युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:25pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
कार्यस्थलमा हुने दुर्घटना घट्यो
Thursday, 08.25.2016, 10:31am (GMT+5.5)

चीनमा कल कारखाना वा अन्य कार्यस्थलमा हुने गरेका दुर्घटनामा पछिल्ला वर्षहरूमा उल्लेखनीयरुपमा ह्रास आएको छ । चीनमा खानी मजदुरहरूको निधन एक ठूलो समस्याका रुपमा रहेको छ । हाल पनि कोइला खानीमा हुने गरेका दुर्घटनाले ठूलो समस्या सिर्जना गर्ने गरेको समाचारमा बताइन्छ ।

यसै कारणले पनि चीन सरकारले कार्यस्थलहरूमा सुरक्षित मापदण्डहरूको लागू गर्ने गरेको छ । पछिल्ला केही वर्षहरूमा यो मापदण्डलाई सबै कार्यस्थलमा अनिवार्य गरिएको छ ।

यसै मापदण्डको पालनाकै कारण चीनमा पछिल्ला वर्षहरूमा यसरी उद्योग, कल कारखाना वा खानीहरूमा कामगर्ने मजदुरहरूको कार्यस्थलमा हुने गरेको दुर्घटना र मृत्युको संख्यामा कटौती आइरहेको बताइएको छ ।

कार्यक्षेत्रमा पालना गरिनुपर्र्ने सुरक्षा मापदण्डको लागू गरी त्यसको अनुगमनमा कडाई गर्न सुरक्षित कार्यस्थल राज्य प्रशासनको नै स्थापना गरी सोही प्रशासनमार्फत यस्ता मापदण्डहरू लागू गर्ने गरिएको समाचारमा जनाइएको छ ।

सन् २०१५ मा पनि वर्षभरिमा करिब दुई लाख ८१ हजारवटा दुर्घटना कार्यस्थलमै भएको थियो । जसका कारण करिब ६६ हजार नागरिकको ज्यान गएको थियो । यो सङ्ख्या बिगतका वर्षहरूको तुलनामा थोरै हो । सन् २०१० मा मात्र पनि यसरी कार्यस्थलमा भएका दुर्घटनाहरूको सङ्ख्या तीन लाख ६३ हजार रहेको थियो ।

ती दुर्घटनाहरूमा परी सन् २०१० मा करिब ८० हजार नागरिकको ज्यान नै गएको थियो । मारिनेमा धेरैजसो खानी मजदुरहरू रहेका पनि सो तथ्याङ्कमा उल्लेख गरिएको छ । यसरी हेर्दा कार्यस्थलमा हुने दुर्घटनामा २२.५ प्रतिशत कमी आएको छ भने मृत्युमा पनि १६.८ प्रतिशतले कमी आएको सो तथ्यांकमा उल्लेख छ । सन् २०१५ मा करिब ३८ वटा ठूला दुर्घटना भएका थिए र यसका कारण ७६८ जनाको ज्यान गएको थियो ।

यसको तुलनामा सन् २०१० मा भने कम्तीमा पनि ८५ वटा ठूला दुर्घटना भएका थिए र एक हजार ४४० जनाको ज्यान गएको थियो । उक्त प्रशासन कार्यालयले आइतबार दिएको जानकारी अनुसार सुरक्षित मापदण्डको लागू गरेको कारणले नै सो दुर्घटना र मृत्यु घटेको हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
जन्मदिनको अवसरमा क्यास्ट्रोद्वारा ओबामाको आलोचना (08.16.2016)
पेरिसमा सस्तो मेला बजार नलाग्ने (08.09.2016)
भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक (07.26.2016)
टर्कीमा असफल सैनिक ‘कु’ १६१ जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते (07.19.2016)
पोर्चुगल, बेल्जियम र हङ्गेरीका गतिविधिमाथि छानबिन हुने (06.21.2016)
क्लिन्टनले रचिन इतिहास (06.14.2016)
पत्रकारका हत्याराको खोजी व्यापक (05.17.2016)
सुख ‘एप डाउनलोड’ गरेजस्तो होइन ः पोप (04.27.2016)
महेश्वर शर्मा अभिनन्दिन (04.12.2016)
मन्दिर आगलागीमा एक सयभन्दा बढीको मृत्यु (04.12.2016)
द्वन्द्वग्रस्त सिरिया शान्ति वार्तामा सहभागी हुने (01.13.2016)
वर्ष २०१५ का प्रमुख विश्व घटना (01.05.2016)
बलात्कारीलाई रिहा गरेको विरोधमा दिल्लीमा प्रदर्शन (12.22.2015)
अफगान शान्ति वार्तालाई पाकिस्तानले सघाउने (12.22.2015)
मक्काको नगर परिषदमा महिला बिजयी (12.15.2015)
चार वर्षमा साढे दुई लाखको ज्यान गैसक्यो (12.01.2015)
पुटिनको इरान भ्रमण, सिरिया समस्या छायाँमा पर्न सक्ने (11.25.2015)
करिब ३० जनाको शव अझै पहिचान हुन सकेन (11.17.2015)
बिहारमा मोदीको करारी हार (11.10.2015)
म्यानमारको सत्तामा पुग्लिन सु की (11.10.2015)



 
::| Latest News

 
[Page Top]