युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:25pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
रेल दुर्घटना १२८ जना को मृत्यु
Wednesday, 11.23.2016, 01:30pm (GMT+5.5)

भारतको उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । यस दुर्घटनामा अन्य २०० भन्दा बढी रेलयात्री घाइते भएका छन् ।  

प्रारम्भिक समाचारमा यस घटनामा ६३ जनाको मृत्यु भएको जानकारी दिइएको थियो तर गम्भीर घाइते व्यक्तिको मृत्यु भएपछि दुर्भाग्यवश मृतकको सङ्ख्या ९१ पुगेका भनीे वरिष्ठ प्रहरी अधिकारी दलजित सिंह चौधरीले आइतबार विहान जानकारी दिनुभएको थियो । तर गम्भीर चोट लागि अस्पतालमा उपचाररत थप केही व्यक्तिको समेत मृत्युभएपछि मृतक सङ्ख्या १२० पुगेको हो ।

उत्तर प्रदेशको कानपुर सरहसँग पुख्रायान क्षेत्रनजिकै आइतबार बिहानै ३ः३० बजे इन्डोर पटना एक्सप्रेस नामक सो रेल दुर्घटना भएको थियो । सो रेलका करिब १४ वटा डिब्बा पटरीबाट छुट्टिएका थिए । 

उत्तर प्रदेशको कानपुर सरहसँग पुख्रायान क्षेत्रनजिकै स्थानीय समयानुसार आइतबार बिहान ३ः३० इन्डोर पटना एक्सप्रेस नामक सो रेल दुर्घटना भएको थियो । सो रेलका करिब १४ वटा डिब्बा पटरीबाट छुट्टिएर दुर्घटना भएको छ । रेल दुर्घटना भएको सो अवस्थामा अधिकांश यात्रु निदाइरहेका थिए ।

दुर्घटनामा परी घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भइरहेको र धेरैको अवस्था गम्भीर रहेको हुनाले मृतकको सङ्ख्या बढ्ने समेत प्रहरीको अनुमान रहेको छ । घटनास्थलमा उद्धारकर्मीले दुर्घटनाग्रस्त रेलमा अड्किएकाको शव निकाल्ने र रेललाई पनि हटाउने प्रयास गरिरहेका छन् । उद्धार कार्य जारी नै रहेको बताइएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै रेलमन्त्री सुरेश प्रभुलाई घटनाका बारेमा नजिकबाट नियाल्न आग्रह गर्नुभएको छ । 

भारतीय रेलवे अधिकारी विजय कुमारले रेल दुर्घटनाको कारण अहिलेसम्म प्रस्ट नभएको दिल्लीमा सञ्चारकर्मीलाई बताउनुभयो । उहाँले घटनाका बारेमा अनुसन्धान गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो । सन् २०१४ मा उत्तर प्रदेशमा भएको २६ व्यक्तिको मृत्यु भएको छ । गत वर्ष पनि मध्य प्रदेशमा दुईवटा रेल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा कम्ती २७ व्यक्तिको मृत्यु भएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सम्बन्ध बढाउन सी र ओबामा सहमत (11.23.2016)
सुरक्षा परिषद्को आकस्मिक बैठकको आग्रह (09.27.2016)
सन् २००१ सेप्टेम्बर ११ को स्मरण (09.13.2016)
मदर टेरेसालाई क्रिश्चियन सन्तको उपाधि (09.06.2016)
कार्यस्थलमा हुने दुर्घटना घट्यो (08.25.2016)
जन्मदिनको अवसरमा क्यास्ट्रोद्वारा ओबामाको आलोचना (08.16.2016)
पेरिसमा सस्तो मेला बजार नलाग्ने (08.09.2016)
भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक (07.26.2016)
टर्कीमा असफल सैनिक ‘कु’ १६१ जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते (07.19.2016)
पोर्चुगल, बेल्जियम र हङ्गेरीका गतिविधिमाथि छानबिन हुने (06.21.2016)
क्लिन्टनले रचिन इतिहास (06.14.2016)
पत्रकारका हत्याराको खोजी व्यापक (05.17.2016)
सुख ‘एप डाउनलोड’ गरेजस्तो होइन ः पोप (04.27.2016)
महेश्वर शर्मा अभिनन्दिन (04.12.2016)
मन्दिर आगलागीमा एक सयभन्दा बढीको मृत्यु (04.12.2016)
द्वन्द्वग्रस्त सिरिया शान्ति वार्तामा सहभागी हुने (01.13.2016)
वर्ष २०१५ का प्रमुख विश्व घटना (01.05.2016)
बलात्कारीलाई रिहा गरेको विरोधमा दिल्लीमा प्रदर्शन (12.22.2015)
अफगान शान्ति वार्तालाई पाकिस्तानले सघाउने (12.22.2015)
मक्काको नगर परिषदमा महिला बिजयी (12.15.2015)



 
::| Latest News

 
[Page Top]