युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:29pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
अस्ताए श्रमजीवीका मित्र र साम्राज्यवाद बिरुद्धका नायक
Tuesday, 11.29.2016, 10:51am (GMT+5.5)

श्रमजीवी जनताका मित्र, साम्राज्यवाद बिरुद्धको आन्दोलनका नायकका रुपमा विश्वभरका कम्युनिष्टहरुले गर्वकासाथ नाम लिने क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर कास्ट्रोको निधन, कम्युनिष्ट आन्दोलनमा एक युगको अन्त्य भएको छ ।

क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको शुक्रबार राति ९० बर्षको उमेरमा निधन भएको खबरले विश्वका कम्यूनिष्ट विचार मनपराउने करोडौं मानिसलाई दुखी मात्र तुल्याएन उहाँको अनुपस्थितिमा उहाँले उठाएका मुद्दाहरु कसरी अघि बढनेछन् भनी चिन्तित सेत भए ।

फिडेल कास्ट्रो संसारका श्रमजीवी जनताका मित्र, साम्राज्यबाद बिरुद्धको विश्व आन्दोलनका नायक रहेर बिसौं शताब्दीमा कुनै न कुनै रुपमा चर्चाको शिखरमा रहेर दक्षिण अमेरिकी स्वतन्त्रता आन्दोलनका नायक बन्नुभएको थियो ।

सहकार्यबाट असम्भव हुने विषय पनि संघर्षमार्फत पाउन सकिन्छ भन्ने विश्वास राख्ने क्युवाली जनताका सर्वोच्च नेता कास्ट्रोले करिब ५० वर्षसम्म अविराम सत्तामा रहँदा उहाँले आजिवन अमेरिकी प्रशासनको दादागिरीलाई क्युवामा ललकार्नुभयो । यसमा क्युवाली जनताले आफू चरम गरिबी सहेर पनि कास्ट्रोलाई आजिवन सहयोग गरे ।

सन् १२२६ मा क्युवाका दक्षिण–पूर्वी ओरिएन्टे प्रान्तमा जन्मनुभएका क्यास्ट्रोले सानैदेखि समाज परिवर्तन कसरी गर्न सकिन्छ र गरिव तथा बेसहारा मानिसलाई कसरी आर्थिक रुपमा माथि उकास्न सकिन्छ भनेर लाग्नु हुन्थ्यो । धनी परिवारमा जन्मनुभएपनि उहाँ गरिवको साथमा जीवन पर्यन्त रहनुभएको क्युवाली बहुसङ्ख्यक नागरिको बुझाइ रहेका छ ।

यसै शिलशिलामा उहाँले बासिटट शासनविरुद्ध विद्रोह गर्नुभयो यद्यपि उक्त विद्रोहमा उहाँले सफलता भने पाउन सक्नुभएन । फलतः करिव दुई बर्षका लागि जेल जानुपर्यो । सन् १९५५ मा उहाँलाई बाँकि जेल जीवनबाट माफी दिने सरकारी समझदारी अनुसार जेलमुक्त गरियो । उहाँको नेतृत्व क्षमता देखेर हुनुपर्छ तत्कालिन क्युवाली सत्ता सधै उहाँबाट भयवित रहने गथ्र्यौ ।

जेलबाट मुक्त भएपछि उहाँले चे ग्वेभारासँग मिलेर सरकार विरुद्ध गुरिल्ला निर्माण गरी संघर्ष शुरु गर्नुभयो । संघर्षले उहाँलाई बाटिस्ट शासनमाथि विजय गरायो अनि उहाँ सन् १९५९ मा प्रधानमन्त्री बन्नुभयो ।

सन् १९९२ मा क्युवाली शरणार्थीबारे अमेरिकासँग सम्झौता गरी आफ्नो राष्ट्रवादी विचारलाई थप उज्ज्वलित गर्दै सन् २००८ सम्म सत्तामा रहनुभएका उहाँले स्वास्थ्यका कारण आफ्ना भाई राहुल कास्ट्रोलाई जिम्मेवारी सुम्पनुभएको थियो ।

उहाँ आफ्ना समर्थकमाझ जनताका नेताका रुपमा चिनिनुहुन्छ भने विरोधिहरुले भने उहाँलाई क्युवामा आफ्नो वर्चश्व कायम राख्न व्यापक दमनकारी नीति लिएका भनी आलोचना गर्ने गर्छन् । संघर्ष, अडान, राष्ट्रप्रेम र निरन्तरता कास्ट्रोबाट सिक्न लायक गुणहरू भएको उहाँलाई नजिकबाट चिन्ने राजनीतिज्ञहरु बताउछन् ।

क्यास्ट्रोको जीवन अमेरिकी प्रशासनका लागि सधै तगारो वन्यो । अमेरिकी धेरै राष्ट्रपति उहाँलाई पदबाट हटाउन कसरत त गरे तर कास्ट्रोले दश अमेरिकी राष्ट्रपतिलाई सामना गर्नुभयो तर क्युवालाई अमेरिकी प्रशासनसँग कह्ल्लिै झुकेको देख्न चाहनुभएन ।

उहाँले गत बर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामा क्युवामा गएर दिएको सुझावप्रति व्यंग्य गर्दै लामो पत्र लेखी अमेरिकी राष्ट्रपति ओबामालाई पठाउनुभएको थियो । पत्रमा अमेरिकाले क्युवाको खुशी हेर्न चाहन्छ भने कुनै दवाव होइन क्युबाको स्वतन्त्रताका लागि काम गर्न विना अवरोध दिए पुग्छ । क्युवाली जनतालाई फरक सोच र विचारका साथ अघि बढ्न गरेको आग्रहप्रति आक्रोस व्यक्त गर्दै १५ पेज लामो उक्त पत्रमा अमेरिकाले क्युवालाई कुनै पाठ सिकाउनु नपर्ने जनाएका थिए ।

क्यास्ट्रोका पिता स्पेनबाट बसाइ सर्दै आएर पूर्वी क्युबाको चर्चित चिनी उत्पादन क्षेत्रमा बसोबास गर्ने आप्रबासी हुनुहुन्थ्यो र शुरु शुरुमा अमेरिकी चिनी उत्पादक कम्पनीहरुलाई श्रमिक आपूर्ति गर्ने ठेकेदारी काम गर्दै पैसा कमाउनु भएपछि आफैँले ठूलो लगानीमा उखुको खेती गर्ने र चिनी उत्पादन गर्ने कारखाना खोली उत्पादित चिनी अमेरिका निर्यात गर्ने उद्योग ब्यबसाय चलाउनु भएको थियो ।

सन् १९२६ को अगस्ट १३ का दिन जन्मनु भएका स्वर्गिय क्यास्ट्रोको पूरा नाम फिडेल क्यास्ट्रो रुज हो । क्रिश्चियन धर्म अध्यापन गरिने विद्यालय – जेसुइट स्कूलबाट प्रारम्भिक शिक्षा आर्जन शुरु गर्नु भएका स्वर्गिय क्यास्ट्रो हवाना विश्वविद्यालयबाट कानून र समाज विज्ञान विषयमा स्नातकोत्तर उपाधिले बिभूषित हुनुहुन्थ्यो ।

उहाँले करिब आधा शताव्दिसम्म अबिच्छिन्न शासनको बागडोर सम्हाल्नु भएको र क्युबामा तत्कालिन सोभियत संघ शैलिको समाजबादी अर्को शव्दमा भनौं भने साम्यबादी शासन प्रणाली लागु गर्नु भएको र आफ्नो शासनकालभरी दशवटा अमेरिकी राष्ट्रपतिसँग कडा टक्कर लिँदै उनीहरुको जमेर निन्दा समेत गर्नु भएको थियो ।

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यबाट दक्षिणतर्फ एकसय ४५ किलोमिटर मात्र टाढा रहेको द्वीपीय राष्ट्र क्युबाले स्वर्गिय राष्ट्रपति क्यास्ट्रोको शासनकालका बिभिन्न समयमा धेरै पटक जनबिद्रोह बेहोर्नु परेको इतिहासले बताउँछ ।

यीमध्ये, अमेरिका समर्थित सन् १९६१ को “बे अफ पिग्स इन्भेजन” र त्यसको एक वर्ष पछि घटेको क्युबाली क्षेप्यास्त्र सङ्कट “क्युबान मिसाइल क्राइसिस” ले सम्पूर्ण विश्वलाई नै आणविक युद्धको भुवँरीभित्र धकेल्न खोजेका थिए । यी क्रान्तिकारी नेताले धेरै वर्षसम्म अतिशय कडा अमेरिकाली ब्यापार तथा बाणिज्य माथिको प्रतिबन्धको सामना गर्नु परेको थियो ।

साथै, उहाँको ज्यानै लिने उद्देश्यले आफ्नै देशभित्र र बाहिरबाट रचिएका दर्जनौँ, अझ भन्नुपर्दा सयौँ षडयन्त्रबाट समेत बच्दै आउनु भएको थियो । जीवनको उत्तरार्धमा कडा रोगले ग्रस्त पारेर शिथिल र अशक्त हुनुभएपछि उहाँले आफ्ना भाई राउल क्यास्ट्रोलाई आजभन्दा १० वर्षअघि देशको शासन सत्ता र शक्ति सुम्पिनु भएको थियो ।

जहिले पनि सिगार तान्न सोखिन स्वर्गिय राष्ट्रपतिको समर्थन र विरोधमा हालसम्म विश्वभर लेखिएका हजारौं कथा, कहानी, लेख, रचना, समालोचना इत्यादि प्रकाशनमा आइसकेका छन् ।

जहिले पनि सिगार तान्न सोखिन स्वर्गिय राष्ट्रपतिको समर्थन र विरोधमा हालसम्म विश्वभर लेखिएका हजारौं कथा, कहानी, लेख, रचना, समालोचना ईत्यादि प्रकाशनमा आइसकेका छन् ।

उहाँलाई एक अत्यन्त कडा परिश्रमी, एक निडर योद्धा, एक प्रखर राजनीतिक चिन्तक, एक कुशल तर कडा शासक, एक सैनिक तानाशाह, वाक्–सिद्धि भएको एक भविष्यवक्ता, अमेरिकाको एक कट्टर विरोधी इत्यादिका रुपमा चित्रण गरिएको छ ।

उहाँ एक शक्तिशाली सेनापति मात्र नभई अदम्य साहसयुक्त, अनौठो वाक्पटुताले सम्पन्न र प्रभावशाली नेतृत्व दिनसक्ने राजनेता हुनु भएकाले विश्व भरी नै परिचित हुनुहुन्छ ।

“समाजबाद र मृत्युमध्ये एउटा रोज” भन्ने चिन्तन र नाराका साथ अघि बढ्नु भएका स्वर्गिय क्यास्ट्रोले समाजबादी शासन प्रणाली लागु गरे ता पनि आफ्नो जीवनपर्यन्त क्युबामा सोही अनुरुप आर्थिक परिवर्तन र समृद्धि भने ल्याउन सक्नु भएन ।

पश्चिमा शैलिको प्रजातन्त्रको लहरले समग्र विश्वलाई बिस्तारै ढाक्दै ल्याएपछि चीन र भियतनामजस्ता कट्टर बामपन्थी मुलुकहरु समेत अहिले यही लहरबाट प्रभावित भएर माक्र्सबाद लेनिनबादका मूल सिद्धान्तबाट ओझेलमा पर्दैछन् ।

त्यसै गरी, एक करोड दशलाख जनसंख्या भएको देश क्युबा पनि पश्चिमा शैलिको प्रजातन्त्रको प्रभावबाट अछूतो छैन । क्यास्ट्रोको निधन पश्चात् केही वर्षमै “क्युबामा त्यसबेलाको राष्ट्रपति फिडेल क्यास्ट्रोले लागु गरेका माक्र्सबादी अर्थतन्त्र धेरै बर्षसम्म धर्मराउँदै बाँचिरहेको थियो रे” भनी आगामी पिँढीले उत्सुकतापूर्वक पढ्ने इतिहास बन्नेछ भन्ने एकथरी क्युबाली राजनीतिक चिन्तकहरुको विश्लेषण रहेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
रेल दुर्घटना १२८ जना को मृत्यु (11.23.2016)
सम्बन्ध बढाउन सी र ओबामा सहमत (11.23.2016)
सुरक्षा परिषद्को आकस्मिक बैठकको आग्रह (09.27.2016)
सन् २००१ सेप्टेम्बर ११ को स्मरण (09.13.2016)
मदर टेरेसालाई क्रिश्चियन सन्तको उपाधि (09.06.2016)
कार्यस्थलमा हुने दुर्घटना घट्यो (08.25.2016)
जन्मदिनको अवसरमा क्यास्ट्रोद्वारा ओबामाको आलोचना (08.16.2016)
पेरिसमा सस्तो मेला बजार नलाग्ने (08.09.2016)
भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक (07.26.2016)
टर्कीमा असफल सैनिक ‘कु’ १६१ जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते (07.19.2016)
पोर्चुगल, बेल्जियम र हङ्गेरीका गतिविधिमाथि छानबिन हुने (06.21.2016)
क्लिन्टनले रचिन इतिहास (06.14.2016)
पत्रकारका हत्याराको खोजी व्यापक (05.17.2016)
सुख ‘एप डाउनलोड’ गरेजस्तो होइन ः पोप (04.27.2016)
महेश्वर शर्मा अभिनन्दिन (04.12.2016)
मन्दिर आगलागीमा एक सयभन्दा बढीको मृत्यु (04.12.2016)
द्वन्द्वग्रस्त सिरिया शान्ति वार्तामा सहभागी हुने (01.13.2016)
वर्ष २०१५ का प्रमुख विश्व घटना (01.05.2016)
बलात्कारीलाई रिहा गरेको विरोधमा दिल्लीमा प्रदर्शन (12.22.2015)
अफगान शान्ति वार्तालाई पाकिस्तानले सघाउने (12.22.2015)



 
::| Latest News

 
[Page Top]