
दुर्घटनाग्रस्त रसियाली विमानमा सवार ‘सबै यात्रुको मृत्यु’ (11.03.2015)
रसियाली सेनाको कारबाही विवादमा (10.06.2015)
अस्पताल आक्रमणको अनुसन्धान गरिने (10.06.2015)
हजयात्रीबीचको भागडौद : पाँच नेपालीसहित ७६९ को मृत्यु (09.29.2015)



 
::| Latest News

 
[Page Top]