युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:26pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
सुरक्षा परिषद्को आकस्मिक बैठकको आग्रह
Tuesday, 09.27.2016, 11:46am (GMT+5.5)

बेलायत, फ्रान्स र अमेरिकाले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन आग्रह गरेका छन् । सिरियाको दोस्रो ठुलो सहर अलेप्पोमा शनिबार भएको घटनाका बारेमा छलफल गर्न ती देशले संयुक्तरुपमा शनिबार उक्त आग्रह गरेका हुन् । 

स्थानीय समयअनुसार आइतबार बिहान १० बजे सो आकस्मिक बैठकको आयोजना गर्न आग्रह गरिएको कूटनीतिज्ञहरूले जानकारी दिनुभएको छ । सिरियाको अलेप्पो सहरमा शनिवार भएको भीषण हवाई हमलालगायतको आक्रमणमा परी ४५ सर्वसाधारण मारिएपछि आकस्मिक बैठक बोलाउन ती देशले आग्रह गरेका बताइएको छ ।   

सिरियाली सैनिकले विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी सहरहरूमा पुनः कब्जाको लागि  भीषण आक्रमण गर्ने घोषणा गरेको दुई दिनपछाडि सो हवाई हमला भएको जनाइएको छ ।

राष्ट्रसङ्घका महासचिव बानकी मुनले अलेप्पोमा आधुनिक हतियारसहित आक्रमण भएकोमा यसअघि नै चिन्ता व्यक्त गर्नुभएको थियो । सो सहरमा हवाई हमला, डरलाग्दो हतियार, वङ्कर बम र शक्तिशाली मेसिन प्रयोग गरेर आक्रमण भएको बानले बताउनुभएको थियो । 

अलप्पो सहरमा हातहातियारलाई गलत प्रयोग गरी युद्ध अपराध भइरहेको बानले बताउनुभएको उहाँका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको थियो । सिरियामा केही दिन अगाडि मात्र ‘अल इद अदा’को अवसर पारी अमेरिका र रसियाको संयुक्त पहलमा युद्धविराम सम्झौता भएको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
सन् २००१ सेप्टेम्बर ११ को स्मरण (09.13.2016)
मदर टेरेसालाई क्रिश्चियन सन्तको उपाधि (09.06.2016)
कार्यस्थलमा हुने दुर्घटना घट्यो (08.25.2016)
जन्मदिनको अवसरमा क्यास्ट्रोद्वारा ओबामाको आलोचना (08.16.2016)
पेरिसमा सस्तो मेला बजार नलाग्ने (08.09.2016)
भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक (07.26.2016)
टर्कीमा असफल सैनिक ‘कु’ १६१ जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते (07.19.2016)
पोर्चुगल, बेल्जियम र हङ्गेरीका गतिविधिमाथि छानबिन हुने (06.21.2016)
क्लिन्टनले रचिन इतिहास (06.14.2016)
पत्रकारका हत्याराको खोजी व्यापक (05.17.2016)
सुख ‘एप डाउनलोड’ गरेजस्तो होइन ः पोप (04.27.2016)
महेश्वर शर्मा अभिनन्दिन (04.12.2016)
मन्दिर आगलागीमा एक सयभन्दा बढीको मृत्यु (04.12.2016)
द्वन्द्वग्रस्त सिरिया शान्ति वार्तामा सहभागी हुने (01.13.2016)
वर्ष २०१५ का प्रमुख विश्व घटना (01.05.2016)
बलात्कारीलाई रिहा गरेको विरोधमा दिल्लीमा प्रदर्शन (12.22.2015)
अफगान शान्ति वार्तालाई पाकिस्तानले सघाउने (12.22.2015)
मक्काको नगर परिषदमा महिला बिजयी (12.15.2015)
चार वर्षमा साढे दुई लाखको ज्यान गैसक्यो (12.01.2015)
पुटिनको इरान भ्रमण, सिरिया समस्या छायाँमा पर्न सक्ने (11.25.2015)



 
::| Latest News

 
[Page Top]