युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:27pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
सन् २००१ सेप्टेम्बर ११ को स्मरण
Tuesday, 09.13.2016, 10:59am (GMT+5.5)

अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ भएको आतङ्ककारी आक्रमणमा मारिएका करिब तीन हजार व्यक्तिको स्मरणसभामा अमेरिकी राष्ट्रपति बाराक ओबामा सहभागी हुनुभएको छ । 

अमेरिकाको न्यूयोर्क सहर, पेन्सिल्भानिया र पेन्टागनमा १५ वर्ष अगाडि आतङ्कवादी समूह अलकायदाले एकपछि अर्को गर्दै गरेका आक्रमणमा करिब तीन हजार अमेरिकीको निधन भएको थियो । 

अमेरिकी राष्ट्रपति ओबामाले आइतबार ह्वाइट हाउसमा बिहान ०८ बजेर ४६ मिनेटको समयमा एक मिनेट मौनधारण गरी सेप्टेम्बर ११ आक्रमणको कालो दिनलाई स्मरण गरी मृतकप्रति सम्मान गर्नुभयो । सेप्टेम्बर ११ मा आतङ्ककारी समूहले  विमान अपहरण गरी न्युयोर्क सहरमा रहेको वर्ड टे«ड सेन्टरमा आक्रमण गरेको थियो ।

राष्ट्रपति ओबामाले न्यूयोर्क सहर, पेन्सिल्भानिया र पेन्टागनमा मारिएका सबै व्यक्तिको स्मरणमा सम्बोधन गर्नुहुने बताइएको छ । 

तीन हजार अमेरिकी नागरिकको ज्यान जाने गरी आक्रमण गर्ने अलकायदाका तत्कालीन प्रमुख ओसामा विन लादेनलाई पाकिस्तानमा लुकीछिपी बसेको अवस्थामा अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका थिए । करिब एक दशकपछि सन् २०११ को मेमा लादेन मारिएका थिए । 

सेप्टेम्बर ११ को पूर्वसन्ध्यामा राष्ट्रपति ओबामाले अमेरिकी आतङ्कवाद र अलकायदा, इस्लामिक स्टेट समूहलगायतका आतङ्कवादी समूहले मध्यपूर्व र पश्चिमा मुलुकमा सञ्चालन गर्दै आएका आन्दोलनप्रति कठोर रहने प्रतिवद्धतासमेत जाहेर गर्नुभएको छ । 


युद्धविरामपछि हवाई आक्रमण : दर्जनौको मृत्यु
सिरियामा विद्रोहीको बलियो प्रभाव रहको क्षेत्रलाई लक्ष्यगरी गरिएको हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ । रसिया र अमेरिकाबीच सिरियामा सोमबारबाट युद्धविराम लागू गर्ने सम्झौता भएको एक दिनपछि भएको यस हवाई आक्रमणहरूमा दर्जनौ व्यक्तिको मृत्यु भएको हो ।

यो हवाई आक्रमणमा कुनै समूहको हात रहेको हो सो भने तत्काल प्रष्ट भएको छैन् । सिरियाको उत्तर प्रान्त इद्लिब र अलेप्पोमा सो आक्रमण भएको जनाइएको छ ।

सिरियामा युद्धविराम गराउन रसिया र अमेरिकाबीच भएको सम्झौताअनुसार मुस्लिम समूदायको महान पर्व इद अल अदाको सुरु हुने दिन सोमबारबाट लागू हुने छ ।

अमेरिका र रसियाबीच भएको सो युद्धविराम सम्झौतको सिरियाली राष्ट्रपति बसर अल असदले शनिबार अनुमोदन गरेका थिए । 

मानवअधिकार वादी समूह ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का अनुसार  इद्लिब सहरको बजार इलाकासहित लक्षित यस हवाई आक्रमणमा ५८ व्यक्तिको मृत्यु भएको छ । यो हवाई आक्रमण कुनै समूहले गराएको हो सो भने तत्काल प्रष्ट भएको छैन् ।

मारिएका यी व्यक्तिहरूमा १३ बालबालिका र १३ महिला  रहेका बताइएको छ । अज्ञात समूहबाट भएको हवाई आक्रमणमा अलेप्पो सहरमा १२ सर्वसाधारण मारिएका छन् । त्यसैगरी अलेप्पो सहरमा नै भएको बमबारीमा १८ जना सर्वधारण मारिएका पनि अब्जभेटरीले जानकारी दिएको छ । 

सिरियामा सन् २०११ सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केहीपछि गएर गृहयुद्धमा परिवर्तन भएको थियो ।
सन् २०११ देखि जारी यस द्वन्द्वमा परी हालसम्म दुई लाख ९० हजार भन्दाबढी व्यक्तिको मृत्यु भइसककेको छ । यस द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन्, भने लाखौँ व्यक्ति देशभित्र र बाहिर शरणार्थीका जीवन विताइरहेका छन् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
मदर टेरेसालाई क्रिश्चियन सन्तको उपाधि (09.06.2016)
कार्यस्थलमा हुने दुर्घटना घट्यो (08.25.2016)
जन्मदिनको अवसरमा क्यास्ट्रोद्वारा ओबामाको आलोचना (08.16.2016)
पेरिसमा सस्तो मेला बजार नलाग्ने (08.09.2016)
भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक (07.26.2016)
टर्कीमा असफल सैनिक ‘कु’ १६१ जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते (07.19.2016)
पोर्चुगल, बेल्जियम र हङ्गेरीका गतिविधिमाथि छानबिन हुने (06.21.2016)
क्लिन्टनले रचिन इतिहास (06.14.2016)
पत्रकारका हत्याराको खोजी व्यापक (05.17.2016)
सुख ‘एप डाउनलोड’ गरेजस्तो होइन ः पोप (04.27.2016)
महेश्वर शर्मा अभिनन्दिन (04.12.2016)
मन्दिर आगलागीमा एक सयभन्दा बढीको मृत्यु (04.12.2016)
द्वन्द्वग्रस्त सिरिया शान्ति वार्तामा सहभागी हुने (01.13.2016)
वर्ष २०१५ का प्रमुख विश्व घटना (01.05.2016)
बलात्कारीलाई रिहा गरेको विरोधमा दिल्लीमा प्रदर्शन (12.22.2015)
अफगान शान्ति वार्तालाई पाकिस्तानले सघाउने (12.22.2015)
मक्काको नगर परिषदमा महिला बिजयी (12.15.2015)
चार वर्षमा साढे दुई लाखको ज्यान गैसक्यो (12.01.2015)
पुटिनको इरान भ्रमण, सिरिया समस्या छायाँमा पर्न सक्ने (11.25.2015)
करिब ३० जनाको शव अझै पहिचान हुन सकेन (11.17.2015)



 
::| Latest News

 
[Page Top]