युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.23.2017, 06:24pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
इन्डोनेसियामा सैनिक विमान दुर्घटना तेह्रको मृत्यु
Tuesday, 12.20.2016, 11:56am (GMT+5.5)

इन्डोनेसियामा आईतबार सेनाको विमान दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । टिमीका सहरबाट उडेको हेरकुलेस सी १३० विमान निर्धारित तालिकानुसार अवतरण हुन नसकी पूर्वी क्षेत्रमा आपत्कालीन अवतरण हुन परेपछि दुर्घटना भएको अधिकारीहरूले बताएका छन् । 

 “स्थानीय समयानुसार बिहान करिब ६ बजेदेखि विमान सम्पर्क विहीन भएको प्राविधिकहरूले बताएका छन्,” हवाई सेना प्रमुख अगुस सुप्रियत्नले भन्नुभयो । विमान स्थानीय समयअनुसार बिहान ६ः.१३ मा अवतरण गर्ने तालिका रहेको थियो । 

विमानमा एक जना यात्रुसहित १२ जना रहेका थिए । ती मध्ये तीन जना विमान चालक, आठ जना प्राविधिक, एक जना विमानको पथप्रदर्शक र सुरक्षा अधिकृत रहेका थिए । साथमा केही खाना पनि रहेको सुप्रियत्नले जानकारी दिनुभयो । 

विमान दुर्घटना भएको क्षेत्र मौसमको बारेमा भविश्यवाणी गर्न नसकिने क्षेत्रको रुपमा चिनिन्छ । दुर्घटना हुनु अगाडि विमान बादलमा छिरेको उहाँले बताउनुभयो । 

उद्धारकर्ताले विमान भग्नावशेष अवस्थामा भेटिएको बताएका छन् । हवाई सेनाको नियमानुसार १३ जनाकै शव ल्याइएको छ । 

दुर्घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउन छानबिन टोली घटनास्थलमा पठाई सकिएको पनि उहाँले जानकारी दिनुभयो । इन्डोनेसियामा यसअघि बोर्नेओमा पनि गत नोभेम्बरमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । त्यस्तै खराब मौसमका कारण इन्डोनेसियाको सुलावेसीमा गत मार्चमा भएको सेनाकै अर्को हेलिकोप्टर दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । 



Rating (Votes: )   
Share     Print


Other Articles:
अस्ताए श्रमजीवीका मित्र र साम्राज्यवाद बिरुद्धका नायक (11.29.2016)
रेल दुर्घटना १२८ जना को मृत्यु (11.23.2016)
सम्बन्ध बढाउन सी र ओबामा सहमत (11.23.2016)
सुरक्षा परिषद्को आकस्मिक बैठकको आग्रह (09.27.2016)
सन् २००१ सेप्टेम्बर ११ को स्मरण (09.13.2016)
मदर टेरेसालाई क्रिश्चियन सन्तको उपाधि (09.06.2016)
कार्यस्थलमा हुने दुर्घटना घट्यो (08.25.2016)
जन्मदिनको अवसरमा क्यास्ट्रोद्वारा ओबामाको आलोचना (08.16.2016)
पेरिसमा सस्तो मेला बजार नलाग्ने (08.09.2016)
भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक (07.26.2016)
टर्कीमा असफल सैनिक ‘कु’ १६१ जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते (07.19.2016)
पोर्चुगल, बेल्जियम र हङ्गेरीका गतिविधिमाथि छानबिन हुने (06.21.2016)
क्लिन्टनले रचिन इतिहास (06.14.2016)
पत्रकारका हत्याराको खोजी व्यापक (05.17.2016)
सुख ‘एप डाउनलोड’ गरेजस्तो होइन ः पोप (04.27.2016)
महेश्वर शर्मा अभिनन्दिन (04.12.2016)
मन्दिर आगलागीमा एक सयभन्दा बढीको मृत्यु (04.12.2016)
द्वन्द्वग्रस्त सिरिया शान्ति वार्तामा सहभागी हुने (01.13.2016)
वर्ष २०१५ का प्रमुख विश्व घटना (01.05.2016)
बलात्कारीलाई रिहा गरेको विरोधमा दिल्लीमा प्रदर्शन (12.22.2015)



 
::| Latest News

 
[Page Top]