युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:29pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
जन्मदिनको अवसरमा क्यास्ट्रोद्वारा ओबामाको आलोचना
Tuesday, 08.16.2016, 12:17pm (GMT+5.5)

यस वर्ष आफ्नो ९०औँ जन्मोत्सव मनाइरहेका क्युवाली शीर्ष नेता तथा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोले एउटा लामो पत्र लेख्दै आफ्नो जन्मदिवसलाई सफलताको कामना गर्दै सहयोग गर्नुहुने सबै क्युवाली नागरिकप्रति आभार प्रकट गर्नुभएको छ ।

उहाँले उक्त पत्रमा अमेरिकी राष्ट्रपति बाराक ओबामाको भने फेरि एकपटक आलोचना गर्नुभएको छ । क्युवाको राष्ट्रिय सञ्चारमाध्यममा शनिबार सार्वजनिक भएको पत्रमा क्युवाका राष्ट्रपतिले आफ्नो जन्मदिवसका अवसरमा आफ्नो सु–स्वास्थ्य, दीर्घायु तथा समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गर्ने सम्पूर्ण देशवासी तथा विदेशी शुभचिन्तकप्रति आभार व्यक्त गर्दै भन्नुभएको छ – “हालैका दिनमा मेरो जन्मदिनको शुभकामना व्यक्त गर्दै शुभकामना सम्मान तथा प्रशंसा व्यक्त गर्ने सबैमा आभार व्यक्त गर्छु जसले मलाई नयाँ विचारका लागि ऊर्जा दिनेछ र यसलाई मैले पार्टीका लडाकु तथा सम्बद्ध सङ्घ सङ्गठनमा प्रवाहित गर्नेछ ।

क्यास्ट्रोले आफ्नो जन्म दिवसको शुभकामाना दिने शुभचिन्तकप्रति आभार प्रकट गर्दै लेखेको पत्रमा उहाँको आफ्नो बाल्यकाल तथा युवा जीवनको स्मरणसमेत गर्नुभएको छ । 

पत्रको अन्त्यमा क्यास्ट्रोले अमेरिकी राष्ट्रपति बाराक ओबामाको सन् २०१६ को मार्चमा क्युवा भ्रमणका क्रममा राष्ट्रपति ओबामाद्वारा व्यक्त गरेको ‘क्युवाली जनताले अब आफ्नो भविष्य हेर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति आलोचना गर्नुभएको छ । क्यास्ट्रोले अमेरिकी राष्ट्रपति ओबामाले जापानको हिरोसिमामा मे महिनामा गरेको भ्रमणका क्रममा जापानसँग क्षमा याचना नगरेको भन्दै यसको समेत आलोचना गर्नुभएको छ । 

पुटिनद्वारा शुभकामना
रसियाली राष्ट्रपति भ्यालदिमिर पुटिनद्वारा शनिबार क्युवाका क्रान्तिकारी नेता तथा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोलाई उहाँको ९०औँ जन्मदिनको उपलक्ष्यमा शुभकामना दिनुभएको छ ।

रसियाली प्रशासन केन्द्र क्रेमलिनको वेभसाइटमा पोस्ट गरेको छोटो टेलिग्राम सन्देशमा रसियाली राष्ट्रपति पुटिनले क्यास्ट्रोलाई सम्बोधन गर्दै भन्नुभएको छ– प्रिय मित्र, तपाईंलाई रसियामा क्युवाको उत्कृष्ट राष्ट्रनेताका रुपमा सम्पूर्ण जीवन आदर गर्ने गरिएको छ ।

रसिया र क्युवाको मित्रता र सहकार्यका लागि क्यास्ट्रोको योगदानको अधिक मूल्याङ्कन गर्न साह्रै कठिन पर्छ, रसियाली राष्ट्रपतिले सन्देशमा लेख्नुभएको छ ।

म ९०औँ जन्मदिनको अवसरमा तपाईंको सु–स्वास्थ्य, दीर्घायु, उत्साह र समृद्धिको कामना गर्न चाहन्छ, राष्ट्रपति पुटिनले क्युवाका शीर्ष नेता क्यास्ट्रोलाई दिएको शुभकामना सन्देशमा भन्नुभएको छ । 

९० मिटर लामो सिगार
क्युबाका लोकप्रिय क्रान्तिकारी नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको जन्मोत्सवका दिन लाखौँ क्युवावासी तथा विदेशबाट समेत उनलाई चिरायु र शुभकामनाको ओइरो लागेको छ ।

त्यस्तै क्युवाली जनताले पनि उल्लासका साथ सांस्कृतिक र मनोरन्जनात्मक गतिविधि आयोजना गरी देशैभरी उनको जन्मदिन मनाउँदैछन् । पूर्वराष्ट्रपति क्यास्ट्रोलाई सिगार (चुरोट) मन पर्ने हुँदा एकजना सिगार उत्पादकले ९० मिटर लामो विश्वको सबभन्दा ठूलो सिगार बनाई उनलाई भेट गरेर सम्मानसमेत अर्पण गरेका छन् ।

क्युवाली सरकारी सञ्चार माध्यममा ‘द बर्थ डे’ शीर्षकमा आज पूर्वराष्ट्रपति क्यास्ट्रोको एउटा आत्मपरक रचना प्रकाशित भएको छ । उक्त लेखमा क्यास्ट्रोेले पूर्वी क्युबामा जन्म भई आफ्नो वाल्यकालमा बिताएका रमाइला दिन, किशोराअवस्थामा गरेका पढाइ र युवावस्थामा प्रवेश गरेपछि क्रान्तिको नेतृत्व सुरु गरेको, आफ्नो पिताको मृत्यु भएको इत्यादि सबै स्मरण गरी सबिस्तार वर्णन गरेका छन् ।

साथै, सन् १९५९ मा तत्कालिन अमेरिकी अधिनायकवादी तानाशाह फल्गेन्सियो बाटिस्टाको सरकारलाई अपदस्थ गर्नमा कसरी भूमिका खेलिएको थियो सो पनि उक्त लेखमा सबिस्तार उल्लेख गरेका छन् ।

‘विश्वका दुई ठूला शक्तिराष्ट्र ः रुस तथा चीनले गरेका सामरिक शक्ति सञ्चय र आणविक प्रगतिलाई कसैले रोक्न र छेक्न सक्दैन । क्युवा उपर अमेरिकी राष्ट्रपतिले गाडेको गिद्धे नजर मैले करिव आधा शताब्दिसम्म प्रतिरोध गर्दै आएको थिएँ’ उक्त लेखमा भनिएको छ । 

क्युवाका गुप्तचर एजेन्सी संस्थाका अनुसार यी क्रान्तिकारी र कट्टर अमेरिका विरोधी नेता क्युवाली क्रान्ति पश्चात् सन् १९५९ मा सत्तामा आएपछि सन् २००८ मा अवकाश नलिउन्जेलसम्म दुस्मनले यिनका विरुद्ध विभिन्न थरी र कुनैकुनै त ज्यानै लिनेसम्मका छ सयभन्दा बढी षड्यन्त्रहरु रचेका थिए ।


Rating (Votes: )   
Share     Print


Other Articles:
पेरिसमा सस्तो मेला बजार नलाग्ने (08.09.2016)
भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक (07.26.2016)
टर्कीमा असफल सैनिक ‘कु’ १६१ जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते (07.19.2016)
पोर्चुगल, बेल्जियम र हङ्गेरीका गतिविधिमाथि छानबिन हुने (06.21.2016)
क्लिन्टनले रचिन इतिहास (06.14.2016)
पत्रकारका हत्याराको खोजी व्यापक (05.17.2016)
सुख ‘एप डाउनलोड’ गरेजस्तो होइन ः पोप (04.27.2016)
महेश्वर शर्मा अभिनन्दिन (04.12.2016)
मन्दिर आगलागीमा एक सयभन्दा बढीको मृत्यु (04.12.2016)
द्वन्द्वग्रस्त सिरिया शान्ति वार्तामा सहभागी हुने (01.13.2016)
वर्ष २०१५ का प्रमुख विश्व घटना (01.05.2016)
बलात्कारीलाई रिहा गरेको विरोधमा दिल्लीमा प्रदर्शन (12.22.2015)
अफगान शान्ति वार्तालाई पाकिस्तानले सघाउने (12.22.2015)
मक्काको नगर परिषदमा महिला बिजयी (12.15.2015)
चार वर्षमा साढे दुई लाखको ज्यान गैसक्यो (12.01.2015)
पुटिनको इरान भ्रमण, सिरिया समस्या छायाँमा पर्न सक्ने (11.25.2015)
करिब ३० जनाको शव अझै पहिचान हुन सकेन (11.17.2015)
बिहारमा मोदीको करारी हार (11.10.2015)
म्यानमारको सत्तामा पुग्लिन सु की (11.10.2015)
दुर्घटनाग्रस्त रसियाली विमानमा सवार ‘सबै यात्रुको मृत्यु’ (11.03.2015)



 
::| Latest News

 
[Page Top]